Daily Archives 3rd April 2019

हावाहुरी पिडितलाई सहयोग जुटाउन अफ्रिकामा बस्ने नेपाली सकृय

केन्या । बारामा आएको हावाहुरी पिडितलाई सहयोग जुटाउन अफ्रिकामा बस्ने गैरआवासीय नेपालीहरु सकृय भएका छन् । यहाँस्थित गैरआवासीय नेपाली संघका शाखाहरु आर्थिक संकलनमा लागेका छन् । केन्या, नाइजेरिया, युगान्डा लगायतका देशबाट आर्थिक संकलन भैरहेको छ । गैर आवासीय नेपाली संघ (एनआरएनए ) नाइजेरियाले हावाहुरी प्रभावीतलाई १ लाख २४ हजार सहयोग गर्ने निर्णय गरेको कोषाध्यक्ष रोहित भन्गारले जनाए । आइसिसीको निर्देशनअनुसार केन्याले आपतकालिन कोषको लागि २५ हजार रुपैयाँ जम्मा गरिसेको अध्यक्ष कृष्ण दत्त भट्टले जनाए । भट्टले आर्थिक संकलन जारी रहेको जानकारी दिए । गत आइतबार आएको हावाहुरीका कारण बारा र पर्सामा समेत गरी २८ जनाको ज्यान जानुका साथै ५०० बढी
More

कुमार पन्तको सक्रियतामा बाराका ५०० हावाहुरी पीडितलाई बाँडियो राहत (फोटोफिचर)

लण्डन– एनआरएन उपाध्यक्ष कुमार पन्तसहितका केही एनआरएनका नेताहरुको सक्रियता नेपालको बारा जिल्लामा आएको भीषण आँधुहुरीपछि पीडित बनेकाहरुलाई राहत वितरण गरिएको छ । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत, सम्बन्धित क्षेत्रका सांसद तथा गाउँपालिकाका जनप्रतिनिधि र बाराका प्रमुख जिल्ला अधिकारीसँगको सरसल्लाह एवं सहयोगमा जिल्लाका विभिन्न ५ स्थानमा बुधबार राहत वितरण कार्य सम्पन्न गरिएको पन्तले जानकारी दिए । उनका अनुसार राहत सोमबारदेखि वितरण थालिएको थियो । जसअनुसार प्रभावित ५०० परिवारलाई चामल २५ किलो, आलु ५ किलो, दाल २ किलो, तेल १ लिटर , वाल्टी १ र जग १ थान वितरण गरिएको थियो । प्रभावित क्षेत्रमा पुगेर पन्तसहितले राहतका लागि सक्रियता देखाएको भन्दै
More

मेक्सिको तर्फको दक्षिणी सिमाना बन्द नगर्न ट्रम्प सहमत

न्यूयोर्क–अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिको तर्फको दक्षिणी सिमाना बन्द नगर्न सहमत भएका छन् । स्थानीय समयअनुसार मङ्गलबार उनले त्यस क्षेत्रबाट आफ्नो घर फर्किन चाहनेहरुका लागि सजिलो बनाउन बन्द नगर्न निर्णय गरेको बताइएको छ । “हुन त मैले वास्तवमै यस्ला बन्द गर्न चाहन्थे, तर मेक्सिकोले नगर्नु भनेकाले मैले केही समयका लागि यस्लाई स्थगित गरेको हुँ,” ट्रम्पलाई उद्धृत गर्दै स्रोतले भन्यो । हजारौँ मानिस दक्षिणी सिमानाबाट आफ्नो घर फर्किने विश्वास लिइएको पनि उउनले बताएको समाचारमा जनाइएको छ । व्यापार, सुरक्षा लगायतका कारण देखाउदै राष्ट्रपति ट्रम्पले लामो समयदेखि अमेरिका र मेक्सिको बीचको सिमाना बन्द गर्नुपर्ने अडान राख्दै आएका थिए ।
More

भिजिट भिषामा वैदेशिक रोजगारको नाममा ठगी, महिला पक्राउ

काठमाडौं- भिजिट भिषामा वैदेशिक रोजगारको लागि मानिस पठाउने भनि बिश्वास दिलाई रकम ठगी गर्ने काठमाडौं महानगरपालिका-२६ सामाखुसी बस्नेभोजपुर हतुवागढी गाउँपालिका-९की ३४ वर्षीया बिमला थापालाई महानगरीय अपराध महाशाखा टेकुको प्रहरीले गौशालाबाट सोमबारपक्राउ गरेको छ । काठमाडौंकोपिंगलास्थानस्थितकम्पास रिक्रुटमेण्ट मेनपावर कम्पनीमा काम गर्नेबिमलाले धनुषा मिथिला बिहारी नगरपालिका-२ बस्ने मोहम्मद राईन र सोही ठाउँ बस्ने सबिर राईनलाई वर्किङ भिषामा दुबई पठाई दिने भनि बिश्वास दिलाई ४ लाख ४० हजार रुपैयाँ लिएर चैत ११ गते अन्तर्राष्ट्रिय बिमानस्थल बोलाई दुबई पठाउन लागेकोमा अध्यागमन बिभागले उनीहरुलाई फिर्ता गरेको थियो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
More

१७ हजार घुस लिने प्रहरी जवान पक्राउ

काठमाडौं–महानगरीय दंगा नियन्त्रण प्रहरी गण, त्रिपुरेश्वर दरबन्दी भई ताहाचल स्थित वैदेशिक रोजगार विभागमा सुरक्षार्थ खटिएका प्रहरी जवान गणेश लोहार घुस सहित पक्राउ परेका छन् । साउदी अरबका लागि श्रम स्विकृती लिने सिलसिलामा सेवाग्राहीसँग घुस रकम माग गरिरहेको भन्ने उजुरीको आधारमा महानगरीय प्रहरी वृत्त, कालीमाटीबाट खटिएको प्रहरी लोहारलाई १७ हजार घुससहित पक्राउ परेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । कालिकाटी प्रहरीले बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई बुझाएसँगै यसबारे थप अनुसन्धान भइरहेको जनाइएको छ ।
More

बारा र पर्साका हावाहुरी पीडित परिवारको घर बनाउन प्रदेश सरकारले सहयोग गर्ने मुख्यमन्त्री राउतको घोषणा

काठमाडौं। प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले बारा र पर्सामा हावाहुरीका कारण निधन भएका पीडित परिवारका लागि प्रदेश सरकारले घर निर्माण गर्न सहयोग गर्ने घोषणा गरेका छन् । बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै मुख्यमन्त्री राउतले हावाहुरीका कारण घरबारविहीन भएका सबै परिवारको लागि घर निर्माण गर्ने जनाएका हुन् । उनले भने,‘प्रदेश सरकारले उहाँहरुको लागि सामूहिक पूनर्वासको लागि प्रबन्ध गर्ने सोच बनाएको छ । आन्तरिक मामिला तथा योजनामन्त्रीको संयोजकत्वमा बनेको पाँच सदस्यी समितिले पनि त्यही कुरा सिफारिश गरेको छ । हामी सहयोग गर्न तयार छौं ।’ उनले सिँगो पीडित परिवारलाई प्रदेश सरकारको साथ र सहयोग रहेको विश्वास
More

अन्जु् पन्तको विवादित तस्बिर, यस्तो रहेछ वास्तविकता

काठमाडौं–चर्चित गायिका अञ्जु पन्त राहत वितरणको लागि बाइबल समेत बोकेर बारा पुगेको दाबीसहितको तस्बिर बुधबार भाइरल बन्यो । सामाजिक सञ्जाल प्रयोगकर्ताले बाइबल र केही राहत सामग्री बोकेर पन्त बारा पुगेको दाबी गर्दै धमाधम विरोध गर्न थालेपछि हामीले यसको बास्तविकता खोतल्ने प्रयास गरेका छौं। के साँच्चै पन्त बारा नै पुगेकी थिइन् त ? बुझ्दै जाँदा उनी बुधबार सिंहदरबारस्थित रेडियो नेपालको कार्यक्रममा सहभागि भएको पाइयो । त्यसो भए सामाजिक सञ्जालमा आएको तस्बिर नि ? त्यो तस्बिर अहिलेको नभएर पुरानो भएको खुलेको छ । त्यो पनि अहिले दाबी गरिएजस्तो बाइबल नभएर किताव–कापी भएको खुलेको छ । गत डिसेम्बर ५ मा वीरगन्ज कारागार भित्र
More

खुट्टा फ्याक्टर हुँदा पनि आँधी प्रभावित क्षेत्रमा पुगे प्रदीप पौडेल

काठमाडौं– आइतबार बारामा आएको आँधीबाट प्रभावितहरुका लागि राहत बोकेर काँग्रेस नेता प्रदीप पौडेलसहितका नेताहरु प्रभावित क्षेत्रमा पुगेका छन् । पौडेलसहित नेविसंघका पूर्वमहामन्त्रीकुन्दन राज काफ्ले, पूर्व केन्द्रीय सदस्य सुशील भट्ट, नेताहरु राहत सामग्री लिएर बारा जिल्ला को सुबर्ण गाउँपालिका १ बगइ पुगेका हुन् । उनीहरुले म्याट,झुल,बाल्टी,ट्र्चलाइट लगायतका सामाग्री २५० घरधुरीलाइ बितरण गरेका छन् । उनीहरुले बाराका स्थानीय नेबिसंघको समन्वयमा अस्थायी टहरा समेत निर्माण गर्ने भएका छन् । शारीरिक अशक्तताको बीच पिडितको घाउमा मह्लमपट्ी लगाउने योजनाका साथ पौडेल समेत प्रभावित क्षेत्रमा पुगेका हुन् , पौडेलको केही पहिलेमात्रै खुट्टा फ्याक्चर भएको थियो ।
More

जन्मका आधारमा नागरिकता दिने गृहको निर्णयको मधेशमा स्वागत

जन्मको आधारमा नागरिकता प्राप्त गरेका नागरिकका सन्तानलाई नागरिकता दिने गृह मन्त्रालयको निर्णयलाई मधेशमा स्वागत भएको छ । मधेशी केन्द्रीत दलले लामो समयदेखि नागरिकताको विषयमा आन्दोलन गर्दै आएको थियो । अहिले आएर गृहमन्त्रालयले जन्मका आधारमा नागरिकता प्राप्त गरेका नागरिकका सन्ताललाई नागरिकता दिने निर्णय गरेपछि थुप्रै नागरिकता विहिन नेपाली नागरिकले नागरिकता पाउने भएका छन् । मन्त्रालयले मंगलबार नागरिकता दिनेसम्बन्धी सर्कुलर जारी गरेका थियो ।
More

मातृभूमी कपको भब्य तयारी, नियमित अभ्यासमा कलाकारहरु (फोटो फिचर)

धुर्मुस सुन्तली फाउण्डेशनले चितवनको भरतपुरमा निर्माण गर्ने ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माण सहयोगार्थ चैत २३ गते आयोजना हुने मातृभूमी कपबाट उठेको रकमको १५ प्रतिशत आँधी प्रभावित क्षेत्रमा खर्च गर्ने भएको छ । फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल ‘धुर्मुस’ ले सामाजिक संजाल फेसबुकममा एक स्ट्याटस पोष्ट गर्दै बारा र पर्सामा राहत बाँडेको र निरन्तर अभियान चलिरहने जानकारी गराए । आँधी गएको भोलिपल्टै तराई पुगेका धुर्मुसले फाउण्डेशनको तर्फबाट ४०० पीडित परिवारलाई राहत बितरण गरेका थिए । राहत बितरणका लागि तराई पुगेका धुर्मुसले पुर्नबासको लागि जतिसक्दो छिटो सम्बन्धित निकायको ध्यान जानु पर्ने बताए । उनले लेखेका छन् ‘घरबार गुमाएर खुला आकाशमा रात काट्न
More

काङ्ग्रेस जिल्ला सभापति भेलामा राहतसम्बन्धी छलफल

काठमाडौँ । नेपाली काङ्ग्रेसका जिल्ला सभापतिको अनौपचारिक भेलामा बारा र पर्साका हावाहुरीबाट प्रभावित बस्तीमा राहत दिने विषयमा छलफल भएको छ । आजदेखि यहाँ शुरु भएको दुई दिने भेलामा हावाहुरीबाट प्रभावित बस्तीमा जिल्ला सभापतिका तर्फबाट गर्ने सहयोग र राहतका विषयमा छलफल भएको रोल्पाका जिल्ला सभापति अमरसिंह पुनले जानकारी दिए । आइतबार बारा र पर्सामा आएको हावाहुरीबाट दुई दर्जन बढी व्यक्तिको निधन भएको थियो भने सयाँै घाइते भएका थिए । खासगरी नेतृत्वलाई आफ्ना माग पूरा गराउन दबाब दिने उद्देश्यले भेला आयोजना गरिएको हो । भेलामा मुख्यरुपमा पार्टीका सबै पदाधिकारी र केन्द्रीय सदस्य वडा तहबाटै निर्वाचित हुनुपर्ने र पार्टीको आरक्षण सुविधा एक व्यक्तिका
More

विकासका लागि राजनीतिक र नीतिगत स्थिरता कायम भएको छ: प्रम ओली

काठमाडौं, २० चैत,प्रधानमन्त्री केपी शर्मा ओलीले विकासका लागि राजनीतिक स्थिरता र नीतिगत आधार तयार भएको बताउनुभएको छ । राष्ट्रिय विकास परिषदको बैठकलाई आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो । प्रधानमन्त्री ओलीले विगतमा जस्तो एउटा सरकार बन्ने केही महिनामा त्यसलाई ढालेर अर्को सरकार आउने अवस्थालाई जनताले अन्त्य गरेकोले अब नीतिगत र राजनीतिक स्थिरता कायम भएको बताउनुभएको छ । “जनताले बहुमत दिएर पठाएको सरकार छ । यसले विकासमा स्पष्ट नीति लिन्छ । तिनै नीतिहरुको आधारमा योजना बनाइन्छ र कार्यान्वयन गरिन्छ ” प्रधानमन्त्री ओलीले भन्नुभयो “सरकार विकासको महाअभियानमा सरिक भएकोले पक्ष विपक्ष हैन सबैले सहकार्य गरेर देश निर्माणमा जुटौं ।”
More

ईपिसिएफ मोडलमा साढे २ खर्ब भन्दा बढी लगानी ल्याउने सिएमइसीको प्रस्ताव दर्ता

काठमाडौं । चीनका ठूला कम्पनीहरु मध्ये एक चाईना मेशिनरी ईन्जिनियरिङ कर्पोरेशन (सिएमइसी)ले सरकार समक्ष नेपालको खानेपानी, जलविद्युत (हाईड्रोपावर) र सडक तथा सुरुङ मार्ग निर्माण गर्ने आशय सहित प्रस्ताव दर्ता गरेको छ । लगानी सम्मेलनमा सहभागी हुन आएको सिएमइसी कम्पनीले खानेपानीका पाँच आयोजना, काठमाडौंको टोखादेखि नुवाकोट छहरे जोड्ने सडक तथा सुरुङ मार्ग र जलाशययुक्त ७५६ मेगावाटको तमोर हाईड्रोपावर आयोजनामा लगानी ल्याउने आशय सहित प्रस्ताव प्रधानमन्त्री समक्ष पेश गरेको हो । उक्त कम्पनीले पेश गरेको प्रस्तावमा खानेपानीका पाँच आयोजनाहरु नारायणी थोक वितरण, कर्णाली बबई थोक वितरण, भेरी सुर्खेत उपत्यका पम्पिङ, दाङको पातुखोला र भक्तपुरको महादेव खोला खानेपानी आयोजनामा लगानी ल्याउने आशय व्यक्त
More

आज कति छ सुनचाँदीको भाउ ?

आज सुनको भाउ प्रतितोला ५९ हजार ५ सय रुपैयाँ रहेको छ । मंगलबार पनि यहि मूल्यमा सुनको कारोबार भएको थियो । तेजावी सुन भने प्रतितोला ५९ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसैबीच चाँदीको मूल्य प्रतितोला ७ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ ।
More

आज कति छ डलरको भाउ ?

काठमाडौं– बुधबार अमेरीकी डलरको खरिद मूल्य १०९ रुपैयाँ ७० पैसा तोर बिक्री मूल्य ११० रुपैयाँ ३० पैसा रहेको छ । एक युरोको खरिददर १२२ रुपैयाँ ९० पैसा छ भने बिक्रिदर १२३ रुपैयाँ ५७ पैसा रहेको छ । एक पाउण्ड स्ट्रलिङको खरिददर १४३ रुपैयाँ ०९ पैसा र बिक्रिदर १४३ रुपैयाँ ८८ पैसा रहेको छ । यसैगरी जापानीज १० यनको खरिददर ९ रुपैयाँ ८६ पैसा छ भने बिक्रिदर ०९ रुपैयाँ ९१ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
More

वन्यजन्तु पाल्न दिने नीति बन्दै

वन तथा वातावरणमन्त्री शक्तिबहादु बस्नेतले सरकारले कतिपय वन्यजन्तु पाल्न मिल्ने गरी नीति निर्माण गरिरहेको बताउनुभएको छ । संरक्षित जनावरको चोरी शिकारी रोक्न पनि घरमै जनावर पाल्न दिने नीति प्रभावकारी हुने उहाँको भनाइ छ । वन्यजन्तु पालन अन्तर्राष्ट्रिय रुपमै प्रचलनमा रहेकाले नेपालमा पनि त्यसो गर्न लागिएको उहाँले बताउनुभयो । वन्यजन्तु पालन गर्न दिँदा कतिपय अवस्थामा संरक्षित जनावरको बिक्री तिवरण हुने सम्भावना रहकाले त्यसतर्फ भने सचेत हुनुपर्ने उहाँले उल्लेख गरे । ‘वन्यजन्तु पालन गर्न दिइयो भने चोरी शिकारी पनि घट्छ’, मन्त्रालयको आगामी आर्थिक वर्ष ०७६÷०७७ को नीति तथा कार्यक्रमबारे छलफल गर्न ललितपुरको गोदावारीमा आयोजित कार्यशालामा मन्त्री बस्नेतले भन्नुभयो, ‘घरमा जनावर पाल्न दिँदा
More

आँधी प्रभावितलाई चार कोठे घर सरकारको घोषणा

जनकपुरधाम । प्रदेश २ सरकारले वारा र पर्सामा गएको आँधी प्रभावितहरुलाई चारकोठे घर बनाइदिने घोषणा गरेको छ । बुधबार प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवले हुरीका कारण पूर्ण रुपमा क्षतिग्रस्त घरहरु सरकार बनाइदिने बताएका हुन् । आगामी चार महिनाभित्रै सबै घर बनाइसक्ने उनको दाबी छ । आइतबार आएको आँकीका कारण हालसम्म २८ जनाको मृत्यु हुनुका साथै सयौं घरबारबिहीन भएक छन् ।
More

नेकपाको प्रवास कमिटीमा भागबण्डा मिल्यो, बेलायतको नेतृत्व पूर्वएमालेलाई (सूचीसहित)

काठमाडौँ – नेकपा कम्युनिष्ट पार्टी (नेकपा)को प्रवास कमिटी धमाधम टुंगो लाग्ने क्रममा रहेको छ । तत्कालीन एमाले र माओवादी केन्द्रका ३६ देशमा रहेका प्रवासी सङ्गठनमध्ये ३४ देशमा नेतृत्वको भागबन्डासहित एकता प्रस्ताव तयार भएको प्रवास एकीकरण कार्यदलका एक सदस्यले जानकारी दिए । उनका अनुसार बेलायतको लागि तत्कालीन एमालेले भाग पाएको छ । यसअघि बेलायतमा माओवादीले पाउने भनिएकोमा सन्तुलन मिलाउने क्रममा अन्तिम समयमा तत्कालीन एमाले निकटलाई दिइएको ती सदस्यले नाम उल्लेख नगर्ने सर्तमा बताए । उनका अनुसार तत्कालीन एमालेको प्रवासी नेपाली मञ्च र माओवादीको नेपाली जनप्रगतिशील मञ्च एकीकरणबाट प्रवासी नेपाली एकता मञ्च बनाउने कार्यदलको प्रस्ताव छ । ३६ देशमा संयोजक र सचिवसहित
More

चर्चित गायिका अञ्जु पन्त बाइबल बोकेर बारा पुगिन् !

काठमाडौं – चर्चित गायिका अञ्जु पन्तको यतिबेला सामाजिक संजालमा चर्काे आलोचना भइरहेको छ । केही दिन अगाडि गएको विनासकारी आँधीले पिडित बाराका स्थानिय बासिलाई राहात बाड्न गएको उनको तस्बिर सार्वजनिक भएपछि उनको आलोचना सुरु भएको हो । राहत बाड्न गएको उनको गाडी सहितको तस्बिरमा बाइबलका पुस्तक भरिएको देखिएको छ । जुन तस्बिर यतिबेला सामाजिक संजालमा भाइरल भइरहेको छ । उक्त तस्बिरका कारण राहतको नाममा अञ्जुले धर्म प्रचार गरिरहेको आरोप लगाइएको छ । आफ्नै नामबाट अञ्जु पन्त फाउन्डेसन स्थापन गरेर पछिल्लो समय सामाजिवक काममा सक्रिय उनीले केही पहिले हिन्दू धर्म त्यगेर क्रिस्चियन बनेकी थिइन् ।
More

गुडिरहेको बसले किच्दा सहचालकको मृत्यु

हेटौंडा । गुडिरहेको बसले किच्दा पुर्व पश्चिम राजमार्गमा सहचालकको मृत्यु भएको छ । वीरगञ्जबाट धनगढी जाँदै गरेको ना ४ ख ३३७५ नम्बरको बसका सहचालकलाई किच्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । बसबाट चिप्लिएका जनकपुर घरभएका १७ बर्षका सहचालक रवि सहनीको बसको पछाडिको चक्काले किच्दा ज्यान गएको बताइएको छ । बसको ढोकामा उभिएर बसेका उनी चिप्लिएर लड्दा बसको पछिल्लो भागले भेटेको प्रहरीले जनाएको छ । बस र बसका चालक प्रहरी नियन्त्रणमा रहेको मकवानपुरका प्रहरी नायब उपरिक्षक यज्ञप्रसाद भट्टराईले बताए । अनलाइन खबर
More