Daily Archives 26th March 2019

पूर्वराजाको सक्रियता बढ्दो, फेरि जिल्ला भ्रमणको कार्यक्रम सार्वजनिक

काठमाडौं– पूर्वराजा ज्ञानेन्द्र शाहले आइतबारदेखि पूर्वी नेपालको भ्रमण गर्ने भएका छन् । भ्रमणमा पूर्वरानी काेमलकाे पनि सहभागिता रहनेछ । शाहले आइतबार देखि इलाम र पाँचथर जिल्लाको भ्रमण गर्ने तय भएको पूर्वराजाका प्रेस संयोजक फणि पाठकले जानकारी दिए । उनी त्यहाँ केही दिन व्यस्त हुने बताइएको छ । भ्रमणका क्रममा शाहले त्यहाँ रहेका विभिन्न मठ मन्दिरको दर्शन गर्नुका साथै समर्थकहरुसँग पनि भेटघाट गर्ने तय भएको छ । यसअघि फागुन २९ देखि चैत ३ गतेसम्म पूर्वराजाले मधेसका विभिन्न जिल्लाको भ्रमण गरेका थिए । राजनीतिक व्यवस्थाप्रति असन्तुष्टि पोख्दै आएको ज्ञानेन्द्रले पछिल्लो समय आफ्नो गतिविधिलाई तीब्र पार्दै आएको छन।
More

घुस्याहा तत्कालीन अख्तियार आयुक्तमाथि अख्तियारकै एक्सन

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायण पाठकले नेपाल इञ्जिनीयरिङ कलेजको मुद्दा मिलाइदिने भन्दै रु ७८ लाख घुस लिएको अभियोगमा आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । भ्रष्टाचार नियन्त्रण गर्ने निकायको आयुक्त नै घुस प्रकरणमा तानिएको यो पहिलोपटक हो । चाँगुनारायणस्थित नेपाल इञ्जिनीयरिङ कलेजको स्वामित्व विवादका सम्बन्धमा आयोगले अनुसन्धान गरिरहेको उजुरी मिलाइदिने भन्दै पाठकले घुस लिएको श्रव्यदृश्य सामग्री केही समय पहिले सार्वजनिक भएको थियो । उक्त सामग्री सार्वजनिक भएपछि पाठकले आफ्नो पदबाट राजीनामा दिएका थिए । आयोगका प्रवक्ता प्रदीकुमार कोइरालाका अनुसार विचाराधीन उजुरीलाई मिलाइदिने भनी तत्कालीन आयुक्त पाठकले सोही कलेजका सञ्चालकसँग घुस लिएको ठहरसहित आज मुद्दा दायर गरिएको
More

राप्रपामा पदाधिकारी मनोनयन (नामावलीसहित)

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले पार्टीको विधान बमोजिम वरिष्ठ उपाध्यक्षमा बुद्धिमान तामाङ (धादिङ) र राजीव पराजुली(पर्सा)लाई मनोनित गरेका छन् । त्यसैगरी उपाध्यक्षमा प्रेमबहादुर भण्डारी (बाँके), टङ्क ढकाल (भोजपुर), नरेन्द्रबहादुर चन्द (बैतडी), तोरणबहादुर गुरुङ (स्याङ्जा), रोशन कार्की (ललितपुर), भिमप्रसाद गौचन (म्याग्दी) र महेशलाल महासेठ (सिरहा)लाई मनोनयन गर्नुभएको प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए । महामन्त्रीमा राजेन्द्र लिङ्देन (झापा) र डा धवलशम्शेर जबरा (बाँके) लाई मनोनयन गरिएको छ । प्रवक्ताहरुमा सुशील श्रेष्ठ (महोत्तरी), भुवन पाठक (काठमाडाँै) र नीलकण्ठ काफ्ले (नवलपुर) लाई जिम्मेवारी दिइएको छ । सहमहामन्त्रीमा चन्द्रबहादुर गुरुङ (कैलाली), कुन्ती शाही (दैलेख), दीपकबहादुर सिंह(मकवानपुर), भक्तिप्रसाद सिटौला (झापा), अर्जुन
More

विप्लव समूह र प्रहरीबीच गोली हानाहान

अछाम – सुदूरपश्चिम प्रदेशको अछाममा नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका कार्यकर्ता र प्रहरीबीचगोली हानाहान भएको खबर छ। रामारोशन गाउँपालिकाको बाटुलासैनमा विप्लव समूहका कार्यकर्तालाई पक्राउ गर्ने क्रममा मंगलबार दिउँसो दोहोरो गोली चलेको हो। यद्यपी दुबै पक्षमा कुनै क्षति भएको छैन । तर विप्लवका ४ कार्यकर्ता पक्राउ परेको छन। पक्राउ पर्नेमा अखिल क्रान्तिकारीका जिल्ला कोषाध्यक्ष सुरेश रावत, युवा संगठनका जिल्ला सदस्य सुरेश साउद, अनेम संघ क्रान्तिकारीका भूमिसरा धामी, युवा संगठनका राजेन्द्र धामी रहेका छन्। विप्लव समूहबाट पहिला गोली चलेपछि प्रहरी गोली चलाउन बाध्य भएको प्रहरीको भनाइ छ।
More

चीनमा भेटियो दुई हजार ५०० वर्ष पुरानो अन्डा

चीन– पुरातत्वविद्हरुले चीनको जियाङ्सु प्रान्तमा दुई हजार ५०० वर्ष पुरानो चिहानबाट सग्लो अन्डा भेटिएको सोमबार जनाएका छन् । उत्खनन्का क्रममा अन्डाले भरिएको जारमा एउटा मात्र अन्डा फुटेको अवस्थामा पाइएको थियो । नानजिङ म्युजियम इन्स्टिच्यूट अफ आर्कियोलोजीका अनुसन्धाताहरुले लियाङ शहरको शाङसिङस्थित एउटा विशाल चिहानमा उत्खनन् गर्दा ढक्कन लगाइएको माटोको भाँडोमा ती अन्डा फेला परेको बताएका छन् । मानिसको हातले छुँदा अन्डा फुट्ने त्रासका कारण अन्डा गणना गर्न एक्सरेको प्रयोग गरिएको एक जना पुरातत्वविद् झाओ हेङमिङले बताए । “सेतो र पहेंलो अवस्थामा भेटिएका ती अन्डा सडेको अवस्थामा छन्, तर नुनमा डुबाइएको थियो वा थिएन भन्ने बारेमा डिएनए परीक्षण गर्ने तयारी भइरहेको छ,”
More

काँग्रेसले तोक्यो महाराष्ट्रका लागि ४० मुख्य चुनाव प्रचारक

नयाँ दिल्ली– भारतीय राष्ट्रिय काँग्रेसले महाराष्ट्रमा पहिलो दुई चरणमा हुने लोक सभा निर्वाचनका लागि प्रचारकहरुको सूची तयार पारेको छ । पार्टीले मङ्लबार सार्वजनिक गरेको सूचीमा ४० जना नेताहरुको नाम रहेको अधिकारीहरुले जानकारी दिएका छन् । सूचीमा काँग्रेस अध्यक्ष राहुल गान्धी, युपिए अध्यक्ष सोनिया गान्धी, पूर्वप्रधानमन्त्री डा मनमोहन सिंह, पार्टीका बरिष्ठ नेताहरू माल्लिकार्जुन खार्गे, गुलाम नाबी आजाद र सुशील कुमार शिन्देलगायत रहेका छन् । तोकिएका नेताहरुले ती निर्वाचन क्षेत्रका लागि पार्टीबाट उठाइएका उम्मेदवारलाई जिताउन हरेक प्रयास गर्नुहुने पार्टीले जनाएको छ । महाराष्ट्रमा ४८ सिटका लागि निर्वाचन हुन लागेको छ । सात चरणमा हुने लोकसभा निर्वाचन यही अप्रिल ११ देखि सुरु हुन
More

आँधीका कारण दक्षिण अफ्रिकाका पाँच लाख विस्थापित

मोजाम्बिक– आँधीबाट प्रभावित भएका दक्षिण अफ्रिकाका पाँच लाखभन्दा बढी बासिन्दा विस्थापित भएका छन् । सहयोगदाताहरुले उनीहरुलाई औषधी, खाना, पाल लगायतका सहयायता सामग्रीहरु उपलब्ध गराएका छन् । आँधीसँगै आएको अत्यधिक बर्षा, हावाहुरी र बाढीले झण्डै सात सय जनाको मृत्यु भएको छ भने अरु थुप्रै भौतिक क्षति भएको छ । आँधीले मोजाम्बिक, जिम्बाबे र मलावी क्षेत्रलाई प्रभावित पारेको छ । आँधीबाट प्रभावित भएको मध्ये झण्डै तीन हजार १२५ बर्ग किलोमिटर क्षेत्रमा अहिले पनि पानी रहेको अधिकारीहरुले बताएका छन् । विश्व खाद्य कार्यक्रम (डब्लुएफपी)द्वारा जारी वक्तव्यमा भनिएको छ, “हामीलाई प्राप्त पछिल्लो विवरण अनुसार आँधीबाट प्रभावित तीन देशका झण्डै पाँच लाख जना विस्थापित भएका
More

आईपीएलको दोस्रो खेलमा अटाएनन् सन्दीप

नयाँदिल्ली–नेपालका लेग स्पिनर सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग (आईपीएल) को दोस्रो खेलमा पनि टोलीमा परेका छैनन् । जारी आइपीएलमा सन्दीपको टोली दिल्ली क्यापिटल्सले चेन्नई सुपर किंग्सविरुद्ध खेल्दैछ । दिल्लीले सन्दीपलाई प्लेइङ–११ मा नराखेपछि उनको आइपीएल खेल्ने प्रतिक्षाको घडी अझै लम्बिने देखिन्छ । दिल्लीको घरेलु मैदान फिरोज शाह कोटलामा सञ्चालित खेलमा अहिले टस जितेर दिल्लीले पहिले ब्याटिङ गरेको छ । दिल्लीको प्लेइङ–११ मा शिखर धवन, पृथ्वी शा, कप्तान श्रेयस ऐर, ऋषभ पन्त, कोलिन इनग्राम, किमो पल, अक्षर पटेल, राहुल टेवाटिया, कागिसो रबाडा, ईशान्त शर्मा र अमित मिश्रा रहेका छन् ।
More

पुनर्निर्माणमा खटिएका प्राविधिकहरुद्वारा आन्दोलन स्थगित

काठमाडौं-राष्ट्रिय पुनर्निर्माण प्राधिकरण अन्तर्गत पुनर्निर्माणमा खटिएका प्राविधिकहरु आन्दोलन स्थगित गरी काममा फर्कन सहमत भएका छन् । नेपाल इन्जिनियर्स एशोसियसन र राष्ट्रिय पुनर्निर्माण प्राधिकरण प्राविधिक राष्ट्रिय हकहित समितिबीच भएको सहमति अनुसार पुनर्निर्माणमा खटिएका इन्जिनियरहरुलाई अर्थ मन्त्रालयको परिपत्र अनुसार प्रोत्साहन भत्तासहितका सुविधा उपलब्ध गराउने गरी सात दिनभित्र कार्यान्वयन गराउन राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको नेतृत्वले पूर्ण प्रतिबद्धता व्यक्त गरेपछि प्राविधिकहरु काममा फर्कन सहमत भएका हुन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, नेपाल इन्जिनियर्स एशोसियसन र राष्ट्रिय पुनर्निर्माण प्राधिकरण प्राविधिक राष्ट्रिय हकहित समितिबीच छलफल भई गरिएको निर्णयमा आजकै मितिदेखि आन्दोलनका कार्यक्रम स्थगन गरी काममा फर्कने निर्णय गरियो भन्ने उल्लेख गरिएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी
More

उपत्यकाको ट्राफिक व्यवस्थापन सुधार सम्बन्धी छलफल कार्यक्रम सम्पन्न

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको उपस्थितिमा नेपाल प्रहरी क्लब भुकुटीमण्डपमा ‘उपत्यकाको ट्राफिक व्यवस्थापन सुधारको लागि तयार पारिएको ३ महिने कार्य योजना-२०७५’ सम्बन्धमा सरकारी तथा गैरसरकारी निकायसँग छलफल कार्यक्रम मंगलबार सम्पन्न भएको छ । अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले उपत्यकाको ट्राफिक व्यवस्थापनलाई व्यवस्थित एवम् सुढृढ गर्नका लागि ट्राफिक व्यवस्थापनसँग सम्बन्धित सबै सरोकारवालाहरुले आ-आफ्नो क्षेत्रबाट दत्तचित्त भएर काम गर्नुपर्ने बताउनुभयो । सबै सरोकारवालाहरुले एकआपसमा समन्वय गरी आफ्नो जिम्मेवारीप्रति प्रतिवद्ध भएर आगाडि बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो । उपत्यकाको ट्राफिक व्यवस्थापन सुधारको लागि तयार पारिएको ३ महिने कार्य योजना दीर्घकालीन रुपमा लागू हुने चर्चा गर्दै प्रहरी महानिरीक्षक खनालले यस कार्य योजनालाई सामान्य
More

विप्लव नेतृत्वको तमुवान संयोजक डेराबाटै पक्राउ

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता किसानसिंह तमु ‘गुरुङ’ पक्राउ परेका छन् । गुरुङ तमुवान संयोजक समेत हुन् । मंगलबार पोखराको लेखनाथस्थित आफ्नै डेराबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । गुरुङको डेरा लेखनाथस्थित शिशुवा भन्ने ठाउँमा हो । हाल गुरुङलाई जिल्ला प्रहरी कार्यालय कास्कीमा ल्याई थप अनुसन्धान भइरहेको जिप्रकाले जनाएको छ । आजैमात्र विप्लवका आधा दर्जनभन्दा बढि केन्द्रीय स्तरका नेताहरु पक्राउ परेका छन् ।
More

आज कति छ डलर, युरो र पाउन्डको भाउ ?

काठमाडौं– मंगलबार एक अमेरीकी डलरको खरिद भाउ ११० रुपैयाँ तोकिएको छ । यसैगरी बिक्री मूल्य ११० रुपैयाँ ६० पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १२४ रुपैयाँ ३९ पैसा छ भने बिक्रिदर १२५ रुपैयाँ ०७ पैसा रहेको छ । पाउण्ड स्ट्रलिङ एकको खरिददर १४४ रुपैयाँ ९२ पैसा र बिक्रिदर १४५ रुपैयाँ ७१ पैसा रहेको छ ।
More

सुनको भाउ घट्यो

काठमाडौं– मंगलबार सुनको भाउमा घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको भाउ तोलमा ६० हजार ५०० मा कारोबार भइरहेको छ। यसअघि सोमबार सुनको भाउ तोलमा ६० हजार ६०० मा कारोबार भएको थियो । यस्तै तेजावी सुन तोलमा ६० हजार २०० मा कारोबार भइरहेको छ। यस्तै चँँदी भने रु ७४० मा कारोबार भइरहेको महासंघले जनाएको छ । सोमबार पनि चाँदीको भाउ पनि घटेको हो ।
More

दुर्घटनामा ४ जनाको मृत्यु

काठमाडौं र बारामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ३७ जना घाइते भएका छन् भने कैलाली र धनकुटामा भएका सवारी दुर्घटनामा ४ जनाको मृत्यु भएको छ । काठमाडौंको दक्षिणकाली नगरपालिका-१ चाल्नाखेलस्थित सडकमा ना.३ ख १४४४ नम्बरको दक्षिणकाली यातायातको बस मंगलबार बिहान आफै अनियन्त्रित भई पल्टिएर दुर्घटना हुँदा बसमा सवार २२ जना व्यक्तिहरु घाइते भएका छन् । घाइतेहरुमध्ये १० जनालाई वयोधा अस्पताल बल्खु र १२ जनालाई मनमोहन अस्पताल फर्पिङ् उपचारको लागि लगिएको छ । बाराको निजगढ नगरपालिका-७ स्थित भमरा पुल नजिकै सडकमा वीरगंजबाट जनकपुरतर्फ जाँदै गरेको ना.७ ख ३३७७ नम्बरको बस मंगलबार बिहान आफै अनियन्त्रित भई पल्टिदा बसमा सवार १५ जना घाइते
More

उर्जामन्त्री पुन र बङगलादेशी राजदूतबीच भेटवार्ता

काठमाडौं– उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन ‘अनन्त’ र नेपालका लागी बङगलादेशी राजदूत मस्फी विन्ते सम्सबीच भेटवार्ता भएको छ । सिंहदरवारस्थित उर्जामन्त्रालयमा मंगलवार भएको भेटवार्तामा द्धिपक्षिय हितका साथै आपसी सहयोगका विषयमा छलफल भएको थियो । भेटमा मन्त्री पुनले बङगलादेशी राजदूतबीच नेपाल र बङगलादेशको विचमा भएका सहमती र सहकार्यका बारेमा समेत छलफल भएको मन्त्री पुनको सचिवालयले जानकारी दिएको छ । मन्त्री पुनले बङगलादेशमा केही समय अघि मात्र नयां सरकार बनेको भन्दै नयां सरकारसंग उर्जा क्षेत्रमा सहकार्य गर्न नेपाल ईच्छुक रहेको धारणा व्यक्त गर्नुभयो । भेटमा बङगलादेशी राजदूत विन्तेले नेपाल सरकारले आयोजना गर्न लागेको लगानी सम्मेलनमा बङगलादेशबाट निजी क्षेत्रको सहभागीता रहने जानकारी
More

मन्त्रालयको निर्देशनमा पुस्तक पसल अनुगमन

बागलुङ – श्रीस्वस्थानी ब्रत कथाको पुस्तकमा यशु क्रिष्टको विज्ञापन गरेको पाइएको भन्दै प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले पुस्तक अनुगमन गर्न निर्देशन दिएपछि सोमबार बागलुङमा रहेको पुस्तक पसलहरुको अनुगमन गरिएको छ । जिल्ला प्रशासन कार्यालय बागलुङले बागलुङ बजारमा रहेका पुस्तक पसलहरुको अनुगमन गरेको प्रमुख जिल्ला अधिकारी बेद प्रसाद खरेलले जानकारी दिए । बागलुङ बजारमा रहेका १७ वटा पुस्तक पसलमा पुगेर प्रसासनको टोलिले अनुगमन गरेको थियो । मन्त्रालयले संका गरेको जस्तो बागलुङका पुस्तक पसलहरुमा रहेका पुस्तकमा बिज्ञापन नभेटीएको जिल्ला प्रशासन कार्यालय बागलुङका प्रमुख प्रशासकीय अधिकृत केशव लामिछानेले बताए । अनुगमनमा प्रशासन कार्यालय बागलुङका प्रमुख प्रशासकीय अधिकृत केशव लामिछाने, शिक्षा विकास तथा समन्वय इकाइका
More

आजदेखि पाँच ब्रुमरले काठमाडौंमा धुलो बढार्ने

काठमाडौं । काठमाडौं महानगरपालिकाले आज मंगलबारदेखि नयाँ ब्रुमर (यान्त्रिक कुचो) मार्फत सडक सफा गर्ने भएको छ । एक साताअघि इटालीबाट काठमाडौं आइपुगेको सफा गर्ने उक्त यन्त्र पहिलोपटक रत्नपार्कमा प्रयोग गर्न लागिएको काठमाडौं महानगरपालिकाले जनाएको छ । मेयर विद्यासुन्दर शाक्यले विभिन्न प्रस्तावित ५ वटा रुटमा प्रयोग गर्ने गरी ब्रुमरको उद्घााटन गर्न लागेका हुन् । महानगरपालिकाले हालसालै ५ वटा इटालियन ब्रुमर ल्याएको छ । गत असारमा गरिएको बोलपत्रको आधारमा उक्त यन्त्र ल्याइएको हो । झण्डै ११ करोड रुपैयाँ खर्चिएर महानगरपालिकाले ल्याएका ब्रुमरले टेकुलाई केन्द्र बनाएर ५ वटा रुटमार्फत रिंगरोडभित्र सफाइको काम गर्नेछन् । पाँच ब्रुमरमध्ये चार वटा १६ टन क्षमता बराबरका तथा
More

१४ वर्षीया बालिका एघार दिनदेखि बेपत्ता

पर्वत : उत्तरी पर्वतको जलजला गाउँपालिका–७ धाइरिङकी एक बालिका विगत ११ दिनदेखि बेपत्ता बनेकी छिन् । चैत २ गते दिउँसो १२ बजे घाँस काट्न भन्दै खेतमा गएकी १४ वर्षीया सुनिता रिजाल अझैसम्म पनि सम्पर्कमा आएकी छैनन् । गहुँगोरो अनुहार भएकी, खैरो कपाल गरेकी अन्दाजी पाँच फिट उचाइ भएकी रिजाल घरभन्दा केही तलको सल्यानफाँटमा घाँस काट्न भनी गएको तर अहिलेसम्म नफर्किएको स्थानीय टेकनारायण आचार्यले जानकारी दिनुभयो । साँझ अबेरसम्म पनि घाँस लिएर घर नफर्केपछि सबै ठाउँमा खोजी गरे पनि कुनै पत्ता नलागेको बालिकाका बाबु महानन्द रिजालले जानकारी दिनुभयो । आफन्त, इष्टमित्र, गाउँ वरिपरि जताततै खोजतलास गर्दा पनि नभेटिएको रिजालले बताउनुभयो ।
More

कृष्णप्रसाद सिटौला डिस्चार्ज

नेपाली कांग्रेसका नेता कृष्ण प्रसाद सिटौला अस्पतालबाट डिस्चार्ज भएका छन् । केही दिनअघि स्वास्थ्यमा समस्या भएपछि उनी ह्याम्स अस्पताल भर्ना भएका थिए । स्वास्थ्यमा सुधार भएपछि सिटाैला डिस्चार्ज भएकाे उनका सहयाेगी बलदेव तिमल्सिनाले जानकारी दिए । अस्पतालबाट बिदा हुँदै सिटाैलाले उपचारमा संलग्न चिकित्सक, शुभेच्छुक र शुभचिन्तकलाई धन्यवाद दिएका छन् । सिटाैलाकाे रगतमा हेमाेग्लाेबिनकाे कमी र रक्तचापमा समस्या देखिएकाे थियाे ।
More

आगलागीबाट ३ लाख बराबरको धनमाल जलेर नष्ट

मोरङ । मोरङमा आगलागीबाट ३ लाख बराबरको धनमाल जलेर नष्ट भएको छ। धनपालथान गाउँपालिका ३ टिटैया बस्ने नारायणकुमार मण्डलको चिया नास्ता पसल र सोही ठाउँ बस्ने मनोज मण्डलको परालमा आगलागी हुँदा फैलिएको आगोले धनमाल जलेर नस्ट भएको छ। सोमबार बिहान आगलागी हुँदा अनटेस्ट लेखिएको मोटरसाइकल र पसल जलेर करिब ३ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। स्थानीय बासिन्दा र दमकलको सहयोगमा प्रहरीले आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ। डिसी नेपाल
More