Daily Archives 7th April 2019

नेपालमा टोर्नाडो : जहाँ छुन्छ, त्यहाँ ध्वस्त बनाउँछ

काठमाडौं । एक साताअघि बारा र पर्सामा ठूलो जनधनको क्षति हुनेगरी आएकोे आँधीबेहरीसहित वर्षा हुनुका कारण टोर्नाडो भएको पुष्टि भएको छ । मौसमविद्हरूको अध्ययन टोलीले घटनापछि गरेको अध्ययनबाट ठूलो रूपमा आएको आँधीबेहरी टोर्नाडो नै भएको निष्कर्ष निकालेका हुन् । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)का प्राज्ञ तथा वरिष्ठ मौसमविद् मदनलाल श्रेष्ठसहितको एक टोलीले गरेको अध्ययनले नेपालको इतिहासमै पहिलोपटक टोर्नाडो आएको पुष्टि गरेको हो । मौसमविद् श्रेष्ठका अनुसार टोर्नाडो आउँदा आकाशबाट बादलसहितको वायु सोली आकारमा धर्तीमा केन्द्रित हुन्छ, जहाँ छुन्छ, त्यहाँ पूरै विनाश गर्छ, बाहिर बादलको घेरा र भित्र हावाको न्यून चाप हुने हुँदा यसले छोएका हरेक भौतिक वस्तु उखेलिन्छन्
More

वर्षाकै झल्को दिँदै प्रि–मनसुन

काठमाडौं–क्षणभरमा मौसम बदलिने, अपरान्ह्रपछि मेघ गर्जदै हल्का र क्षणिक वर्षा हुने मनसुन पूवाद्र्ध अर्थात् ‘प्रि–मनसुन’ को लक्षण हो । तर यसपटकको प्रि–मनसुन मध्य वर्षाद्को समयझै सक्रिय भएको छ । हरेक दिन बिहान, दिउँसो, बेलुका जुनसुकै समयमा पनि वर्षा भइरहेको छ । स्थानीय वायु, बंगालको खाडी र अरब सागरको वायुको प्रभावले हिजोआज प्रि–मनसुन निकै सक्रिय भएको जल तथा मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् शान्ति कँडेलले बताइन् । ‘सामान्यतया स्थानीय वायुको प्रभावले प्रि–मनसुन सक्रिय र निस्क्रिय हुन्छ’, उनले भनिन्– ‘यसपटक बंगालको खाडी र अरब सागरबाट पनि पर्याप्त मात्रामा जलवाष्पयुक्त हावा सजिलै नेपाल प्रवेश गरिरहेकाले प्रि–मनसुन सक्रिय भइरहेको छ ।’ नेपालभित्रै विकास भएको न्यून
More

सिटौलासँग भागवण्डा नमिलेपछि कांग्रेस बैठक स्थगित

काठमाडौं–शीर्ष नेताबीच कार्यसम्पादन समिति गठनमा भागवण्डा नमिलेपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित भएको छ । कार्यसम्पादन समिति गठनलगायतका एजेन्डासहित शनिबार केन्द्रीय बैठक आह्वान गरिएको थियो । नेपाल समाचारपत्र दैनिकमा खबर छापिएको छ । कार्यसम्पादन समितिमा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच भागवण्डा मिले पनि अर्का नेता कृष्णप्रसाद सिटौलासँग भागवण्डाको कुरा नमिलेपछि कार्यसम्पादन समिति गठनमा सहमति हुन नसकेको हो । २९ सदस्यीय कार्यसम्पादन समितिमा पदाधिकारीसहित वरिष्ठताको आधारमा सदस्य रहने व्यवस्था छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार कार्यसम्पादन समिति गठनमा थप छलफल र सहमति गर्नुपर्ने भएकाले बैठक स्थगित भएको हो । अघिल्लो दिन कार्यसम्पादन समिति गठन गर्नेबारे सभापति देउवा,
More

पूरा हुँदै केपी ओलीको अठोट

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको अठोट अनुसार अत्यन्त जोखिम र बाध्यात्मक प्रयोगका रूपमा रहेका तुइनलाई झोलुङ्गे पुलबाट विस्थापित गरेर मुलुकलाई तुइनमुक्त बनाउने कार्य अन्तिम चरणमा पुगेको छ । तुइनको पहिचान भई झोलुङ्गे पुल बनाउन सम्भव भएका स्थानहरुमा आगामी आर्थिक वर्षभित्र तुइन विस्थापित गर्ने कार्य पूरा हुने भएको छ । प्रधानमन्त्री ओलीले अघिल्लो कार्यकालमा सिंहदरबारमा पदभार ग्रहण गर्दै मुलुकमा रहेका तुइन दुई वर्षभित्रमा झोलुङ्गे पुलले विस्थापित गरिने सरकारको पहिलो निर्णयमा हस्ताक्षर गरेका थिए । उनले पदभार ग्रहण गरेलगत्तै बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय अनुमोदन गरेको थियो ।
More

‘टोर्नाडो’ को नेपाली नाम खोजिँदै

काठमाडौँ–नेपालको बारा, पर्सामा आएको ‘टोर्नाडो’को नेपाली नाम राख्न विज्ञहरू बहसमा जुटेका छन् । यसरी भूमरी जसरी सोली आकारमा आएकाले यसको नेपाली नामकरण स्थानीय परिचय दिने गरी राखिनुपर्ने बहस चलेको छ । सोही अनुसार नै जल तथा मौसम विज्ञान विभाग, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान, त्रिभुवन विश्वविद्यालय स्थित वातावरण विभागलगायत मौसमको क्षेत्रमा काम गरिरहेका विज्ञहरू नामकरणमा जुटेका हुन् । वरिष्ठ मौसमविद् मदनलाल श्रेष्ठले भने, “बारा, पर्सामा अध्ययन गर्न गएको टोलीले ल्याउने विवरणसँगै नामका बारेमा थप छलफल हुनेछ, स्थानीय पहिचान दिनेगरी नाम राख्न जरुरी हुन्छ ।” सेन्टिनियल स्याटलाइटले १० मिटर ‘स्प्याटुअल रिजोलुसन’मा खिचेको तस्बिरको अध्ययनपश्चात् नेपालमा टोर्नाडो आएको पुष्टि मौसमविद्ले गरेका
More