Daily Archives 24th March 2019

नेपाल प्रेस युनियन बेलायतको पहिलो अधिवेशन ३१ मार्चमा

लण्डन । नेपाल प्रेस युनियन बेलायत शाखाको पहिलो अधिवेशन अगामी ३१ मार्च, आइतवार हुने भएको छ । शाखाको उपसंयोजक संजय कँडेलका अनुसार पुर्वी लण्डनस्थित गेसो सभा हलमा आयोजना हुने सो अधिवेशनमा युनियनका केन्द्रीय नेताहरुको सहभागिता रहनेछ । अधिवेशनमा भाग लिन अध्यक्ष बद्री सिग्देल, उपाध्यक्षद्धय दीपक आचार्य, बाला अधिकारी, महासचिव अजयबाबु सिवाकोटी र प्रदेशसभा सांसद बिजुला बर्मा समेतको टोली अगामी शनिवार लण्डन उत्रिने तयारीमा रहेको युनियनको वेलायत शाखाले जनाएको छ । नयाँ नेतृत्वको समेत निर्वाचन हुने अधिवेशनमा संयोजक विपीन निरौला, एभ्रेष्ट गौतम लगायतले नेतृत्वको लागि दावी गरेका छन् । अन्य पदको लागि मन्दीप केसी, भिम खरेल, जसन भट्टराई, कृष्ण भण्डारी, कृष्ण
More

कोलोराडोमा होली सम्पन्न

अमेरीका – कोलोराडो निवासी नेपालीहरुले बसन्त ऋतुको आगमन संगै आपसी मेलमीलाप र सद्भाबको रुपमा मनाईने होली एक आपसमा रंग लगाई हर्सोउल्लासका साथ मनाएका छन् । नेपालीहरुको साझा संस्था नेपाली घरको आयोजनामा कोलोराडोको ब्राईटन स्थित सनातन हिन्दु मन्दिरमा आयोजित कार्यक्रममा कोलोराडोमा कृयासिल संघ संस्थाका प्रतिनिधी, गन्यमान्य, व्यवसाही, कलाकार, पत्रकार तथा सर्वसाधारणको उपस्थिती रहेको थियो । कार्यक्रमको सुरुमा नेपाली घरका कोषाध्यक्ष जगदिश ढकालले कार्यक्रम आयोजना गर्नुको उद्धेश्य प्रकास पारेका थिए । त्यसैगरी कार्यक्रममा अन्तराष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो च्याप्टरका अध्यक्ष कृष्णमुरारी ढु¨ेल, रकी माउन्टेण्ड फ्रेण्डस अफ नेपालका महासचिव टिका पौडेल, ग्लोवल भुटनिज कम्युनिटी अफ कोलोराडोका सोम बराल र एनआरएन कोलोराडो च्याप्टरका प्रतिनिधी
More

कमिशन मागेको आरोपमा कालोमोसो

डोटीको जिल्ला शिक्षा समन्वय विकास इकाईका प्रमूख जिल्ला शिक्षा समन्वय अधिकारी अनन्तकुमार पौड्याललाई कालोमोसो दलिएको छ । विद्यालय भवन निर्माणको बजेटमा कमिशन मागेको भन्दै नेपाल विद्यार्थी संघका नेताकार्यकर्ताको एक समुहले पौडेललाई कालोमोसो दलेको जनाएको छ । कालोमोसो दलिसकेपछि एक प्रेस विज्ञेप्ती जारी गर्दै नेपाल विद्यार्थी संघका आमन्त्रित केन्द्रीय सदस्य विजयराज ओझाले विद्यालय भवन निर्माण, मर्मत तथा शौचालय निर्माणमा कमिशन माग गरेको लगायतका विभिन्न ९ वटा आरोप लगाएका छन् । ओझाकै नेतृत्वमा गएको टोलीले कालोमोसो लगाएको हो । विज्ञेप्तीमा योजनाहरुमा आफन्तको माध्यमबाट १० प्रतिशत कमिशन माग गरेको, विव्यसको अधिकारक्षेत्र भित्र रहेको करार शिक्षक नियूक्ती आफु मातहतमा ल्याएर ४ महिनासम्मको तलब लिदै
More

गणतन्त्र भिक्षा मागेर पाएको होइनः प्रधानमन्त्री ओली

काठमाडौं, १० चैत, प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय लोकतान्त्रिक गणतन्त्र भिक्षा मागेर नल्याएको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा अधिवेशन समापनको मन्तव्य व्यक्त गर्दै प्रधानमन्त्रीले नेपाल कुनै हालतमा पछाडि फर्कन नसक्ने बताउनुभयो । “जोगीले फेरी लगाएजस्तो जनताले फालिसकेको राजतन्त्र ल्याउँछौं भन्दै केही मान्छे फेरी लगाएर हिडेका छन्,” प्रधानमन्त्री ओलीले भन्नुभयो, “२५० वर्षअघि घलेहरुले बुझेका थिए, जन्मसिद्ध राजा हुँदैन । दौडेरै भए पनि जित्नै पर्छ ।” प्रधानमन्त्री ओलीले प्रतिगमनको सम्भावना नरहेको उल्लेख गर्दै अनावश्यक चलखेल नगर्न सचेत गराउनुभयो । “लोकतन्त्र भिक्षा मागेर ल्याएको होइन । गाई र त्रिशूल खेलेर ल्याएको होइन । गणतन्त्र रगत बगाएर ल्याएको हो,” प्रधानमन्त्रीको भनाइ छ, “राजतन्त्र–राजतन्त्र
More

मुस्लिम आयोगका अध्यक्षविरुद्ध सर्वोच्चमा रिट दायर

काठमाडौं–हालै मुस्लिम आयोगमा नियुक्त भएका समिम मियाँ अन्सारीविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर भएको छ । कपिलबस्तुका अब्दुल सलामले उत्प्रेषण, परमादेशलगायतका आवश्यक र उपयुक्त आदेशको माग गर्दै आइतबार सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् । अन्सारीविरुद्ध संसदीय सुनुवाई विशेष समितिमा नागरिकता र शैक्षिक प्रमाणपत्रको विषयलाई लिएर उजुरी परेको थियो । तर सो उजुरीको कुनै सुनुवाई नभई सरकारले सिफारिस गरेको ४५ दिनपछि स्वतः अनुमोदिन भएका थिए । त्यसपछि राष्ट्रपति विद्यादेवी भण्डारीले चैत ७ गते सपथ गराएकी थिइन् । अन्सारीको नियुक्तिबारेको विवादको टुंगो लगाउने अधिकार नेपालको संविधानको धारा १३३(२) बमोजिम सर्वोच्च अदालतलाई भएकाले धारा १३३(३) बमोजिम निजको सिफारिश र नियुक्तिको निर्णय बदर गराउन
More

एनआरएनद्धारा आठौँ राष्ट्रिय खेलकुदको लागि २४ खेलाडीको नाम घोषणा

विश्वका ७ मुलुकमा रहेका २४ नेपाली खेलाडी काठमाडौँ : सन् २०१४ मा दक्षिण कोरियामा भएको एसियन गेम्समा नेपाललाई कास्य पदक दिलाएकी कराते खेलाडी विमला तामाङले आठौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा गैर आवसिय नेपालीबाट खेल्ने भएकी छिन्। गैर आवसीय नेपाली महासंघ एनआरएनले आइतबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै बृहत राष्ट्रिय खेलकुदमा सात प्रदेश र तीन विभागीय सँगै एनआरएनएको टोलीले पनि सहभागिता जनाउने जानकारी दिएको हो। एनआरएनएका महासचिव बद्री केसीले विश्वका ७ मुलुकमा रहेका २४ नेपाली खेलाडीले विभिन्न ९ खेलमा प्रतिस्पर्धा गर्ने जानकारी दिए। जस अनुसार नेपाललाई एसियन गेम्समा पदक दिलाइसकेकी विमला तामाङले पनि एनआरएनएबाट खेल्ने भएकी हुन्। यस्तै विश्व जुडो च्याम्पियनसिपमा सहभागिता जनाइसकेका
More

बल्छी र राजुले किन छोडे मेरीबास्सै

काठमाण्डौ – चर्चित हाँस्य टेलिसिरियल मेरी बास्सैबाट चर्चामा आएका र पछिल्लो समय आफै निर्देशक समेत रहेका द्वय राजु मास्टर तथा बल्छी ध्रुवेले आजकै मितिबाट मेरी बास्सै सिरियल छोडेको बताएका छन् । मरिचमान श्रेष्ठ (बल्छी ध्रुवे ) ले आफ्नो फेसबुकमा स्टाटस लेख्दै मेरी बास्सैबाट राजु मास्टर तथा बल्छी ध्रुवे अलग भएको जनाएका छन् । मिडिया हवसँग सहमति हुन नसक्दा आफूहरुले मेरी बास्सै छोडेको तथा अर्को नयाँ सिरियलमा त्यही भेषमा आउने कुरा पनि उनले जनाएका छन् ।
More

एसपि डिल्लीराज विष्ट साढे १० लाख धरौटीमा रिहा

काठमाडौं– कञ्चनपुरकी निर्मला पन्त बलात्कार–हत्या प्रकरणमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका तत्कालिन प्रहरी उपरिक्षक (एसपी) दिल्लिराज विष्ट साढे १० लाख धरौटीमा रिहा भएका छन् । निर्मला हत्या प्रकरणमा प्रमाण नष्ट गरिएको र शंकास्पद अभियुक्त दिलिपसिंह विष्टलाई यातना दिएको अभियोगमा थुनछेक बहसपछी उनलाई न्यायाधिश डा. राजेन्द्र कुमार आचार्यले धरौटीमा रिहा गर्न आदेश गरेका हुन् । ‘डिल्लीराज विष्टलाई धरौटीमा रिहाई गर्न आदेश भएको छ’ जिल्ला अदालत कञ्चनपुरका रजिष्टार हरिकृष्ण अवस्थितले भने, ‘साँढे १० लाख धरौटी माग भएको छ ।’ २०७५ साउत १० गते हत्या गरिएकी निर्मला पन्तकी आमा दुर्गादेवी पन्तले प्रमण नष्ट बिरुद्ध जाहेरी दिएकी थिईन् । शंकास्पद अभियुक्त दिलिप सिंह विष्टका दाजु
More

गुडिरहेको बसमाथि ढुंगा खस्दा २ जना घाइते

पर्वत । गुडिरहेको बसमा ढुंगा खस्दा पर्वतको कुस्मा अर्मादीमा दुई जना यात्रु घाइते भएका छन् । पोखराबाट मुस्ताङ तर्फ जाँदै गरेको बसमा ढुंगा खस्दा एक जना भारतीय पर्यटकसहित दुई जना यात्रु घाइते भएका हुन्। पर्वतको कुश्मा नगरपालिका–४ अर्मादीमा सडक निर्माणका क्रममा डोजरले खन्दा शनिबार दिउँसो सडक माथिबाट खसेको ढुंगा बसभित्र छिरेको थियो । ग१ख ५५९६ नम्बरको पर्यटक बसमा सडक माथिबाट खसेको ढुंगाले लाग्दा ८० वर्षीय भारतीय पर्यटक मनुभाई पट्टेल र पोखराका १९ बर्षिय सुनिल पौडेले घाईते भएको प्रहरीले जनाएको छ । उनीहरुको धौलागिरी अञ्चल अस्पतालमा सामान्य उपचार पछि थप उपचारका लागि गण्डकी अस्पताल पोखरा पठाईएको पर्वतका प्रमुख जिल्ला अधिकारी गुरुदत्त
More

वडा अध्यक्ष भारतीको निधन

बुटवल, १० चैत । कपिलवस्तुुको शिवराज नगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष शकुुन्तला भारतीको निधन भएको छ । विभिन्न रोगबाट ग्रसित ७६ वर्षिया भारतीको आफ्नै निवास लालपुरमा शनिबार साँझ निधन हो । भारती स्थानीय तहको चुनाबमा स्वतन्त्र उम्मेदवार दिएर वडा अध्यक्षमा निर्वाचित भएकी थिइन । उनको आइतबार दाहसंस्कार गर्ने परिवारले जनाएको छ ।
More