Daily Archives 7th April 2019

कर्मचारीलाई विनाधितो १५ लाख ऋण

विराटनगर । एनआइसी एशिया बैंकले आम कर्मचारीलाई २५ महीनाको तलब वा रु १५ लाख विनाधितो ऋण सुविधा उपलब्ध गराउने भएको छ । बैंकका प्रदेश नं १ प्रमुख लक्ष्मण चालिसे आज यहाँ पत्रकार सम्मेलन गरी २२ वटा विभिन्न विशेषताअन्तर्गतका १५ नयाँ बचत निक्षेप योजनालाई सार्वजनिक गर्नुभयो । उहाँले कर्मचारीलाई तीन महीनाको तलबसमेत अग्रिमरुपले लिन पाउने सुविधा उपलब्ध हुनुका साथै चमत्कारिक बचत खाता, नारी, ज्येष्ठ नागरिक, बाबुनानी, विद्यार्थी तथा स्वरोजारलगायतका खाताबाट औषधि उपचार, मृत्यु बीमालगायतका अन्य सुविधा उपलब्ध गराई यही चैत २० गतेदेखि सुविधा उपलब्ध गराइसकेकोे जानकारी दिनुभयो । बैंकको प्रदेशमा ५२ शाखा, चार एक्टेन्सन, आठ शाखारहित बैंक र ६४ एमिट सेवाबाट
More

काँग्रेस केन्द्रीय अनुशासन समितिः सात दिनभित्र नाम उपलब्ध गराउन पत्राचार

काठमाडौँ । नेपाली काङ्ग्रेस केन्द्रीय अनुशासन समितिले पार्टी हितविपरीत गर्नेको नाम सात दिनभित्र समितिलाई उपलब्ध गराउन सबै जिल्ला कार्यालयलाई पत्राचार गर्ने निर्णय गरेको छ । समितिका संयोजक भीष्मराज आङ्दम्बेको संयोजकत्वमा पार्टीको केन्द्रीय कार्यालयमा आज भएको बैठकले त्यस्तो निर्णय गरेको हो । गत स्थानीय तह, प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनमा स्वतन्त्र उम्मेदवार भएका र निजका प्रस्तावक र समर्थकका साथै नेपाली काङ्ग्रेस परित्याग गरी अन्य राजनीतिक दलमा गएका व्यक्तिको नामावली सबै जिल्लाबाट सात दिनभित्र उपलब्ध गराउन पत्राचार गर्ने निर्णय आजको बैठकले गरेको समितिका सचिव प्रेम केसीले बताए ।
More

प्रदेशसभा सदस्य खतिवडाद्वारा क्याम्पसलाई एक महिनाको तलब सहयोग

काठमाडौं– प्रदेश नम्बर ३ का प्रदेशसभा सदस्य हिरानाथ खतिवडाले आइतबार नुवाकोटको तारकेश्वर गाउँपालिका २ स्थित तारुका श्री कृष्ण क्याम्पस र श्रीकृष्ण माविलाई आर्थिक सहयोग गरेका छन् । क्याम्पसको लागि जग्गा खरिद तथा भवन निर्माण र कृष्ण माविमा आइसीटी कक्षा सञ्चालन गर्ने उद्देश्यले शनिबारदेखि आयोजित श्रीमदभागवत सप्ताह महायज्ञमा सहभागि हुन पुगेका खतिवडाले आफ्नो एक महिनाको तलब बराबरको ५० हजार सहयोग गर्ने घोषणा गरेका हुन् । उनले क्याम्पसको स्तरोन्नति र शैक्षिक गुणस्तर वृद्धिका लागि प्रदेश सरकारको तर्फबाट २५ लाख बजेट विनियोजन गराउने पनि सो क्रममा प्रतिबद्धता जनाए । सो क्रममा बोल्दै खतिवडाले आर्थिक समृद्धिका लागि शैक्षिक क्षेत्रको विकास जरुरी रहेको भन्दै त्यसका
More

‘हिमाल मेरो देश’ कविता संङ्ग्रह लिएर युवा कवि दिनेश

काठमाडौँ– युवा साहित्यकार दिनेश घिमिरेको तेस्रो कविता कविता संङ्ग्रह ‘हिमाल मेरो देश’ को विमोचन गरिएको छ । दोस्रो क्रान्ति दिवस नेपाली साहित्यले आइतबार राजधानीमा गरेको क्रान्तिनक्षेत्र–२०७५ तथा बहुभाषिक कविगोष्ठी, रक्तदान कार्यक्रम, वातावरण तथा विज्ञान प्रदर्शनी एवम् साँस्कृतिक कार्यक्रममा उक्त कविता संङ्ग्रहको पूर्वमन्त्री कृपासुर शेर्पा र प्रदेशसभा– ३ का सांसद् रामेश्वर फुयाँल र साहित्यकार जगन्नथा देवकोटाले संयुक्त रूपमा गरेका हुन् । उक्त संङ्ग्रहमा ४८ वटा कविताहरू छन् । संङ्ग्रहको समीक्षा गर्दे साहित्यकार प्रयागराज भट्टराई ‘वाशिष्ठ’ ले संङ्ग्रहको शीर्षकले, साजसज्जाले कविताहरूको गाम्भीर्यतालाई प्रस्ट्याएको बताए । संङ्ग्रहभित्र शिक्षा, समाज सेवा, समाजका विभिन्न अङ्गहरूको वर्णन, विश्लेषण र राजनीतिका सकारात्म र नकारात्म पक्षप्रति व्यङ्ग्य गरिएका
More

‘प्रधानमन्त्री ओली सेनालाई कमजोर पार्ने खेलमा लागे’

बुटवल । नेपाली कांग्रेसका प्रमुख सचेतक तथा केन्द्रीय सदस्य बालकृष्ण खाँणले प्रधानमन्त्री केपी शर्मा ओली नेपाली सेनालाई कमजोर पार्ने खेलमा लागिपरेको आरोप लगाएका छन् । पुर्व रक्षा मन्त्री समेत रहेका उनले प्रधानमन्त्रीले आफुले सेना परिचालन गर्ने निर्णय गर्नु राष्ट्रघाती भएको बताए । नेपाली कांग्रेस तिलोत्तमा नगर सभालाई आईतबार मंगलापुरमा सम्बोधन गर्दै खाँणले राष्ट्रबादको नारा बोकेर प्रधानमन्त्रीले राष्ट्रघाती निर्णय गरेको बताए । कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य मिन विश्वकर्माले अहिलेको सरकारले भ्रष्टाचारलाई प्रोत्साहन गरेको बताए । वाईडवडी प्रकरणमा सरकारले छानविन नगरेर भ्रष्ट्रचारीलाई प्रोत्साहित गरेको बताउँदै अलिहेको सरकारले सबिधानको समेत उल्लघन गरेको बताए । कांग्रेसमा सबै नेता एकले अर्कालाई विग्रार्न खोज्दा कांग्रेस
More

भरतपुर महानगर प्रमुख दाहालको आग्रहमा चितवन मेडिकल कलेजले महिलाहरुलाई ओपीडी टिकट निःशुल्क गर्ने

चितवन । चितवन मेडिकल कलेजले भरतपुर महानगर प्रमुख रेनु दाहालको आग्रहमा अस्पतालमा सेवा लिन आउने महिलाहरुलाई ओपीडी टिकट निःशुल्क गर्ने भएको छ । आइतबार अस्पतालमा फर्टि्लिटी सेन्टर (टेस्ट टयूव बेबी सेन्टर) उद्घाटनको क्रममा भरतपुर महानगरपालिका प्रमुख तथा नेकपा केन्द्रीय सदस्य रेनु दाहालले भरतपुर अस्पतालमा उपचारका लागि जाने महिला तथा वृद्धवृद्धालाई महानगरपालिकाको संयोजनमा ओपीडी टिकट निःशुल्क गरिएको भन्दै अन्य निजी अस्पताल तथा मेडीकल कलेजहरुलाई पनि महिलाहरुलाई ओपीडी टिकट निःशुल्क गर्न आग्रह गर्नु भएको थियो । सो अवसरमा महानगरपालिका प्रमुख दाहालले देशकै मध्यभागमा अवस्थित भरतपुर मेडिकल सिटीको रुपमा विकास हुँदै गइरहेको भन्दै भरतपुरका सम्पूर्ण स्वास्थ्य संस्थाहरुले सर्वसुलभ, गुणस्तरीय र विशिष्ट प्रकारको सेवा
More

धनुषामा खेत जोत्दा बम पड्कियो

काठमाडौं–धनुषाको धनुषाधाम नगरपालिका वडा नम्बर ५ स्थित खेतमा गाडेर राखिएको अवस्थामा रहेको ३ वटा सुतली बम विस्फोट भएको छ । भएको इलाका प्रहरी कार्यालय धनुषाधामका प्रहरी निरीक्षक हिरनकुमार यादवका अनुसार खेतमा ट्रेक्टरले जोति रहेको बेला बम विस्फोट भएको हो । यद्यपि विस्फोटबाट कुनै मानवीय क्षति भएको छ । प्रहरीले घटनाबारे अनुसन्धान सुरु भएको जनाएको छ ।
More

इण्डियन प्रिमियर लिगमा सन्दिपको एक विकेट

काठमाडौँं– इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा नेपाली स्पिनर सन्दीप लामिछानेले एक विकेट लिएका छन् । रोयल च्यालेन्जर्स बैंग्लोरसँगको जारी खेलमा आफ्नो तेस्रो ओभरको तेस्रो बलमा सन्दीपले मोहिन अलिलाई आउट गरेका हुन् । रोयल च्यालेन्जर्स बैंग्लो र दिल्ली क्यापिटल्सबीच खेल जारी छ । यो समाचार तयार पारुन्जेल बैंग्लोरले ५ विकेटको क्षतिमा १३३ रन जोडेको छ ।
More

अष्ट्रेलिया विश्वविद्यालयले ल्याउने भयो चिट चोर्न निरुत्साहित गर्ने विधेयक

अष्ट्रेलियाको सरकारले विश्वविद्यालयमा चिट चोर्ने कार्यलाई निरुत्साहित गर्नको लागि एक विधेयक ल्याउन लागेको छ । अष्ट्रेलियाका शिक्षामन्त्री ड्यान तेहानले विधयकको प्रस्ताव गरेका हुन् । तेहानका अनुसार नयाँ कानुनपछि विश्वविद्यालयका परीक्षामा चिट चोराउन सहयोग गर्ने अथवा निवन्ध लेखनमा चोर्न सघाउने जो कोहीले कडा सजाय भोग्नेछन् । यसमा दुई वर्षसम्म जेल र २ लाख १० हजार डलरसम्म जरिवानाको व्यवस्था छ । अष्ट्रेलियन विश्वविद्यालयहरुमा ‘कन्ट्राक्ट चिटिङ’ भनिने एक खालको चोरी व्याप्त रहेको पहिचान गरिएको छ । त्यस चोरीमा विश्वविद्यालयका विद्यार्थीहरुले आफूलाई दिइएको कार्य तथा ‘एसाइनमेन्ट’ अरुलाई पैसा दिएर गराउँछन् । विशेष गरेर विदेशमा रहेका वेबसाइटहरुमार्फत हुने यी कार्य पछिल्ला केही वर्ष व्यापक वहसको
More

प्रधानमन्त्री ओलीको चेतावनी : भ्रष्टचारको कहिँकतै गन्ध आए सहन्न

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले परिणाम देखिने गरी काम गर्न सबै निकायलाई कडा निर्देशन दिएका छन् । प्रधानमन्त्री ओलीले भ्रष्टाचार हुन नदिन पनि सबै सरकारी निकायलाई पारदर्शी ढंगले काम गर्न पनि सचेत गराए । आईतबार सिंहदरबारमा बसेको गरिवी निवारणको कोषको ७० औं सञ्चालक समितिको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भ्रष्टाचारको गन्ध कहिँकतै आएको पाईए सैह्य नहुने चेतावनी दिए । कोषका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले गरिवी निवारणको क्षेत्रमा गरेका कामको मूल्याङ्कन गरेर मात्रै गरिवी निवारण कोषका लागि आगामी आर्थिक वर्षको बजेटको व्यवस्था गर्ने बताएको कोषका उपाध्यक्ष निर्मलकुमार भट्टराईले जानकारी दिए । कोषले गरिवी निवारण कोषको आर्थिक क्रियाकलापको अनुमगन गर्न प्रधानमन्त्री तथा
More