Monthly Archives April 2019

फनपार्क र टुकुचाको तरकारी बजारको जग्गा भाडा सम्झौता रद्द

काठमाडौँ-समाज कल्याण परिषद्ले हरित कृषि सहकारी संस्था लिमिटेडसँग काठमाडौँको प्रदर्शनीमार्गमा रहेको फनपार्क र टुकुचा तरकारी बजारसँगको जग्गा भाडा सम्झौता रद्द गरेको छ । परिषद्ले सहकारीलाई पठाएको सम्झौतापत्रमा २०७४ असोज ३० गते सहकारीसँग २५ वर्षका लागि करार गर्ने भनिए तापनि करार प्रक्रियामा कुरा नमिलेपछि सम्झौता नै रद्द गरेको उल्लेख गरेको छ । परिषद्ले प्रदर्शनीमार्गमा रहेको आफ्नो साढे ८३ रोपनी जग्गाको भाडा करार सम्झौता रद्द गरिएको पत्र सहकारीलाई पठाएको हो । परिषद् अधिनमा रहेको सो जग्गा सहकारीलाई सस्तो मूल्यमा भाडा लगाएको विषयमा विवाद थियो । वर्तमान सरकारले सरकारी सम्पत्तिको दुरुपयोग गर्र्नेलाई कारवाही गर्ने कामलाई तीव्ररुपमा अघि बढाएको छ । सोही क्रममा परिषद्ले
More

सप्तरीमा एकपछि अर्को अपहरण

सप्तरी–मामाघर बिहेमा गएका सप्तरीको राजगढ गाउँपालिका–३ का १२ वर्षीय बालक बेपता भएका छन् । स्थानीय बालक लक्ष्मण यादवलाई राति मोटरसाइकलमा आएका केही व्यक्तिले विवाह भइरहेको स्थानबाट कसैले अपहरण गरिलगेको लक्ष्मणका मामा भोलेन्द्र यादवले बताए । आफ्नै गाउँमा भइरहेको मामाको बिहेमा लक्ष्मण जन्ती गएका बेला केही व्यक्तिले उनलाई अपहरण गरेर लगेको हुन सक्ने प्रहरी उपरीक्षक राजेन्द्र विष्टले जानकारी दिए । विवाहको जन्तीबाटै बेपता भएका बालकका मामा भोलेन्द्र प्रहरी जवान रहेका स्थानीयवासीले जनाएको छ । यता लक्ष्मणका परिवारजनले जिल्ला प्रहरी कार्यालयमा बालकको हुलिया जाहेरी दिँदै खोजीका लागि प्रहरीसँग गुहार मागेका छन् । सप्तरीमा बालबालिका हराउने र अपहरणमा पर्नेको सङ्ख्या बढदै गएको प्रहरीको
More

नेपाली युवा टोली स्वदेश फिर्ता

काठमाडौँ–थाइल्याण्डमा सम्पन्न एसिसी यू–१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताको उपाधि जितेको नेपाली युवा टोली आज स्वदेश फर्किएको छ । उपाधि जितेर फर्किएको टोलीलाई राष्ट्रिय खेलकूद परिषद्का सदस्यसचिव केशवकुमार विष्ट र उपाध्यक्ष पीताम्बर तिम्सिना, राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक जगत टमाटालगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे । थाइल्याण्डको चियाङमाइमा आइतबार सम्पन्न फाइलनमा नेपालले मलेसियालाई पराजित गर्दै उपाधि जितेको हो । प्रशिक्षक वसन्त शाहीले युवा खेलाडी क्षमतावान र मेहनती भएकाले उपाधि रक्षा गर्न सफल भएको बताए ।
More

शैलेन्द्र शरदको कानैमा ढुंग्री सार्वजनिक

गीतकार शैलेन्द्र शरद (खनाल ) को कानैमा ढुंग्रीको म्युजिक भिडियो सार्वजनिक भएको छ । स्मीता दाहालद्वारा स्वरबद्ध यो गीत ‘शरद २’ एल्बममा समावेश छ । गीतमा गैरे सुरेशको संगीत रहेको छ । संगीत संयोजन मनोज पौडेलले गरेको गीतको भिडियोमा कविता नेपाली र सञ्जय पोखरेल फिचर्ड छन् । प्रशान्त तामाङको कोरियोग्राफी रहेको भिडियोको निर्देशन समन अधिकारीले गरेका हुन् । यसअघि ‘शरद २’ एल्बममै समावेश यो मन उड्यो चरा बनी आकाशमा बोलको गीत निकै चर्चित बनेको थियो । एल्बममा ७ वटा गीत समावेश रहेको सङ्गीतकार गैरे सुरेशले बताए । शैलेन्द्र शरद सशस्त्र प्रहरी बलका महानिरीक्षक समेत हुन्, भने संगीतकार गैरे समेत सशस्त्र
More

‘काठमाडौँमा भूमिगत रेल यातायात संचालन गर्न लण्डनमा बहस’

लण्डन । नेपाल इन्जिनियर्स एसोसियसनका अध्यक्ष तथा त्रिभुवन विश्वविद्यालय अन्तर्गतको इन्स्टिच्युट अफ इञ्जिनियरिङ्गका प्राध्यापक डा. त्रिरत्न बज्राचार्यले नेपालमा गएको २५ वर्षमा इञ्जिनियरिङ्ग शिक्षाले फड्को मारेको बताएका छन्। सोसाइटी अफ नेप्लिज इन्जिनियर्स यूकेद्वारा शनिवार लन्डनमा आयोजित सम्मेलनलाई सम्बोधन गर्दै प्रा. बज्राचार्यले सन् १९९४ सम्म नेपालमा वर्षेनी ४८ जना विद्यार्थीले मात्र स्नातक तहको इञ्जिनियरिङ्ग विषयहरु पढ्न पाउने गरेकोमा अहिले देश भरिका कलेज र विश्वविद्यालयमा वर्षेनी हजारौं विद्यार्थीहरुले इञ्जिनियरिङ्गसंग सम्वद्ध विषयहरु पढीरहेको बताए। उनले सन् १९७२ मा स्थापित इन्स्टिच्युट अफ इञ्जिनियरिङ्ग अहिले नेपाल र क्षेत्रीय स्तरमै ‘सेन्टर अफ एक्सिलेन्स’ को रुपमा चिनिएको पनि बताए। प्रा. बज्राचार्यले इन्स्टिच्युट अफ इञ्जिनियरिङ्गमा भर्ना हुन् वर्षेनी झन्डै
More

‘यो देशको सबैभन्दा ठूलो भ्रष्टाचारी क्याप्नेन विजय लामा हुन् ?’

काठमाडौं– क्याप्टेन विजय लामालाई नेपाल नागरिक उड्ययन प्राधिकरणले निलम्बन गर्ने निर्णय गरेपछि पत्रकार दिलनिशानी मगरले आक्रोश व्यक्त गरेका छन् । उनले निगमका एक इमान्दार सेवकलाई कारबाही गरेर अन्याय गरेको भन्दै समाजिक सञ्जालमार्फत आक्रोश पोखेका हुन् । उनले फेसबुकमा भनेका छन्– के यो देशको सबैभन्दा ठूलो अपराधी क्यापटेन बिजय लामा हुन्? के यो देशको सबैभन्दा ठूलो माफिया क्यापटेन बिजय लामा हुन्? के यो देशको सबैभन्दा ठूलो भ्रष्टचारी क्यापटेन बिजय लामा हुन्? यदी हुन् भने क्यापटेन बिजय लामालाई टुँडिखेलमा झुण्डाएर मारिदिउँ। तर हैनन् भने यात्रुहरुका पक्षमा, नेपाल वायु सेवा निगमको पक्षमा आफ्ना धारणा राखेर क्यापटेन बिजय लामाले कुन त्यस्तो महापाप गरेका थिए?
More

पाल्पामा जन्ती बोकेको जिप दुर्घटनामा ५ जनाको मृत्यु

पाल्पा– पाल्पाको निस्धि गाउँपालिका ७ मा जन्ती बोकेको जिप दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको छ । निस्धिको भवास भन्ने स्थानमा लु १ ज १९४० नम्बरको जन्ती बोकेको जिप दुर्घटना भएको पाल्पा प्रहरी प्रमुख एसपी विश्वमणि पोख्रेलले जानकारी दिए । मृत्यु हुनेहरुमा त्यसका चालक बुद्धिवल क्षेत्री, निस्दी गाउँपालिका–७ का खडगबहादुर सोमै, देवलाल खनगाह, लालबहादुर सारु र सन्तबहादुृर सारु रहेको इलाका प्रहरी कार्यालय रामपुरले जनाएको छ । सो जिपमा बेहुला थिए थिएनन् ? यसबारे खुलेको छैन । रामपुर प्रहरीका अनुसार वडा नम्वर ४ को मित्याल भिरपानीबाट लु १ ज १९४० नम्वरको जीप जन्ती लिएर वडा नम्वर ७ को ज्यामिरेतर्फ जाँदै
More

महन्त बैकुण्ठ दास बैष्णवको महन्त पद खारेज

जनकपुर स्थित रत्नसागर मन्दिरको महन्त बैकुण्ठ दास बैष्णवको महन्त पद खारेज गरेको छ । सर्वोच्च अदालतको इजलास नम्बर ७ मा भएको संयुक्त फैसलाबाट बैकुण्ठ दासको महन्त पद खारेज गरेको हो । ईजलास नम्बर ७ मा न्यायाधीश डा. आनन्द मोहन भट्टराई र टंकबहादुर मोक्तानले संयुक्तरुपमा महन्त पद खारेजिको फैसला गरेको छ । गुठी संस्थान र स्थानिय रामानन्द युवा क्लबले बैकुण्ठ दास बैष्णव बिरुद्ध ६ वर्ष अघि सर्वोच्च अदालतमा मुद्दा परेको थियो । बैकुण्ठ दास भारतिय नागरिक रहेको र मन्दिरको जग्गाहरु धमाधम बिक्री बितरण गरेको आरोप लाग्दै आएको छ । उनले हजारी जनक विद्यापिठ विद्यालयको जग्गा समेत किर्ते जालसाजी गरि बेचेको आरोपमा
More

ओली सरकारमाथि देउवाले यसरी ‘हमला’ गरे (पूर्णपाठसहित)

काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकार गठन भएको १४ महिनामा आशा जगाउने एउटा पनि काम गर्न नसकेको आरोप लगाएका छन् । व्यवस्थापिका संसदको बैठकलाई सम्बोधन गर्दै सभापति देउवाले सरकारको कारण मूलुकमा निराशा व्यप्त भएको आरोप लगाएका हुन् । ‘देशलाई समृद्धिको दिशामा लैजाने अभूतपूर्व ऐतिहासिक अवसरलाई पनि यो सरकारले खेल फाल्यो,’ देउवाको भनाई थियो । उनले लामो समयसम्म निर्मला पन्तको हत्यारा पत्ता लगाउन नसक्दा सरकारको नियत प्रति शंका उब्जिएको जिकिर गरे । ‘शान्ति सुरक्षा कायम गर्न सरकार असफल भयो,’ देउवाले भने । सभापति देउवाले विगतका सरकारले सम्पन्न गरेका आयोजनाहरु उद्घाटन गरेर आफैले सम्पन्न गरेको भनी झुटा प्रचार गर्न बाहेक सरकारले उल्लेख्य काम
More

चर्चित पाइलट विजय लामा निलम्बनमा परे

काठमाडौँ — चर्चित पाइलट विजय लामा बिलम्बनमा परेका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल वायु सेवा निगमका प्रवक्ता समेत रहेका क्याप्टेन पाइलट विजय लामालाई निलम्बन गरेको हो । निगमका प्रवक्ता रहेका बेला दुबई उडान रद्द भएपछि लामाले दिएको अभिव्यक्ति आपत्तिजनक भएको भन्दै प्राधिकरणले लामालाई स्पष्टिकरण सोधेको थियो। लामाको स्पष्टिकरण चित्त बुझ्दो नभएको भन्दै प्राधिकरणले उनको लाइसेन्स तत्कालका लागि सस्पेन्स गर्ने निर्णय गरेको हो। एक अनलाइन टिभीमा पाइलट लामाले ५५ मिनेट लामो अन्तर्वार्ताका क्रममा आवेशमा आई नियमन गर्ने निकायलाई चुनौती दिएपछि उनलाई प्राधिकरणमातहत सिनामंगलमा रहेको फ्लाइट सेफ्टी स्ट्यार्डड विभागले गत वैशाख ४ गते बुधबार ७ दिने स्पष्टीकरण सोधेको थियो। स्पष्टीकरण
More

संसदमा बोल्दै नेम्वाङले दिए सिस्टम फेल हुने चेतावनी

काठमाडौं–नेकपा संसदीय दलका नेता सुवासचन्द्र नेम्वाङले दलहरुले परिणाम निस्कने गरी काम गर्नुपर्नेमा जोड दिँदै राजनीतिक दलका नेतृत्वप्रति जनता आश्वस्त हुन नसके अहिलेको सिस्टम नै फेल हुनसक्ने चेतावनी दिएका छन् । सोमबारदेखि सुरु भएको संसदको बजेट अधिवेशनलाई सम्बोधन गर्दै नेम्वाङले विगतमा भएको आन्दोलनबाट प्राप्त भएका उपलब्धीलाई जोगाइराख्न राजनीतिक दलका नेताहरुले आ–आफ्नो ठाउँबाट भूमिका खेल्नुपर्नेमा जोड दिए । ‘दलहरुले परिणाम दिन सकेनन् र जनता पनि आस्वस्त हुन सकेनन् भने सिस्टम फेल हुनसक्छ । जुन आन्दोलनबाट हामीले संयन्त्र खडा गरेका छौं, त्यसलाई सफल बनाउन राजनीतिक नेतृत्वले आआफ्नो ठाउँबाट भूमिका खेल्नुपर्छ’, सम्बोधनका क्रममा नेम्वाङले भने, ‘ जनताको चाहना र भावना बमोजिम काम गर्न र
More

जापानमा खाना पकाउदै गरेका एक युवकको मृत्यु

जापान । जापानको चिबामा फेरि एक नेपाली युवकको मृत्यु भएको छ। चितवन स्थायी घर भएका बिपिन धितालको हिजो आईतबार खाना बनाउँदै गर्दा अचानक ज्यान गएको त्याहाँ रहेका नेपालीहरुले जनाएका छन्। हाल मृतक धितालको शव पोष्ट मार्टमका लागि चिवाको नोदा प्रहरी स्टेशनमा राखिएको प्रहरीले जनाएको छ। श्रीमतीसहित जापान बस्दै आएका मृत्तक धितालको कलेजोमा समस्या रहेको बुझिएको छ। अहिले आकस्मिक निधनको कारण थाहा हुन नसकेपनि हृदयघातका कारण उनको मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ। पछिल्लो समय धितालले आफ्नै लगानीमा रेष्टुरेण्ट सञ्चालन गरेका थिए। यस अघि गत मंगलबार २४ वर्षीय नेपाली युवा विनय खड्काले सार्बजनिक पार्कमा झुण्डिएर आत्माहत्या गरेका थिए ।
More

अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि युएईबाट २२ लाख सहयोग

युएई । धुर्मुस–सुन्तली फाउन्डेसनले निर्माण गर्न लागेको अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको लागि यो साता युएईबाट २२ लाख जुटेको छ । चितवनको भरतपुरमा निर्माण गर्न लागेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निमार्णका लागि युएईमा गत २६ अप्रिलमा आयोजित धर्मुस–सुन्तली साँझ कार्यक्रमबाट २० लाख रुपैयाँ सहयोग प्राप्त भएको कलाकार सिताराम कटेलले बताएका छन् भने युएईकै अबुधाबीमा गायक प्रकाश पौडेलको अग्रसरतामा २ लाख रुपैयाँ छुट्टै संकलन भएको छ । गायक पौडेलले अबुधाबीमा रहेका व्यावसायी र सर्वसाधारण नेपालीलाई अबुधाबीको चुलो रेस्टुरेन्टमा गत २७ अप्रिलमा मिट एन्ड ग्रीट कार्यक्रम आयोजना गरी उक्त रकम १ दिनमा सङ्कलन गरी धुर्मुसण्सुन्तली फाउन्डेसनलाई हस्तान्तरण गरेको जानकारी दिएका छन् । चितवन
More

श्रममन्त्री बिष्टको परिवारले पिउने पानीमा विष हालेको आरोप

गुल्मीको ईस्मा गाउँपालिका–४ दोहली बाँझस्थित श्रम रोजगार तथा सामाजिक सुरुक्षा मन्त्री गोकर्णराज बिष्टको घर–परिवारले पिउने पानीको ट्याङकीमा कसैले विष राखी दिएको हल्लाले उनको परिवार तनावमा परेको छ । सोमवार विहान मन्त्री विष्टका दाजु एवं ईस्मा गाउँपालिका प्रमुख लक्ष्मण विष्टले स्थानिय एक महिलाले ट्याङकीमा कसैले विष राखी दिएको देखेको बताए पछि आफ्नो परिवारले उक्त ट्याङकीको पानी पिउन छाडेको बताए । उनले उक्त ट्याङकीको पानी परिक्षण गराउन सदरमुकाम तम्घासमा लिएर बाटोमा आउँदै गरेको जानकारी दिए ।
More

छापावाल सुनको भाउ बढ्यो

काठमाडौं–सोमबार नेपाली बजारमा छापावाल सुनको भाउ बढेको छ। आइतबार तोलमा ५९ हजार ८०० मा कारोबार भएको सुनको भाउ सोमबार रु १०० बढेर ५९ हजार ९०० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाइएको छ । यस्तै तेजावी सुन तोलामा ५९ हजार ६०० मा कारोबार भइरहेको छ । यस्तै चाँदी सोमबार तोलामा ७३० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।
More

वाणगंगा नगरपालिकामा अर्को विभत्स हत्या

आइतबार राती फेरी वाणगंगा नगरपालिकामा अर्को विभत्स हत्या भएको छ । हत्याको प्रकृति निकै दर्दनाक देखिएको छ । प्रारम्भिक अनुसन्धान अनुसार मृतक सुनिता थारुलाई मध्यरातमा ढुङ्गाले थिचेर हत्या गरिएको थाहा भएको छ । वाणगंगा (८ बालापुरमा भएको उक्त घटनास्थलमा अहिले मुचुल्का उठाउने काम भैरहेको छ । मुचुल्का उठाउने काम सकिसके पछि पोष्टमार्टमका लागि शवलाई तौलिहवा पठाइने छ । पोस्ट्मार्टम रिर्पोट पछि घटनाको थप जानकारी आउने छ । थारुलाई हत्या गरी वाणगंगा नदीको पानीमा डुबाइएको थियो । मृतकको शव प्रकृती हेर्दा दाहिने आँखा बाहिर निस्किएको छ । दुवै गालाको छाला लछारिएको छ । आँखाको आँखीभौं एक इन्च बाहिर निस्किएको छ ।
More

अमेरिकामा हुने युएनए सम्मेलनमा क–कसको हुँदैछ सहभागिता ?

लण्डन– अकेरिकाको न्यूयोर्कमा आगामी मे २५ र २६ तारिखमा युनाइटेड नेप्लिज एशोसिएशन (युएनए) को चौथो सम्मेलन हुने भएको छ । सम्मेलनमा गैरआवासिय नेपाली संघ (एनआरएन) अध्यक्ष भवन भट्ट, पूर्व अध्यक्ष शेष घलेसहितका एनआरएनका नेताहरु सहभागी हुने आयोजकले जनाएको छ । यसैगरी संयुक्त राष्ट्र संघकी पूर्व युवा सम्मेलनकी सभापति तथा हाल मेजर ग्रुप फर चिल्ड्रेन एण्ड युथको सचिवालयमा कार्यरत जोली अमात्य, अमेरिकाका लागि नेपाली राजदूत अर्जुन कुमार कार्की , युएनएका संस्थापक तथा सफल ब्यबसायी पासांग लामा, बाणिज्य दुत एसी शेर्पालगायतको पनि सम्मेलनका सहभागिता रहने सहसंयोजक पवन योञ्जनले जानकारी दिए । यसैगरी प्रथम नेपाल आईडलका प्रथम बिजेता बुद्ध लामा ,इन्दिरा जोशी ,तेरिया
More

लण्डनबाट बिरामी भएर फर्किएकी श्वेता खड्का दिल्लीमा यस्तो अवस्थामा भेटिइन्

चर्चित नायिका स्वेता खड्का बिरामी परेकी छिन् । उनको दिल्लीको बीएलके सुपर स्पेसियालिटी अस्पतालमा शल्यक्रिया गरेर ट्युमर निकालिएको छ । शल्यक्रिया सफल भएपछि उनले दोस्रो जीवन पाएको बताएकी सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिएकी छिन् । श्वेताले सोमबार बिहान आफ्नो आधिकारिक फेसबुक अकाउन्टमा यसबारे जानकारी दिँदै जीवनले आफूसँग दोस्रो पटक खेल खेलेको बताएकी हुन् । फिल्म ‘हेलो जिन्दगी’ को सुटिङका लागि लण्डन पुगेकी उनलाई स्वास्थ्यमा खराबी देखिएपछि अचानक दिल्ली पुर्याइएको थियो । लण्डन उड्नु अघि घाँटी र चिउँडो वरिपरि दुखेर अस्पताल जाँदा ‘ट्युमर हो र त्यसलाई केही समयपछि निकाले हुन्छ, अहिलेका लागि खासै ठूलो समस्या होइन’ भनेपछि ढुक्क भएर लण्डन गएको उनले
More

डलरदेखि पाउण्डसम्मकाे भाउ आज कति

काठमाडौं– नेपाल राष्ट्र बैंकले आज एक पाउण्ड स्ट्रलिङको खरिददर १४४ रुपैयाँ ३४ पैसा र बिक्रिदर १४५ रुपैयाँ १२ पैसा ताेकेको छ । यसैगरी जापानीज १० एनको खरिददर १० रुपैयाँ ०१ पैसा छ भने बिक्रिदर १० रुपैयाँ ०७ पैसा रहेको छ । यसैगरी एक अमेरीकी डलरको खरिद मूल्य १११ रुपैयाँ ७२ पैसा तोकेको छ । यसैगरी बिक्री मूल्य ११२ रुपैयाँ ३२ पैसा रहेको छ । एक युरोको खरिददर १२४ रुपैयाँ ६० पैसा छ भने बिक्रिदर १२५ रुपैयाँ २७ पैसा रहेको छ ।
More

नेप्लिज हिमालयन एसोसिएसनको अध्यक्षमा क्षेत्री निर्बिरोध

बेलायतको स्कटल्यांड एबर्डिनमा स्थापित सबै भन्दा पुरानो नेपाली सामाजिक संस्था नेप्लिज हिमालयन एसोसिएसनको आज सम्पन्न साधारण सभा नबिन क्षेत्रीको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्य समिति चयन गर्दै सम्पन्न भएको छ । कार्यसमिति अध्यक्ष लगाएत सचिबमा टंक प्रसाद दाहाल (मुकुल), सहसचिबमा सगुन न्यौपाने, कोसाध्यक्षमा लब सिम्खडा, सहकोशाध्यक्षमा प्रतिज्ञा राना सर्बसम्मत चयन भएका छन भने उपाध्यक्ष पदमा कसैको उमेद्वारी परेन । त्यस्तै सदस्यहरुमा दिलिप उप्रेती, शिव तिवारी, मुना सिम्खडा, भगवान तिवारी, पुस्कर गौतम र राज छेत्री निर्बिरोध निर्बाचित भएका छन्। करिब चार सयको हाराहारी संख्यामा नेपालीहरु रहेको एबर्डिनमा साधारण सभामा भने नेपाली समुदायको उपस्थिति अत्यन्त न्युन रहेको थियो। नयाँ कार्यासमिति गठन गर्ने
More