Daily Archives 11th April 2019

विदेशी जहाजलाई उडान अनुमति प्रकरणः स्पष्टीकरण दिँदै महानिर्देशकले भने–बेकारमा फसियो

काठमाडौँ– त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) लाई आज स्पष्टीकरण बुझाएका छन् । अन्तरराष्ट्रिय नियम उल्लङ्घन गरी विदेशी जहाजलाई उडान अनुमति दिएका सम्बन्धमा पर्यटन मन्त्रालयले बुधबार महाप्रबन्धक क्षेत्रीलाई २४ घण्टे स्पष्टीकरण मागेको थियो । पत्रको जवाफमा महाप्रबन्धक क्षेत्रीले विमानस्थलको धावनमार्गको काम शुरु नभएका कारण इञ्जिनीयरसँग समन्वय गरेर जहाजलाई उडान अनुमति दिएको जिकिर गरेका छन् । “लिखित स्पष्टीकरण सोधिएकामा मैले आज जवाफ पठाएको छु । अघिल्लो नेपाल वायुसेवाको निगमको जहाजका यात्रु अलपत्र परेको जस्तै घटना नदोहोरियोस् भनेर यात्रुको मानवीय संवेदनालाई ख्याल गरिकन उड्न अनुमति दिएको हुँ ।
More

गच्छदारले बुझाए निधिलाई २५,४६८ क्रियाशिल सदस्यको विवरण

काठमाडौं–नेपाली काँग्रेसको पार्टी एकता सम्बन्धी आवश्यक कार्य गर्नका लागि गठित समायोजन समितिको बैठक पार्टी उपसभापति एवं समायोजन समितिका संयोजक विमलेन्द्र निधिको संयोजकत्वमा आज पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको छ । आजको बैठकमा पार्टी उपसभापति एवं तत्कालीन नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष विजयकुमार गच्छदारले तत्कालीन नेपाल लोकतान्त्रिक फोरममा रहेका देशभरका २५,४६८ जना क्रियाशील सदस्यका साथै महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यको नामावली सहितको विवरण पार्टी निधिलाई हस्तान्तरण गरेका छन् । कांग्रेस केन्द्रीय कार्यसमितिको गत कार्तिक २० गतेको बैठकको निर्णय अनुसार, कांग्रेस र तत्कालीन नेपाल लोकतान्त्रिक फोरमका सांगठनीक संरचना, भ्रातृ संघ एवं शुभेच्छुक संस्थाको समायोजन गरी एकता गर्ने निर्णय भएको थियो ।
More

विकिलिक्स संस्थापक लन्डनमा समातिए

वेबसाइट विकिलिक्सका संस्थापक जुलिअन असान्ज पक्राउ परेका छन् । उनले शरण लिइरहेको लन्डनस्थित एक्वेडोरको दूतावासबाट गिरफ्तार गरिएको बताइएको छ। अमेरिका र अन्य देशका गोप्य दस्ताबेजहरू इन्टरनेटमा सार्वजनिक गरेर उनी चर्चित भएका थिए । ४७ वर्षीय असान्जले सात वर्षअघि उक्त राजदूतावासमा शरण लिएका थिए। यौन दुर्व्यवहारसम्बन्धी एक मुद्दामा स्वीडेन सुपुर्दगी गरिनबाट जोगिन उनी सन् २०१२ देखि एक्वेडोरको दूतावासमा बसिरहेका थिए। लन्डनको मेट्रोपोलिटन प्रहरीले जनाएअनुसार जुलिअन असान्जलाई हिरासतमा लिइएको छ र उनलाई वेस्टमिन्स्टर मजिस्ट्रेट्स अदालतमा चाँडोभन्दा चाँडो प्रस्तुत गरिनेछ। उनलाई अदालतसमक्ष उपस्थित हुन अस्वीकार गरेपछि त्यसरी पक्रन परेको प्रहरीले बताएको छ।
More

प्रधानमन्त्री निवासको जग्गा किनबेच नभएको सरकारको स्पष्टीकरण

सरकारले बालुवाटारस्थित प्रधानमन्त्री निवासको जग्गा किनबेच नभएको स्पष्टिकरण दिएको छ । संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले प्रधानमन्त्री निवासको जग्गा किनबेच नभएको प्रष्टयाउनु भएको हो । प्रधानमन्त्री निवासको जग्गा नेकपाका महासचिव विष्णु पौडेललगायतले किनेको भन्ने समाचार बाहिर आएपछि सरकारका प्रवक्ता समेत रहनु भएका उहाँले सो जग्गा किनबेच नभएको स्पष्ट पार्नु भयो । बिहीबार सिंहदरबारमा आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री बास्कोटाले शारदाप्रसाद त्रिताल नेतृत्वको छानवीन समितिले दिएको सुझावको आधारमा प्रधानमन्त्री निवास नजिकैको ललिता निवासको जग्गाको विक्रीवितरणमा पनि रोक लगाइएको पनि स्मरण गराउनु भयो । मन्त्री बास्कोटाले सरकार कुनै पनि सार्वजनिक वा सरकारी जग्गाको संरक्षण गर्न प्रतिवद्ध रहेको पनि बताउनु भयो
More

पशु व्यवसायमा सरकारी अवरोध नहटाए आमरण अनशन बस्ने चेतावनी

काठमाडौं, २८ चैत । नेपाल पशुपंक्षीजन्य व्यवसायी संघले २०७५ साल फागुन ३ गतेसम्म जे÷जसरी आफूहरुले राँगा र भैंसीहरु ल्याएका हो त्यसैगरि ल्याउन पाउनुपर्ने माग गरेको छ । सरकारले आफूहरुको व्यवसायमा अवरोध नहटाए आमरण अनशनसम्म बस्ने संघले चेतावनी दिएको छ । बिहीबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर संघले यस्तो माग गरेको हो । ऐन तथा कानून परिवर्तन गर्दा सरोकारवाला पक्षहरुसँगको सहमतिमा मात्रै गर्नुपर्ने पनि संघले बताएको छ । संघले भारतको पशु चिकित्सकले जाँचेको पशुलाई नेपाल सरकारले मान्यता दिएको तर बोर्डरमा रहेका नेपाली पशु चिकित्सकहरुले जाँचेका पशुहरुको मान्यता नदिएकोमा पनि असन्तुष्टी जनाएको छ । आफूहरुको जायज माग पूरा नगरे सरकारविरुद्ध रेष्टुरेन्ट
More

अन्ततः नेपालमा पब्जी खेल प्रतिबन्ध गर्ने निर्णय

काठमाडौं– नेपालमा चर्चित बन्दै गएको पब्जी खेलमा प्रतिबन्ध लागेको छ । नेपाल दूरसञ्चार प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले प्रहरीको आग्रहमा पब्जी खेल प्रतिबन्ध लगाइएको बताए । उनले आजै इन्टरनेट प्रदायकहरुलाई पब्जी खेल बन्द गर्न निर्देशन दिइसकेको बताए । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको विशेष आग्रहमा प्राधिकरणले सो खेल प्रतिबन्ध लगाएको हो ।
More

नेपाल एकिकरण र नेपाली सेनाको सम्बन्ध अन्योन्याश्रित : प्रम ओली

भक्तपुर,२८ चैत, प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको एकिकरण र नेपाली सेनासँगको सम्बन्ध अन्योन्याश्रित रहेको बताउनुभएको छ । सैनिक अधिकृतहरुको दिक्षान्त समारोहलाई आज खरिपाटीमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो । प्रधानमन्त्री ओलीले राजा पृथ्वीनारायण शाहको नेतृत्वमा थालिएको र अनेकौं नायकहरुको नेतृत्वमा अघि बढायएको राष्ट्रिय एकिकरण अभियानबाट नेपाली सेनाले खण्डित भूगोललाई एकिकृत गरी नेपाल निर्माण गरेको बताउनुभएको छ । प्रधानमन्त्री ओलीले राष्ट्रिय एकता र राष्ट्रिय हितहरुको संरक्षण गर्ने कार्यमा नेपाली सेनाले विगत देखि नै उल्लेखनीय कार्य गरेको स्पष्ट पार्नुभएको छ । “नेपाली सेना सदैव संवैधानिक सरकारको मातहत र निर्देशनमा आफूलाई व्यवसायीक र मर्यादित संगठनको रुपमा स्थापित गर्दै आएको छ
More

यस्तो छ आजको डलर ,यूरो भाउ

नेपाल राष्ट्र बैंकले आजलागि एक अमेरिकी डलरको खरिद मूल्य ११० रुपैयाँ २८ पैसा तोकेको छ । यसैगरी बिक्री मूल्य ११० रुपैयाँ ८८ पैसा रहेको छ । एक युरोको खरिददर १२४ रुपैयाँ ३९ पैसा छ भने बिक्रिदर १२५ रुपैयाँ ०७ पैसा रहेको छ । एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४४ रुपैयाँ ४० पैसा र बिक्रिदर १४५ रुपैयाँ १९ पैसा रहेको छ । यसैगरी जापानीज १० यनको खरिददर ०९ रुपैयाँ ९२ पैसा छ भने बिक्रिदर ०९ रुपैयाँ ९७ पैसा रहेको छ ।
More

एनआरएन अल्गार्वको सकृयतामा भाषाकक्षा संचालन हुने

अल्गार्व । गैरआवासीय नेपाली संघ प्रोतुगल अलगार्व क्षेत्रिय समन्वय समितिको सकृयतामा प्रोतुगिस भाषा कक्षा संचालन हुने भएको छ । संघको क्षेत्रिय अध्यक्ष अनिल शर्माका अनुसार यहाँस्थित नेपाली आप्रवासीको दक्षता बढाउने उदेश्यले सो भाषा कक्षा संचालन गरिन् लागिएको हो । नेपालबाट बिभिन्नि कामको सिलसिलामा यो क्षेत्रमा आउने नेपाली समुदायतले भाषाको समस्या भोग्दै आए पछि एनआरएनएले सकृयता देखाएको हो । बुधवार अलबुफेरास्थित सरकारी अधिकारीहरुसंग भएको बैठकले आगामी २३ अप्रिलबाट सो भाषा कक्षा संचालन हुने निर्णय भएको हो । नेपाली समुदायको लागि भाषा कक्षा निशुल्क हुने एनआरएनएले जनाएको छ । शर्माका अनुसार करिब ३ सय नेपालीहरु सो भाषाकक्षाबाट लाभान्दित हुने भएका छन् ।
More

विप्लवलमाथि सरकारले लगाएको प्रतिबन्ध हटाउन अनुरोध

काठमाडौं–अस्ट्रेलिया कम्युनिस्ट पार्टी (मार्क्सवादी—लेनिनवादी) ले नेत्र विक्रम चन्द विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) माथि केपी ओली सरकारले लगाएको प्रतिवन्ध हटाउनका लागि अनुरोध गर्दै पत्र पठाएको छ । अस्ट्रेलिया कम्युनिस्ट पार्टी (माक्र्सवादी—लेनिनवादी) का अध्यक्ष निक जीले ओलीको नाममा लेखेको पत्रमा भनिएको छ, ‘हामी आदरपूर्वक अनुरोध गर्दछौं, नेत्रविक्रम चन्द विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टीका क्रियाकलापमाथि लगाएको प्रतिवन्धलाई हटाइयोस् ।
More

फेरि उकालो लाग्यो सुन

काठमाडौं–बुधबार तोलामा ६० हजार १०० मा कारोबार भएको सुनको भाउ आज रु १०० बढेर तोलामा ६० हजार २०० पुगेको छ । यस्तै आज तेजावी सुन ५९ हजार ९०० मा कारोबार भइरहेको छ। चाँदी आज तोलामा ७३० रहेको पनि नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
More

रहेनन् पूर्व सांसद भण्डारी

काठमाण्डौ – नेपाली काङ्ग्रेस गुल्मकिा पूर्व सभापति तथा पूर्व सांसद रुद्रमणी भण्डारीको आज जीप दुर्घटनामा निधन भएको छ ।गुल्मकिो नेटामा आज बिहान भएको जीप दुर्घटनामा भण्डारीसहित एकजना बालकको निधन भएको छ भने आठजना घाइते भएका छन् । घटनाबारे थप बिवरण भने केही बेरमा आउनेछ ।
More

समायोजनले कर्मचारीविहीन भेरी अस्पताल

बाँके : सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गरेको कर्मचारीको समायोजनपछि नेपालगञ्जस्थित भेरी अस्पतालमा स्वास्थ्यकर्मी तथा प्रशासनिक कर्मचारीको अभाव भएको छ । अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी र कर्मचारी समायोजनपछि स्वास्थ्यकर्मी तथा प्रशासनिक जनशक्ति खाली भएको छ । स्वास्थ्य सेवामा यो झनै चुनौतीपूर्ण र पेचिलो बनेको छ । सरकारी सेवामा रहेका चिकित्सक आन्दोलित छन् । भेरी अस्पताल कार्यरतमध्ये ३५ कर्मचारी प्रदेशमा समायोजन गरिएका छन् जसअन्तर्गत २७ स्टाफ नर्समध्ये दुई नर्सिङ अधिकृतसहित आठ सङ्घमा परेका छन् । अरू १९ प्रदेशमा परेको अस्पतालका निमित्त प्रमुख रूपानन्द अधिकारीले जानकारी दिनुभयो । बुधबारदेखि नर्स र ल्याव कर्मचारीविहीनजस्तै भएको अस्पतालका निमित्त प्रमुख अधिकारीले बताउनुभयो । अस्पतालको क्षमतावृद्धिका
More

दार्चुला र महोत्तरीमा २ जनाको शव फेला

काठमाडौं । दार्चुला, मार्मा गाउँपालिका ३ बिटुलेस्थित चमेलियाजल बिद्युत आयोजनाको ड्याममा हाल नाम, थर, वतन नखुलेकी करिब ३५ वर्षीया महिलाको शव बुधबार बिहान फेला परेको छ। त्यस्तै महोत्तरी जलेश्वर नगरपालिका ८ स्थित रातो खोलाको बगरमा हाल नाम, थर, वतन नखुलेका करिब ३५ वर्षीय पुरुषको शव बुधबार बिहान फेला परेको छ। यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ। डिसी नेपाल
More

अवैध औषधीसहित दुईजना पक्राउ

भद्रपुर : झापाको दक्षिण सीमावर्ती नाका केचनाकवल पछिल्लो समय भारतीय औषधि नेपाल भित्र्याउने तस्करीको ‘ट्रान्जिट प्वाइन्ट’ बन्दै गएको छ । बुधबार पनि नेपालमा प्रतिबन्धित भारतीय ब्राण्डको रु ९० हजार मूल्य बराबरको औषधिसहित दुई जनालाई सोही नाकाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । सशस्त्र प्रहरी बल बोर्डर आउटपोष्ट केचनाबाट खटिएको सशस्त्र प्रहरीको टोलीले भारतीय ब्राण्डका ट्रामाडोल हाइड्रो क्लोराइड नामक प्रतिबन्धित औषधिसहित हल्दिवारी गाउँपालिका–४ बस्ने ३५ वर्षीय जीतबहादुर राजवंशी र विर्तामोड नगरपालिका–५ का ३९ वर्षीय राजेन्द्र लिम्बूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार मे१०प १३३९ नंको मोटरसाइकलमा सवार दुवै भारतबाट नेपालतर्फ आउँदै
More

सांसदसहित सिआइबीलाई ज्यान मार्ने धम्की दिने दुई जना पक्राउ

काठमाडौँ । प्रहरीले सामाजिक सञ्जालका साथै मोबाईल मेसेज र फोनमार्फत धक्की दिई रकम माग गर्ने दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा तिलकदाश पराजुली र प्रदिप रोकाया रहेका छन्। केन्द्रीय अनुसन्धान ब्यूरो, महाराजगंजको टोलीले हुम्ला सर्केगाड– ७ का १९ वर्षीय प्रदिप रोकायालाई चैत १२ गते टोखाबाट र झापा कचनकवल– ३ पथरियाका २९ वर्षीय तिलकदाश पराजुली चैत २५ गते बालाजुबाट पक्राउ गरेको हो। उनीहरुले उनीहरुले झापाबाट निर्वाचित प्रतिनिधि सांसद राजेन्द्र लिङ्देन र सिआईबिसहित विभिन्न मानिहरुलाई धम्की दिएका थिए। उनीहरुले ह्वाट्सएप मेसेज, मोबाईल मेसेज र फोनसमेत गरि रकम माग गर्ने गरेका थिए। अनुसन्धानका क्रममा उनीहरुले माग गरेको रकम नदिएमा गोप्य भिडियो बनाई
More

यी हुन् एकै परिवारका ५ जना अधिकृत

काठमाडौं । सरकारी सेवामा नाम निकाल्ने र मुलुकको प्रशासक बन्ने रहर कसलाई पो हुँदैन र ? मुलुकको कुशल प्रशासक बन्ने रहर धेरैले पालेका हुन्छन् । तर, सफलता पाउने अवसर कमैलाई हुन्छ र कमैले अवसर पाउँछन्, यस्तै अवसर अर्घखाँचीका पोख्रेल परिवारलाई मिलेको छ । जुन परिवारका पाँच जना दाजुभाइ तथा दिदीबहिनी नै अधिकृत हुन सफल भएका छन् । साबिकको जुकेना–९ अन्तर्गत पर्ने हालको सितगंगा नगरपालिका–६ चिसापानीको मध्यमवर्गीय पोख्रेल परिवारका पाँच जना छोराछारीले नै शाखा अधिकृतका रूपमा देशको प्रशासन हाक्ने अवसर प्राप्त गरेका हुन् । यसरी, अवसर प्राप्त गर्नेमा एकै परिवारका प्रेमराज पोख्रेल, सीता पोख्रेल, सरोज, अञ्जना पोख्रेल र रञ्जिता छन् ।
More

बालुवाटारस्थित ललितानिवासको जग्गा धितो राखेर कर्जा

काठमाडौं – सरकारले मुआब्जा दिएर अधिग्रहण गरेको बालुवाटारस्थित ललितानिवासले चर्चेको जग्गा व्यक्तिका नाममा बनाएर धितो राखी विभिन्न बैंक/वित्तीय संस्थाबाट अर्बौं रुपैयाँ ऋण लिएको पाइएको छ। ललितानिवासका तत्कालीन भोगाधिकारी रुक्मशमेर राणालगायतबाट २०६० सालमा विभिन्न व्यक्ति तथा संस्थालाई गैरकानुनी रुपमा बेचिएको सो जग्गा धितो स्वीकारेर करिब एक दर्जन बैंक/बित्तीय संस्थाले कर्जा प्रवाह गरेको तथ्य खुलेको हो। सरकारले उक्त जग्गा फिर्ता लिए बैंकहरूले प्रवाह गरेको कर्जा रकम के हुन्ने भन्ने अन्योल देखिएको छ। ललितानिवासको जग्गा हिनामिनासम्बन्धी अनुसन्धान गरिरहेका अख्तियार दुरुपयोग अनुसन्धान आयोग तथा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) स्रोतका अनुसार नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेड, सेन्चुरी बैंक, सानीमा बैंक, ग्लोबल आइएमई बैंक, नेपाल बैंक
More

८ महिनामा ५५० भन्दा बढी श्रमिकको मृत्यु

काठमाडौँ ।वैदेशिक रोजगारको लागी विदेश गएका नेपाली कामदारमध्ये यो वर्ष साउनदेखि चैत्र २१ गते सम्म ५ सय ५३ जनाको ज्यान गएको छ । यसमा पुरुषको संख्या अत्यधिक (५ सय ३६) र महिलाको संख्या १७ रहेको छ । नेपाल समाचारपत्र दैनिकमा खबर छ । विगत ८ महिनाको अवधिमा मलेशिया जाने धेरै (१ सय ६३) जनाको मृत्युको भएको वैदेशिक रोजगार प्रवद्र्धन बोर्डको तथ्याङ्कले देखाएको छ । मलेशीयामा विरामी भई २९, आत्महत्याबाट २६, सडक दुर्घटनाबाट १५ र कार्यस्थलमा दुर्घटनाबाट २० जनाले जीवन गुमाउनुपरेको छ । साउदी अरेवीयामा १ सय ४९ र कतारमा ९९ जना कामदारको मृत्यु भएको छ । साउदीमा सडक दुर्घटनाबाट ४७,
More

नेकपाको मुख्यालय सुनसान, नेताको दैलोमा कार्यकर्ता

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीको कार्यालय धुम्बाराहीमा नेता र कार्यकता जान छोडको छन् । पार्टी एकीकरण हुनुपूर्व भिडभाड हुने पार्टी कार्यालय पार्टी एकीकरण भएपछि सुनसान बनेको छ । नेपाल समाचारपत्र दैनिकमा खबर छ । पार्टी एकता भएको एघार महिना वितिसक्दा समेत नेता र कार्यकर्ताहको जिम्मेवारी बाँडफाँड नहुँदा पार्टी कार्यालयमा कार्यकता आउन छोडका छन् । पार्टी कार्यालयमा महासचिव विष्णु पौडेल, कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठ बाहेकका नेताहरु विरलै आउने गरेका छन् । पार्टी एकीकरणमा ढिलाई हुँदा कार्यलय सुनसान भएको छ भने नेताहरुको घरमा भिडभाड बढेको छ । सचिवालयमा रहेको नेताहरुको घरमा भने बिहानदेखि नै कार्यकर्ता भेटघाटको लागि जाने गरेका छन् । सचिवालमा
More