Daily Archives 22nd March 2019

नेपाली ब्वाइफ्रेण्डसँग बिहे गर्दै चर्चित बलिउड नायिका श्रद्धा कपुर

काठमाडौं– बलिउड अभिनेत्री श्रद्धा कपुर बिबाह बन्धनमा बाधिने तयारीमा छिन्, त्यो पनि नेपाली ब्याइफ्रेण्डसँग । उनले नेपाली रोहन श्रेष्ठसँग विहे गर्ने निश्चित गरेकी भारतीय सञ्चारमाध्यममले जनाएका छन् । लामो समयदेखि उनी रोहनसँग अफेयरमा थिइन् । शक्ति कपुरकी छोरी श्रद्धाले विवाहका लागि परिवारको समेत अनुमति पाइसकेको भारतीय सञ्चारमाध्यमले खबर लेखेका छन् । उनले चाँडै विवाह गरे उपयुक्त हुने सुझाव समेत परिवारबाट पाएको समाचारमा उल्लेख छ । रोहन बलिउडका चर्चित सेलिब्रिटी फोटोग्राफर राकेश श्रेष्ठका छोरा हुन् । दुबैले एक अर्कालाई लामो समयदेखि चिन्दछन् । ३४ वर्षे रोहनको मूलघर काठमाडौं हो । उनका बुवा राकेश श्रेष्ठ काठमाडौंमा जन्मिएका हुन् । फोटोग्राफीमा रुची राख्ने
More

राप्रपाको केन्द्रीय सदस्यमा क–कसको भयो मनोनयन ? (नामावलीसहित)

काठमाडौं–राप्रपा अध्यक्ष कमल थापाले पार्टीको विधान बमोजिम १८ नेतालाई केन्द्रीय सदस्यमा मनोनयन गरेका छन् । केन्द्रीय सदस्यमा मनोनि हुनेहरुमा,, निलकण्ठ काफ्ले (नवलपरासी), प्रदीप उदय (रुपन्देही), सुरेन्द्र के.सी. (भक्तपुर),सरोज शर्मा (नवलपरासी), दिपक कुमार राई (नुवाकोट), ताहिर अलि (रुपन्देही), मिना स्वर्णकार (दाङ्ग), सलाउद्धिन जसगढ (बाँके), रमेश अर्याल (बाँके), दिलिप बहादुर बस्नेत (काठमाण्डौं), शोभा शाही (जाजरकोट) , खेमराज गौतम (बाँके), ललिता मण्डल (सप्तरी), गंगाराम कलवार (रुपन्देही), युवराज घिमिरे (गुल्मी), श्याम लामा (धादिङ्ग), सुरज न्यौपाने (चितवन) र कौसल आचार्य (दाङ्ग) रहेका छन् । पार्टीले जारी गरेको एक विज्ञप्तिअनुसार अन्य १४ नेतालाई आमन्त्रित सदस्यमा मनोनयन गरिएको छ । आमन्त्रित सदस्यमा मनोनित हुनेहरुमा नगिना यादव (पर्सा),
More

काँग्रेस नेता सिटौला आईसीयूमा भर्ना

काठमाडौं– काँग्रेस पूर्वमहामन्त्री कृष्ण प्रसाद सिटौला अस्वस्थ भएका छन् । स्वास्थ्यमा समस्या देखिएपछि उनलाई शुक्रबार मण्डिखाटारस्थित हेम्स अस्पतालमा भर्ना गरिएको छ । काँग्रेस केन्द्रीय सदस्य भीमसेनदास प्रधानले सिटौला अस्पताल भर्ना भएको जानकारी दिए । उनका अनुसार सिटौलाको हेम्स अस्पतालको आईसीयूमा राखेर उपचार भइरहेको छ । उनीमा हेमोग्लाबिनको कमी देखिएको र थप रिपोट आउने क्रममा रहेको बताइएको छ।
More

एनआरएन ओसेनिया क्षेत्रीय भेला सिड्नीमा हुँदै

गैरआवासीय नेपाली संघले यही आउने मे महिनाको ११ र १२ तारिखमा सिड्नीमा आयोजना गरिने संघको ओसेनिया क्षेत्रीय भेला बारे सिड्नीमा एक पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराएको छ । यस क्षेत्रीय भेला बारे ओसेनिया क्षेत्रका क्षेत्रीय संयोजक तथा क्षेत्रीय भेलाका संयोजक धर्मराज अधिकारीले जानकारी गराएका हुन् । उनका अनुसार भेलामा करीब २० वटा मुलुकबाट कूल ३०० जना प्रतिनिधरु सहभागी हुने अपेक्षा गरिएको छ । “एक पटकको नेपाली सधैको नेपाली” भन्ने मूल मन्त्रलाई आत्मसाथ गर्दै यस भेलामा संघका अध्यक्ष, पदाधिकारीहरु, संरक्षक परिषद्का पदाधिकारीहरु, सल्लाहकारहरु, अन्तर्राष्ट्रिय समन्वय परिक्षकका सदस्यहरु, मानार्थ परिषद्का सदस्यहरु, विभिन्न मुलुकका एनसिसिका प्रतिनिधिहरुका साथै संचारकर्मीहरुको उपस्थिति रहने छ ।
More

महिला साफमा नेपाल फेरि भारतसँग पराजित

महिला साफ च्याम्पियनसिप फुटबलको फाइनलमा नेपाल फेरि पराजित भएको छ । शुक्रबार भएको नेपाल भारतसँग ३–१ गोलले पराजित भएको हो । विराटनगरस्थित शहिद रंगशालामा भएको खेलमा भारतका लागि पहिलो गोल डालिमा चिभरले २६ औं मिनेटमा गरिन् । नेपालले ३३ औं मिनेटमा बराबरी गोल गर्यो । नेपालका लागि सावित्री भण्डारीले गोल गरेकी थिइन् । यस्तै पहिलो हाफ एक÷एक को बराबरीमा सकिएपनि दोस्रो हाफको १३ औं मिनेटमा भारतले अर्को गोल थप्यो । भारतका लागि ग्रासि डेग्मीले दोस्रो गोल गरेकी हुन् । त्यसपछि खेलमा फर्कने प्रयासमा रहेको नेपाललाई ७८ औं मिनेटमा अर्को धक्का लाग्यो । भारतका लागि ७८ औं मिनेटमा अञ्जु तामाङले तेस्रो
More

पं. नीलकण्ठ पौडेल स्मृति प्रतिष्ठानबाट प्रदान गरिने पुरस्कारमा छानिए यी चार स्रष्टा

काठमाण्डौ – प्रत्येक वर्ष पं. निलकण्ठ स्मृति प्रतिष्ठानबाट प्रदान गरिने विभिन्न पुरस्कारहरु यस वर्ष चैत्र १६ गते शनिबार चितवनबाट प्रदान गरिने भएको छ । प्रतिष्ठानबाट प्रदान गरिने पुरस्कारमध्ये नीलकण्ठ पौडेल स्मृति भाषा साहित्य पुरस्कार डा. लक्ष्मणप्रसाद गौतमलाई, पं. नीलकण्ठ पौडेल स्मृति कला– संस्कृति पुरस्कार डा. कर्णबहादुर बानियालाई ,पं. नीलकण्ठ पौडेल स्मृति प्रतिभा पुरस्कार डा. रोशन शेरचनलाई तथा हस्तकला–पंचकला स्मृति नवप्रतिभा पुरस्कार श्री सरू पौडेललाई प्रदान गरिने निर्णय भएको प्रतिष्ठानका अध्यक्ष तथा संस्थापक लकाश पौडेलले बताउनुभयो ।पुरस्कृत एवं सम्मानित सबै साहित्यकारहरूलाई हार्दिक बधाई दिँदै यो पुरस्कार आगामी चैत्र १६ गते चितवनको भरतपुरमा आयोजना हुने यस प्रतिष्ठानको वार्षिक कार्यक्रममा प्रदान गरिने कुरा
More

चुनावको मुखमा मोदीलाई झड्का, मन्त्रीसहित २३ नेताले भाजपा छाडे

एजेन्सी । निर्वाचन नजिकिदैं गर्दा भारतको उत्तर–पूर्वी राज्यहरुमा भाजपालाई ठूलो झट्का लागेको छ । बितेको दुई दिनमा यी क्षेत्रका २३ नेताहरुले पार्टी छाडेका छन् । अरुणाचल प्रदेशमा मात्र दुई मन्त्री र ६ विधायकहरुसमेत २० नेताहरुले मंगलबार भाजपा छाडेर नेशनल पीपुल्स पार्टी प्रवेश गरे । भाजपा छाड्ने प्रमुख व्यक्तिमा राज्य गृहमन्त्री कुमार वाई, पर्यटन मन्त्री जारकार गामलिन, भाजपा महासचिव जरपुम गामबिन छन् । नयाँ नेताहरुको प्रवेशसँगै विधानसभामा अब एनपीपीको विधायकहरुको संख्या १३ भएको छ । राज्यको ६० सदस्यीय विधानसभामा अझै पनि भाजपासँग ४० विधायकहरुको समर्थन प्राप्त छ । अघिल्लो आइतबार भाजपाले राज्य विधानसभाको लागि ५४ सिटमा उमेद्वारको नाम घोषणा गरेको थियो
More

मलेसियाबाट १६ नेपालीको उद्धार

काठमाडौं– मलेसियामा अलपत्र परेका १६ जना नेपालीलाई नेपाली राजदूतावासले नेपाल पठाएको छ । हवाई टिकटको खर्च व्यहोर्न नसकी जुरु घरफिर्ती केन्द्र र जोहरवारु घर फिर्ती केन्द्रमा अलपत्र परेका १६ जना नेपाली नागरिकहरुलाई दुतावासको सहयोगमा नेपाल फकाएको हो । फाल्गुण ३० गते जुरु घरफिर्ती केन्द्रबाट ६ र चैत्र ७ गते जोहरवारु घरफिर्ती केन्द्रबाट १० गरी १६ नेपालीलाई उद्दार गरी नेपाल पठाएको मलेसियास्थित नेपाली दुतावासले जनाएको छ । यसैवीच मलेसियामा विभिन्न जेल तथा घरफिर्ती केन्द्रहरुमा रहेका नेपालीलाई डर त्रास देखाई, उद्दार गरिदिने नाममा पीडितको परिवारबाट रकम उठाउने र विभिन्न मनि ट्रान्सफरबाट रकम बुझेर सम्पर्कविहीन हुने जानकारी दूतावासमा आउने गरेको बताइएको छ ।
More

३ बर्षसम्म बैंक खाता नचलाए निस्क्रिय हुने

तीन वर्षसम्म नचलाएको बचत खाता स्वत्त : निस्क्रिय हुने भएको छ । नेपाल राष्ट्र बैंकले ३ बर्षसम्म नचलाएको खाता बन्द गर्न बैंक तथा तथा वित्तिय संस्थालाई निर्देशन दिएको छ । यस्तै चल्ती खाताको हकमा भने ६ महिनासम्म नचलाए निस्क्रिय हुनेछ । यसअघिको नीतिगत व्यवस्था अनुसार निस्क्रिय गरिएको खाताको हकमा नयाँ व्यवस्था बमोजिम अद्यावद्यिक गर्न केन्द्रिय बैंकले भनेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार देशभर चालु आर्थिक वर्षको ६ महिनासम्म २ करोड २० लाख बचत खाता खोलिएका छन् । यसमा साढे ४४ लाख बचत खाता निस्क्रिय छन् । निस्क्रिय भएका चल्ती र कल खाता निवेदन दिएर सक्रिय गराउँन भने पाइनेछ
More

तोकिएको क्षेत्रमा कर्जा प्रवाह नगरे अधिकतम ब्याज बराबर जरिवाना तिर्नुपर्ने

बैंकहरुले प्राथमिकता प्राप्त क्षेत्रमा कर्जा प्रवाह नगरे जरिवाना तिर्नुपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले बैकहरुलाई प्राथमिकता प्राप्त क्षेत्रमा कुल कर्जाको २५ प्रतिशत लगानी गर्न भनेको छ । बैंकहरुले लगानी गर्न अटेर गरेपछि तोकिएको क्षेत्रमा कर्जा लगानी नगरे कर्जामा लिने अधिकतम ब्याज बराबरको जरिवाना गर्ने राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले कृषि क्षेत्रमा १० प्रतिशत, उर्जा तथा पर्यटनमा १५ प्रतिशत गरी २५ प्रतिशत रकम प्राथमिकता प्राप्त क्षेत्रमा लगानी गर्नैपर्ने व्यवस्था गरेको गरेको छ ।
More