Daily Archives 27th March 2019

९६ करोडको लागतमा एनआरएन मलेसियाको सकृयतामा गोरखामा हाइड्रोपावर बन्ने

लण्डन । गैरआवासीय नेपाली (एनआरएन) सहितको लगानीमा गोरखामा १४.५५ मेगावाटको हाइड्रोपावर बन्ने भएको छ । गोरखाको धार्चे गाउँपालिकाको माछाखोलामा अप्पर र निम्रुङ्ग खोला हाइड्रोपावर बन्ने भएको हो । १० मेगावाटको निम्रुङखोला जलविद्युत् आयोजना र ४.५५ मेगावाटको माछाखोला अप्पर हाइड्रोपावर निर्माण हुन लागेको कम्पनीका अध्यक्ष तथा एनआरएनए मलेसियाका अध्यक्ष खगेन्द्र न्यौपानेले जानकारी दिए । निर्माणका लागि आवश्यक काम सकेर काम अघि बढिसकेको उनले जानकारी दिए । ‘निर्माण लाइसेन्स लिइसकेका छौं, बाँध निर्माणका लागि सय रोपानी जग्गा निश्चित गरिसकेका छौं,’ न्यौपानेले भने, ‘माछाखोला बजार आसपास पावर हाउस निर्माण गर्ने योजना छ, निर्माणस्थलसम्म पुग्न सडक खनिसकेको छ ।’ आयोजनाबाट उत्पादित विद्युत प्राधिकरणले खरिद
More

नेपालमा एनआरएन संस्थापक अध्यक्षको अस्पताल बन्यो विश्वस्तरीय

काठमाडौं–एनआरएनका संस्थापक अध्यक्ष उपेन्द्र महतोको लगानी रहेको नेपाल मेडिसिटी अस्पताल विश्वस्तरीय अस्पताल बन्न सफल भएको छ । सो अस्पताल नेपालको पहिलो र एकमात्र नेशनल एक्रिडिटेसन बोर्ड फर हस्पिटल हेल्थ केयर प्रोभाइडर्स (एनएविएच)मान्यता प्राप्त गर्न सफल भएको हो । यो सँगै मेडिसिटी अस्पताल विश्वस्तरीय अस्पतालको सूचीमा सूचीकृत भएको हो । अस्पतालको सेवा, जनशत्तिलका व्यवस्थापन, विश्वस्तरीय प्रविधि, विरामी मैत्री पूर्वाधार तथा अन्तराष्ट्रिय मापदण्डको सही व्यवस्थापनले अस्पताल विश्वस्तरीय मापदण्डमा सूचीकृत हुन सफल भएको हो । अस्पताल विश्वस्तरीय बन्न सफल भएको खुसीयालीमा बुधबार आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को परिकल्पना साकार पार्न शिक्षा र स्वास्थ्यका क्षेत्रमा लगानी बढाउने बताए
More

रुपन्देहीमा भारतीय नागरिकको गाेली हानी हत्या

रुपन्देही– रुपन्देहीमा अज्ञात समूहको गोली प्रहारबाट एक भारतीय नागरिकको मृत्यु भएको छ । बुटबलको मैनाबगरमा बुधबार साँझ भारतीय नागरिक फिरोज खानको गोली हानी हत्या भएको हो । उनी स्थानीय अटोभिलेज रेस्टुरेन्टमा कार्यरत रहेका थिए । उनको शव अहिले लुम्बिनी प्रादेशिक अस्पतालमा राखिएको छ । उनको कसले र किन हत्या गर्यो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
More

विप्लव समूहले घोषणा गरेको नेपाल बन्दको कार्यक्रम फिर्तां

काठमाडौं– प्रतिबन्धित विप्लव नेत्तृत्वको नेकपाले चैत १६ गते गर्ने भनिएको नेपाल बन्द फिर्ता भएको छ । राष्ट्रिय मानवअधिकार आयोग र परीक्षा नियन्त्रण कार्यालयको अनुरोधलाई सम्मान गर्दै विप्लव समूहले बन्द फिर्ता लिने निर्णय गरेको हो । विप्लवले आफ्ना नेता कार्यकर्ता पक्राउको विरोधमा नेपाल बन्दको घोषणा गरेका थिए ।
More

प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने पक्राउ

कास्की-पोखरा महानगरपालिका-९ पृथ्वीचोकस्थित दरौ सिरुवारीहोटलबाट प्रहरीलाई नगद ३ हजार ५ सय रुपैयाँ दिई आर्थिक प्रलोभनमा पार्न खोज्ने सोही महानगरपालिका-१५ काजीपौवा बस्ने ३२ वर्षीय मनबहादुर पुन र सोही महानगरपलिका-१२ मियापाटन बस्ने २२ वर्षीय रन्जन गुरुङलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । सोही होटलमा लागूऔषध सेवन गर्न लागेको अवस्थामा अस्थाई प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरीले नियन्त्रणमा लिन खोज्दा उनीहरुले उक्त नगद दिन खोजे पश्चात नगद सहित उनीहरुलाई पक्राउ गरेको हो । साथै उनीहरुको साथबाट प्रयोग गर्नतयारी गरेको २ थान सिरिन्ज समेत प्रहरीले बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।
More

कानुन मन्त्रीले हाने श्रम तथा रोजगार कार्यालयमा रेड

जनकपुरधाम। श्रम तथा रोजगार कार्यालय जनकपुरमा पटक पटक आईरहेको गुनासोलाई मध्य नजर गर्दै प्रदेश २ का आन्तरीक तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवले वुधवार अनुगमन गरेका छन् । श्रम तथा रोजगार कार्यालय जनकपुरमा अनुगमन गर्दै समस्याहरू देखा पर्यो र उक्त समस्याहरूलाई तुरून्त समस्या समाधान गरि सभ्य तरिकाले काम गर्न कार्यालयमा काम गर्ने कर्मचारीहरूलाई निर्देशन दिए । अनुगमनको क्रममा सेवा ग्रहीहरूले मन्त्रि यादवलाई चारै तर्फ घेरा हालेर आफनो आफनो गुनासो पोखेका थिए । मन्त्रि यादवले सेवा ग्रहीले गरेको गुनासोलाई मध्यनजर गर्दै कार्यलय प्रमुख मनोज यादवलाई तुरून्त समस्या सामाधान गर्न आग्रह गरे । त्यस्तै श्रम तथा रोजगार कार्यालय जनकपुरका प्रमुख मनोज यादवले काम
More

यसवर्ष नेपालमा १० अर्ब लगानी गर्ने एनआरएनको प्रतिबद्धता

काठमाडौं– गैरआवासिय नेपाली संघ (एनआरएन) ले यसवर्ष नेपालमा रु १० अर्ब लगानी गर्ने भएको छ । एनआरएनएका उपाध्यक्ष तथा लगानी तथा वाणिज्य प्रवर्द्धन कार्यदलका अध्यक्ष कुमार पन्तका अनुसार नेपालका पूर्वाधार विकासमा सरकारसँग मिलेर सो लगानी गर्न लागिएको हो । त्यसका लागि एनआरएनएले सरकारसँग चैत १५ र १६ गते हुने लगानी सम्मेलनका क्रममा ‘एनआरएन इन्फ्रास्ट्रक्चर इन्भेष्मेन्ट कोष’ स्थापनासम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गर्ने भएको छ । सो कोषको अधिकृत पुँजी २० अर्ब र चालु पुँजी १० अर्ब रहने छ भने कोषमा नेपाल सरकार समेतको लागानी रहने बताइएको छ । यसकारण कोष संघको तर्फबाट हाल विभिन्न स्तरबाट छरिएर लगानी आउने गरेको छ । तर
More

यस्तो रह्यो प्रचण्डको अमेरिका भ्रमण, उजुरीबारे के भने ?

अमेरिका–पत्नी सीता दाहालको उपचारका लागि अमेरिका आएका सत्तारुढ दल नेकपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड स्वदेश फिर्ता भएका छन् । उनी अमेरिका आएको १० दिनपछि सपरिवार नेपाल फर्केका हुन् । प्रचण्ड बिहीबार अपरान्ह काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण हुने कार्यक्रम रहेको छ । प्रचण्डसँगै पत्नी सीता दाहाल,छोरी गंगा र ज्वाई जीवन आचार्य अमेरिका आएका थिए । निजी भ्रमण तथा पत्नीको उपचारका लागि आएको भएपनि प्रचण्डले केही भेटवार्ता र नेपाली समूहदासँग भेटवार्ता गरे । अमेरिका आउन साथ नेपालीले अमेरिकन सरकारलाई उजुरी गरेर सामाजिक संजाल मार्फत उनलाई विवादको भूमरीमा मुछियो । तर, उनलाई अमेरिकी सरकारले उच्च सम्मान दियो र पूर्वप्रधानमन्त्री तथा
More

आज कति छ सुनको भाउ ?

काठमाडौं–बुधबार सुनको भाउ रु १०० ले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार अघिल्लो दिनको तुलनामा छापावाल सुनको भाउ रु १०० घटेर ६० हजार ४०० मा कारोबार भइरहेको हो। यस्तै तेजावी सुन तोलामा ६० हजार १०० मा कारोबार भइरहेको छ। चाँदी भने तोलामा रु ७४० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।
More

डलर साट्नु छ भने यस्तो छ आजको भाउ

काठमाडौं– के तपाइँको डलर, युरो वा पाण्ड साट्नु छ ? यदी छ भने नेपाल राष्ट्र बैंकले बुधबारका लागि अमेरीकी डलरको खरिद मूल्य १०९ रुपैयाँ ८८ पैसा तोकेको छ । यस्तै बिक्री मूल्य ११० रुपैयाँ ४८ पैसा तोकेको छ । यसैगरी युरोको खरिददर १२४ रुपैयाँ ३५ पैसा र बिक्रिदर १२५ रुपैयाँ ३ पैसा तोकेको छ । पाउण्ड स्ट्रलिङ एकको खरिददर १४५ रुपैयाँ ५० पैसा र बिक्रिदर १४६ रुपैयाँ २१ पैसा रहेको छ ।
More