Daily Archives 31st March 2019

ओलीलाई कांग्रेस हेर्न गुल्मीमा निम्तो (फोटो फिचर )

तम्घास । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले खड्गप्रसाद ओली नेतृत्वको कम्युनिस्ट सरकार आएपछि देशमा हत्या, हिंसा र बलात्कारका घटना बढेको आरोप लगाएका छन् । नेपाली कांग्रेस गुल्मीले शनिबार सदरमुकाम तम्घासमा आयोजना गरेको प्रथम जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै देउवाले कम्युनिस्ट सरकार निर्मलाका हत्यारालाई बचाउने काम गरेको बताए । उनले असुरक्षाका कारण महिलाहरू एक्लै हिँड्न नसक्ने अवस्था आएको बताए । कांग्रेस सभापति देउवाले कम्युनिस्ट सरकारले सेनालाई आफ्नो नियन्त्रणमा राखेर एक दलीय अधिनायकवादी शासन संचालन गर्ने दिशामा उन्मुख हुन थालेको आरोप लगाए । जनतालाई शुसासन दिई उनीहरूको आर्थिकस्तर माथि उठाउनुको साटो कम्युनिस्ट सरकारले जनतालाई कर बढाएर आतंकित बनाएको देउवाले बताए । देउवाले प्रधानमन्त्री
More

नेपाल प्रेस युनियन बेलायतको अध्यक्षमा निरौला

लन्डन । नेपाल प्रेस युनियन बेलायतको प्रथम अधिवेशनले विपिन निरौलाको अध्यक्षतामा १७ सदस्स्यीय कार्यसमितिको चयन गरेको छ । प्लमस्टिडस्थित गेसो हलमा आइतवार सम्पन्न पहिलो अधिवेशनले निरौलालाई निर्बिरोध चयन गरेको हो । नयाँ कार्यसमितिको उपाध्यक्षद्वयमा खेमराज रानाभाट, एभरेष्ट गौतम, सचिवमा मन्दीप केसी, सहसचिवमा कृष्णा अधिकारी, कोषाध्यक्षमा सन्तोष भट्टराई रहेका छन् । यसैगरी सदस्यहरुमा सर्वेन्द्र अधिकारी, दयालु देवकोटा, भीम खरेल, लालमणी भट्टराई, सिमी पून, मिलन शर्मा, सुरेन्द्र रुपाखेती, मेनी भट्टराई, रोमियन लिम्बु र खुशी लिम्बु रहेका छन् । अधिवेशनले ७ जना महाधिवेशन प्रतिनिधि पनि चयन भए । ७ महाधिवेशन प्रतिनिधिमा सञ्जयभक्त कँडेल, विनय अधिकारी, हेमन्त सेढाई, शिव भण्डारी, उपेन्द्र पौडेल, कुश बस्नेत
More

एनआरएन अमेरिकाको चुनावमा किर्ते फेसबुकको प्रयोग !

आगामी गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्यव समिति अमेरिकाको निर्वाचनलाई मध्ये नजर गर्दै सामाजिक संजाल फेसबुकमा किर्ते ,जालसाजी ,नक्कली हुलिया (परिचय) बनाउने गिरोहको बिगबिगी बढेको छ । यी सबै निर्माण र परिकल्पना गर्ने कुनै बहादुर नभई अमेरिकामा सूचना प्रविधि सम्बन्धि बिशेष ज्ञान भएका र अनुहार किताव चलाउन दक्ष नेपालीहरु नै संलग्न छन् । यी सबै निर्माण र परिकल्पना गर्ने कुनै बहादुर नभई अमेरिकामा सूचना प्रविधि सम्बन्धि बिशेष ज्ञान भएका र अनुहार किताव चलाउन दक्ष नेपालीहरु नै संलग्न छन् । आफ्नो स्वार्थको लागि नेपालीले अमेरिकामा यस्तो घिनलाग्दो हर्कत गर्ने गर्छन भन्ने परिकल्पना गर्न सकिदैन । यो दुखद कुरा हो । बिशेष
More

बारा–पर्सा हावाहुरी अपडेटः कुद्दै गरेको बस पल्टिँदा क्षति, मर्नेको संख्या ३०

वीरगञ्ज । आइतबार साँझ करिब ९ बजेतिर आएको शक्तिशाली हावाहुरीका कारण मर्नेको संख्या ३० पुगिसकेको प्रधानमन्त्री केपी शर्मा ओलीले ट्वीट गर्दै जनाएका छन् । अधिकांशको मृत्यु हावाहुरीले आफ्नै घर भत्केर भएको थियो । बाराको भलौनी नजिकै एउटा लोकल बस कुद्दा कुद्दै पल्टिँदा झन् धेरै क्षति भएको छ
More

मध्यरातमा प्रधानमन्त्री ट्विटरमा सकृय

काठमाडौं–बारा र पर्सा जिल्लाको केही स्थानमा आइतबार सॉझ आएको डरलाग्दो आँधी तथा हुरीबाट २५ जनाको मृत्यु भएकोमा प्रधानमन्त्री केपी शर्मा ओलीले दुःख व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले मृत्युवरण गर्नेहरूप्रति शोक व्यक्त गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गरेका छन् । उनले ट्विटर मा यस्तो लेखेका छन् । भोली बिहानबाट आवस्यक उद्दार र राहतका लागि हेलिकप्टर तयारी अवस्थामा राखिएको छ । मौसमले साथ दिएमा तत्काल उद्दार गर्न काठमाडौंको एयर बेसमा"नाईट भिजन" हेलिकप्टर तयारी अवस्थामा राखिएको छ।सुरक्षाकर्मी संगै उद्दारमा संलग्न रहन म, सिंगो पार्टी पंक्तिलाई आह्वान गर्दछु। — K P Sharma Oli (@kpsharmaoli) March 31, 2019
More

बारामा यसरी मारिए २५ जना फोटोमा हेर्नुहोस्

काठमाडौं–बारामा आइतबार साँझ आएको भीषण हावाहुरीका कारण कम्तीमा २५ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय बाराका डीएसपी तथा प्रवक्ता हेमबहादुर शाहीले हावाहुरीका कारण २४ जनाको मृत्यु भएको जानकारी दिए । उनले हावाहुरीका कारण व्यापक जनधनको क्षति भएको भन्दै नेपाली सेना, सशस्त्र प्रहरी र नेपाली सेनासहितको टोलीले उद्दार जारी राखेको जानकारी दिए ।
More

दाउर प्रहार गरी आफ्नै दिदी हत्या गरेको अभियोगमा पक्राउ

रोल्पा–आफ्नै दिदी २२ वर्षीया कल्पना घर्तीलाई दाउरा प्रहार गरी हत्या गरेको अभियोगमा रुन्टीगढी गाउँपालिका ३ सल्लीकोट बस्ने १९ वर्षीय लुमबहादुर घर्तीलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । शनिबार साँझ आपसी झैझगडामा कल्पनालाई दाउरा प्रहार गर्दा गम्भीर घाइते भई उपचारको लागि मेडिकल कलेज कोहलपुर बाँके लगिएकोमा उपचारको क्रममा मृत्यु भएको भन्ने खबर अस्थायी प्रहरी पोष्ट सुर्पालमा प्राप्त हुनासाथ खटिएको प्रहरीले लुमबहादुरलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
More

१० खेलाडी महंगोमा बिके, कसको मूल्य कति ?

काठमाडौं –आागामी बैशाखमा आयोजना विराटनगरमा हुन लागेको महिला टी–२० फ्रेन्चाईज क्रिकेट लिगका लागि अक्सनबाट खेलाडी छनोट गरिएको छ । आयोजकले एनसीएल स्पोर्टस् प्रालिले आइतबार काठमाडौंमा अक्सनबाट खेलाडी छनोट गरेको हो । सहभागिताको लागि आवेदन दिएका कूल ८० खेलाडीबाट सहभागी चार टोलीले अक्सनमा आधारमा प्रत्येक टोलीमा १३÷१३ जना खेलाडी छनोट गरेका हुन् । अक्सनमा १० जना खेलाडी सर्वाधिक ७५ हजार रुपैयाँमा विक्री भए । अक्सनमा अधिकांश राष्ट्रिय टोलीका रहेका खेलाडी सर्वाधिक ७५ हजारमा विकेका हुन् । अक्सनबाट अलराउन्डर काजोल श्रेष्ठ र अप्सरी बेगमलाई बिराटनगरले, कविता कुँवर र ज्योती पाण्डेलाई धनगढीले, ब्याट्सवुमन ममता चौधरी, सरिता मगर र रोमा थापालाई काठमाडौंले, तीव्रगतिकी बलर
More

अमेरिकामा नेपाली मूलका तेक्वान्दो खेलाडीहरुलाई २० वटा पदक

डिसी । अमेरिकाको डिसी महानगर क्षेत्रको भर्जिनियाको रेस्टन शहरमा गत मार्च ३० तारिखका दिन सम्पन्न वार्षिक राष्ट्रिय तेक्वान्दो खुला प्रतियोगितामा नेपाली मूलका खेलाडीहरूलाई ६ वटा स्वर्ण पदक ,७ वटा कास्य तथा ७ वटा रजत पदक सहित कूल २० वटा पदक प्राप्त भएको छ । उक्त प्रतियोगतामा एभरेस्ट वर्ल्ड क्लास तेक्वान्दो एकडेमी का बिदेशी खेलाडीहरु सहितले ४८ वटा पदक प्राप्त गर्न सफल भएका छन् । प्रतियोगितामा बाल्टिमोरस्थित एभरेस्ट वर्ल्ड क्लास तेक्वान्दो एकडेमीलाई महिला कालो फित्ताधारी समूहमा ग्रान्ड च्याम्पियन(सर्बोकृष्ट)बिजेता पदक सहित मोडल एकडेमी अफ च्याम्पियन ट्रफी द्वारा सम्मान गरिएको छ । प्रतियोगितामा बाल्टिमोरस्थित एभरेस्ट वर्ल्ड क्लास तेक्वान्दो एकडेमीको तर्फबाट नेपाली मूलका तथा
More

प्रश्नपत्रबाहिर ल्याउनेहरु चाँडै पत्ता लाग्ने

सप्तरी–प्रदेश प्रहरी कार्यालय जनकपुर र केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)को टोलीले एसइईको प्रश्नपत्रबाहिर ल्याउनेहरु चाँडै पत्ता लाग्ने दाबी गरेको छ । यहाँ रहेको अनुसन्धान टोलीले सामाजिक सञ्जालमा पोस्ट गर्ने र मोबाइलबाट प्रश्नपत्र आदानप्रदान गर्ने कार्यमा संलग्नहरुसँग सोधपुछ गरिरहेको जनाउँदै दुई÷तीन दिनमै पत्ता लाग्ने दाबी गरेको छ । अनुसन्धानमा खटिनुभएका प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सन्तोष खड्काले भने, “तीव्रताका साथ अनुसन्धान भइरहेको छ, प्रश्नपत्रबाहिर ल्याउने कार्यमा संलग्नहरुको अनुसन्धान गर्दै जाँदा २०औँ÷२५औँ लेयरसम्म पनि पुग्नुपर्ने हुन्छ तर जति लेयर भए पनि पत्ता भने लाग्छ ।” आइटी विशेषज्ञसहित सप्तरी आएको प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक खड्का र केन्द्रीय अनुसन्धान ब्यूरोका प्रहरी नायब उपरीक्षक निरञ्जन
More

बारामा आएको भीषण आँधीपछि प्रधानमन्त्रीद्वारा उद्दार र राहतका लागि निर्देशन

काठमाडौं–बारा र पर्सा जिल्लाको केही स्थानमा आइतबार सॉझ आएको डरलाग्दो आँधी तथा हुरीबाट २५ जनाको मृत्यु भएकोमा प्रधानमन्त्री केपी शर्मा ओलीले दुःख व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले मृत्युवरण गर्नेहरूप्रति शोक व्यक्त गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गरेका छन् । प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालले उद्दारमा गम्भीर हुन र घाईतेको उपचारमा कुनै कमी आउन नदिन सम्बन्धित निकायलाई निर्देशन दिइएको भन्दै अहिले घटनास्थलमा सुरक्षाकर्मीहरू परिचालित भइसकेको जानकारी गराएका छन् । दुर्घटनामा हालसम्म २५ जनाको ज्यान गएको र करीब ४०० घाईते भएको जानकारीमा आएको रिमालले बताएका छन् ।
More

बारामा भीषण आँधी, कम्तीमा २५ जनाको मृत्यु

काठमाडौं–बारामा आइतबार साँझ आएको भीषण हावाहुरीका कारण कम्तीमा २५ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय बाराका डीएसपी तथा प्रवक्ता हेमबहादुर शाहीले हावाहुरीका कारण २४ जनाको मृत्यु भएको जानकारी दिए । उनले हावाहुरीका कारण व्यापक जनधनको क्षति भएको भन्दै नेपाली सेना, सशस्त्र प्रहरी र नेपाली सेनासहितको टोलीले उद्दार जारी राखेको जानकारी दिए । उनका अनुसार जिल्लाका विभिन्न भागमा आँधीले व्यापक क्षति पुर्याएको छ । उद्दार कार्य जारी रहेकाले मृतकको संख्या बढ्न सक्ने जनाइएको छ । यसैबीच आँधीका कारण पर्सामा पनि एक जनाको मृत्यु भएको खबर छ ।
More

बेलायतमा अर्थ आवर सम्पन्न

सुरेन्द्र इङ्नाम – केन्ट, बेलायत गत ३० मार्च २०१९ को दिन आशफोर्ड, बेलायतमा विश्व नेपाली साहित्य महांङ्घ साउथ शाखाले सदाको वर्षझै यस वर्ष पनि अर्थ आवरको अवसर पारेर अर्थ आवर तथा साहित्य गोष्टि सम्पन्न गर्‍यो । बिएफबिएस गोर्खा रेडियो शर्नक्लिफका स्टेशन प्रमुख योगराज राई अतिथि रहनु भएको सो कार्यक्रममा तुल छन्त्याल, औतारी साईला, अंग्रेजी साहित्यकार फेलिसीटी र मुरे होलवूड अतिथि रहनु भएको थियो । संस्थाका अध्यक्ष तथा वातावरण विद बिजय हितानले सम्पुर्णलाई स्वागत गर्दै कार्यक्रमलाई औपचारिक रुपमा शुरुगर्दै अर्थ आवरको बारे प्रष्ट पार्नु भयो र आजको साँझ (मार्च ३०) मा १ घण्टा बिजुली बत्ति नबालेर ईनर्जी खपत गर्ने, जस्ले गर्दा
More

पूर्वराजाको स्वागतमा नागरिक समिति गठन

पाँचथर । पूर्वराजा ज्ञानेन्द्र शाहको पाँचथर भ्रमणलाई लिएर जनस्तरमा उत्सुकता बढ्दो छ । स्वागतका लागि नागरिक स्तरबाट मूल स्वागत समारोह समिति गठन गरिएको छ । प्राप्त जानकारी अनुसार, पूर्वराजा चैत्र १८ गते फिदिम आइपुग्ने कार्यक्रम छ । यसैगरी चैत्र १९ गते सुम्जिरि सुम्हालुङ आम्बेपज मन्दिर, फिदिम–४ गढीमा पूजा अर्चना गर्ने कार्यक्रम तय भएको छ । सोही अवसरमा गढीस्थित महागुरु फाल्गुनन्दको प्रतिमामा पूर्वराजाले फूलमाला अर्पण गर्ने बताइएको छ । राष्ट्रिय विभूतिको सो सालिक महागुरु फाल्गुनन्द अध्ययन तथा संरक्षण प्रतिष्ठानको संयोजनमा निर्माण गरिएको हे । जिल्लाका विभिन्न स्थानबाट पूर्वराजासँग भेटघाट स्वागत गर्न जनताहरु सदरमुकाम आउने तयारीमा छन् । पाँचथर बसाईको क्रममा पूर्वराजालाई
More

मुलुक नयाँ आत्मश्विास र उत्साह बोकेर समृद्धिको यात्रामा अघि बढेको छ : प्रधानमन्त्री ओली

काठमाडौं, १७ चैत । प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक अस्थिरताको अन्त्य भएसँगै मुलुक विकास र समृद्धिको यात्रामा नयाँ आत्मविश्वास र उत्साह लिएर अघि बढेको स्पष्ट पारेका छन् । रिपोर्टर्स क्लब नेपालको २१ औं वार्षिकोत्सवको अवसरमा काठमाडौंको राष्ट्रिय सभागृहमा आइतबार आयोजित विशेष समारोहमा प्रमुख अतिथिका रुपमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । उनले भने,‘आज नेपाल नयाँ आत्मविश्वास र उत्साहका साथ अघि बढिरहेको छ । अब पहिलेकोजस्तो अवस्था छैन् । हामी आज हिजोकोभन्दा फरक अभियान र यात्रामा होमिएका छौं । हिजो हामी राजनीतिक लडाई लड्यौं । अधिकार प्राप्तिको लागि संघर्ष ग¥यौं । हामीले
More

ओखलढुङगामा जिप दुर्घटनामा मृत्यु हुने ६ जनाकै सनाखत

ओखलढुङ्गाको मानेभन्ज्याङ गाउँपालिका ६ मा जिप दुर्घटनामा परी मृत्यु हुनेहरुको सनाखत भएको छ । दुर्घटनामा परी मृत्यु हुनेमा ताप्लेजुङका ४५ वर्षीय साङ्गेल शेर्पा, ५५ वर्षीय मिङ्मा शेर्पा, काठमाडौं बौद्ध बस्ने ३५ वर्षीय नुर्बु शेर्पा, ३० वर्षीय वाङ्दा शेर्पा, ४५ वर्षका डोमा शेर्पा र ४० वर्षिय ङ्वाङ सेर्तुङ शेर्पा छन् । जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक राजीव श्रेष्ठका अनुसार दुर्घटनाग्रस्त जिपका चालक काठमाडौं बौद्धका अन्दाजी २५ वर्षका कृष्ण श्रेष्ठ रहेका छन् । काठमाडौं बौद्ध बस्ने मृतक डोमा शेर्पाका अन्दाजी १० वर्षका छोरा ङिमा शेर्पा र काठमाडौं नयाँवस्ती बस्ने अन्दाजी ४५ वर्षका कुङसिङे शेर्पाको अवस्था गम्भीर छ । आइतबार बिहान सोलुखुम्बुको
More

अपहरणको नाटक गरी परिवारसँग फिरौती माग्ने पक्राउ

काठमाडौँ : अपहरणको नाटक गरी फिरौती माग्ने एक जनालाई प्रहरीको अपराध अनुसन्धान महाशाखाले पक्राउ गरेको छ । दार्चुला जिल्लाको नौगाड गाउँपालिका– ६ का २६ वर्षीय जयभानसिंह धामीलाई पक्राउ गरिएको महाशाखाका प्रवक्ता केदार ढकालले जानकारी दिनुभयो । महाशाखामा आएको सूचनाको आधारमा खोजी गर्दा उनलाई शनिबार काठमाडौँको चावहिलबाट पक्राउ गरिएका हो । उनलाई अपरिचित व्यक्तिले अपहरण गरी रू २३ लाख फिरौती रकम माग गरेको भन्ने सूचनाको आधारमा प्रहरीले खोजी गरेको थियो । तर पछि उनले अपहरणको नाटक गरेको खुल्न आएको छ । सोधपुछ गर्ने क्रममा अपहरणमा परेको नभई लेनदेनको कारणले आफ्नै परिवारसँग फिरौती रकम माग गरी अपहरणको नाटक गरेको उनले स्वीकार गरेको
More

सत्तारुढ भाजपा ‘म पनि चौकीदार’ अभियानका साथ चुनावी मैदानमा

लोकसभा निर्वाचनमा भारतको केन्द्रमा सत्तारुढ भाजपा ‘म पनि चौकीदार’ अभियानका साथ चुनावी मैदानमा छ । यसको जवाफमा कांग्रेसको युवा संगठन यूथ कांग्रेसले ‘म पनि बेरोजगार’ अभियान सुरु गरेको छ । हाल यो भारतीय समाजिक संजाल प्रयोगकर्ताहरु माझ ट्रेण्डमा छ । कांग्रेसले उसको नयाँ अभियान भाजपाको लागि भारी हुने दावी गरेको छ । समाजिक संजालमा लाखौं भारतीय युवाहरुले यस अभियान अन्तर्गत आफ्नो दुःख व्यक्त गरिरहेका छन् । यूथ कांग्रेसको समाजिक सञ्जाल हेर्ने वैभव बालियाका अनुसार शनिवार विहान ११ बजे ‘म पनि बेरोजगार’ ह्यासट्याग सुरु गरिएको थियो । साँझसम्म यो एक लाख पटक प्रयोग भइसकेको छ । यस ह्यासट्याग भारतभन्दा बाहिरी क्षेत्रमा
More

विप्लवसँग तत्काल राजनीतिक संवाद गर्न सरकारलाई आग्रह

नेपाल कम्युनिष्ट पार्टी (नेत्रविक्रम चन्द विप्लव)सँग तत्काल राजनीतिक संवाद गर्न झापाका अधिकारकर्मी तथा नागरिक समाजले सरकारलाई आग्रह गरेका छन् । राजनीतिक संवाद मार्फत नेकपा (विप्लव)लाई राजनीतिक मूलधारमा ल्याई अहिले देखिएको समस्यालाई शान्तिपूर्ण रुपमा समाधान गर्न उनीहरुले सुझाएका हुन् । नेकपा (विप्लव)लाई राजनीतिक मूलधारमा आउने वातावरण सरकारले बनाउनुपर्नेमा आज आइबार बिर्तामोडमा आयोजित छलफलका सहभागीको जोड थियो । समस्याको शान्तिपूर्ण समाधान र वार्ताको विकल्प नभएको भन्दै उनीहरुले त्यसका लागि सरकार र नेकपा (विप्लव) उत्तिकै जिम्मेवार हुनुपर्नेमा जोड दिए । नेकपा (विप्लव)लाई शान्तिपूर्ण गतिविधि गर्न सुझाव दिँदै अधिकारकर्मी तथा नागरिक समाजका प्रतिनिधिहरुले उक्त राजनीतिक समूहमाथि सरकारले प्रतिबन्ध लगाउनु गलत भएको टिप्पणी गरे ।
More

ओखलढुंगाको मानेभज्याङमा स्कारपियो दुर्घटना ,६ जनाको घटनास्थलमै मृत्य

ओखलढुंगाको मानेभज्याङ गाउँपालिका ६ हिलेपानीमा स्कारपियो दुर्घटना हुदाँ ६ जनाको घटना स्थल मै ज्यान गएको छ । दुर्घटनामा परी अन्य चालक सहित अन्य तिन जना गम्भिर घाईते भएका छन् । सोलुखुम्बुबाट काठमाण्डौका लागी छुटेको बा १६ च २२०७ नम्बरको स्कारपियो सडकबाट अन्दाजी ३ सय मिटर तल खोलामा खसेको घटनास्थलबाट उद्धारकार्यमा खटेका प्रहरी जवान बिर बहादुर तामाङले बताए । घाईतेहरुको घुर्मी स्थित सामुदायीक अस्पतालमा उपचारका लागी लगीएको छ । दुर्घटनामा परी ज्यान गुमाने चार पुरुष र दुई महिला रहेको वडा अध्यक्ष हेमराज राईले बताए । उनिहरुको पहिचान खुल्न सकेको छैन । जिल्ला प्रहरी कार्यलयबाट प्रहरी प्रमुख पुष्पराज मल्ल नेतृत्वको टोली घटना
More