Daily Archives 30th March 2019

नेप्लिज सेफ एसोसियसन यूकेको अधिवेशनको तयारी पुरा

लन्डन । नेप्लिज सेफ एसोसियसन यूके दोस्रो अधिवेशनको तयारी पुरा भएको छ । बेलायतमा कार्यरत नेपाली सेफहरुको छाता संस्थाका रुपमा रहेको नेप्लिज सेफ एसोसियसनले आगामी ८ अप्रिलमा नयाँ नेतृत्वसहित कार्यसमिति चयन गर्न लागेको हो । संस्थाका अध्यक्ष कृष्ण तिमल्सेनाले वेलायतस्थित नेपाली सेफहरुलाई संस्थाको अधिवेशनमा उपस्थितीको लागि आग्रह गरेका छन् । लन्डनस्थित भेन्यू फाइभमा हुने अधिवेशनले नयाँ नेतृत्वको समेत नेतृत्व चयन गर्ने एसोसियसनका अध्यक्ष कृष्ण तिमल्सेनाले बताए । नेतृत्व चयनका लागि रामशरण सिमखडाको संयोजकत्वमा एक निर्वाचन समिति गठन गरिएको छ । संयोजक सिमखडाका अनुसार निर्वाचन प्रकृयाको समेत सम्पूर्ण तयारी पुरा भएको वताए । एसोसियसनले नेपाली सेफहरुको हकहित र सिप अभिबृद्धिका लागि
More

क्षेत्री समाज युकेद्धारा आर्थिक सहयोग

लण्डन । क्षेत्र समाज युकेले ह्दयघातबाट मृत्यु भएका एक नेपाललाई आर्थिक सहयोग गरेको छ । डाटफोर्डस्थित केन्ट निवासी बिक्रम बस्नेतको बुवा प्रकाशबिक्रम बस्नेतको ह्दयघातबाट निधन भए पछि समाजले उनको परिवारलाई आर्थिक सहयोग गरेको हो । बेलायतभ्रमणमा रहेका बस्नेतको मेडिकल इन्सुरेन्स नहुदाँ अस्पतालमा ठूलो धनरासी तिर्नु परे पछि बस्नेत परिवारले क्षेत्री समाज युकेलाई आर्थिक सहयोगको लागि आग्रह गरेको थियो । छोटो समयको सकृयतामा १ हजार ३ सय ९१ पाउण्ड संकलन गरिएको समाजको उपाध्यक्ष तथा आपतकालिन कोषका संयोजक यज्ञ क्षेत्रीले जनाए । संकलित रकम संस्थाका अध्यक्ष राजन क्षेत्रीले उनको निवासमा पुगेर हस्तान्तरण गरेको क्षेत्री समाजले जनाएको छ । सो अवसरमा संस्थाका सल्लाहकार
More

कंडेल ग्रुपले अपी पावर कम्पनीसँग मिलेर नेपालमा १ खर्ब ७५ अर्ब लगानी गर्ने सम्झाैता

काठमाडौं– कँडेल ग्रुप अफ कम्पनीले नेपालमा सोलार, जलविद्युत र वायु ऊर्जाका क्षेत्रमा लगानी गर्ने भएको छ । कम्पनीले सो क्षेत्रमा लगानी गर्नका लागि अपी पावर कम्पनीसाग लगानीसम्बन्धी सम्झौता सम्पन्न गरेको छ । शुक्रबार र शनिबार दुई दिनसम्म चलेको लगानी सम्मेलनका अवसरमा कँडेल ग्रुपले अपी पावसँग सो समझदारी गरेको छ। कम्पनीका निर्देशक राजन कंडेलका अनुसार सहमतिअनुसार कम्पनीले अपी पावरसँग मिलेर ९८ मेगावाटको जलविद्युत आयोजना, १८ मेगावाटको सोलार र १० मेगावाटको वायुऊर्जा उत्पादन गर्नेछ । बेलायतमा समेत लगानी गरेका कंडेलको नेपालका विभिन्न क्षेत्रमा लगानी रहेको छ । सो सम्झौतामा अपी पावरका अध्यक्ष गुरुप्रसाद न्यौपाने र कडेल ग्रुपका अध्यक्ष राजेन कँडेलले सम्झौतामा हस्ताक्षर
More

लगानी सम्मेलन : क–कसले गरे लगानीको घोषणा ?

काठमाडौँ–अन्तर्राष्ट्रिय लगानी सम्मेलनमा विभिन्न १५ वटा परियोजनामा लगानी जुटाउनेसम्बन्धी समझदारी भएको छ । केही परियोजना संयुक्त लगानीमा निर्माण गर्नेगरी समझदारीपत्रमा हस्ताक्षर भएको हो भने केही सम्मेलनका क्रममा पहिलो संयुक्त सम्झौताका रुपमा चौधरी ग्रुप र सर्राफ ग्रुपबीच समझदारी भएको छ । सो समझदारीपत्रमा चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरी र सर्राफ ग्रुपका कार्यकारी निर्देशक सलाह सर्राफले हस्ताक्षर गरे । नेपालमा ६०० मेगावाट क्षमताको सौर्य ऊर्जा उत्पादनका लागि चौधरी ग्रुप र स्काई पावरबीच समझदारी भयो । उक्त समझदारीमा चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरी र स्काई पावरका प्रमुख कार्यकारी अधिकृत केरी एल्डरबीच सम्झौतापत्रमा हस्ताक्षर भयो । सिजी लाइफ र टर्कीमा मुख्यालय रहेको
More

एनआरएन र सरकारबीचको सम्झौता ऐतिहासिक: कुमार पन्त, उपाध्यक्ष

काठमाडौं– सरकार र गैर आवासीय नेपाली संघ (एनआरएन) बीच नेपालमा १० अर्ब लगानी गर्नेसम्बन्धी सम्झौता भएको छ । राजधानीमा लगानी सम्मेलनको अवसरमा सरकार र एनआरएनबीच सो सम्झौतामा हस्ताक्षर भएको हो । एनआरएनको लगानी सम्बन्धी सो प्रस्ताव हालै परेको मन्त्रिपरिषद् बैठकले पारित गरेको थियो ।सम्झौतापत्रमा संघका तर्फबाट एनआरएन अध्यक्ष भवन भट्ट र सरकारको तर्फबाट उद्योग विभागका महानिर्देशक विनोद प्रकाश सिंहले हस्ताक्षर गरेका छन् । सम्झौतासँगै अब ‘एनआरएन इन्फ्रास्ट्रक्चर इन्भेष्मेन्ट कोष’ स्थापना गर्ने बाटो खुलेको छ। यही कोषमार्फत एनआरएनको लगानी नेपालमा हुनेछ । एनआरएन उपाध्यक्ष तथा एनआरएन लगानी तथा बाणिज्य प्रवद्र्धन कार्यदलका अध्यक्ष कुमार पन्तले सरकारसँग भएको सम्झौतालाई ऐतिहासिक भएका प्रतिक्रिया दिए
More

सरकार र एनआरएनबीच १० अर्बको लगानी नेपाल ल्याउने सहमति

काठमाडौं– सरकार र गैर आवासीय नेपाली संघ (एनआरएन) बीच नेपालमा १० अर्ब लगानी गर्नेसम्बन्धी सम्झौता भएको छ । राजधानीमा लगानी सम्मेलनको अवसरमा सरकार र एनआरएनबीच सो सम्झौतामा हस्ताक्षर भएको हो । एनआरएनको लगानी सम्बन्धी सो प्रस्ताव हालै परेको मन्त्रिपरिषद् बैठकले पारित गरेको थियो । एनआरएनका प्रवक्ता भूषण घिमिरेले सम्झौता भएको पुष्टि गर्दै सहमति पछि एकीकृत रुपमा एनआरएनको नेपालमा लगानी गर्ने बाटो खुला भएको जानकारी दिए । सम्झौतापत्रमा संघका तर्फबाट एनआरएन अध्यक्ष भवन भट्ट र सरकारको तर्फबाट उद्योग विभागका महानिर्देशक विनोद प्रकाश सिंहले हस्ताक्षर गरेका छन् । सम्झौतासँगै अब ‘एनआरएन इन्फ्रास्ट्रक्चर इन्भेष्मेन्ट कोष’ स्थापना गर्ने बाटो खुलेको छ। यही कोषमार्फत एनआरएनको
More

भीआईपीको पछुवा गाडी यसरी दुर्घटना गराएर भाग्यो

काठमाडौं– पूर्वप्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दको सुरक्षामा खटिएको पछुवा गाडीले बबरमहलमा एक स्कुटरलाई ठक्कर दिएर फरार भएको छ । शनिवार विहान १० बजेर ४५ मिनेटमा सशस्त्र प्रहरी बलको लापरवाहीपूर्वक चलाइएको बा. १ झ ९५२७ को पछुवा गाडीले एक स्कुरटरलाई ठक्कर दिएर लडेपनि वेवास्ता गर्र्दै अगाडि बढेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । ट्राफिक प्रहरी महाशाखा र सशस्त्र प्रहरीले गरेको प्रारम्भिक अनुसन्धानका क्रममा सशस्त्र प्रहरी बलका सुरक्षाकर्मी सवार उक्त भ्यान पूर्व प्रधानमन्त्री चन्दको सुरक्षामा खटिएको पाइएको छ । सामाजिक सञ्जालमा भाइरल भएको उक्त दृश्यको अगाडि इमर्जेन्सी लाइट बालेर हिँडेको एउटा सेतो कलरका स्कारपियो देखिन्छ । उक्त स्कारपियोमा लोकेन्द्रबहादुर चन्द सवार थिए
More

प्रश्नपत्र आउट भएको नैतिक जिम्मेवारी लिँदै शिक्षामन्त्रीले राजीनामा दिनुपर्छः शेखर कोइराला

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले सरकारको लापरबाहीका कारण प्रदेश २ मा एसईई परीक्षा रद्द भएको आरोप लगाएका छन्। शनिबार नेता कोइरालाले उक्त घटना राज्यको गैरजिम्मेवारीपनका कारण भएको दाबी गर्दै शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई तत्काल राजीनामा दिन माग गरेका छन् । ‘परीक्षाको आफ्नै मर्यादा र गोपनियता हुन्छ । यस सवालमा संघीय सरकार चुकेको देखिन्छ । यो गम्भीर घटनाको नैतिक जिम्मेवारी लिँदै शिक्षामन्त्रीले तत्कालै राजीनामा दिनुपर्छ र आगामी दिनमा यस्ता घटना नदोहोरिने प्रतिबद्धता राज्यले जनाउनु पर्दछ,’ उनले भने । सरकारको गैरजिम्मेवारका कारण हजारौं विद्यार्थीहरुको भविष्य अन्धकारतर्फ धकेलिए उनको भनाई थियो । कोइरालाले भने,‘राज्यको लापरबाही र गैरजिम्मेवारीका कारण प्रदेश
More

जहाँ एसइइमा बितरण गरेको ५ मिनेट हुन नपाउँदै बाहिरिन्छ प्रश्नपत्र

एसइइ परिक्षामा पश्नपत्र बितरण गरेको ५ मिनेट नहुँदै पश्नपत्र बाहिरिने गरेको छ । जिल्लाका धेरैजसो परिक्षा केन्द्रहरुमा परिक्षार्थीले पश्नपत्र पाउने बित्तिकै मोवाइल बाट फोटो खिचेर म्यासेन्जर मार्फत आफन्तलाई पश्नपत्र पठाउने गरेको पाइएको हो । गत आइतबार सहायक प्रमुख जिल्ला अधिकारी शिवराज जोशी लगायत संञ्चारकर्मीको टोली परिक्षाको अनुगमन गर्न भनि नजिकै रहेको सत्यवादी परिक्षा केन्द्रमा पुगेको थियो । सत्यबादी मावि को परिक्षा केन्द्रको एक कोठामा ८ जना परिक्षार्थीहरुले मोवाइलबाट पश्नको उत्तर सारिरहेका भेटिए । परिक्षा हलमा परिक्षार्थीले मोवाइलमा बाट पश्न सारिरहेको देख्दापनि परिक्षा निरिक्षकहरु भने ट्वाल्ल परेर हेरिरहेका देखिन्थे उल्टै परिक्षार्थीहरुलाई केन्द्राध्यक्ष तथा अनुगमन टोली परिक्षा कोठाभित्र पस्न थालेको जानकारी दिदै
More

छुट तथा पुनःजाँच सर्वेक्षण सुरु

निजी आवास अनुदानको लाभग्राहीमा नपरेको भनी गुनासो दर्ता गराएका गुनासोकर्ताको छुट तथा पुनः जाँच सर्वेक्षण सुरु भएको छ । प्राधिकरणबाट स्थानीय तहमा खटिएका तोकिएका इञ्जिनियरमार्फत् शुक्रबारदेखि स्थलगत लगत संकलन सुरु गरिएको हो । प्राधिकरणले भूकम्पप्रभावित सबै जिल्लामा एकैसाथ शुक्रबार (चैत्र १५) बाट सर्वेक्षण गर्ने योजना बनाएको भए पनि केही जिल्लामा भने आगामी चैत्र २० बाट मात्र सर्वेक्षण सुरु हुने प्राधिकरणका सहप्रवक्ता मनोहर घिमिरेले जानकारी दिनुभयो । ‘सर्वेक्षणमा खटिने इञ्जिनियरलाई तालिम भइसकेका जिल्लामा शुक्रबारदेखि सर्वेक्षण सुरु भएको छ भने बाँकी रहेका जिल्लामा चैत्र १८ र १९ गते तालिम सम्पन्न गरी चैत्र २० गतेबाट लगत संकलन हुनेछ ।’ सर्वेक्षणमा करिब ५ सय
More

बिहेको चार दिनमै श्रीमतीसँग डिभोर्स

एजेन्सी । हलिउड अभिनेता निकोलस केजले बिहेको चार दिनमै श्रीमतीसँग डिभोर्स गर्न प्रक्रिया अघि बढाएका छन् । निकोलस र एरिका कोइकेबीच मार्च २३ मा लस भेगासमा विवाह भएको थियो । एरिका पेसाले मेकअप आर्टिष्ट हुन् । तर चार दिनपछिनै बुधबार निकोलसले विवाह समाप्तिको प्रक्रिया दायर गरे । यो उनको हालसम्मको सबैभन्दा छोटो विवाह हो । यस अघिको उनको सबैभन्दा छोटो विवाह सन् २००२ मा लिसा म्यारी प्रिस्लेसँगको थियो । लिसासँग उनको विवाह १०८ दिन टिकेको थियो ।
More

भोलीदेखि रक्तसञ्चार सेवा कार्यालय कालिमाटीमा

ललितपुरको बालकुमारीबाट सञ्चालन हुँदै आएको नेपाल रेडक्रस सोसाइटी, केन्द्रीय रक्तसञ्चार सेवाका सम्पूर्ण सेवा गतिविधिहरु यही चैत्र १७ गते आईतबारदेखि सोसाइटीको कालीमाटी, रेडक्रमार्गस्थित केन्द्रीय कार्यालय परिसरमा बनेको नयाँ भवनबाट सञ्चालन हुँदैछ । २०७२ साल बैशाखको भूकम्पबाट भृकुटीमण्डपस्थित केन्द्रीय रक्तसञ्चार सेवाको भवनमा क्षति पुगेपछि २०७२ पौषदेखि आपत्कालीन सेवा केन्द्र बालकुमारी, ललितपुरबाट सेवा सञ्चालन हुँदै आएको थियो । “ सेवाकेन्द्रबाट हुदै आएका स्वयंसेवी रक्तदाताहरुबाट संकलन गरिएको रगतको परिक्षण र भण्डारन गर्ने र विरामीहरुको लागि आवश्यक रगतको प्रकार खुलेको चिकित्सकको पूर्जा लिईआएका सेवाग्राहीलाई रगत उपलव्ध गराउने काम चैत १७ गते आइतबारदेखि यो नयाँ सेवा भवन कालिमाटीबाट नै हुनेछ ।” नेरेसोका सञ्चार निर्देशक दिव्यराज पौडेलले
More

कुकुरको पुच्छर

कविता कुकुरको पुच्छर इन्जिनियर राकेश कार्की लस एन्जेलस मान्छेको जात सुधार्नलाई कति कोशिस गरिन्छ सानो छउन्जेल आमा बाबुले पढ्न थालेपछि गुरुबा गुरूआमाले दिइन्छ कति कति शिक्षा सिकाइन्छ अनुसाशन ज्ञान गुनका कुराहरु भाषा र व्याकरण केमेष्ट्री र फिजिक्सका प्रयोगहरु कानुनका दफाहरु काल समयका इतिहास देश महादेशका भूगोल ऋषि महाऋषिका महावाणीहरु अर्ति र उपदेश बोध गराइन्छ धर्म, रीतिरिवाज, संस्कार आदि इत्यादी धेरै कोर्स आफै पनि घुम्छ देश विदेशका सडक हवाइजहाजको यात्रा स्कूल, कलेज, विश्वविद्यालय ट्रेनिङ, सेमिनार, डिस्कसन देख्छ, सुन्छ र जान्दछ अनभिज्ञ कति कुराहरु अनि जब उ खारिन्छ तिखारिन्छ, पोख्त हुन्छ सम्पूर्ण काँचुली फेर्छ टन्न हावा भरिएको बेलुन झैँ माथि माथि उड्छ
More

‘ओली—प्रचण्ड नेतृत्वको नेकपाको नाम फेरे हुन्छ’

बुटवल–नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्यले प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी ओली र अर्का अध्यक्ष प्रचण्डको कडा आलोचना गरेका छन् । ओली नेतृत्वको सरकार नाममात्रैको कम्युनिष्ट सरकार भएको भन्दै यसबाट कम्युनिष्ट पार्टीकै बदनाम भएको दाबी गरे । शनिबार बिहान बुटवलमा आयोजित साक्षात्कारमा बोल्दै महासचिब वैद्यले सरकारले क्रान्तिकारीहरुलाई दमनको प्रकृया अगाडि बढाएको भन्दै आपत्ति समेत जनाए । वैद्यले सत्तारुढ नेकपालाई नाम फेर्न समेत सुझाव दिए । ‘आफ्नो विचार, सिद्धान्त छोडेर हिँडेर सत्तास्वार्थमा अल्झिने, अन्य पार्टीका जस्तै गतिविधि गर्ने भएपछि किन नेकपा नाम राख्ने ?’ वैद्यको भनाई थियो, ‘सोसियल डेमोक्रेटिक पार्टी राख्नुस् भनेर भन्नुस् ।’ प्रधानमन्त्रीले शब्द शैयामा सुतेर समृद्धिको नारा
More

परीक्षा संयन्त्रमा प्रश्न खडा

काठमाडौँ — प्रदेश २ मा एसईई प्रश्नपत्र लगातार बाहिरिन थालेपछि परीक्षा संयन्त्रमा प्रश्नचिह्न खडा भएको छ । चौबीसै घण्टा सुरक्षा घेराभित्र रहने प्रश्नपत्र परीक्षाको १२ घण्टा पहिल्यै सामाजिक सञ्जालमा भाइरल हुन पुग्यो । यसै कारण बिहीबारको विज्ञान र शुक्रबारको सामाजिक विषयको परीक्षा नै रद्द गर्नुपर्‍यो । परीक्षा सकिएका उत्तरपुस्तिकाको सुरक्षाबारे समेत चिन्ता र चासो बढेको छ । आजको कान्तिपुर दैनिकमा खबर छ ।
More

ओली छैनन् उद्योगमन्त्री यादवसँग ‘पोजेटिभ’

काठमाडौँ — विदेशी लगानी जुटाउन भएको लगानी सम्मेलनमा उद्योगमन्त्री मातृका यादव असन्तुष्ट बनेका छन् । शुत्रबार उद्घाटन सत्रमा उनी मन्त्री बस्ने लहरमा थिएनन् । आफ्ना लागि सिट नराखिएको भन्दै फछिल्लो लहरमा बसे । कार्यक्रम स्क्रिनमा हेरे । उनको असन्तुष्टि आफैंले अध्यक्षता गरेको सत्रमा पनि देखियो । औद्योगिक आधार र रोजगारसम्बन्धी एउटा सक्रको अध्यक्षता मन्त्री यादवले नै गरे । त्यसको वत्ता उद्योग मन्त्रालयकी सचिव यामकुमारी खतिवडा पनि थिइन् । सत्र सकिएपछि आयोजकहरूले सबै वक्ताहरूलाई ‘मायाको चिनो’ प्रदान गर्ने तालिका थियो । यादवले अध्यक्षता गरेको सत्रमा पनि आयोजकतर्फबाट गैरआवासीय नेपाली संघका अध्यक्ष भवन भट्टले मायाको चिनो प्रदान गर्न खोजे । यादवले भने लिन मानेन् । उनले आफूले कुनै उपहार नलिने भन्दै आयोजकका
More

एउटा कानुन बनाउन दुई विधेयक, मातृका किन रिसाए ?

काठमाडौँ– सामान्यतयाः एउटा कानुन निर्माणका लागि सरकारले एकमात्र विधेयक सदनमा पेस गर्छ । विधेयक दर्तापछि सैद्धान्तिक छलफल हुँदै संशोधनको प्रक्रियाबाट थप परिमार्जन हुन्छ । परिमार्जनको आवश्यकता भएमा सदनले नै विधेयकमा दफावार छलफलबाट सच्याउन सक्छ । तर, मन्त्रिपरिषद् र विभागीय मन्त्रीको विवाद भएपछि एउटा कानुन निर्माणका लागि दुईवटा फरक–फरक सरकारी विधेयक प्रतिनिधिसभा सचिवालयमा पेस भएका छन् । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले नै दुई विधेयक सम्बन्धित शाखामा पेस गरेको हो । औद्योगिक व्यवसायसम्बन्धी प्रचलित कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०७५ दुईवटा पेस भएका हुन् । पहिलो विधेयकमा दर्ता नम्बर हानिसकेपछि विभागीय मन्त्रीले दर्ताको पत्र फिर्ता लिए । दोस्रो विधेयक
More

बिरामी यात्रु सडकमा फाल्ने ट्याक्सीचालक पक्राउ

काठमाडौं–सुगर र प्रेसरका रोगी गोकर्णेश्वरनिवासी ६० वर्षीय गोपाल कारन्जित बुधबार बिहान जाँच गराउन चाबहिलको मेडिकेयर अस्पताल गए । उनी ट्याक्सीमा गए भने छोरा प्रवीण मोटरसाइकलमा । बुबाको जाँच गराएपछि छोरा मोटरसाइकलमै फर्किए । कारन्जित भने कमजोर महसुस भएको भन्दै ट्याक्सीमै फर्किए । उनले चालकलाई गोपीकृष्ण हलको बाटो हुँदै गोकर्णेश्वर–४ स्थित घरमा पु–याउन भनेका थिए । उनी ट्याक्सीमा चढेको केही समयमै बेहोस भए । तर, चालकले उनलाई छेउमै रहेको अस्पताल लैजाने प्रयाससमेत गरेनन् । बरु घिसारेर हेल्पिङ ह्यान्ड्स अस्पतालअगाडिको सडककिनारामा झारिदिए र भागे । स्थानीयले निकैबेरपछि प्रहरीलाई खबर गरेर उनलाई अस्पताल पठाए । त्यतिवेलासम्म उनको मृत्यु भइसकेको थियो । बुबाको प्रतीक्षामा रहेका छोरा प्रवीणलाई अस्पतालबाट फोन आयो । उनी पुग्दा बुबाको मृत्यु
More