Daily Archives 21st March 2019

प्रदेश सांसद बर्मा वेलायत आउने

लण्डन । प्रदेश नं ३ क्षेत्रीय सांसद बिजुला बर्मा वेलायत भ्रमणमा आउने भएकी छन् । गैरआवासीय नेपाली संघ युकेका महासचिव राजकुमार त्रिपाठीका अनुसार वेलायतस्थित नेपाली समुदायसंग अन्तरक्रिया गर्ने उनी वेलायत भ्रमणमा आउन लागेकी हुन् । उनी २९ तारिख शुक्रवार लण्डन आइपुग्ने वताएको छ । त्रिपाठीका अनुसार बर्माले वेलायतस्थित भुपुगोर्खा, नेपाली जनसम्पर्क समिति वेलायत, प्रेश युनियन वेलायत लगायतका संघसँस्थाले आयोजना गर्ने बिभिन्न कार्यक्रममा सहभागि हुने कार्यक्रमतय गरिएको छ । बर्माको सम्मानमा गैरआवासीय नेपाली संघ युकेले ७ अप्रील आइतवार, साँझ ह्यारोस्थित चौतारी रेष्टुरेन्टमा एक कार्यक्रमको आयोजना गर्ने त्रिपाठीले जनाए । यस्तै गोर्खा सत्याग्रह संघर्ष समितिले ६ अप्रिलका दिन साँझ गोल्डेन शिप रेस्टुरेन्टमा
More

बेल्वासे ह्याम्पशायर क्षेत्रको प्रतिष्ठित अवार्डद्वारा समानित

लन्डन । नेपाल ब्रिटेन डट कमको चर्चित १० जनामा परेर मिडिया प्रसनालिटी अफ दि एयरद्वारा सम्मानित जीव बेल्वासे बेलायतको एक लोकप्रिय सामाजिक अवार्डद्वारा सम्मानित भएका छन । बेल्वासेले ह्याम्पशायर क्षेत्रमा सक्रिय दर्जनौ प्रतिस्पर्धीलाई उछिनेर ‘High Sheriff Community Awards’ द्वारा सम्मानित भएका हुन् । सो अवार्ड व्यक्तिगत तथा सामुहिक रुपमा समाजका प्रतिष्ठित व्यक्तिहरुलाई हरेक वर्ष प्रदान गरिन्छ । समुदायमा उलेख्य भूमिका खेले बापत प्राप्त हुने सो अवार्ड हयाम्सार क्षेत्रमा निकै लोकप्रिय मानिन्छ । बेल्वास सो अवार्ड पाउने पहिलो नेपाली हुन् । यस अघि बेल्वासे बिबिसी कम्युनिटी हिरो अवार्डद्वारा सम्मानित भएका थिए । उनलाई बिबिसी ससेक्स र सर्यले यो वर्षको कम्युनिटी हिरो
More

प्रधानमन्त्री ओली सवार जहाज होल्ड प्रकरणमा पाइलट पनि मुछिए

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओली सवार जहाज होल्ड भएको सम्बन्धमा छानबिन गर्न गठित समितिले नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)को कमजोरी औँल्याएको छ । समितिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनराज्यमन्त्री धनबहादुर बुढालाई बुझाएको प्रतिवेदनमा अतिविशिष्ट व्यक्तिको आन्तरिक उडानमा प्राथमिकताको संवेदनशीलता ख्याल नगरेको भन्दै क्यान र सम्बन्धित एयरलाइन्सका कर्मचारीलाई विभागीय कार्वाही गर्न सिफारिश गरेको हो । भिभिआइपी चढेको जहाज आकाशमा आधा घण्टा होल्ड भएपछि अनुसन्धान गर्न सरकारले पर्यटन मन्त्रालयका सहसचिव सुरेश आचार्यको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको थियो । गत फागुन २१ गते प्रधानमन्त्री ओली सवार यति एयरलाइन्सको जहाज चन्द्रगढी विमानस्थलबाट काठमाडौँ अवतरणका क्रममा होल्ड भएको थियो ।
More

६ कुकुरको आक्रमणबाट चितुवा मर्यो, एक कुकुरकाे पनि मृत्यु

गोरखा– पालुङटार नगरपालिका–९ भोर्लेको जङ्गलमा कुकुरको आक्रमणबाट चितुवाको मुत्यु भएको छ । आज कुकुर र चितुवा एकापसमा भिड्दा दुवैको मुत्युु भएको गण्डकी प्रदेश डिभिजन वन कार्यालयका प्रमुख इमनाथ पौडेलले जानकारी दिए “बाख्रा फार्ममा आहारा खोज्दै पुगेको चितुवालाई कुकुरको समूहले लखेट्दै जङ्गलमा लगेर मारेको रहेछ”, उनले भने, “चितुवा र एउटा कुुकुर मृत भेटिएका छन् ।” स्थानीयवासी फुचुङ लामाले सञ्चालन गर्दै आएको बाख्रा फार्ममा बाख्रामाथि आक्रमण गर्न आएको चितुवालाई ६ कुकुरले लखेटेका थिए । चितुवाको आक्रमणबाट दुई कुकुर घाइते भएको उनले बताए । चितुवा र कुकुर एकापसमा करीब डेढ घण्टा भिडेका थिए । घटनालगत्तै पालुङटार रातेमाटेस्थित सेरा प्रहरी चौकीबाट प्रहरी टोली तथा
More

भाेलिदेखि कोरियाली भाषा परीक्षा आवेदन, कसरी दिने आवेदन ?

काठमाडौँ-रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत शुक्रबारदेखि प्रथम चरणको कोरियाली भाषा परीक्षाका लागि आवेदन खुला हुने भएको छ । भाषा परीक्षाका लागि शुक्रबारदेखि १७ गतेसम्म आवेदन दर्ता गर्न सकिनेछ । अठार वर्ष पूरा भई ३९ वर्ष ननाघेका नेपाली नागरिकले आवेदन गर्न सक्नेछन् । त्यसैगरी फौजदारी अभियोगमा अदालतबाट सजाय नपाएको, गणतन्त्र कोरियामा गई गैरकानूनी रुपमा बसोबास गरी कोरियाबाट फिर्ता नपठाइएको, नेपाल सरकारले अन्य मुलुकमा जान रोक नलगाएका र कोरियामा ई–९÷ई–१० भिषामा दुई कार्यकाल वा पाँच वर्षभन्दा बढी नबसेका व्यक्तिले आवेदन गर्न सक्ने इपिएस कोरिया शाखाले जनाएको छ । परीक्षा आवेदन फारम इपिएस कोरिया शाखाको वेबसाइट www.eoers.epsnepal.gov.np बाट भर्न सकिनेछ । आवेदन फाराम
More

होली मनाउने क्रममा दुई जनाको मृत्यु

रुपन्देही-होली मनाउने क्रममा रुपन्देहीमा भएका छुट्टाछुट्टै दुर्घटनामा आज दुई जनाको मृत्यु भएको छ । कञ्चन गाउँपालिका–१ लौघामा होली मनाएर फर्कंदै गर्दा तीव्रगतिमा चलाएको मोटरसाइकल पल्टिँदा एक जना युवकको मृत्यु भएको हो । दुर्घटनामा सैनामैना नगरपालिका वडा नं ८ बस्ने २६ वर्षीय दिलीप थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । लु २५ प ६८०९ नंको मोटरसाइकलमा सवार थापाले तीव्रगतिमा मोटरसाइकल चलाउँदा अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रमुख हृदय थापाले जानकारी दिए । यस्तै भैरहवाको वसन्तपुरमा दुई मोटरसाइकल एकआसपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । परासीबाट भैरहवा आउँदै गरेको लु ३४ प ३४३५ नम्बरको
More

विप्लव नेतृत्वको नेकपामा संलग्न रहेको आशङ्कामा चार पक्राउ

सोलुखुम्बु–नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीमा आबद्ध रहेको आशङ्कामा चार जना पक्राउ परेका छन् । सोलुखुम्बुको नेचा सल्यान गाउँपालिका–४ बाट उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । सरकारले विप्लव नेतृत्वको नेकपालाई आपराधिक र विध्वंशकारी समूह घोषणा गरी प्रचलित कानूनअनुसार कारवाही गर्ने निर्णय गरेसँगै शङ्कास्पद व्यक्तिलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रमुख प्रहरी नायब उपरीक्षक शालिग्राम शर्माले जानकारी दिए ।
More

आतंक फैलाउने अनलाइन पत्रकार पक्राउ

काठमाडौं– भ्रमपूर्ण समाचार लेखेर आतंक फैलाउने एक पत्रकारलाई प्रहरीले पक्राउ गरेको छ । ‘काठमाडौ जिल्लामा १० स्थानमा वम विस्फोट’ भनि केहि दिन अगाडि सामाजिक भ्रमपूर्ण समाचार संप्रेषण गरी आतंक फैलाउने कपिलवस्तुको वाण गंगा नगरपालिका वडा नं ६ वस्ने अनलाईन आवाज डटकमका सहसम्पादक गौरव खनाललाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय रुपन्देहीवाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेपछि काठमाडौं ल्याएर साईवर अपराध अन्तर्गत कारवाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंंका अनुसार उनलाई काठमाडौ जिल्ला अदालतवाट दिन ५ म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको छ ।
More

फरार अपहरणकारी पक्राउ

जिल्ला अदालत नेपालगंज बाँकेको २०७२ माघ २ गतेको फैसलाले अपहरण तथा शरीर बन्धक मुद्दामा ९ वर्ष कैद र ९ लाख ५० हजार रुपैयाँ जरिवाना भई फरार रहका बाँके जानकी गाउँपालिका-३ ईन्द्रपुर बस्ने ५० वर्षीय मुल्ला भन्ने निजामुद्दिन साईलाई जिल्ला प्रहरी कार्यालय बाँकेको प्रहरीले सोही उपमहानगरपालिका-१५ जमुनाहबाट पक्राउ गरको छ । नेपालगंज उपमहानगरपालिका-१० बस्ने २२ वर्षीय मुन्नु अंसारीलाई २०६९ असार २६ गते सोही उपमहानगरपालिका-९ बाट उनी समेत ९ जनाले अपहरण गरी भारतमा लगि बन्धक बनाई नगद ९ लाख रुपैयाँ फिरौती लिई फरार भएका थिए । घटनामा संलग्न अन्य अपहरणकारीमध्ये बाँके ईन्द्रपुरका सुष्मा बर्मा र बाँके भवानियापुरका प्रमोद गिरी यसअघि पक्राउ परी
More

२० औँ स्थापना दिवस मनाउदै हेल्प नेपाल नेटवर्क

हेल्प नेपाल नेटवर्क युकेले आफ्नो स्थापनाको २० वर्ष पुरा हुन लागेको अवसरमा लन्डनमा एउटा कार्यक्रम गर्न लागेको छ। आउँदो ९ एप्रिल बेलुका लन्डनका मेयरको अफिस, सिटी हल, मा हुने सो कार्यक्रममा बेलायतकालागि नेपाली राजदूत डा. दुर्गा बहादुर सुवेदी प्रमुख अतिथिको रुपमा सहभागी हुनुहुने नेटवर्कले जनाएको छ। कार्यक्रममा हेल्प नेपाल नेटवर्क नेपाल शाखाका अध्यक्ष अरुण सिंह बस्नेतले पनि प्रस्तुति गर्नु हुनेछ । “मातृभूमिको लागि महिनामा एक पौण्ड वा एक डलर” भन्ने नारा दिएर सन् १९९९ मा बेलायतबाट स्थापित नेटवर्क को हाल नेपाल लगायत १४ मुलुकमा शाखाहरु रहेका छन् । नेटवर्कले नेपालमा शिक्षा, स्वास्थ्य, आपतकालीन मानवीय सहायता लगाएतका क्षेत्रमा सहयोग पुराउँदै आएको
More