Daily Archives 13th April 2019

देश आर्थिक समृद्धिको दिशामा अघि बढिसकेको छः प्रवक्ता श्रेष्ठ

गोरखा–नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले देश आर्थिक समृद्धिको दिशामा अघि बढिसकेको बताएका छन्। गोरखाको बारपाक सुलीकोट गाउँपालिका–३ स्वाँरामा आज आयोजित सिद्धगुफा मेला एवं सांस्कतिक कार्यक्रमको उद्घाटन कार्यक्रममा बोल्दै प्रवक्ता श्रेष्ठले यस्तो बताएका हुन् । ्वर्तमान नेपाल कम्युनिष्ट पार्टी नेतृत्वलाई जनताले सरकारको नेतृत्व गर्न मात्र नभई देशको विकास र परिवर्तनको समेत नेतृत्व गर्न पठाएकाले सरकार त्यही दिशामा अघि बढेको उनले उल्लेख गरे । देशमा प्राप्त राजनीतिक उपलब्धिलाई संस्थागत गर्दै अब आर्थिक क्रान्ति गर्ने बेला भएको भन्दै उनले नेपाल कम्युनिष्ट पार्टीको नेतृत्वमा गठन भएको सरकारबाट मात्र विकास र समृद्धि सम्भव हुने दाबी गरे । सङ्घीय सरकार र प्रदेश सरकार बनेको
More

फोटो खिच्न क्रममा तिनाउमा डुबेर मृत्यु

बुटवल– बुटवलको तिनाउ नदीमा डुबेर एक जना किशोरको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउपालिका वडा नम्बर ३ मा रहेको तिनाउ पावर हाउसको ड्याममा फोटो खिच्नेक्रममा बुटवलका १६ बर्षिय सिद्धार्थ शाक्यको ज्यान गएको हो । उनी बुटवलको चांदबारीमा बस्दै आएका थिए । ९ जना साथीहरुसंगै रमाइलोसंगै घुम्न भनेर निस्किएका उनले बुटवलको कालिका मानव ज्ञान माबिबाट भर्खरै एसइइ दिएका बताएको छ । उनको खोलामा डुबेर ज्यान गएको दोभान प्रहरी प्रहरी निरिक्षक एक बहादुर नेपालीले बताए ।
More

आदित्य दाहालको प्रतिभा विज्ञानका लागि चुनौति : प्रम ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आदित्य दाहालको प्रतिभा विज्ञानका लागि चुनौती भएको बताउनुभएको छ । बालगुरु आदित्य दाहालको पुस्तक कलियुगको आदित्य एवं ज्योतिपथ पुस्तककाृ अंग्रजी संस्करणको आज विमोचन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभयो । ज्ञान प्राप्तीका लागि स्रोत अनिवार्य भए पनि आदित्यले स्रोत बिना ज्ञान प्राप्त गर्नु अनौठो बिषय भएको प्रधानमन्त्री ओलीको भनाइ छ । “ज्ञान प्राप्तीका लागि स्रोत अनिवार्य छ” प्रधानमन्त्री ओलीले भन्नुभयो “आदित्यसमा बिना स्रोतको ज्ञान प्राप्त भएको छ । विज्ञानका लागि आदित्यको यो क्षमता असाधारण चुनौति हो ।” प्रधानमन्त्री ओलीले नेपाल देव भूमि,तपो भूमि र ज्ञान भूमि भएकोल आदित्य जस्ता प्रतिभावानहरुको यहाँ जन्म भएको बताउनुभएको
More

नेपाल टेलिकमले ग्राहकहरुको सुविधाका लागि विभिन्न प्याकेज सहितको आकर्षक स्प्रिङ अफर

काठमाडौं : सरकारी स्वामित्वको नेपाल टेलिकमले नयाँ वर्ष २०७६ को अवसरमा आफ्नो योजना सार्वजनिक गरेको छ। नयाँ वर्षको अवसरमा टेलिकले आफ्ना ग्राहकलाई २०० रुपैयाँको प्याक उपलब्ध गराउने भएको छ। नेपाल टेलिकमले शुक्रबार विज्ञप्ति जारी गर्दै चैत ३० गतेदेखि वैशाख तीन गतेसम्म खरिद गर्नेगरी २०० रुपैयाँको प्याक किन्दा २०० रुपैयाँको प्याकअन्तर्गत ग्राहकले २०० मिनेट फोन गर्न र २०० म्यासेज पठाउन सक्नेछन्। त्यस्तै तीन जिबी बराबरको डाटा पनि टेलिकमले उपलब्ध गराएको छ। *१४१५# डायल गरेर डाटा लिन पाउने व्यवस्था गरेको छ भने डाटा लिएको पाँच दिनसम्म प्रयोग गर्न सकिने म्याद राखिएको छ। १. एक घण्टा अनलिमिटेड प्याक यस प्याक अन्तर्गत कम्पनीकै नेटवर्कमा
More

नेकपा (विप्लव) का जिल्ला सेक्रेटरी मल्ल पक्राउ

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका बझाङ सेक्रेटरी भरत मल्ललाई प्रहरीले पक्राउ गरेको छ । शुक्रबार बुबाको उपचार गरी घर फर्किने क्रममा मल्ललाई प्रहरीले बझाङको बित्थडबाट पक्राउ गरेको हो । पुराना कम्युनिस्ट नेता तथा भरतका बुबा धनबहादुर मल्ल दुबै मृगौला फेल भएर बिरामी छन् । बुवाको उपचार गरी घर फर्केका मल्ललाई अपहरण शैलीमा पक्राउ गरेर जिल्ला प्रहरी कार्यालयमा पु¥याए पनि प्रहरीले औपचारिक कुनै प्रतिक्रिया नदिएको भन्दै परिवारले चिन्ता व्यक्त गरेका छन् । मल्लको रिहाइको पहल गरिदिन हुन बुबा धनबहादुरले आग्रह गरेका छन् । नेकपा सेती ब्यूरोले पनि मल्लको गिरफ्तारी प्रति आपत्ति जनाउँदै रिहाइको माग गरेको छ । यता जिल्ला प्रहरी कार्यालय
More

औषधि सेवन गर्दा के–के कुरामा ध्यान दिने ?

काठमाडौं–औषधि बिरामीको उपचारमा सबैभन्दा महत्वपूर्ण मानिन्छ । यदि औषधिको सेवनमा कुनै प्रकारको गल्ती भयो भने यसको सिधा असर बिरामीको स्वास्थ्यमा पर्न सक्छ । त्यसैले औषधि सेवनमा सजकता अपनाउनु अत्यन्त महत्वपूर्ण मानिन्छ । तर यो कुरा थाहा हुँदाहुँदै पनि औषधि सेवनमा त्रुटि भइरहेको पाइन्छ । जसले गर्दा उपचारमा सफलता नहुने र बिरामीलाई झन्÷झन् जटिलतातर्फ लैजान सक्छ भने कहिले काही औषधिको साइडइफेक्ट पनि हुन सक्छ । त्यस पछि आउने सबै समस्या भने बिरामी आफैँले सहनु पर्ने हुन्छ । औषधि सही प्रयोग कसरी गरिन्छ ? सही रुपमा प्रयोग नगर्दा कस्ता समस्याहरु आउँछन् ? लगायत विषयमा डाक्टर ओम मूर्ति अनिलले सामाजिक सञ्जालमार्फत जानकारी गराएका
More

जनमत पार्टी: विशाल जनसभाको तयारी पुरा

जनमत पार्टीले सिरहामा गर्न लागिएको बिशाल जनसभाको सम्पुर्ण तयारी पुरा भएको छ । डा. सिके राउत नेतृत्वको नवगठित जनमत पार्टीले मिर्चैया नगरपालिका ५ स्थित मोहन माविमा भोली (शनिवार) गर्न लागेको जनसभाको सम्पुर्ण तयारी पुरा भएको मन्च व्यवस्थापन समितिका संयोजक निर्मल मण्डलले बताए । जनसभालाई सम्बोधन गर्न डा. राउत भोली नै मिर्चैया आउने बताईएको छ । नेपाल सरकारसँग ११ बुँदे सहमति पश्चात् मूलधारको राजनीतिमा आएका डा. राउत सम्बोधन गर्ने जनसभाको आवश्यक सम्पूर्ण तयारी पूरा भएको जनसभा मुल आयोजक समितिका संयोजक तथा पार्टीका केन्द्रिय सदस्य राजकुमार यादवले बताए । जनसभामा ठूलो संख्यामा जनमास उतार्ने लक्ष्य बमोजिम व्यवस्थापन गरिएको उनले दाबी गरेका छन्
More

प्रदेश २ लाई ६ स्वर्ण

प्रदेश नं. २ ले आठौं राष्ट्रिय खेलकुद अन्तरगत पुरुष कुस्ती प्रतियोगितामा ६ स्वर्ण हात पार्दै अग्र स्थानमा रह्यो । प्रदेश २ ले ५७ केजी, ६१ केजी, ६५ केजी, ७९ केजी, ९२ केजी र १२५ केजीमा स्वर्ण हात पारेको हो । १० स्वर्णका लागि भएको प्रतियोगितामा प्रदेश ५ ले ७४ केजी, ८६ केजी र ९७ केजीमा गरि तीन र नेपाली सेनाले ७० केजीमा एक स्वर्ण हात पा¥यो । प्रदेश २ का नरेश यादवले ५७ केजीमा स्वर्ण हात पारे । उनले नेपाली सेनाका तिलक देउजालाई पछाडी पारे । तेश्रो स्थानमा प्रदेश ७ का पारश चन्द र प्रदेश ६ का दीपक बुढा रहे
More

रसुवा केन्द्रबिन्दु भएर ४.६ रिक्टर स्केलको भूकम्प

काठमाडौं – शनिबार बिहान रसुवा केन्द्रबिन्दु भएर भूकम्पको धक्का गएको छ । रसुवाको शिखरबेसी आसपास केन्द्रबिन्दु भएर बिहान साढे १० बजेतिर ४.६ रिक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । केन्द्रका अनुसार यो नयाँ भूकम्प नभएर ०७२ साल बैशाखमा गएको भूकम्पको पराकम्प हो ।
More

सहकारी संस्थाबाट नगद ५ लाख ५८ हजार चोरी

पाल्पा । पछिल्लो समयमा ग्रामीण तथा सहरीया क्षेत्रमा चोरीका घटना दिनानुदिन बढ्दै गएका छन्। प्रहरी प्रशासनले जताततै स्ट्रिङ अप्रेसन गर्दा पनि यस्ता घटनाहरु कम हुन सकेका छैनन्। त्यसै सन्दर्भमा पाल्पाको तानसेन नगरपालिका ९ स्थित संगम बचत तथा ऋण सहकारी संस्था लिमिटेडबाट नगद ५ लाख ५८ हजार ५ सय ३९ रुपैयाँ शुक्रबार बिहान चोरी भएको छ। चोरीमा संग्लन व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ। डिसी नेपाल
More