Daily Archives 28th March 2019

महेन्द्र देशारले एनआरएनए अमेरिकको मेरिल्याण्ड च्याप्टरको अध्यक्षमा उम्मेद्वारी दिने

लन्डन । परिवर्तनको संवाहक बन्ने देशारको अभियान बाल्टिमोड–छोटो समयमै कुशल व्यवसायी बन्न सफल महेन्द्र देशारले एनआरएनए अमेरिकको मेरिल्याण्ड च्याप्टरमा अध्यक्ष पदका लागि उम्मेद्वारी दिनुहुने भएको छ । परिवर्तनको संवाहक बन्ने उच्च अभिलासा र उद्देश्य बोकेर उहाँले उक्त पदमा उम्मेद्वारी दिन लाग्नु भएको हो । प्रखर व्यक्तित्वका धनी देशारको मुख्य एजेण्डा भनेकै नेपाली समाजलाई अमेरिकामा स्थापित बनाएर समृद्ध बनाउनु हो । नविन सोच, योजना र आर्थिक समृद्धिका लागि कुशल नेतृत्व गर्ने अठोटका साथ उहाँ चुनावी मैदानमा उत्रिनु भएको हो । नेपाली समाजको गरिमा र गौरवलाई दीगो तथा प्रतिष्ठित बनाउने अठोट लिनु भएको छ । देशारले विभिन्न सामाजिक तथा बिजनेश संघसंस्थामा आवद्ध
More

अमेरिकाबाट प्रचण्ड स्वदेश फिर्ता, विमानस्थलमा उजुरी दिनेविरुद्ध खनिए

काठमाडौँ– नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ धर्मपत्नी सीता दाहालको स्वास्थ्योपचारपछि संयुक्तराज्य अमेरिकाबाट स्वदेश फर्किएका छन् । आज स्वदेश फर्कने क्रममा अध्यक्ष दाहालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा मुख्यतः उपचारकै काममा रहे पनि अमेरिकामा रहँदा उच्चस्तरीय राजनीतिक भेटसमेत भएको जानकारी दिए । अमेरिकामा रहँदा दक्षिण तथा मध्यएशिया मामिलासम्बन्धी प्रमुख उपसहायकमन्त्री एलाइस जी वेल्ससँग भेट भएको जानकारी गराउँदै अध्यक्ष दाहालले त्यसअवसरमा द्विपक्षीय सबै विषयमा कुरा भएको बताए । सो अवसरमा दुई देशका आपसी सहयोगका विषय र नेपालको राजनीतक विषयमा कुरा भएको जानकारी उनले जानकारी दिए । भेटमा दुवै देशका बीचमा उच्चस्तरीय भेटघाट र संवाद धेरै वर्षदेखि नभएको भन्ने सम्बन्धमा छलफल भएको
More

प्रदेश नं २ मा एसईई परीक्षा स्थगित

काठमाडौँ– राष्ट्रिय परीक्षा बोर्डले एसइई परीक्षाअन्तर्गत आजको अनिवार्य विज्ञान विषयको परीक्षा प्रदेश नम्बर २ मा स्थगित गरेको छ । यस विषयको प्रश्नपत्र परीक्षा आगाडि नै बाहिरिएकाले भन्दै बोर्डको आज बसेको बैठकले परीक्षा स्थगित गर्ने निर्णय गरेको हो । बोर्डले सूचना जारी गर्दै आज स्थगित भएको परीक्षा आगामी २२ गते सोही केन्द्रमा नै सञ्चालन हुने जनाएको छ । प्रश्नपत्र सार्वजनिक भएको विषयमा छानविन हुने पनि बोर्डले जनाएको छ । देशभर यही चैत १० गतेदेखि शुरु भएको परीक्षा २१ गतेसम्म चल्नेछ । बोर्डले सातै प्रदेशमा अनिवार्य विषयको फरकफरक प्रश्नपत्र बनाएको थियो ।
More

ब्रेक्जिटका लागि प्रस्तावित ‘८ वटै विकल्प’ संकटमा पर्यो

लण्डन– बेलायतको संसदमा भएको घण्टौँ लामो छलफलपछि युरोपेली संघ (ईयू)बाट बेलायत बाहिरिने (ब्रेक्जिट) प्रक्रियाका लागि उपायहरू खोज्ने उद्देश्यले बिहीबार संसदमा भएको मतदानमा सम्झौताबिहीन ब्रेक्जिट, लेबर पार्टीको वैकल्पिक सम्झौतालगायतका प्रस्तावित सबै आठ विकल्पमा बहुमत जुट्न सकेको छैन । भन्सारका विषयमा थप वार्ता गर्ने र संसदले पारित गर्ने जुनकुनै सम्झौतालाई जनमत सङ्ग्र्रहबाट पारित गर्नुपर्ने प्रस्ताव भने बहुमतको नजिक देखिएका थिए । दिइएका आठ विकल्पमा एप्रिल १२ तारिखमा सम्झौता बिना नै ईयू छाड्नेदेखि लिएर दोस्रो जनमत सङ्ग्र्रह गर्ने बिषयसम्मका थिए । मार्च २९ मा सम्झौता बिना नै बहिर्गमन गर्ने भएपनि यसलाई मे २२ वा अप्रिल १२ सम्म सार्नुपर्ने भन्ने प्रस्तावको पक्षमा ४४१ मत
More

प्रधानमन्त्रीको टिप्पणी : आमाका अगाडि मावलाको बयान !

काठमाडौं– नेपाली काँग्रेसले प्रधानमन्त्री के.पी. ओलीले आज एक कार्यक्रमका क्रममा पार्टीप्रति गरेको टिप्पणीलाई दुःखद र हलुका अभिव्यक्तिको रुपमा चित्रित गरेको छ । काँग्रेस प्रवक्ता विश्व प्रकाश शर्माले एक विज्ञप्तिमार्फत भनेका छन्, ‘एकदलीय अधिनायकवादको कम्युनिष्ट दर्शन बोकेर र घोकेर जीवनको पूर्वाध विताएका जो कोहीलाई जीवनको उत्तरार्धमा लोकतान्त्रिक पद्धतिको बाटो हिड्नु पर्ने परिस्थिति निश्चयनै कठिन रहेको मनस्थिति हामी बुझ्न सक्छौं । तर कांग्रेसले स्थापनाकालदेखि अंगिकार र विश्वास गरेको मार्गमा समाहित भएर अन्ततः कांग्रेसलाई नै लोकतन्त्रको व्याख्या सुनाउने कर्म ‘आमाका अघि मावलाको बयान’ भन्दा भिन्न छैन ।’ विप्लव समूहलाई लगाइएको प्रतिबन्ध बारे पार्टीको धारणा प्रष्ट रहेको भन्दै प्रवक्ता शर्माले नागरिक जीवनलाई सुरक्षा प्रदान
More

हेमन्तप्रकाश ‌ओलीलाई तीन दिनभित्र अदालतमा उपस्थित गराउन सरकारलाई आदेश

सर्वोच्च अदालतले विप्लव समूहका मध्यकमाण्ड इन्चार्ज हेमन्तप्रकाश ‌ओली ‘सुदर्शन’लाई तीन दिनभित्र अदालतमा उपस्थित गराउन सरकारलाई आदेश दिएको छ। उनलाई पक्राउ गर्नुको लिखित जवाफ दिन पनि सर्वोच्चले भनेको छ। गत फागुन १० गते नख्खुस्थित एनसेलको मुख्यालयको गेट अगाडि गराइएको बम बिस्फोट घटनाको जिम्मा लिएका विप्लव माओवादीका पोलिटब्युरो सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’ पाँचदिन अघि पक्राउ परेका थिए।
More

विप्लव नेतृत्वको नेकपा हिंसात्मक समुह हो–मुख्यमन्त्री पोखरेल

दाङ । प्रदेश पाँचका मुख्यमन्त्री शंकर पोखरेलले नेत्रबिक्रम चन्द ‘विल्लव’ले नेतृत्व गरेको नेकपालाई हिंसात्मक समुहको संज्ञा दिएका छन् । नेकपाको तुलसीपुर उपमहानगर कमिटीको सपथ ग्रहण समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले जनताको बलबाट लेखिएको नयाँ संबिधानलाई कार्यान्वय गर्नेबेलामा हिंसात्मक गतिबिधी गर्ने छुट कसैलाई पनि नभएको बताए । ‘नयाँ संबिधान बनिसकेको अवस्थामा त्यसलाई कार्यान्वयन् गर्न सरकारलाई सहयोग गर्नुको साटो विप्लवले संबिधान बिरोधी गतिबिधी गर्न हिंसाको साहारा लिनु गलत छ ।’ नेकपाका स्थायी कमिटी सदस्य समेत रहेका मुख्यमन्त्री पोखरेलले भने,‘हिंसात्मक गतिबिधी गर्ने समुह राजनीतिक हुनैसक्दैन् । त्यो हिंसात्मक समुह हो ।’ नेपाली काँग्रेस तर्फ ईगित गर्दै पोखरेलले बिगत काँग्रेस,एमाले र माओवादी हतियारकै साहारामा
More

प्रधानमन्त्री ओलीको भागमा २० कित्ता सेयर

काठमाडौँ– सरकारले घोषणा गरेको ‘जनताको जलविद्युत कार्यक्रम’ अन्तरगत माथिल्लो त्रिशुली–बी जलविद्युत आयोजनाको सेयर प्रधानमन्त्री केपी शर्मा ओलीलाई २० कित्ता परेको छ । उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयमा बिहीबार बाँडफाँड गरिएको सो जलविद्युत आयोजनाको सेयर प्रधानमन्त्री ओलीलाई २० कित्ता परेको हो । एक हप्ता अघि प्रधानमन्त्री ओलीले सो जलविद्युत आयोजनाका लागि १० हजार कित्ता सेयरका लागि आवेदन दिएका थिए । त्यसैगरी प्रधानमन्त्री पत्नी राधिकालाई पनि २० कित्ता, उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनलाई पनि २० कित्ता, पूर्व सभामुख ओनसरी घर्तीलाई पनि २० कित्ता सेयर परेको छ । प्रधानमन्त्रीसहित आफूहरुलाई पनि सर्वसाधारणले पाए जत्तिनै २० कित्ता सेयर भागमा परेको मन्त्री पुनले
More

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एनआरएन हेल्प डेस्क स्थापना

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आजदेखि गैर आवासीय नेपाली लक्षित छुट्टै अध्यागमन डेस्क सञ्चालनमा आएको छ । गैर आवासीय नेपालीको आवागमनलाई सहज बनाउन छुट्टै अध्यागमन डेक्सको स्थापना गरिएको हो । गैर आवासीय नेपाली संघ एनआरएनएले छुट्टै अध्यागमन डेक्सको लागि लबिङ गरिरहेको थियो । गत साता मात्रै संघका अध्यक्ष भवन भट्टले माननीय गृह मन्त्री राम बहादुर थापालाई भेटी डेक्स स्थापनाबारे जानकारी गराउँदै आवश्यक सहयोगका लागि अपिल गर्नुभएको थियो । डेस्कको उद्घाटन कार्यक्रममा बोल्दै संघका अध्यक्ष भवन भट्टले लामो समयदेखिको प्रयासले सार्थकता पाएको बताउनुभयो । यस्तै उपाध्यक्ष कुमार पन्तले आफूहरु नेपाल सरकारसँग मिलेर काम गर्ने इच्छुक रहेको बताउनुभयो । सरकारले गैर आवासीय नेपालीहरुलाई मुलुकका
More

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

सर्लाही- ईश्वरपुर नगरपालिका-९ रामनगर बस्ने १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा सोही स्थान बस्ने १९ वर्षीय राजन कुमार महतो सुडीलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । गत मंगलबार उनले ती किशोरीलाई डरत्रास देखाई आफ्नो घरमा लागि जबरजस्ती करणी गरेको भन्ने खबर बुधबार ईलाका प्रहरी कार्यालय केशरगंजमा प्राप्त हुनासाथ खटिएको प्रहरीले राजनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
More

परीक्षा सुरु नहुँदै प्रश्नपत्र बाहिरियो

राजविराज — सप्तरीमा माध्यमिक शिक्षा परीक्षा (एसईई) अन्तरगत बिहीबार विज्ञान विषयको प्रश्नपत्र परीक्षा अगावै बाहिरिएको खुलेको छ । बिहान ८ बजे परीक्षा सुरु हुनु अगावै प्रश्नपत्र बाहिरिएको सप्तरीका प्रमुख जिल्ला अधिकारी सुरन्द्र पौडेलले जानकारी दिए । परीक्षा सुरु नहुँदै प्रश्नपत्र बाहिरिएको पुष्टि भएपछि राजविराजमा बसेको जिल्ला परीक्षा समन्वय समितिको बैठकलेे विज्ञान विषयको परीक्षा रद्ध गर्न सम्बन्धित निकायमा सिफारिस गर्ने निर्णय गरेको समितिका संयोजक समेत रहेका प्रजिअ पौडेलले बताए। उनले प्रश्नपत्र कसरी बाहिरियो भन्ने विषयमा अनुसन्धान सुरु गरिएको जानकारी दिए। प्रदेश २ को सामाजिक विकास मन्त्रालय अन्तरगतको शिक्षा विकास निर्देशनालयका निर्देशक रामाकान्त शर्माले एउटा जिल्लामा प्रश्नपत्र परीक्षा अगावै बाहिरिए पूरै प्रदेशका
More

तीन तहमा १ लाख ३७ हजार ६ सय १४ कर्मचारी दरबन्दी स्वीकृत

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तीन तहमा १ लाख ३७ हजार ६ सय १४ कर्मचारी दरबन्दी स्वीकृत गरेको जनाएको छ । बिहिवार मन्त्रालयमा गरिएको पत्रकार सम्मेलनमा मन्त्रालयका सह सचीव केदार प्रसाद पनेरुले जानकारी दिएका हुन ।
More

अध्यक्ष प्रचण्ड श्रीमतीको उपचार पश्चात स्वदेश फर्किँदै

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्ड श्रीमती सीता दाहालको स्वास्थ्योपचार पश्चात आज स्वदेश फर्कँदै हुनुहुन्छ । अध्यक्ष, अध्यक्षका स्वकीय सचिव तथा छोरी गंगा दाहालसहितको टोली इतिहाद एयरवेजबाट आज अपरान्ह ४ बजे काठमाडाैं आइपुग्नु हुनेछ । अमेरिकामा श्रीमती सीता दाहालको Progressive Supranuclear Palsy (PSP) रोगको स्वास्थ्य जाँच पश्चात अध्यक्ष स्वदेश फर्कँदै हुनुहुन्छ ।
More

एनआरएनको परिचयपत्रमा चरम लापबाही, महिलाको फोटोमा पुरुषको नाम !

लण्डन । गैरआवासिय नेपाली संघ (एनआरएन) ले जारी गरेको परिचयपत्रमा चरम लापरबाही भएको पाइएको छ । लापरबाही यसम्मकी परिचयपत्रमा फोटो महिलाको नाम पुरुषसमेतको राखेर वितरण गरेको पाइएको छ । एनआरएन बेल्जियमेकी एक सदस्यलाई केही पहिले एनआरएनको परिचय दिइयो । तर जब परिचयपत्र हेरिन् उनी चकित परिन् । परिचयपत्रमा फोटो उनकै थियो तर नाम भने होमबहादुर धन्त्यालको थियो । यो त एक उदाहरणमात्रै हो, कम गुणस्तरको प्रमाणपत्र छपाइ गरेर बिवादमुक्त हुन नसकेको एनआरएन कार्ड वितरणको क्रममा विवादै विवाद खडा भएको छ । संघको केन्द्रीय समितिले गत वर्षदेखि परिचयपत्र वितरण गर्न थालेको भएपनि त्यो प्रभावहीन हुँदै आएको गुनासो सुनिएको आएको छ ।
More

नेपालकै कान्छी उपमेयर शिवकुमारी राष्ट्रिय विकास परिषदको सदस्यमा नियुक्त

कपिलवस्तु, १३ चैत । नेपालकै कान्छी उपमेयर शिवकुमारी चौधरी(थारु) नेपाल सरकारको राष्ट्रिय विकास परिषदको सदस्यमा नियुक्त भएकी छन् । नेपाल सरकारको मन्त्री परिषदको चैत ११ गतेको निर्णयानुसार चौधरीलाई राष्ट्रिय बिवकास परिषदको सदस्यमा नियुक्त गरिएको हो । राष्ट्रिय योजना आयोग (गठन तथा कार्य संचालन) आदेश, २०७४ को दफा ७ को उपदफा २(ञ) बमोजिम चौधरी (थारु) लाई राष्ट्रिय विकास परिषदको सदस्यमा नियुक्त गरिएको आयोगका सदस्य सचिव लक्ष्मण अर्यालद्वारा हस्तक्षरित पत्रमा उल्लेख छ । आगामी आर्थिक बर्ष २०७६–७७ देखि कार्यान्वयनमा ल्याउने गरी आयोगबाट तयार गरिएको पन्ध्रौं योजना २०७५–७६ देखि २०८०–८१ को राष्ट्रिय विकास परिषदमा छलफल गरी मार्ग तथा पृष्ठपोषण प्राप्त गर्न नेपाल सरकार,
More

नारी महिमा गाउने ऐतिहासिक गीत अब पलेँटीको युट्युब च्यानलमा

काठमाडौं, चैत १३ -शहीद शुक्रराज शास्त्री नेपाली प्रजातान्त्रिक इतिहासका महानायक हुन् । २००७ सालको क्रान्तिमा दिएको बलिदानबाटै उनलाई सबैले चिन्दै आएका छन् । तर, शुक्रराज गीतकार पनि हुन् भन्ने कतिलाई थाहा छ ? गीतकारका रुपमा पनि उनले आफूलाई उत्तिकै युगद्रष्टा प्रस्तुत गरेका थिए । उनका गीतका शब्दमा त्यो कालखण्डताका पनि नारी प्रतिको सम्मान झल्कन्छ । गीतको शब्दले भन्छ– ‘न घरलाई घर कहिन्छ, नारी नै दरबार हो’ त्यसैगरि यो गीतलाई स्वर दिने अर्की नेपाली ऐतिहासिक पात्र हुन्, पहिलो नेपाली गायिका मेलवादेवी । चन्द्रशम्शेरको दरबारमा गायिकाको रुपमा सेवारत मेलवादेवीका भोगाइहरु अहिले पनि दन्त्य कथा जस्तै नेपाली समाजले सुन्दै आएको छ । चन्द्रशम्शेरको
More

आज कति छ सुनचाँदीको भाउ ?

काठमाडौं–नेपालीबजारमा आज सुृनको भाउ ६० हजार ३०० मा कारोबार भइरहेको छ। बुधबार सुनको भाउ ६० हजार ४०० मा कारोबार भएको थियो । यस्तै तेजाबी सुन ६० हजारमा कारोबार भइरहेको छ । यस्तै चाँदी भने तोलामा ७३५ मा कारोबार भइरहेको छ । बुधबार चाँदी तोलमा ७४० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
More

आज कति छ डलर, यूरो र पाउण्डको सटही दर ?

काठमाडौं– बिहीबार अमेरीकी डलर एकको खरिद मूल्य १०९ रुपैयाँ ९० पैसा र बिक्री मूल्य ११० रुपैयाँ ५० पैसा रहेको छ । एक युरोको खरिददर १२३ रुपैयाँ ९६ पैसा छ भने बिक्रिदर १२४ रुपैयाँ ६४ पैसा रहेको छ । एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४५ रुपैयाँ २२ पैसा र बिक्रिदर १४६ रुपैयाँ ०१ पैसा रहेको छ । यसैगरी जापानीज १० यनको खरिददर ९ रुपैयाँ ९६ पैसा छ भने बिक्रिदर १० रुपैयाँ २ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ।
More

तीन कार्यकर्ताद्वारा समूह परित्याग

गोरखा : गोरखामा नेत्रविक्रम चन्द नेतृत्वको समूहका तीन कार्यकर्ताले समूह परित्यागको घोषणा गरेका छन् । बुधबार साँझ संयुक्त विज्ञप्ति जारी गरी समूहका जिल्ला सदस्य अनिल कुमाल, युवा कमिटी सदस्य गोकुल कुमाल र इलाका कमिटी सदस्य मेघराज कुमालले समूह परित्याग गरेको घोषणा गरेका हुन् । विज्ञप्तिमा समूहले पछिल्लो समय गरेको गतिविधिप्रति आफूहरुको असन्तुष्टि रहेको भन्दै समूह परित्याग गरेको उल्लेख गरिएको छ । “समूहको पछिल्लो कदमले अहिलेको सन्दर्भमा समूहलाई निष्कर्षमा पु¥याउँदैन”, विज्ञप्तिमा भनिएको छ, “हामी आजकै मितिबाट समूह परित्याग गरी स्वतन्त्र नागरिक भएर रहन चाहन्छौँ ।” तिनै जनाले संयुक्त हस्ताक्षर गरी जारी गरिएको विज्ञप्तिमा समूहले गरेको क्रियाकलाप आफूहरुलाई मान्य नहुने उल्लेख गरिएको
More

दुर्घटनामा एकको मृत्यु

लहान – पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको कर्जन्हा नगरपालिकास्थित बस्तीपुरमा गए राति ट्याक्टरमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । बस्तीपुर र मन्हरवाको बीचमा ओभरटेक गर्ने क्रममा मोटरसाइकल स१त ३७७७ नंको ट्याक्टरमा टोक्किँदा मोटरसाइकल चालक सिरहाको कर्जन्हा नगरपालिका–४ बस्तीपुर निवासी २७ वर्षीय रमेश साहको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ । सो दुर्घटनामा परी मोटरसाइकलको पछाडि सवार कर्जन्हा नगरपलिका–१० निवासी १७ वर्षीय मो इरफान शेख घाइते भएका छन् । घाइते शेखको मिर्चैयास्थित मङ्गलम अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ । रासस
More