Daily Archives 9th April 2019

विद्युतीय पुस्तकालय बनाउन बेलायतबाट १७ लाख सहयोग : भवनको शिलान्यास गरियो

सिन्धुपाल्चोक– प्रवासमा बसेर पनि नेपाल र नेपालीप्रतिको लगाव र कर्तव्य बोधमा कमी पटक्कै छैन भन्ने उदाहारण महाभूकम्पको बेला होस् या भर्खरैको हावाहुरीबाट तराईमा भएको विनास प्रति नै किन नहोस् । कुनै न कुनै रुपमा प्रवासबाट सहयोग भइरहेको छ । यस्तै बेलायतस्थित क्षेत्री समाजले गत मार्च १७ मा परोपकारिता र निर्माणलाई साहित्यसँग जोड्ने पृथककार्यक्रमको आयोजना गर्यो । युबाबीच चर्चित कवी नवराज पराजुलीको प्रमुख प्रस्तुतीमा कविता बाचनबाट कार्यक्रम त सम्पन्न गर्यो नै सबै खर्च कटाएर १७ लाख बचत समेत गर्यो । जुन जान्वी फाउण्डेशनको स्थानीय संयोजनमा महाभूकम्पले खण्डहर सिन्धुपाल्चोक त्रिपुरासुन्दरी गाउँपालिका ६ टेकानपुरको कालिकामाविमा २ कोठ भवन सहित अत्याधुनिक विद्युतीय पुस्तकालय निर्माणको
More

जेठ १७ देखि तातोपानी नाका सञ्चालनमा आउने

सिन्धुपाल्चोक– गोर्खा भूकम्पपछि बन्द भएको सिन्धुपाल्चोकको तातोपानी नाकाको सरकारी उच्चस्तरीय टोलीले आज स्थलगत निरीक्षण गरेको छ । उक्त नाका र अरनिको राजमार्ग पुनःसञ्चालनमा ल्याउन निर्माण कार्य धमाधम भइरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा मन्त्रीहरु, प्रधानमन्त्रीका सल्लाहकार, पुनःनिर्माण प्राधिकरणका प्रमुख, सांसद लगायतको टोलीले उक्त क्षेत्रमा पुगेर नाका सञ्चालनका हालसम्म भईरहेको प्रगतिकाबारेमा जानकारी लिएका हुन् । एक साताअघि भूकम्प प्रभावित १४ जिल्लाका सांसदले प्रधानमन्त्रीसँग भेट्दा तातोपानी नाका सञ्चालनका विषयमा कुरा भएको र सोहीअनुसार निरीक्षण गरिएको सांसद अग्नि सापकोटाले जानकारी दिए । नाकाको स्थलगत निरीक्षणका लागि परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, सांसद सापकोटा, प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार
More

जुगल हिमालको पहिलोपटक सफल आरोहण

सिन्धुपाल्चोक– काठमाडौँबाट नजिक रहेको जुगल हिमालको पहिलोपटक सफल आरोहण गरिएको छ । सिन्धुपाल्चोक जुगल गाउँपालिका– ३ गुम्बा गाउँमा अवस्थित जुगल हिमशृङ्खलामा पर्ने छ हजार १५१ मिटर उचाइको ग्याल्जेन चुचुरोको प्रथम पटक सफल आरोहण भएको हो । ग्याल्जेन पिकसहित जुगल शृङ्खलामा ११ वटा चुचुरो पर्दछन् । उक्त हिमालको समावेशी सगरमाथा आरोही माया गुरुङ, शर्मिला थापा र मिलन लामाले आज आरोहण गरेको उक्त गाउँपालिकाका अध्यक्ष होमनारायण श्रेष्ठले जानकारी दिए । नेपाल पर्यटन बोर्डका अनुसार उक्त हिमशृङ्खलामा हालसम्म पहिचान भएका ११ चुचुरामध्ये छ हजार २५६ मिटरदेखि छ हजार ९६६ मिटर उचाइका आठ चुचुरा छन् ।
More

तीन महिनाभित्र एनसेल लाभकर निर्धारण गर्न सर्वोच्चको आदेश

काठमाडौँ–सर्वोच्च अदालतले ठूला करदाता कार्यालयलाई तीन महिनाभित्र एनसेलको लाभकर निर्धारण गरी कर असुल गर्न आदेश जारी गरेको छ । सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जवरा, न्यायाधीश डा आनन्दमोहन भट्टराई, टङ्कबहादुर मोक्तान, विश्वम्भरप्रसाद श्रेष्ठ, मीरा खड्काको बृहत्पूर्ण इजलासले गत माघ २३ गते आदेश जारी गरेको एनसेल लाभकरको आज जारी गरेको परमादेशको पूर्णपाठमा तीन महीनाभित्र एनसेलको लाभकर निर्धारण गरी रकम असुल गर्न आदेश जारी गरेको हो । आदेशको पूर्णपाठमा भनिएको छ, “कर निर्धारण र कर असुलउपर गर्ने सम्बन्धमा यो आदेश प्राप्त भएको मितिले तीन महीनाभित्र कानूनबमोजिम आवश्यक निर्णय गर्नु, गराउनुका साथै, करको दायित्व निर्वाह नगरेसम्म कसैलाई पनि लाभांश वितरण र शेयर बिक्रीको अनुमति
More

एनआरएनए नाइजेरियाबाट आधी पिडितलाई १,३१,००० राहत सहयोग

लेगोस , नाइजेरिया । गैरआवासीय नेपाली संघ नाइजेरियाले बारा पर्साका आधी पिडितलाई राहात सहयोग स्वरुप आज नेपाली एकलाख एकतिस हजार रुपैया एनआरएनए केन्द्रिय कार्यालयमा जम्मा गरेको छ । उक्त राहत राशी संकलनमा आर्थिक सहयोग गर्नु हुनेमा चिरञ्जीवी रोका , मन थापा , संजय थापा , भरत रिजाल , अन्जु पौडेल, बिदुर घिमिरे , किर्ती अग्रवाल भाङ्गर , अभिषेक मान सिंह ,सागर श्रेष्ठ ,रुद्र दर्लामी मगर , सोमेश अर्याल ,भरत रिजाल , बिरेन्द्र गुप्ता ,ज्ञानेन्द्र गुप्ता , सुशील गिरी , सुरज गिरी ,निरु पौडेल , बिनोद गुरुङ , मदन बोहरा ,राजकुमार ,टोपबहादुर गुरुङ ,राजु धिताल , भिम थापा , प्रकाश अर्याल
More

प्रियंका र आयुसमानले गरे साइवर अपराध

समुदाय – प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत नेपाल प्रहरीको निमार्ण र शुभ मिडिया होमको सहकार्य रहेको लघु चलचित्र ‘बैगुनी माया’ गज्जब टिभी यूटुब च्यानल मार्फत अपलोड गरिएको छ । प्रियांका कार्की, आयुसमान देशराज जोशी, शिवहरी पौडेल, कमला रेग्मी, अशोक धिताल, विष्णु बुढाथोकी, पुनम भण्डारी लगायतले अभिनिय रहेको चलचित्रमा गोकुल अधिकारीको छायांकन, सरोज ओली र प्रेम पुनको कथा लेखन, रविन भट्ट र अमन मानन्धरको सम्पादन तथा राजेश विकको निर्देशन रहेको छ भने पोष्ट प्रोडक्सन शुभ मिडिया होमले गरेको छ । ‘बैगुनी माया’ चलचित्रले समाजमा सामाजिक संजालको दुरुपयोगवाट उब्जिएको समस्या र आम नागरिकले भोग्नु परेको सास्तिको चित्रण गरेको छ । नेपाल प्रहरीका प्रवक्ता
More

दोलखा केन्द्रबिन्दु भएर भूकम्पको धक्का

काठमाडौं– दोलखा केन्द्रबिन्दु भएर मंगलबार भूकम्पको परापक्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दिउँसो १ बजेर ५ मिनेट जाँदा भूकम्पको धक्का गएको हो । भूकम्पको धक्का दोलखा र आसपासका जिल्लाहरुमा समेत महसुश भएको बताइएको छ । ०७२ बैशाखमा गएको भूकम्प यता त्यसका पराकम्प आउने क्रम अझै रोकिएको छैन।
More

नेपालमा पब्जी प्रतिबन्धको तयारी, आखिर किन ?

अहिले चर्चित मोबाइलमा हुने गेम पबजीका कारण बालबालिकाहरु पारिवार र समाजबाट टाढा मात्रै भइरहेका छैनन्, उनीहरु एकाग्र, हिंस्रक र उदण्डसमेत बनिरहेको पाइएको छ । तपाइँले कहिल्यै आफ्नै घर वा छिमेकमा बच्चा वा ठूला मान्छेहरु पनि ‘हान हान, मार मार’ ऊ त्यहाँ लुकेको छ भन्दै कराएको सुन्नुभएको होला । बाहिर सुन्दा के के नै भयो जस्तो पनि लाग्न सक्छ । तर यो अरु केही नभएर पबजी नै हो । अहिले कम्प्युटर वा मोबाइलमा एउटा खेल निकै लोकप्रिय बनिरहेको छ । प्लेयर्स अननोन्स ब्याटलग्राउण्ड अर्थात् पबजी । यो गेममा खेलाडीहरु एउटा टापुमा हुन्छन् । एउटा टिममा अधिकतम ४ जना ‘लडाकु’ हुन्छन् र
More

तोडियो गंगनम स्टाइलको रेकर्ड

दुई दिनमै १३ करोडभन्दा बढी भ्यूज बटुल्दै ‘किल दिस लभ’ बोलको गीतले गंगनम स्टाइल बोलको गीतको रेकर्ड तोडेको छ । दक्षिण कोरियाली पप ब्याण्ड ब्याक पिंकको याे गीत सबैभन्दा छाेटाे समयमै यति धेरै चर्चित बनेकाे हेा । पपस्टार साईको कीर्तिमान गीत गंगनम स्टाइलको रेकर्ड तोड्नका लागि यो गीतले केवल २ दिन १४ घण्टा मात्र लियो । यु ट्युबमा अपलोड भएको २४ घण्टामै यो गीत युट्युबमा ५ करोड ६७ लाख पटक हेरिएको थियो । जसले एक दिनमा सबैभन्दा धेरै हेरिएको एरियाना ग्रान्डेको गीत थ्यांक्यूको रेकर्ड पनि तोडेको छ । कीर्तिमानी गीत तयार पारेको ब्लाकपिंक ब्याण्ड सन् २०१६ मा स्थापना भएको थियाे
More

नेता नेपाल अस्पतालमा भर्ना

काठमाडौँ– नेकपाका नेता माधव कुमार नेपाल अस्वस्थ भएका छन् । नेता नेपाल अस्वस्थ भएपछि त्रिवि शिक्षण अस्पताल भर्ना भएका हुन् । नेता नेपाललाई खोकी र ज्वरोले च्यापेपछि अस्पताल भर्ना गरिएको पारिवारिक स्रोतले जनाएको छ ।
More

खुकुरी देखाएर राजधानीको जोरपाटीमा यसरी भयो लुटपाट

काठमाडौं– राजधानीको बौद्ध जोरपाटीस्थित पाथीभरा मनि ट्रान्सफरको पैसा लुटिएको छ । बौद्धस्थित नविल बैंकको शाखाबाट झिकिएको मनि ट्रान्सफरको ३ लाख रुपैया मंगलबार दिउँसो लुटिएको काठमाडौं प्रहरी प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए । तीन जनाको समूहमा आएका लुटेराले पाथीभरा मनि ट्रान्सफरका कर्मचारी रवी श्रेष्ठले बोकेको झोला ट्रान्सफर भित्र छिर्दैगर्दा लुटेराले थुतेर भागेको जानकारी आएको बोगटीले जानकारी दिए । प्रहरीका अनुसार मोटरसाइकलमा आएका लुटेराले खुकुरी देखाउँदै झोला थुतेर भागेका थिए । प्रहरीले लुटेराको खोजतलास जारी रहेको जनाएको छ ।
More

धार्मिक र जातीय विभेदको अन्त्यको लागि पीस रोड

काठमाडौं । विश्वमा शान्ति स्थापनामा सहयोग पुर्याउने उद्देश्यले मङ्गलबार राजधानीमा शान्ति ¥याली निकालिएको छ । शान्तिका लागि कार्यरत संस्था युनिर्भसल पिस फेडेरसन नेपालको आयोजना गरेको ¥यालीको राष्ट्रिय सभाका सांसद रामनारायण बिडारीले नेपालको झन्डा तथा पीस रोडको झन्डा सहभागीहरुलाई हस्तान्तरण गरेर उद्घघाटन गरे । काठमाडौंको नारायण चौरबाट सुरु भएको पीस रोड नक्सालको परिक्रमा गरि सोही स्थानमा आएर समापन गरिएको कार्यक्रम संयोजक पूर्व सभासद मिलन कुमारी राजबंशीले जानकारी दिईन् । विश्वमा भएका धार्मिक र जातीय विभेदको अन्त्य गर्दै सद्भावसहित शान्ति कायम गर्ने उद्देश्यले ¥याली निकालिएको हो । ¥यालीमा विभिन्न दलका सांसद, सामाजिक अभियन्ता, शान्तिदूत, शिक्षक, विद्यार्थीलगायतको उल्लेख्य सहभागीतन रहेको थियो । उद्घाटन
More

दीपकराज गिरी र दीपाश्री निरौलाको नयाँ फिल्म घोषणा

काठमाडौं – निर्माता कलाकार दीपकराज गिरी र दीपाश्री निरौलाले रोहित अधिकारीसँगको सहकार्यमा बनाउन लागेको फिल्मको नाम फाइनल भएको छ । फिल्मको नाम ‘छ माया छपक्कै’ राखिएको जनाइएको छ । सोमवार चलचित्र विकास बोर्डमा नाम दर्ता गरेको यो युनिटले मंगलवार फेसबुक मार्फत् नाम सार्वजनिक गरेको छ। दीपक र दीपालाई ‘छ’ नामबाट जुराइएको फिल्म निकै फापेको कारण यो फिल्मको नाम पनि ‘छ’ अक्षरबाटनै जुराइएको बुझिएको छ । ‘घामपानी’ र ‘गोपी’ निर्देशन गरेका दीपेन्द्र लामाले यो फिल्मको निर्देशन गर्नेछन् । फिल्म कमेडी लभस्टोरी जनरामा निर्माण हुने बताएका छन् । फिल्ममा सामाजिक विषयलाई पनि उठाइएको उनले जानकारी दिए । २२ बैशाखबाट छायांकनमा जाने तयारी
More

सुनचाँदीको भाउ बढ्यो आज कति पुग्यो ?

काठमाडौं– मंगलबार सुनचाँदीको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको भाउ रु ३०० र चाँदीको भाउ रु १० ले बढेको हो । महासंघका अनुसार मंगलबार छापावाल सुन तोलमा ६० हजार ३०० मा कारोबार भइरहेको छ। सोमबार सुन तोलामा ६० हजारमा कारोबार भएको थियो । यस्तै तेजावी सुन ६० हजारमा कारोबार हुँदा चाँदी तोलामा रु ७४० मा कारोबार भएको छ । सोमबार चाँदी तोलमा ७३० मा कारोबार भएको थियो ।
More

पेलेलाई भेट्न अस्पताल पुुगे नेइमार

ब्राजिलियन फुटबलर पेले एक सातादेखि अस्पतालमा छन् । मुत्रनलीमा समस्या आएपछि फ्रान्सको पेरिस स्थित अमेरिकन अस्पतालमा उपचार गराई रहेका पेलेको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको बताईएको छ । यसै क्रममा ब्राजिलका स्टार नेइमार जुनियर पेलेको स्वास्थ्य अवस्था बुझ्न सोमबार अस्पताल पुगेका छन्। ७८ वर्षीय पेले रोग निको नहुदै अस्पतालबाट डिस्चार्ज हुन लागेछि नेइमारले केही समय अस्पतालमै बस्न आग्रह गरेका थिए । नेइमारले पेलेलाई रोक्न सफल भएको बताइएको छ ।
More

आज कति छ डलरको विनिमयदर ?

काठमाडौं– आज एक अमेरीकी डलरको खरिद मूल्य १११ रुपैयाँ १८ पैसा तोकेको छ । यसैगरी बिक्री मूल्य १११ रुपैयाँ ७८ पैसा रहेको छ । एक युरोको खरिददर १२५ रुपैयाँ ०३ पैसा छ भने बिक्रिदर १२५ रुपैयाँ ७० पैसा रहेको छ । एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४५ रुपैयाँ ०७ पैसा र बिक्रिदर १४५ रुपैयाँ ८६ पैसा रहेको छ । यसैगरी जापानीज १० यनको खरिददर ०९ रुपैयाँ ९८ पैसा छ भने बिक्रिदर १० रुपैयाँ ०३ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएकाे छ ।
More

जनआन्दोलन दिवसको अवसरमा गणेशमान सिंह फाउण्डेशनको कार्यक्रम (फोटोफिचरसहित)

जनआन्दोलन दिवसको सम्झनामा वीर गणेशमान सिंह फाउन्डेसनले काठमाडौंमा पदयात्रा आयोजना गरेको छ । मंगलबार बिहान बसन्तपुर दमकलबाट सुरु भएको पदयात्रा न्युरोड, वीर अस्पताल, रत्नपार्क, पुरानो बसपार्क, भद्रकाली हुँदै पुनः बसन्तपुर पुगेको थियो । सो पदयात्रालाई ‘डेमोक्र्याटिक वाकाथन’ नाम दिइएको थियो । लौहपुरुष गणेशमानलाई आदर्श मान्ने विभिन्न पेशाकर्मी, व्यवसायी, विद्यार्थी, कलाकार, खेलाडीहरु पदयात्रामा सहभागी भएका थिए । उनीहरुले गणेशमान सिंहको तस्वीर अंकित टिसर्ट र क्याप लगाएका थिए । कांग्रेस नेता एवम् गणेशमान पुत्र प्रकाशमान सिंहले कार्यक्रममा सहभागीहरुलाई प्रमाणपत्र वितरण गरेका थिए । कार्यक्रममा केकी अधिकारीले गणेशमान सिंहले प्रजातन्त्र स्थापनामा गरेको योगदानको स्मरण गर्दै भनिन्, ‘गणेशमान सिंहको कारण अहिले हामी यहाँ छौं
More

७ जिल्लाका सीडीओ परिवर्तन : को कहाँ ?

गृह मन्त्रालयले ७ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) परिवर्तन गरेको छ । मन्त्रालयका अनुसार सिन्धुपाल्चोक जिल्लामा उप–सचिव गोमादेवी चेम्जोङ्गलाई कामु प्रमुख जिल्ला अधिकारीको रुपमा पठाइएको छ । मन्त्रालयले संखुवासभाको प्रमुख जिल्ला अधिकारीको रुपमा उप–सचिव जीवन प्रसाद दुलाललाई पठाएको छ । त्यस्तै रामेछापको प्रमुख जिल्ला अधिकारमा लिलाकुमारी केसी पाण्डेको सरुवा भएको छ । रसुवामा अर्जुन भण्डारी, भोजपुरमा नुरहरी खतिवडा, बाजुरामा गंगा प्रसाद न्यौपाने र दोलखामा खगेन्द्र प्रसाद रिजालको सरुवा भएको छ । गृह–मन्त्रालयले नख्खु कारागारको प्रमुखमा बेद प्रसाद अर्याललाई पठाएको छ । रामेछापका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद शर्मा र भोजपुरकी प्रजिअ हिरा देवी पौडेललाई मन्त्रालय सरुवा गरिएको छ । सोमबारको
More

अन्तराष्ट्रिय लगानी सम्मेलनमा भाग लिन उद्योग,वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादव युएई पुगे

अन्तराष्ट्रिय लगानी सम्मेलनमा भाग लिन उद्योग,वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादव युएई आईपुगेका छन्। । यूएई सरकारको आयोजनामा दुबईमा आजदेखि सुरु भएको अन्तराष्ट्रिय लगानी सम्मेलनमा सहभागी हुन मन्त्री यादव सँगै मन्त्रालयका सहसचिव शोभाकान्त पौडेल आइतबार युएई आइपुगेका हुन्। सम्मेलनमा युएईका लागि नेपाली नवनियुक्त राजदूत कृष्णप्रसाद ढकाल समेत सहभागी छन् विभिन्न देशका प्रतिनिधि सहभागी रहेको उक्त अन्तराष्ट्रिय लगानी सम्मेलनमा लगानीका बिषयमा छलफल गर्ने उल्लेख गरिएको छ। पाँचदिने युएई भ्रमणमा रहेका उद्योग,वाणिज्य तथा आपूर्ति मन्त्री यादवले कुटनीतिक भेटघाट गर्ने दुतावासले जनाएको छ। सोहि अनुरूप आज साँझ युएईका अर्थमन्त्रीसँग भेटघाट कार्यक्रम रहेको नेपाली दूतावास युएईका उपनियोग प्रमुख तथा प्रबक्ता सागर फुयाँलले जानकारी दिए।
More

सरकारद्वारा प्रतिवन्धित विप्लव समुहद्वारा चरणबद्ध विरोध कार्यक्रम घोषणा

काठमाडौँ । सरकारद्वारा प्रतिवन्धित नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले सरकारको प्रतिबन्धबिरुद्ध चरणबद्ध विरोध कार्यक्रम घोषणा गरेको छ। पार्टीको महासचिव विप्लवले सोमबार एक विज्ञप्ति जारी गर्दै नेपाल बन्दसहितका संघर्षका कार्यक्रमहरु घोषणा गरेका हुन्। सरकारको लगाएको प्रतिबन्धलाई महासचिव विप्लवले नेपाल कम्युनिस्ट पार्टी र नेपाली जनताका क्रान्तिकारी कार्यक्रम एवं क्रियाकलापका विरुद्धको पागलपूर्ण राजनैतिक वकवास फाँसीवादी फौजी दमन र अफवाहपूर्ण प्रचारबाजी गरेको बताएका छन्। विप्लवद्वारा जारी विज्ञप्तिमा, चैत्र २६ देखि २९ गतेसम्म प्रतिवन्ध विरुद्ध पर्चा वितरण र भण्डाफोर गर्ने, वैशाख २ गते कोण सभा, वैशाख ३ गते अन्तरक्रिया, वैशाख ४ गते मशाल जुलुस र वैशाख ५ गते नेपाल बन्द गर्ने र
More