Daily Archives 8th April 2019

नेपलिज सेफ एसोसिएसन यूकेको दोस्रो अधिवेशन (फोटो फिचर)

लण्डन । वेलायतस्थित नेपाली सेफहरुको साझा संस्था नेप्लिज सेफ एसोसिएसन यूकेको नयाँ नेतृत्व चयन भएको छ । सोमबार साँझ लण्डनस्थित भेन्युफाइवमा आयोजित दोस्रो अधिवेशनले दधि आचार्यको अध्यक्षतामा सर्वसम्मत रुपमा नयाँ कार्यसमिति चयन गरिएको हो । यसअघि संस्थाको अध्यक्षमा बेलायतमा निकै सक्रिय समाजसेवी कृष्ण तिमल्सिना रहेका थिए । उनले कुशलतापूर्वक आफ्नो कार्यकाल पूरा गरी आचार्यलाई नेतृत्व हस्तान्तरण गरेका हुन् । अघिवेशनबाट उपाध्यक्षमा रामप्रसाद न्यौपाने र मोहनलाल ओली, महासचिवमा भुपेन्द्र पाठक, सचिमा विनोद बराल र कोषाध्यक्ष रामचन्द्र सुवेदी तथा सहकोषाध्यक्षमा धर्मागत चापागाई चयन भएका छन् । यस्तै सदस्यहरुमा रामप्रसाद सापकोटा, केबी गुरुङ, राजु बोहोरा, शिव कंडेल, टिकाराम निउरे, मनिष खड्का, विक्की सापकोटा,
More

पोर्तुगलमा स्याङ्जाका एक नेपाली युवकको निधन

योगेन्द्रमिलन छन्त्याल। लिस्बन । पोर्तुगलमा फेरि अर्का एक नेपाली युवकको निधन भएको छ । स्याङ्जा टक्सारका बिदुर रेग्मीको आइतबार अल्कान्त्रा चोकको सडक छेउमा निधन भएको हो । माल्भेरामा काम गर्ने २९ वर्षीय रेग्मी तीन वर्ष अगाडि एक कृषि कम्पनीमार्फत कामदार भिसामा पोर्तुगल आएका थिए । उनको शव साओ जोजे अस्पातलमा राखिएको छ । प्रहरीले केही न्यायिक प्रकृयासहित पोष्टमार्टमको रिपोर्ट आउन समय लाग्ने बताएको छ । मृतकको परिवारले शव नेपाल पठाइदिन अनुरोध गरेका छन् । रिपोर्ट प्राप्त हुनेबित्तिकै शवलाई नेपाल पठाइने छ । मृतक रेग्मी बाबा आमाका एक मात्र छोरो हुन् । उनको एक दिदी र दुईजना बहिनी नेपालमै छन् ।
More

एनआरएन हेल्प डेस्क युरोप–अमेरिकाका एनआरएन नेपालीको लागि मात्रै हो ?

काठमाडौं–गैरआवासिय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् ओमानले हालै एनआरएनले त्रिभुवन विमानस्थलमा स्थापना गरेको एनआरएन हेल्प डेस्कको प्रयोगबारे प्रश्न उठाएको छ । परिषद्का एनआरएन सोसल क्लब, ओमानका अध्यक्ष र महासचिवले अध्यक्ष भवन भट्टलाई एक ज्ञापनपत्र प्रेषित गर्दै नेपालको अध्यागमन बिभागमा एनआरएन डेस्क खुल्नु राम्रो भएपनि खाडीमुलुक, कोरिया, मलेसिया लगायत अन्य देशमा कार्यरत नेपाली कामदारलाई यो डेस्क प्रभावकारी नहुने देखिएको उल्लेख गरेका छन् । ज्ञापनपत्रमा एनआरएन डेस्कबाट एनसीसीको परिचयपत्रले समेत सुविधा पाउने व्यवस्था हुनु्पर्नेमा माग गरिएको छ । यद्यपि छुट्टै डेस्क प्रयोग गर्न पाउने बाटो खुला हुनु सुखद भएको भन्दै ज्ञापनपत्रमा अब खाडी, मलेसिया लगायतका एनआरएनहरुलाई समेत सुविधा दिने ब्यवस्था गर्न अनुरोध
More

आँधी प्रभावित क्षेत्रमा महामारी फैलने खतरा

काठमाडौं–गैरआवासिय नेपाली संघ (एनआरएन) अन्तर्गतको ग्लोबल हेल्थ एण्ड हाइजिन कमिटीको टोलीले हालै बारामा गएको टोर्नाडो नामक आँधी प्रभावित क्षेत्रको निरीक्षण गरेको छ । सो क्रममा टोलीले स्थानीयलाका लागि सामान्य स्वास्थ्य जाँचका साथै rapid health assessment समेत सञ्चालन गरेको छ । सो क्रममा प्रभावितलाई आधारभूत स्वास्थ्यसम्बन्धी जानकारी प्रदान गरिएको ग्लोबल हेल्थ एण्ड हाइजिन कमिटीका अध्यक्ष डा सञ्जीव सापकोटाले जानकारी दिए । ग्लोबल हेल्थ एण्ड हाइजिन कमिटीले यो rapid health assessment  नेपाल मेडिकल विद्यार्थी समाजको सहकार्यमा सञ्चालन गरेको थियो । याे कार्यक्रममा डाक्टर सागर राना मगर, डा अर्जुन कुमार चौधरी, डा राम प्रकाश साहलगायतको सहभागिता रहेको थियो भने त्यसका लागि डाक्टर सिद्धार्थ
More

सरकारले ३ सय विद्युतीय बस किन्दै

काठमाडौं– वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले सरकारले विद्युतीय यातायात सञ्चालनलाई प्राथमिकतामा राखेको बताएका छन् । विद्युतीय यातायात काठमाडौं र अन्य ठूला सहरमा ३ सय बस सञ्चालन गर्नेबारे मन्त्रिपरिषदले आवश्यक निर्णय गरेर प्रक्रिया अघि बढाएको जानकारी दिए । विश्व हरित वृद्धि संस्था’ (जिजिजिआइ) सँग सम्झौता गर्न सोमबार बबरमहलस्थित वन विभागमा आयोजित कार्यक्रममा मन्त्री बस्नेतले जनताको स्वच्छ वातावरणमा बाँच्न पाउने हकको ग्यारेण्टी गर्न सरकार प्रतिबद्ध रहेको बताए । नेपालको विद्युतीय यातायात प्रवद्र्धनमा सहयोग गर्न विभिन्न मन्त्रालय, सरोकारवाला निकाय र जिजिजिआईका प्रतिनिधिबीच सहयोग सम्झौतामा हस्ताक्षर गर्न उक्त कार्यक्रम आयोजना गरिएको थियो । मन्त्री बस्नतेले सोमबारै नेपालमा जिजिजिआईको कार्यालयको उद्घाटनसमेत गरेका थिए ।
More

क्याम्पस चलाउन महायज्ञः हालसम्म क–कसले सहयोग गरे ? (नामावलीसहित)

नुवाकोट– नुवाकोटको तारकेश्वर गाउँपालिका २ स्थित तारुका श्री कृष्ण क्याम्पसको लागि जग्गा खरिद तथा भवन निर्माण र कृष्ण माविमा आइसीटी कक्षा सञ्चालन गर्ने उद्देश्यले शनिबारदेखि आयोजित श्रीमदभागवत सप्ताह महायज्ञमा विभिन्न व्यक्तिहरुले दान गरेका छन् । महायज्ञ प्रचारप्रसार समितिका संयोजक राजेन्द्र न्यौपानेले अनुसार तीन दिनको बीचमा सन्तोषजक रुपमा रकम संकलन गर्न सकिएको भन्दै यो क्रम बढ्ने क्रममा रहेको बताए । उनका अनुसार दान गर्नेहरुमध्ये केहीबाट रकम प्राप्त भइसकेको र केहीले प्रतिबद्धताअनुसार रकम भुक्तानी गर्ने क्रममा रहेको न्यौ बताए । स्थानीय र अन्य दाताबाट करिव १ करोड बढी संकलन गर्ने लक्ष्य लिइएको महायज्ञमा कथाबाचन पण्डित उत्तम भट्टले गरेका छन् । महायज्ञ चैत
More

ओली–प्रचण्डलाई तथानाम गाली गर्दै विप्लवले गरे बन्दको घोषणा (विज्ञप्तिसहित)

काठमाडौं– नेकपा महासचिव विप्लवले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रम केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको चर्को आलोचना गरेका छन् । उनले सोमबार एक विज्ञप्ति जारी गर्दै ओली र प्रचण्डले नेपाली जनतामाथि घात, धोका, वेइमानी, छलकपट गरिरहेको भन्दै आफूहरुलाई नजिस्क्याउन चेतावनी दिएका छन् । उनले ओली सरकार र राम बहादुर थापा नेतृत्वको गृह प्रशासनले पार्टीमाथि गरेको प्रतिबन्ध र दमनको विरोध पनि गरेका छन् । सरकारले पार्टीमाथि गरेको दमनको प्रतिरोध गर्न भन्दै विप्लव समूहले संघर्षका कार्यक्रमहरु समेत घोषणा गरेको छ । जसअनुसार बैशाख ५ गते सो पार्टीले नेपाल बन्द समेत आह्वान गरेको छ ।
More

बालुवाटारमा यसरी मनाइयो उपप्रधानमन्त्री पोखरेलको जन्मदिन (फोटोफिचर)

काठमाडौं–उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलको जन्मदिनको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्प गुच्छा सहित केक खुवाएर पोखरेललाई जन्मदिनको शुभकामना दिएका छन् । सोमबार अपरान्ह प्रधानमनत्री निवास बालुवाटारमा बोलाइएको मन्त्रिपरिषद बैठकको सुरुमै प्रधानमन्त्रीले केक काटेर उपप्रधानमन्त्री पोखरेललाई खुवाएका हुन् । बैठकमा उपस्थित अन्य मन्त्रीहरुले पनि पोखरेललाई जन्मदिनको शुभकामना दिएका थिए ।
More

आन्दोलनरत चिकित्सकमाथि कारबाहीको चेतावनी

काठमाडौं– ४ दिनदेखि ओपीडीको काम ठप्प पारेर आन्दोलनमा उत्रिएका सरकारी चिकित्सकमाथि सरकारले कारबाहीको चेतावनी दिएको छ । स्वास्थ्य मन्त्रालयले सोमबार एक विज्ञप्ति जारी गर्दै यस्तो चेतावनी दिएको हो । आम नेपालीले तिरेको करबाट ठूलो धनराशि खर्च गरी उत्पादन गरिएका चिकित्सकहरुले नेपाली नागरिकले संविधानतः पाउनुपर्ने स्वास्थ्य सेवालाई सुचारु गर्न परम कर्तव्य भएको स्मरण गराउँदछौं’, स्वास्थ्य मन्त्रालयका सहसचिव जनार्दन गुरायाईँले सोमबार जारी गरेको विज्ञप्तिमा भनिएको छ , ‘मन्त्रालयको यस अपिललाई वेवास्ता गरी आन्दोलन जारी राखेमा आवश्यक सेवा सञ्चालन ऐन, २०१४ र अन्य प्रचलित कानुनको अधिनमा रही कारबाही प्रक्रिया अघि बढाउन नेपाल सरकार बाध्य हुने व्यहोरा जानकारी गराइन्छ ।’ सरकारले आवश्यक कारबाही गर्दा
More

गण्डकी प्रदेशका तीन विधेयक प्रमाणिकरण

पोखरा, २५ चैत गण्डकी प्रदेश प्रमुख बाबुराम कुँवरले प्रदेश सभाले पारित गरेका तीन वटा विधेयकलाई प्रमाणिकरण गरेका छन् । प्रदेश प्रमुख कुवँरले ‘ताल संरक्षण तथा विकास प्राधिकरण सम्बन्धी विधेयक’,‘प्रदेश औद्योगिक व्यवसाय विधेयक’ र ‘गण्डकी प्रदेश प्रतिष्ठान (संचालन तथा व्यवस्थापन) सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सोमबार प्रमाणिकरण गरेका हुन् । ‘ताल संरक्षण तथा विकास प्राधिकरण सम्बन्धी विधेयक’ फागुन २७ गते ‘प्रदेश औद्योगिक व्यवसाय विधेयक’ चैत १ गते र ‘गण्डकी प्रदेश प्रतिष्ठान (संचालन तथा व्यवस्थापन) सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ चैत ११ गते बसेको प्रदेश सभा बैठकले पारित गरेको थियो । पारित गरिएका तीन वटै विधेयकलाई गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले चैत
More

१४ शिक्षिकाहरु एकैचोटी गर्भवती

अमेरिकाको केन्सासस्थित गोडार्डको एक प्राथमिक स्कूलमा एक अनौठो स्थिति सिर्जना भएको छ । केन्सासको ओक स्ट्रीट स्कुलका १४ शिक्षिकाहरु कार्यरत छन् । तीमध्य आधा शिक्षिकाहरु एक साथ मातृत्व आवकाशमा जाने वाला छन् । आधा शिक्षिकाहरु एक्कै पटक गर्भवती भएपछि यस्तो अवस्था सिर्जना भएको हो । ‘योजनाबद्ध होइन ’क्याटी नामको एक शिक्षिका यसका पछाडि कुनै योजना नभएको बताइन् । उनले यो शुद्ध संयोग मात्र भएको बताइन् । गर्भवती हुने एक शिक्षिका टिफ्यानी दुई बच्चाकी आमा हुन् । उनका एक बच्चाको उमेर ७ वर्षको छ भने अर्कीको ९ वर्ष छ । उनले आफू थप बच्चाको आमा हुन लागेकोमा निक्कै रोमाञ्चित भएको बताइन्
More

हेर्दा हेर्दे देश सिक्किमीकरण हुन्छ : चित्र बहादुर के.सी.

बुटवल , २५ चैत बुटवल( राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नागरिकता विधेयक खारेज गर्न नसके हेर्दा हेर्दै सिक्किम हुने बताएका छन् । अखिल नेपाल शिक्षक संघ पाँचौं राष्ट्रिय परिषदलाई आज बुटवलमा सम्बोधन गर्दै अध्यक्ष केसीले विदेशीलाई नागरिकता दिलाएर नेपाललाई फिजिकरण र सिक्किमीकरण बनाउने खेल भइरहेको दाबी गरे । उनले भर्ने फिजि, सिक्किम हुनेवाला छ, मैलै तपाईंहरूलाई उत्तेजित बनाउन भनेको होइन ।’ जन्मको आधारमा नागरिकता दिने सरकारको पछिल्लो निर्णय राष्ट्रघाती कदम भएको टिप्पणी गर्दे संसदमा छलफलकै क्रममा रहेको नागरिकता विधेयकलाई लत्याएर सरकारले प्रमुख जिल्ला अधिकारी मार्फत विदेशीलाई नागरिकता बाँड्ने काम गरेको उनले बताए । ‘अंगीकृतबाट जन्मिएकालाई वंशजको नागरिकता किन दिनुको पछाडिको
More

यी ठेकेदार कम्पनी परे कालोसूचीमा

काठमाडौं–सार्वजनिक खरिद अनुगमन कार्यालयले सात निर्माण व्यवसायीलाई कालोसूचीमा राखेको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राखिएको निर्माण व्यवसायीको सूची प्रकाशित गरेको छ । प्रतिष्ठा एक्सपोर्ट इम्पोर्ट प्रालीलाई तीन वर्षसम्मको लागि कालोसूचीमा राखिएको छ । दुग्ध विकास संस्थानले सो व्यवसायीलाई कालोसूचीमा राख्न भन्दै सार्वजनिक खरिद अनुगमन कार्यालयलाई लेखी पठाएको थियो । यस्तै आरएस निर्माण सेवा हेटौडालाई पनि डिभिजन सडक कार्यालय चितवनले कालोसूचीमा राख्न भनेको थियो । उसलाई ३ वर्ष कालोसूचीमा राखिएको छ । यता लवमी जनरल अर्डर सप्लायर्स हेटौडालाई पनि हेटौडा सिमेन्ट उद्योगले कालोसुचिमा राख्न कार्यालयलाई लेखी पठाएको थियो । सोही अनुरुप यस व्यवसायीलाइ तीन वर्ष कालोसूचीमा राखिएको छ ।
More

राप्रपा अध्यक्ष कमल थापा पक्राउ

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापासहित ३ नेतालाई प्रहरीले नियन्त्रणमा लिएको छ । राजधानीको पद्मोदय मोडबाट अध्यक्ष थापासहित नेता कार्यकर्ताहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा अध्यक्ष थापा, नेता बुद्धिमान तामाङ,दिपक बोहोरा लगायत रहेको पार्टी प्रवक्ता मोहन श्रेठले जानकारी दिए । हिन्दु राष्ट्र कायम गर्नुपर्ने माग राख्दै राप्रपाले सोमबार प्रदर्शनीमार्गमा प्रदर्शन गरेको थियो ।
More

आज कति छ विदेशी मुद्रोका विनिमयर दर ?

नेपाल राष्ट्र बैंकले सोमबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर ११०.४६ रुपैयाँ र विक्रीदर १११.६ पैसा रहेको छ । यस्तै युरो एकको खरिददर १२३.९६ रुपैयाँ र विक्रीदर १२४.६४ रुपैयाँ रहेको छ । यस्तै पाउण्ड एकको खरिददर १४४.१० रुपैयाँ र विक्रीदर १४४.८८ रुपैयाँ रहेको छ ।
More

नेपाली जनम्पर्क समिति बेल्जियमको विवाद मिल्यो, सिता सापकोटा संयोजक

बेल्जियम– नेपाली जनम्पर्क समिति बेल्जियमको लामो समयदेखि कायम विवाद अन्त्य भएको छ । विवाद मिलाउनकै लागि नेपाली काँग्रेसको विधान विपरित गरिएका कारबाही र समितिको विधान विपरित गरिएको मनोनयन रद्द गरिएको छ। नेपाली कांग्रेसका आमन्त्रित केन्द्रिय सदस्य किरण पौडेलको पहलमा बेल्जियममा बसेको सरोकारहरुको बैठकले विवादको अन्त्य गरेको हो । सहमति अनुसार वर्तमान सभापति सीता सापकोटाबमे संयोजत्वमा पाँचौ अघिवेशन तयारी समिति गठन गरिएको छ । यस्तै उपसंयोजकमा सुवास गुरुङ रहेका छन् । यसअघि सापकोटा र गुरुङको नेतृत्वमा नेपाली जनसम्पर्क समिति बेल्जियमा समानान्तर समिति अस्तित्वमा रहेका थिए । कांग्रेस केन्द्रले सर्वाधिकार प्रयोग गर्ने अधिकार सहित वेल्जिजयम पुगेका पौडेलले दुवै पक्षसँग पटक पटक छलफल
More

मगर संघ युकेको अध्यक्षमा सुनिल राना

लन्डन । मगर संघ यूकेको अध्यक्षमा सुनिल राना निर्वाचित भएका छन् । अल्डरशटमा सम्पन्न छैटौं अधिवेशनमा अनिता रानालाई पराजित गर्दै सुनिल निर्वाचित भएका हुन् । सुनितलले २४० मत पाउँदा अनिताले १८६ मत ल्याइन् । कुल ४२८ मतदातामा २ मत बदर भएको निर्वाचन समितिले जनाएको छ । २१ सदस्यीय नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा सिता पुन, उपाध्यक्षमा राम गलामी र लाल पुन, महिला उपाध्यक्षमा छवि पुन, महासचिवमा रुद्र थापा, सचिवमा सरला राना र कोषाध्यक्षमा होम रोका निर्वाचित भए । सदस्यहरुमा किशोर राना, सरु राना, निर्मला थापा, गजवीर थापा, डन्ड थापा, रमेश दुरामगर, मोहन थापा, टेक राना र शिव राना रहेका छन् ।
More

मिडल्याण्डमा पत्रकार र नेपाली समुदाय बीच अन्तरक्रिया

लण्डन । नेपाल पत्रकार महासंघ यूके शाखाले बेलायतको मिडल्याण्ड क्षेत्रस्थित नेपाली समुदायसंग एक बृहद अन्तरक्रिया गरेको छ । आइतबार लेस्टरको हेरिटेज इण्डियामा सम्पन्न कार्यक्रममा स्थानीय नेपाली संघसंस्थाका प्रतिनिधि र समुदायका अगुवाहरु गरी करिब ६० जनाको सहभागिता थियो । मिडल्याण्ड क्षेत्रमा क्रियाशिल साझा नेपाली समाज यूके, शान्ति नेपाली समाज बर्मिंगहम , सिर्जनशिल लेस्टर नेपाल यूके, हाम्रो नेपाली समाज वेस्ट मिडल्याण्ड, पिटरबरो नेपाली समाज पिटरबरो, नटिंगहम नेपाली समाज लगायतका संघसंस्थाका प्रतिनिधिहरु कार्यक्रममा सहभागी बने । बेलायतमा नेपाली पत्रकारिताको अवस्था, समुदायको अपेक्षा तथा यस क्षेत्रको स्तर वृद्धिका लागि समुदायको तर्फबाट हुन सक्ने सहयोग तथा सहकार्यका विषयमा अन्तरक्रिया केन्द्रित थियो । कार्यक्रमका वक्ताहरुले बेलायतमा
More

आज कति छ विदेशी मुद्रोका विनिमयर दर ?

नेपाल राष्ट्र बैंकले सोमबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर ११०.४६ रुपैयाँ र विक्रीदर १११.६ पैसा रहेको छ । यस्तै युरो एकको खरिददर १२३.९६ रुपैयाँ र विक्रीदर १२४.६४ रुपैयाँ रहेको छ । यस्तै पाउण्ड एकको खरिददर १४४.१० रुपैयाँ र विक्रीदर १४४.८८ रुपैयाँ रहेको छ ।
More

सुनको भाउ बढ्यो

काठमाडौं–नेपाली बजारमा सोमबार सुनको भाउ बढेको छ । सोमबार छापावाल सुनको भाउ तोलमा रु २ सय बढेर ६० हजारमा कारोबार भइरहेको हो । आइतबार सुन तोलमा ५९ हजार ८०० मा कारोबार भएको थियो । यस्तै तेजावी सुन तोलमा ५९ हजार ७०० मा कारोबार भइरहेको छ । यस्तै चाँदी तोलमा रु ७३० मा कारोबार भइरहेको छ।
More