Daily Archives 6th April 2019

‘समृद्ध नेपाल सुखी नेपालीको अभियान सफल पार्न शिक्षामा लगानी गर्नुपर्छ’

नुवाकोट । नेकपा नेता तथा प्रतिनिधि सभा सदस्य हितबहादुर तामाङले शिक्षा क्षेत्रको विकास विना समृद्धि असम्भव रहेको धारणा व्यक्त गरेका छन् । तारकेश्वर गाउँपालिका वडा नम्बर २ स्थित तारुका श्रीकृष्ण क्याम्पस तथा श्रीकृष्ण माविको लागि जग्गा खरिद तथा भवन निमाणार्थ आयोजित श्रीमद भागवत सप्ताह महायज्ञको शनिबार उद्घाटन गर्दै तामाङले सो कुरा बताएका हुन् । ‘समृद्ध नेपाल सुखी नेपालीको अभियान सफल पार्न शिक्षा क्षेत्रको विकास विना सम्भव छैन’ पूर्वमन्त्री समेत रहेका सांसद तामाङले भने, ‘सरकारले शिक्षा क्षेत्रको विकासका लागि विशेष ध्यान दिँदै पर्याप्त लगानी गर्नुपर्छ ।’ उनले क्याम्पसको स्तरोन्नति र विकासका लागि आफूले सम्बन्धित निकायमा पहल गर्ने आवश्वासन पनि सो अवसरमा
More

अबको तीन दिनसम्म यस्तो हुनेछ मौसम

काठमाडौँ । पश्चिमी र स्थानीय वायुको प्रभावले आज बिहानै काठमाडौँ उपत्यकासहित देशभर हावाहुरीसहित वर्षा भएको छ । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् विभूति पोखरेलेका अनुसार पश्चिमी र स्थानीय वायु सक्रिय भएका कारणले हावाहुरीसहित वर्षा भएको हो । सोमबारसम्म देशको अधिकांश स्थानको मौसम प्रभावित हुने मौसमविद् पोखरेलले बताए । पूर्वमा बनेको न्यूनचापीय रेखा र बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावा तथा स्थानीय वायुको प्रभावले बदलीसँगै हावाहुरी र हल्कादेखि मध्यम वर्षा भएको बताइएको छ । उक्त प्रणाली क्रमशः विकसित भई आगामी सोमबारसम्म कायम रहने मौसमविद् पोखरेलले बताए । काठमाडौँ उपत्यकामा आज दिउँसो केही बेर मौसम खुला भई घाम लाग्ने छ र अन्य स्थानमा भने
More

कालो बादल देखेपछि तर्सिन्छन् आँधीपीडित : वीरेन्द्र कर्ण

वीरगञ्ज–इजहार मियाँ आकाशतिर हेर्छन्, आकाशमा कालो बादल लागेको छ र मेघगर्जनको सम्भावना देखेपछि फेरि कुनै अनिष्ट हुने सङ्केतले उनको जीउ सिरिङ्ग हुन्छन् र मनभित्र भय, त्रासका कारण शङ्काउपशङ्का उब्जन थाल्छ । “आइतबार साँझ शुरुमा आकाशमा यस्तै कालो बादल लागेको थियो । केही समयको अन्तरालमा आएको विनाशकारी हावाहुरीले विनाशलिला देखाएर श्रीमती, बुहारी र दुई नातिको ज्यान लिएर गएपछि फेरि मौसममा परिर्वतन देख्दा आइतबारको कहालीलाग्दो रातले भयवित छु“, ६५ वर्षीय पीडित इजहार मियाँले आफ्नो पीडा पोखे । “ठूलो आवाज र गर्जनसहित आएको सो दुईवटा चक्रवात आफ्नो घर अगाडि एकआपसमा जुधे । त्यसको अगाडि जेपर्यो त्यसलाई विनाश गर्दै अगाडि बढ्यो त्यो चक्रवात”, फेटा
More

लिभरपुल शीर्ष स्थानमा

एजेन्सी /मोहमद सलाहको कीर्तिमानी गोलसँगै लिभरपुलले इङ्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा फर्किएको छ । सुक्रबार राति भएको खेलमा लिभरपुलले साउथह्याम्पटनलाई ३–१ गोलले हरायो । लिभरपुलको जितमा मोहम्मद सलाह, नावी केइटा र जोर्डन हेन्डरसनले गोल गरे । साउथह्याम्पटनका साने लङले गोल गरे । खेलमा सुरुवाती अग्रता साउथह्याम्पटनले लिएको थियो । साउथह्याम्पटनका साने लङले नवौं मिनेटमा गोल गरे । साउथह्याम्पटनको गोलपछि आक्रमक देखिएको लिभरपुलले ३६औं मिनेटमा बराबरी गोल फर्कायो । लिभरपुलका नावी केइटाले पहिलो गोल गरे । ८०औं मिनेटमा मोहममद सलाहले दोस्रो गोल गरेका थिए । यससँगै सलाह लिभरपुलका लागि छिटो ५० गोल पार गर्ने पहिलो खेलाडी बने । उनले फर्नान्डो
More

पाँचसय वढी परिवारलाई राहत सामग्री प्रदान

बारा र पर्सा जिल्लाहरुमा हावाहुरीले पारेको विपद्बाट घर पूर्णक्षति भएका ५ सय ३५ परिवारलाई नेपाल रेडक्रसले तत्कालको सहयोगस्वरुप गैरखाद्य सहयोग सामग्री सेट शुक्रबार साँझसम्म उपलव्ध गराएको छ । यसबाट २६०० बढी मानिसहरु प्रत्यक्ष लाभान्वित भएका छन् । वितरित हरेक सेटमा त्रिपाल एक, कम्बल २, सारी १, पुरुषको धोती १, कपडाहरु १६ मीटर, भाँडाकुँडाको सेट, पानी राख्ने वाल्टी, १० मिटर डोरी रहेका छन् । यसका अतिरिक्त ६१२ परिवारलाई तारपोलिन तथा डोरी, १०० वटा वस्ने म्याट्रेस र ४० वटा कम्मल पनि वितरण गरिएको छ । तयारी खाना भने ३६४ परिवारलाई वितरण गरिएको छ । स्वास्थ्य अवस्थालाई ध्यानमा दिई १० हजार थान साबुन,
More

गायक स्वरुपराज आचार्य र गायिका बिन्दु परियारको नयाँ गीतको भिडियो ‘नदेखेको धेरै भयो’मा देखियो यस्तो प्रेम वियोग

काठमाडौँ । चर्चित गायक तथा संगीतकार स्वरुपराज आचार्य र गायिका बिन्दु परियारको स्वर रहेको नयाँ गीत नदेखेको धेरै भयो बोलको गीतको भिडियो सार्वजनिक भएको छ । प्रेममा चुर्लम्म डुबेको जोडीले एक अर्कालाई केही समय नदेखे के हुन्छ भन्ने मर्मलाई देखाइएको भिडियोमा महेश खड्का र इस्तु कार्कीको जीवन्त अभिनय रहेको छ । किशोर अवस्थामा जानेर वा नजानेर गरिने र प्रेम र त्यसले पाउने गहिराईलाई मुख्य कथा बनाएर निर्माण गरिएको भिडियोमा हरेक प्रेमील जोडीको कथालाई जस्ताको त्यस्तै देखाइएको छ । चर्चित संगीतकार दीपक शर्माको संगीत रहेको छ भने इश्वर श्रेष्ठको शब्द शृजना रहेको छ । नरेन्द्र बियोगीको एरेन्ज रहेको गीतको भिडियोमाको निर्देशन
More

पैदलयात्रीका लागि भत्केको पुलनजिकै फलामे पुल निर्माण गरिने

काठमाडौं वडा नं. ५ र ७ जोड्ने भत्केको पुलमा सवारी र यात्रुको चाप बढेपछि छुट्टै फलामे पुल निर्माण गरिने भएको छ । पैदल यात्रीहरुको आवत–जावतका लागि प्रदेश सरकारको परियोजनाअन्तर्गत भत्केको पुलसँगै फलामे पुल निर्माण गर्न लागिएको हो । शनिबार बिहान एक कार्यक्रमका बीच नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य एवम् प्रदेश नं. ३, निर्वाचन क्षेत्र नं. ५ (१) का सांसद नारायण शिलवालले फलामे पुल निर्माण योजनाको शिलान्यास गरे । ‘सवारीको चाप बढेको र पैदलयात्रीमा दुर्घटनाको जोखिम बढेकाले फलामे पुल निर्माण गर्नुपरेको हो,’ सांसद सिलवालले भने, ‘पुल निर्माणको जिम्मा लिएको उपभोक्ता समितिले समयमै सम्पन्न गर्ने गरी गुणस्तरीय काम गर्नुपर्छ ।’ पुल निर्माणका
More

संसदीय सुनुवाइ खारेज गर्न माग

काठमाडौं। न्यायाधीशहरूको राष्ट्रिय सम्मेलनले प्रधानन्यायाधीश र न्यायाधीशका हकमा संसदीय सुनुवाइ खारेज गर्न माग गरेको छ। सम्मेलनपछि शुक्रबार जारी घोषणापत्रमा उक्त माग गरिएको हो। ‘नेपालको संविधानले संसदीय शासन प्रणाली अवलम्बन गरेको र २०४७ सालदेखि नै संवैधानिक परिषद् एवं न्याय परिषद्को सिफारिसमा न्यायाधीश नियुक्त गर्ने पद्धति अपनाएको हुनाले नेपालमा प्रधानन्यायाधीश र सर्वोच्च अदालतको न्यायाधीश नियुक्तिमा संसदीय सुनुवाइ गर्ने विद्यमान प्रणालीको औचित्य देखिँदैन,’ घोषणापत्रमा भनिएको छ। सुनुवाइको व्यवस्थाका कारण न्यायाधीश नियुक्ति प्रक्रियालाई राजनीतिक विवाद, सिफारिस भएका व्यक्तिको बारेमा आधारहीन प्रचार भएको र अन्ततः स्वतन्त्र न्यायपालिकाको आस्था, मर्यादा र संवेदनशीलतामा आँच पु‍र्‍याइरहेको भनाइ न्यायाधीशको छ। न्यायिक नियुक्ति र न्यायाधीशमाथि हुने कारबाहीमा न्याय परिषद्को हालको
More

आन्तरिक पर्यटन वर्षलाई सघाउँदै बागलुङ चैतेदशैँ मेला

गण्डकी प्रदेश सरकारले घोषणा गरेकोे ‘आन्तरिक पर्यटन वर्ष २०१९’ सफल पार्न बागलुङको कालिका भगवती गुठी व्यवस्थापन समितिले सक्रियता देखाएको छ। पर्यटन मन्त्रालयको १०० पर्यटकीय गन्तव्यमध्यको स्थापित गन्तव्यमा पर्ने बागलुङ कालिकाले परम्पराकालदेखि मनाउँदै आएको ऐतिहासिक चैतेदशैँ मेलालाई यस वर्ष प्रदेश सरकारसँग समन्वय गरेर मनाउन थालिएको कालिका भगवती गुठी व्यवस्थापन समितिले जनाएको छ। परम्पराकालदेखि जिल्लाकै पहिचानका रुपमा रहेको यो मेलामा यो वर्ष फरकशैली अपनाइएका मेला मूल व्यवस्थापन समितिका संयोजक राजु खड्काले बताए। आगामी २०७६ वैशाख २ गतेसम्म आयोजना गरिने मेलाको थप प्रवद्र्धन गर्न प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयसँग समन्वय गरेको खड्काले बताए। मेलामा पहिलोपटक मगर समुदायमा प्रचलित तारोखेल, भजन,
More

काठमाडौँमा मेघ गर्जनसहित मुसलधारे वर्षा, देशभरको मौसम बदली

काठमाडौँ । आज बिहानैबाट काठमाडौँमा मेघ गर्जनसहित मुसलधारे वर्षा भएको छ। मौसममा आंशिकदेखि सामान्य बदली हुँदा काठमाडौँ लगाएत देशका अधिकांश भूभागमा मेघ गर्जनसहित वर्षा भएको हो। साथै तराईका सिमाना र पश्चिमी पहाडका केही स्थानमा हल्का हावाहुरी चल्ने तथा उच्च हिमाली भेगका केही स्थानमा हल्का हिमपातको सम्भावना देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। त्यस्तै आइतबार केही स्थानमा मेघ गर्जनसहित वर्षा र मध्य तथा पश्चिमका थोरै स्थानमा हल्का हावाहुरी चल्ने सम्भावना रहेको जानकारीसहित महाशाखाले तीन दिनको मौसमी अवस्थाको पूर्वानुमान गरेको छ। डिसी नेपाल
More

केराखेतीमा कोत्रे र गबारो किराको प्रकोप

गलेश्वर – केरा उत्पादन क्षेत्रका रूपमा विकसित हुँदै गएको म्याग्दीमा गरिएको केरा खेतीमा कोत्रे र गबारो किराकोे प्रकोप देखिएको छ । कीराको प्रकोपका कारण केरा किसान चिन्तित भएका छन् । केरामा हरेक वर्षझै यस वर्ष पनि उक्त कीराको प्रकोप देखिएपछि उनीहरू चिन्तित बनेका हुन् । यस वर्ष केरामा कोत्रे, गबारो, ढुसी, जुकालगायत कीरा लागेकाले यसको नियन्त्रण चुनौतीपूर्ण भएको ज्यामरुककोट केरा उत्पादक सङ्घका अध्यक्ष चन्द्रबहादुर कार्कीले बताउनुभयो । “कोसा लाग्न लागेको बोटमा विभिन्न रोगकीरा देखिएका छन्”, कार्कीले भन्नुभयोे, “यस वर्ष उत्पादनमा ठूलो ह्रास आउने भएको छ ।” विशेषगरी मालभोग जातको केरामा कोत्रे र गबारो कीराको समस्या बढी देखिएको उहाँको भनाइ छ
More