Daily Archives 14th April 2019

लन्डनमा आगामी मे १२ मा बुद्ध जयन्ती मनाइने

लन्डन । लन्डनमा आगामी मे १२ मा बुद्ध जयन्ती मनाइने भएको छ । लन्डनको टाफल स्क्वायमा मनाइन लागिएको बुद्ध जयन्तीको तयारी तीब्र पारिएको छ । आइतबार सोही विषयमा सरोकारवालाहरु बीच बैठक बसेको छ । बुद्ध फाउन्डेसन युकेले नेपाली राजदुतावास लन्डन, एनआरएनएन यूके र नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा मे १२ मा बुद्ध जयन्ती मनाउँदै छ । सोही तयारी विषयमा बुद्ध फाउन्डेसले संयुक्त बैठक आह्रवान गरेको हो । बैठकमा कार्यक्रमको रुपरेखा, के कसरी सञ्चालन गर्ने र बिगतको कमजोरीहरु नदोर्याउन के गर्ने ? अतिथि र कार्यक्रम संचालन बारे बिभिन्न उपसमितिहरुको कार्ययोजना , प्रगति र सुझाबहरु, आर्थिक संकलन र बजेट तथा हालसम्मको ब्यबस्थापन, सेवा
More

अल्डरशटमा नयाँ वर्ष यसरी मनाइयो (फोटो फिचर)

अल्डरशट । ग्रेटर नेपाली कम्युनिटी युकेले नयाँ वर्ष भव्य रुपमा मनाएको छ । अल्डरशटस्थित एम्पायर हलमा शनिवार साँझ भेला भएका नेपालीहरुले नयाँ वर्षलाई एक विषेश कार्यक्रमको आयोजना गरेर स्वागत गरे । कार्यक्रममा स्थानिय मेयर डेविड किल्फोर्ड, गैरआवासीय नेपाली संघ युकेका अध्यक्ष योग कुमार फगामी, काउन्सिलर स्टीभ मास्टरसन लगायतले शुभकामना मन्तव्य दिए । संस्थाका अध्यक्ष जीव बेलवासेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मान गुरुङले स्वागत मन्तव्य दिएका थिए । नेपालीहरुको बाक्लो उपस्थिती रहेको कार्यक्रममा कलाकारहरु सुनितामी परियार, मदन परियार, लगायतको प्रस्तुती रहेको थियो । कार्यक्रममा स्थानिय कलाकारहरुले बिभिन्न सांस्कृति कार्यक्रम समेत प्रस्तुत गरेका थिए ।
More

गोपेन्द्र भट्टराईले एनआरएनए अमेरिकाको महासचिवमा उम्मेदवारी दिने

लस एन्जलस– एनआरएनए भित्र जकडिएर रहेको प्रणालीगत समस्यालाई सदाको लागि समाधान गर्ने पवित्र उद्देश्यका साथ गोपेन्द्र भट्टराईले एनआरएनएको महासचिव पद्मा उम्मेद्वारी दिनु भएको छ । लामो समयदेखि गाजिएर रहेको प्रक्रियागत समस्यालाई चिर्दै नविन सोच र प्रविधिका माध्यमबाट सुदृढ नयाँ संरचना निर्माण गर्न उक्त पद्मा उम्मेदवारी दिएको भट्टराई बताउनु भयो । कर्मभूमी जहाँ र जुन देशलाई बनाए पनि मातृभूमी सदा सबैको लागि प्यारो हुन्छ,’ उनले भने ‘यसलाई समृद्ध बनाउने मेरो मुख्य उद्देश्य हो ।’ विदेशी नविन प्रविधिहरू जतिजति बढ्दै जान्छ, उत्तिनै देश सम्पन्न र आर्थिक रुपले बलियो बन्दै जाने उहाँको विश्वास छ । ‘मातृभूमीमा यस्ता प्रविधि र सीप भित्र्याउन म सधै
More

नयाँ वर्षसँगै गगन थापाले थाले सम्पदा संरक्षणसम्बन्धी अभियान

काठमाडौँ– नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य तथा काठमाडाँै क्षेत्र नं ४ का सांसद गगनकुमार थापाले नयाँ वर्षसँगै सम्पदा संरक्षणसम्बन्धी अभियान थालेका छन् । गत वर्षभरि ‘म बन्छु जिम्मेवार, कर्तव्यसँगै अधिकार’ अभियान चलाएका थापाले आजदेखि नयाँ वर्ष २०७६ भरिका लागि ‘हाम्रो सम्पदा, हाम्रो सम्पत्ति’ नाराका साथ सम्पदा संरक्षण अभियान शुरु गरेका हुन् । काठमाडाँै क्षेत्र नं ४ को सांसदको कार्यालयमार्फत् शुरु गरिएको उक्त अभियानअन्तर्गत पहिलो कार्यक्रम आज ज्ञानेश्वर भैरवस्थान मन्दिरमा गरिएको कार्यालयका सचिव शङ्कर कुइँकेलले जानकारी दिए । सांसद थापासँगै प्रदेशसभा सदस्यद्वय नरोत्तम वैद्य र राधा घले, स्थानीय जनप्रतिनिधि, वातावरण तथा संस्कृतिविद् तथा स्थानीयवासीले सम्पदाको संरक्षणका बारेमा छलफल गरी सो योजना बनाएका
More

केन्याको डान्सबारमा कार्यरत १२ नेपाली युवती पक्राउ

काठमाडौं– अवैधरुपमा केन्याको डान्सबारमा कार्यरत १२ नेपाली युवती स्थानीय न्याली मोम्बासाबाट पक्राउ परेका छन् । स्थानीय सञ्चारमाध्यमहरुले जनाएअनुसार प्रहरीले डान्सबारका मालिक आसिफ जेथा समेतसमेतलाई पक्राउ गरेको छ । नेपाली युवतीहरु काममा खटिएकै बेला प्रहरीले छापा मारी नियन्त्रणमा लिएको जनाइएको छ । स्थानीय प्रहरी अधिकारीले मानव तस्करीको आशंकामा जेथामाथि अनुसन्धान भइरहेको छ । महिलाहरु जेथाको डान्सबारमा नर्तकीको रुपमा कार्यरत रहेका थिए । यसबारे थप अनुसन्धान भइरहेको स्थानीय प्रहरीले जनाएको छ।
More

गुल्मीमा बन्दै गरेको पक्की पुल भत्कियो

गुल्मी–गुल्मीको मुसिकोट नगरपालिका वडा नं. ७ र वडा नं. ३ को झेंदी भन्ने स्थानमा निर्माणाधिन बडिगाड खोलाको पक्कि पुल भाँचिदा ५ जना घाइते भएका छन् । घाइतेहरुको इमरजेन्सी पोलिक्लिनिक हटियामा उपचार भएको छ । शुक्रवारवाट ढलान सुरु गरि अन्तिम अवस्थामा पुगेको वेला पुल एक्कासी विचवाट भाँचिएको हो। ५५ मिटर लामो सो पक्कि पुल संघिय सरकार अन्र्तरगत ५ करोड लागतमा निर्माणाधिन रहेको मुसिकोट नगरपालिका वडा नं. ७ का अध्यक्ष प्रकाश काफ्लेले जानकारी दिएका छन् ।
More

राष्ट्रिय पोशाक कुनै जात र धर्मका मानिसको होईन, अध्यक्ष थापा

काठमाडौं- पुर्व उपप्रधान मन्त्री एवं राप्रपा अध्यक्ष कमल थापाले राष्ट्रिय पोशाक गुन्यु चोली, दौरा सुरुवाल कुनै जाती र धर्मका मानिसको नभएर आम नेपालीको पहिचान भएको बताएका छन्। राजधानीको कमलादी स्थित प्रज्ञा प्रतिष्ठानमा गुन्यु चोली तथा साँस्कृतिक पोशाक राष्ट्रिय सचेतना अभियानले आइतबार आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष थापाले यस्तो दाबी गरेका हुन्। उनले भने, ‘राष्ट्रिय पोशाक कुनै जाती र धर्मका मानिसको मात्रै हो भन्ने भ्रम छरीएको छ, यस्ता भ्रम चिर्नु आवश्यक छ। नेपालका बहुसंख्यक जनताले स्वीकार गरेको र बर्षौदेखि चलिआएको पोशासक कसैलाई चित्त नबुझदैमा हटाउँने र कसैलाई मनलागे राख्ने भन्ने हुँदैन।’ त्यस्तै कार्यक्रममा बोल्दै अभियानकी संयोजक लक्ष्मी भद्रा ओझाले गुन्यूचोली नेपालको
More

प्रहरीलाई ३ लाख ५० हजार रुपैयाँ दिने पक्राउ

काठमाडौं-काठमाडौं महानगरपालिका-१५ चमतीस्थित बा.५ ख ४८४२ नम्बरको बसमा अबैध रुपमा ल्याएको लत्ताकपडाहरु बरामद गर्ने क्रममा डिउटीमा खटिएको प्रहरीलाई ३ लाख ५० हजार रुपैयाँ दिई आर्थिक प्रलोभनमा पार्न खोज्ने बस चालक समेत ३ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बसका चालक काठमाडौं महानगरपालिका-१५ स्वयम्भू बस्ने सर्लाही घर भएका २६ वर्षीय श्याम विश्वकर्मा, काठमाडौं महानगरपालिका-१४ कलंकी बस्ने सुर्खेत घर भएका ३२ वर्षीय दिपा रानामगर र नुवाकोट ककनी गाउँपालिका-२ घर भएका २९ वर्षीय भरत तामाङ रहेका छन् । महानगरीय प्रहरी बृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उक्त बस जाँच गर्ने क्रममा अबैध रुपमा ल्याएको लत्ताकपडाहरु फेला पारी बरामद गर्दा उनीहरुले उक्त
More

आगामी बजेटमा बृद्धभत्ता बढ्छ : प्रम ओली

आगामी बजेटमा बृद्धभत्ता बढ्छ : प्रम ओली काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले आगामी बजेटमा बृद्धभत्ता बढाउने घोषणा गरेका छन् । ज्येष्ठ नागरिक स्वास्थ्य विमा राष्ट्रिय अभियानको शुभारम्भ र खोलौं बैंक खाता अभियान कार्यक्रमको उद्ध्घाटन गर्दै प्रधानमन्त्री ओलीले सो घोषणा गरेका हुन् । “यो बुढाबुढीको भलो चिताउने सरकार हो ” प्रधानमन्त्री ओलीले भने, “यसपालीको बजेटमा बृद्धभत्ता बढ्छ । ढुक्क भए हुन्छ ।” प्रधानमन्त्री ओलीले २०५१ सालमा तत्कालिन एमालेको सरकारले वृद्ध भत्ता वितरण सुरु गरेपछि नेपालीहरुमा बाँच्ने मनोविज्ञान बढेको बताए । “पहिला पहिला बुढाबुढीहरु कति बर्ष पुग्नुभयो भन्दा ६८ बर्ष पुगियो । अब कति बाचिएला र भन्थे ” प्रधानमन्त्री ओलीले भने “यतिबेला
More

युवा व्यवसायी हेमराज ढकाल सुप्रवल जनसेवा श्री तृतीयद्धारा सम्मानित

लण्डन। सरकारले संविधान दिवशको अवसर पारेर घोषणा गरेको पदकहरु नयाँ बर्षको दिन राष्ट्रपति कार्यालयबाट बितरण गरेको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले पदक पाउनेहरुलाई सम्मान गरेकी छिन्। आर्थिक, ब्यवसायिक तथा सहकारीसँग सम्बन्धित ब्यक्तिहरुलाई राष्ट्रिय पदक दिइएको हो। आइएमई ग्रुपका हेमराज ढकाल लगायतका उद्यमीहरु समेत पदकद्धारा सम्मानित भएका छन् । यसैगरी उद्यमीहरु हरिभक्त शर्मा, हेमराज ढकाल, देविप्रकाश भट्टचन, मीनवहादुर गुरुङ, लोकमान्य गोल्छा र राजेन्द्र मल्ललाई पनि सुप्रवल जनसेवा श्री तृतीय दिइएको छ। सहकारी आन्दोलनका अगुवा केशव बडाललाई सुप्रवल जनसेवा श्री तृतीय दिइएको छ। प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनलाई पनि प्रवल जनसेवा श्री चतुर्थ दिइएको छ। यो पदक चन्द्रागिरि हिल्सका महाप्रबन्धक अभिषेक
More