Daily Archives 2nd April 2019

विदेशबाटै मतदानको उपाय खोज्न एनआरएनले बनायो कार्यदल

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषदले ‘प्रवासबाट मतदानको लागि अभियान कार्यदल–२०१९’ गठन गरेको छ । विविध कारणले नेपालबाहिर रहेका नेपाली नागरिकलाई देशको निर्वाचन प्रक्रियामा सहभागि गराउने र वैध अवस्थामा नेपाली नागरिक नरहेका प्रवासी नेपालीलाई जनप्रतिनिधि छनोटमा सहभागि गराउने उद्देश्यका साथ महासचिव डा. बद्री केसीको संयोजकत्वमा कार्यदल गठन गरिएको हो । कार्यदलको सदस्य सचिवमा एनआरएनए केन्द्रीय सदस्य रामशरण सिम्खडा रहेका छन् । यस्तै सोनाम लामा, लोक दाहाल, चिन्तामणि सापकोटा, खुसीमान गुरुङ, विनोद भट्टराई, राजु सायद, कृष्ण तिमल्सिना, प्रकाश पुन, दिनेश जोशी, खगेन्द्र जिसी क्षेत्री, संजय थापा, रमेश थापा, सुनीक कार्की, नवराज रोस्यारा, निमेश गिरी, रमेश पाण्डे, विश्व राइ,
More

न्यायाधीशमा नेताका इष्टमित्र, ज्वाई, भान्जी, देखी कालोबजारी सम्म

न्याय परिषदले केही नातावादका आधारमा र केही विवादास्पद पृष्ठभूमिका व्यक्तिलाई सर्वोच्च अदालत र उच्च अदालतका न्यायाधीशमा सिफारिस गरेको छ। परिषदले मंगलबार सर्वोच्च अदालतमा पाँच र उच्च अदालतमा १८ गरी २३ जना न्यायाधीश सिफारिस गरेको हो। यीमध्ये केही पूर्वप्रधानन्यायाधीशका नातेदार, प्रधानन्यायाधीशकै इष्टमित्र र केही राजनीतिक नेताका नातेदार पनि परेका छन्। सर्वोच्च अदालतका लागि सिफारिस भएका मनोजकुमार शर्मा पूर्वप्रधानन्यायाधीश दामोदर शर्माका भतिजा हुन्। आफू प्रधानन्यायाधीश हुँदै शर्माले मनोजलाई २०७१ सालमा तत्कालीन पुनरावेदनको अतिरिक्त न्यायाधीश बनाएका थिए। २०७२ सालमा बनेको नयाँ संविधानले अतिरिक्त न्यायाधीशको पद राखेन। त्यसैले उनी पदमुक्त भए। त्यसयता वकालत गर्दै आएका भए पनि शर्मासँग सर्वोच्चको न्यायाधीशका लागि उपयुक्त व्यक्तित्व र
More

साली भिनाजुबीचको अवैध सम्बन्ध, सोझो श्रीमानको गोली हानी हत्या

बुटबल– फिरोज खानको हत्याको मुख्य कारण साली भिनाजुबीचको अवैध सम्बन्ध भएको खुलेको छ । बुटवल उप–महानगरपालिका–१ स्थित गढी टोलमा एक हप्ताअघि उनको हत्या भएको थियो । जिल्ला प्रहरी कार्यालयले आज बुटवलमा आयोजना गरेको पत्रकार भेटघाटमा खानकी श्रीमती साहिन खातुनको बयान लगायतका विभिन्न घटनाक्रमले फिरोज खानको हत्या अवैध सम्बन्धका कारण भएको इलाका प्रहरी कार्यालय, बुटवलका प्रहरी नायब उपरीक्षक डिलबहादुर मल्लले जानकारी दिए । आपराधिक पृष्ठभूमिका कादिर हुसेन फरार रहेकाले उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । “श्रीमान् सोझो भएकाले काममा जाँदा श्रीमती खातुन बुटवलका विभिन्न होटेलमा बस्ने गरेको अनुसन्धानबाट खुलेको छ,” प्रहरी नायब उपरीक्षक मल्लले भने । एक साताअघि भएको सो
More

बारा–पर्सा आँधी प्रकरणः मृतकको संख्या २८ पुग्यो

काठमाडौँ–बारामा आइतबार राति आएको हुण्डरी (भीषण हुरी)मा परेर घाइते भएकामध्ये एक जनाको आज उपचारका क्रममा मृत्यु भएको छ । वीरगञ्जको नेशनल मेडिकल कलेजमा उपचाररत बाराका पाँच वर्षीय बालक फ्याज आलमको आज निधन भएको गृह मन्त्रालयको विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखाले जनाएको छ । महाशाखाका अनुसार अहिलेसम्म बारा र पर्सामा आएको हुण्डरीमा परेर मृत्यु हुनेको सङ्ख्या २८ पुगेको छ । मृत्यु हुनेमा बाराका २७ र पर्साका एक जना रहेको गृह मन्त्रालय, विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखाका उपसचिव वेदनिधि खनालले जानकारी दिए । उनका अनुसार हुण्डरीमा ६६८ घाइते भएकामा ३१७ जना उपचारपछि घर फर्किएका छन् । नौ जनाको काठमाडौँस्थित शिक्षण अस्पतालमा उपचार
More

बारा अपडेट : रेडक्रसको सहयोग तीब्र

काठमाडाैं- बारा र पर्सा जिल्लाहरुमा हावाहुरीले २ हजार ११ घरमा क्षति पुगेको प्रारभ्भिक सर्वेक्षणले देखाएको छ । पहिलो पल्ट मोबाइल एप्लिकेशनको प्रयोग गरी यो तथ्यांक संकलन गरिएको हो । बारामा १ हजार ५ सय दुइ र पर्सामा ५ सय ९ परिवार प्रभावित भएका हुन् । मोवाइल एप्लिकेशनबाट यसरी तथ्याँक लिन स्थानीय वडाध्यक्ष, रेडक्रस र शुरक्षाकर्मीको टोलीले समन्वयमा काम गरिरहेको छ । प्रतिकार्यका काममा आज नेरेसोका स्थानीय ९९ जना स्वयंसेवकहरु खटिइरहेका छन् । केन्द्रीय तहबाट राष्ट्रिय विपद् प्रतिकार्य समूह दुवै जिल्लामा पुगिसकेका छन् । रेडक्रसले २०६ परिवारलाई राहत प्याकेजको पूर्ण सेट वितरण गरेको छ । यो सेटमा त्रिपाल एक, कम्बल २,
More

एनआरएन उपाध्यक्ष कुमार पन्त सहितको टोली प्रभावित क्षेत्रमा (फोटो फिचर)

काठमाडौं– आइतबार साँझ आएको विनाशकारी आँधीका कारण प्रभावित भएकाहरुको परिवारलाई राहत वितरण गर्न गैरआवासिय नेपाली संघ (एनआरएन) ले सक्रियता थालेको छ । संघका संस्थापक अध्यक्ष डा उपेन्द्र महतो आफ्नो मेडिसिटीको हेलीकप्टर सहित प्रभावित क्षेत्रमा छन् । यस्तै उपाध्यक्ष कुमार पन्त, सल्लाहकार रामेश्वर शाह, रतन झा सहितको टोलीले पनि राहत सामग्री वितरणको काम थालेको छ । पन्तका अनुसार टोलीले प्रदेश सरकारको सहमतिमा ५ सय धुरीलाई राहत वितरण गरेको छ । प्रदेश २ का मुख्यमन्त्री लालबाबू राउतको सल्लाहमा बाराको फेटास्थित पुरिया गाउँका ५०० घर धुरीलाई २५ किलो चामल, ५ किलो आलु, २ किलो दाल र १ लिटर तेल बितरण आजदेखि सुरु गरिएको
More

हावाहुरी प्रभावीतलाई एनआरएन फिनल्याण्डको १ लाख ४ हजार सहयोग

फिनल्यान्ड : गैर आवासीय नेपाली संघ (एनआरएनए ) फिनल्याण्डले हावाहुरी प्रभावीतलाई १ लाख ४ हजार सहयोग गर्ने निर्णय गरेको छ । आइसिसीको निर्देशनअनुसार फिनल्यान्डले आपतकालिन राहत कोषबाट ५०० यूरो तथा कार्यकारी बोर्डका सदस्यहरुबाट संकलित गरि जम्मा ८४० यूरो (लगभग नेरु १ लाख ४ हजार) नेपाल पठाउने निर्णय गरेको हो । एनआरएनए फिनल्याण्डका अध्यक्ष वसन्त गौतम हाल नेपालमै रहनुभएको हुँदा उहाँ आफैले राहत वितरण कार्यको अनुगमन गर्नुहुनेछ । यसका साथै आगामी अप्रिल १४ मा हेलसिन्किमा आयोजना हुन लागेको नयाँ वर्षको सांगितिक कार्यक्रमबाट खर्च कटाई बचेको रकम समेत नेपाल पठाईने भएको छ ।
More

बहुआयामिक व्यक्तित्व नारायण कँडेल

सुरेश कोइराला । बाल्टिमोड । सफल व्यवसायीका रुपमा छुट्टै पहिचान बनाइ सक्नु भएका नारायण कँडेल आगामी एनआरएनए एनसीसी चुनावमा वरिष्ठ उपाध्यक्षको प्रत्यासी हुनुहुन्छ । संस्थाको दीगो र संस्थागत विकासको लागि उहाँले वरिष्ठ उपाध्यक्ष पद्मा उम्मेद्वारी दिनुभएको हो । नेपालको वर्तमान सरकारसँग सिधै पहुँच राख्न सक्ने खुवी भएका कँडेलले अमेरिकामा बसेर पनि देश र जनताको लागि विभिन्न समाज सुधारका कार्यहरू गर्दै आउनु भएको छ । कुटनीतिक र बौद्धिक क्षमतावान व्यक्तित्वका धनी वर्तमान एनआरएनएका उपाध्यक्ष नारायण कँडेलको उम्मेद्वारी एनआरएनएको चाहनामात्र नभइ आवश्यकता भएको सबैतिर महसुश गर्न थालिएको छ । उहाँले गरेका कार्य सम्पादनले उहाँलाई त्यस पदका लागि काविल ठानिएको चर्चा अमेरिकामा हुन
More

राष्ट्रिय जनमुक्ति पार्टी र लोक जनशक्ति पार्टीबीच एकता

काठमाडौं । राष्ट्रिय जनमुक्ति पार्टी र लोक जनशक्ति पार्टीबीच एकता भएको छ । मंगलबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै दुवै पार्टीबीच एकता भएको घोषणा गरिएको हो । एकतासँगै पार्टीको नाम राष्ट्रिय जनमुक्ति पार्टी नै रहनेछ । पार्टीको अध्यक्ष केपी पालुङवा रहनेछन् । अध्यक्ष पालुङवाले आफूहरु मुलुकको तेस्रो धार भएको भन्दै आगामी दिनमा विचार मिल्ने दलहरुसँग एकता गर्ने जनाए । उनले भने,‘विचार मिल्नेहरुसँग एकता गर्दै मुलुकको पहिलो शक्ति बन्ने हाम्रो योजना छ ।’ मुलुकमा व्यवस्था परिवर्तन भएपनि अवस्था उस्तै रहेको र अहिलेपनि विभेद र असमानता व्याप्त रहेकोले जनताका गुनासाहरुलाई लोकतान्त्रिक विधिबाट हल गर्ने राजनीतिक शक्ति र नेतृत्वको आवश्यकत्ता खट्किएकोले दुई
More

नेपालको पानी कतारमा बेच्ने मन्त्री मगरको घोषणा

काठमाडौं– खानेपानी मन्त्री बिना मगर र नेपालका लागि कतारका राजदूत युसुफ बिन मोहम्मद अल हेलबीच मंगलबार खानेपानी मन्त्रालय सिंहदरबारमा भेटवार्ता भएको छ । उक्त भेटघाटमा खानेपानी मन्त्री र राजदूतबीच नेपालबाट पिउने पानी निर्यात गर्ने विषयमा महत्वपूर्ण छलफल भएको भएको मन्त्रीको सचिवालयले जनाएको छ। भेटघाटमा मन्त्री मगरले नेपालको पानी निर्यात गर्ने विषयमा मन्त्रालयले गृहकार्य गरिरहेको बताइन् । उनले नेपालको पानी त्यसै खेर गैरहेकाले विदेश निर्यात गर्ने विषयमा छलफल चलिरहेको जानकारी गराइन्। मन्त्री मगरले भनिन्, ‘पानीको स्रोतको सदुपयोग गरेर स्प्रिङ वाटर निर्यात गर्ने विषयमा मेरो ध्यान बढी केन्द्रित छ । कतार सरकारसँग सहकार्य गरेर अघि बढ्न पाए अझ राम्रो हुन्थ्यो । म
More

परापूर्वकाल देखि नै नेपालीहरु अनुसन्धानमा पोख्त, हामी विद्वान पूर्खाका सन्तान : प्रम ओली

काठमाडौं,१९ चैत ,प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीहरु परापूर्वकाल देखि नै अनुसन्धानमा पोख्त भएको बताउनुभएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठानको ४२ औं प्राज्ञ सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो । विद्वान पूर्खाका सन्तान भएकोले जेनेटिक मेमोरिले नेपालीहरुलाई अध्ययन अनुसन्धानमा पोख्त बनाएको प्रधानमन्त्री ओलीको भनाइ छ । “हाम्रा पुर्खाले आफ्नो अभ्यासलाई सैद्धान्तिकिरण गर्न सकेनन्” प्रधानमन्त्री ओलीले भन्नुभयो “तर उनीहरुले अध्ययन अनुसन्धान गरेरै धेरै कुरा पत्ता लगाएर त्यसको उपयोग दैनिक जीवनमा गरे । जंगलका झारपातलाई जडिबुटीको रुपमा प्रयोग गर्नु त्यसकै एउटा उदाहरण हो ।” प्रधानमन्त्री ओलीले नेपालीहरु हिनग्रन्थी लिएर हिड्न नुहने बताउनुभएको छ । “हामी गरिव छौं,अविकसित देशमा
More

जापानमा सुरु भयो विदेशी कामदार सम्बन्धि नयाँ भिसा नीति

जापान – चर्को कामदारको अभाव झेल्दै आएको जापानले अप्रिल १ देखि नयाँ भिसा प्रणालीअनुसार विदेशी कामदार भित्र्याउने नीति लागू गरेको छ । जापानले विद्यमान परम्परागत विदेशी कामदार भिसा प्रणालीमा दुई प्रकारका विशेष भिसा थप गरी ठूलो संख्यामा विदेशी कामदार ल्याउने नीतिअनुसार अप्रिल १ देखि सो व्यवस्था लागू गरेको हो । नयाँ व्यवस्था अनुसार न्याय मन्त्रालयको मातहतमा रहेको इमिग्रेशन ब्यूरोलाई इमिग्रेशन सर्भिस एजेन्सी (अध्यागमन सेवा विभाग) मा परिवर्तन गरिएको छ । सोमबार पत्रकार सम्मेलनमा बोल्दै सो एजेन्सीका प्रमुख शोको सासाकीले नयाँ भिसा प्रणालीअनुसार जापानमा आवश्यक संख्यामा विदेशी कामदार भित्र्याउन सहज हुने बताईन् । एउटा निश्चित तहको जापानी भाषा परीक्षा उत्तीर्ण गरेका
More

केन्द्रीय बैंकले बैंकहरुमा ३ अर्ब ८९ करोड लगानी गर्ने

काठमाडौं– नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थामा ३ अर्ब ८९ करोड ७१ लाख रुपैयाँ लगानी गर्ने भएको छ । केन्द्रीय बैंकले एक वर्षको मुद्दती निक्षेपमा बाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीको सो रकम लगानी गर्न लागेको हो । बाणिज्य बैंकमा ३ अर्ब १६ करोड ७५ लाख रुपैयाँ, विकास बैंकमा ५३ करोड ४८ लाख रुपैयाँ, वित्त कम्पनीमा १९ करोड ३८ लाख रुपैयाँ मुद्दती निक्षेपमा बैंकहरुमा लगानी गर्ने राष्ट्र बैंकले जनाएको छ । आगामी बैंशाख दुइ गतेदेखि २०७७ वैशाख १ गतेसम्मका लागि सो रकम लगानी हुनेछ । मुद्यती निक्षेप लिन चाहने बैंकहरुले आफुले लिन चाहेको रकम र दिन चाहेको ब्याजदर
More

अल्डरशटमा हुने ‘क्याप्टेनको रेड कार्पेट शो’ मा अनमोल र भुवन केसी आउने

अल्डरशटमा हुने क्याप्टेनको रेड कार्पेट शोमा अनमोल र भुवन केसी आउने लण्डन । अल्डरशटको प्रिन्सेस हलमा क्याप्टेन फिल्मको रेड कार्पेट शो हुने भएको छ । फागुनको १७ गते रिलिज भएको अनमोल केसी स्टारर स्पोट्स ड्रामा क्याप्टेनको रेड कार्पेट शो सपन इन्टरटेन्टमेन्टले गर्न लागेको हो । आगामी शनिवार अल्डरशटको प्रिन्सेस हालमा सम्पन्न हुने सो शोको लागि कलाकारद्धय भुवन केसी र अनमोल केसी वेलायत आउन लागेको सपन इन्टरटेन्टमेन्टका निर्देशक सपन कुमार राईले जनाए । राईका अनुसार क्याप्टेनको वेलायतमा एक मात्र शो प्रर्दशन हुने भएको छ । कलाकारद्धय विहीवार बिहान हित्रो विमानस्थलमा उत्रिने तयारीमा रहेको सपन इन्टरटेन्टमेन्टले जनाएको छ । फुटबल खेलाडीको उतारचढावको
More

पेट्रोलियम पाइपलाइन बैशाखदेखि सञ्चालन हुने

अमलेखगञ्ज : बहुप्रतीक्षित मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइन बैशाख अन्तिमसम्ममा सञ्चालनमा आउने भएको छ । पाइपलाइन सञ्चालनमा आएसँगै इन्धन ढुवानी भाडा वार्षिक झण्डै २ अर्ब रुपैयाँ कम हुने नेपाल आयल निगमका अमलेखगञ्ज डिपो प्रमुख प्रदीप यादव बताउछन् । सुरुवाती चरणमा डिजेलमात्र पाइपलाइनबाट ल्याइनेछ । पाइपलाइन सञ्चालनमा आएसँगै ढुवानी लागतको न्यूनीकरणले उपभोक्ता मूल्यसमेत समायोजन हुनेछ । देशभित्र खपत हुने डिजेलमध्ये ७० प्रतिशत अमलेखगञ्जबाट आपूर्ति हुने बताइएको छ। भारतीय सहयोगको यो परियोजना भारत सरकार स्वामित्वको भारतीय आयल कर्पोरेसन (आइओसी) ले कार्यान्वयन गरिरहेको छ । ‘हाम्रो काम भनेको राइट अफ वे क्लीयरेन्स गरिदिने मात्र हो,’ परियोजनाका इञ्जिनियर शरद प्रसाद पौडेलले भने । निर्माणाधीन यो परियोजनाको
More

मनपरी भाडा उठाउँदै एम्बुलेन्स

लङ्गा । जुम्लाको पातारासी गाउँपालिकाको बिरामी बोक्ने एम्बुलेन्सले मनपरी भाडा लिने गरेको स्थानीयवासीले गुनासो गरेका छन्।गाउँपालिकाको एम्बुलेन्सले एकै स्थानबाट फरक–फरक भाडा लिएको उनीहरुले गुनासो गरेका हुन्। एम्बुलेन्सले गाउँपालिका–४ लुमबाट पाँच किलोमिटरको दूरीमा रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लासम्म व्यक्तिपिच्छे फरकफरक भाडा लिएको स्थानीय दिजराज रेउलेले बताए। उनले भने, “अस्पताल पुगेपछि कति भाडा दिएका थियौँ भनी मैले मेरा गाँउका शुकबहादुर रावतलाई सोधेँ, उनले रु एक हजार ५०० दिएको बताए, मैले रु दुई हजार तिरेँ।” जनताको सेवाका लागि ल्याइएको एम्बुलेन्सले एकै ठाउँबाट फरकफरक भाडा असुल्दा यहाँका स्थानीयवासी मारमा परेको रेउलेले बताए। भाडामा एकरुपता कायम गर्न गाउँपालिकालाई आग्रहसमेत गरेका छन्। गाउँपालिकाका
More

बारा र पर्साको हावाहुरी प्रभावित क्षेत्रमा सेना

काठमाडौं। २७ जनाको ज्यान जाने गरी आइतबार राति बारा र पर्सामा आएको हावाहुरीपछि अहिले राहत र उद्धारको काम तीव्र रुपमा भइरहेको छ। घाइतेको उद्धार तथा राहतमा नेपाली सेनाको टोली खटिएको छ। नेपाल सेनासहितको टोली अहिले हावाहुरी प्रभावित क्षेत्रमा खटिएको छ। हावाहुरीले विद्युतका पोल ढलेका छन् भने पर्खालहरु पनि भत्केका छन् । यस्तै घरका छानासमेत भत्केका छन् अहिले बाराका धेरै क्षेत्रमा सडक बिग्रिएका छन्। डिसी नेपाल
More

पं. नीलकण्ठ स्मृति प्रतिष्ठान ले ग¥यो चार स्रष्टा लाई सम्मान

काठमाण्डौ – २०७१ सालमा स्थापित भई हरेक वर्ष प्रदान गर्दै आएको पं नीलकण्ठ पौडेल स्मृति प्रतिष्ठानद्वारा प्रदान गरिने विभिन्न सम्मान तथा पुरस्कार यो वर्ष पनि चार स्रष्टालाई प्रदान गरिएको छ । गत शनिबार भरतपुर ,चितवनमा सम्पन्न कार्यक्रममा भाषा ,साहित्य पुरस्कार प्राध्यापक डा. लक्ष्मण प्रसाद गौतमलाई , कला –संस्कृति पुरस्कार डा. कर्णबहादुर बानियालाई , प्रतिभा पुरस्कार डा. रोशन शेरचन तथा हस्तकला –पञ्चकला स्मृति नवप्रतिभा पुरस्कार सरु पौडेललाई प्रदान गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि नारायण ढकालले स्रष्टाहरुलाई दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरेका थिए । सोही कार्यक्रमको अवसरमा साहित्यकार तथा प्रतिष्ठानका संरक्षक लकाश पौडेलको दशौँ कृति ‘सुरालय’ (रुबाई संग्रह)को विमोचन समेत गरिएको
More

डायलासिस मेसिन बिग्रँदा बिरामी परे मर्कामा

बागलुङ – धौलागिरी अञ्चल अस्पताल बागलुङमा डायलायासिस मेसिन बिग्रिँदा बिरामीहरु मर्कामा परेका छन् । डायलायासिस सेवा सुरु भएको पाँच महिनामै मेसिन बिग्रिएका कारण मृगौलाका बिरामीहरु मर्कामा परेका हुन् ।साविकको धौलागिरी अञ्चलका चार जिल्लाका मृगौला रोगबाट पीडित बिरामीको सेवालाई ध्यानमा राखेर संचालनमा आएको सेवामा प्रयोग भएको एक वटा मेसिन पाँच महिनामै काम नलाग्ने भएको छ । गत बैशाख १० गतेदेखि सुरु भएको डायलायासिस सेवाको लागि स्वास्थ्य मन्त्रालय स्वास्थ्य सेवा विभागले उपलब्ध गराएको ‘जोएहिल’ कम्पनीको मेसिन बिग्रिएको प्राविधिक झलक शर्माले जानकारी दिए । बिग्रिएको मेसिनले रगत शुद्धिकरण नगर्ने बताईएको छ । स्वास्थ्य सेवा विभागले दुई वटा मेसिन उपलब्ध गराएको थियो । एक
More

स्थगित एसईई चैत २२ देखि हुने

भक्तपुर। प्रदेश नं २ कोे स्थगित एसईईको परीक्षा यही चैत २२ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ। परीक्षा अगावै प्रश्नपत्र बाहिरिएपछि रोकिएको परीक्षाको तालिका सोमबार सार्वजनिक भएको छ। सोमबारै परीक्षा बोर्डकोे बैठकले सो निर्णय गरेको राष्ट्रिय परीक्षा बोर्डका सदस्यसचिव दुर्गा अर्यालले जानकारी दिए। लगातार प्रश्नपत्र बाहिरिन थालेपछि गत शुक्रबार सरकारले रद्द गरेको परीक्षा पुनः सञ्चालन गरिने भएको हो। तालिकाअनुसार प्रश्नपत्र बाहिरिएको विज्ञान विषयको परीक्षा चैत २२ गते तथा सामाजिक विषयको परीक्षा चैत २३ गते सञ्चालन हुने अर्यालले बताए। अन्य विषयमध्ये चैत २४ गते जनसंख्या, संस्कृत, कर्मकाण्ड र ज्योतिष विषय रहेको छ। त्यसै गरी चैत २५ गते वेद विषय तथा
More