Daily Archives 15th April 2019

बेल्जियम कांग्रेस सभापति सिता सापकोटा बर्खास्त, माधव सापकोटा संयोजक तोकिए

लण्डन । नेपाली जनसम्पर्क समिति बेल्जियमको विवादले चर्को रुप लिएको छ । नेपाली कांग्रेस केन्द्रीय कार्यालयको सर्वाधिकार लिएर बेल्जियम पुगेका कांग्रेस नेता किरण पौडेलको निर्देशन र निर्णयलाई सिता सापकोटा समुहले अस्वीकार गरे पछि केन्द्रिय प्रतिनिधी समेत रहेका पौडेलले माधव सापकोटालाई संयोजक तोकेका छन् । पौडेलले सोमबार माधव सापकोटाको नाममा एक पत्र जारी गर्दै पार्टीको अनुशासनमा रहि नेपाली कांग्रेस केन्द्रीय कार्यालयसंग समन्वय गरी यथाशीघ्र अधिवेशन गराउन निर्देशन दिएका छन् । यसअघि पौडेलले सिता सापकोटालाई संयोजक तोकेर अधिवेशनको प्रकृया अघि बढाउन निर्देशन दिएकोमा सापकोटा समुहले पौडेलको निर्णय नमान्ने घोषणा गरे पछि सापकोटालाई पार्टीको विषेश अधिकार प्रयोग गरि बर्खास्त गरिएको हो । संयोजक
More

फ्रान्सको राजधानी पेरिसको चर्चमा आगलागी

फ्रान्सको राजधानी पेरिसका मध्यभागमा गर्ने मध्ययुगीन नोट्र–डेम क्याथेड्रल (चर्च)मा सोमबार भीषणा आगलागी भएको छ । अग्निनियन्त्रकहरुले आगलागी नियन्त्रणको प्रयास गरिरहेको बीबीसीले उल्लेख गरेको छ । आगलागी कसरी हुन पुग्यो भन्ने स्पष्ट भइसकेको छैन। १२ औं सताब्दीको यो क्याथेड्रल अवलोकनका लागि वर्षेनी लाखौ पर्यटक यहाँ पुग्ने गरेका छन् । हाल मर्मतसम्भार चलिरहेको थियो । बेलायती पत्रिका डेलीमेलले भने मर्मतका क्रममा क्याथेड्रल भत्किन पुगेको र त्यसपछि भीषण आगलागी हुन पुगेको जनाएको छ। सामाजिक सञ्जालहरुमा पोस्ट गरिएको फोटो तथा भिडियोमा आगलागी भएको क्षेत्रमा धूँवाको मुस्लो निस्किएको देखिएको छ ।
More

विमान दुर्घटनामा ज्यान गुमाएका श्रेष्ठको अन्त्येष्टि

झापा– सोलुखुम्बुस्थित लुक्ला विमानस्थलमा हवाईजहाज दुर्घटनामा आइतबार हिजो ज्यान गुमाएका झापा, विर्तामोडका प्रहरी सहायक निरीक्षक रुद्रबहादुर श्रेष्ठको आज अन्त्येष्टि गरिएको छ । सोलुखुम्बु जिल्ला प्रहरी कार्यालय दरबन्दी भई लुक्ला विमानस्थलमा कार्यरत प्रहरी सहायक निरीक्षक श्रेष्ठको शव ल्याई आज जिल्लाको कन्काइ नदीमा अन्त्येष्टि गरिएको हो । श्रेष्ठको शव आज काठमाडौंबाट गृह जिल्ला ल्याइएको थियो । प्रहरीले सलामी अर्पण गरेको थियो । अन्येष्टि कार्यक्रममा प्रदेश नं १ का प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक केदार रिजाल, जिल्लाका सुरक्षा अधिकारी र सर्वसाधारणको उपस्थिति रहेको थियो । श्रेष्ठका श्रीमती रेमिला श्रेष्ठ, दुई छोरीहरु शिला र रियान्सु छन् । लुक्ला विमानस्थलमा आइतबार विमान दुर्घटनामा परी
More

उमेरले १२ वर्ष कान्छा प्रेमीसँग मलाइकाको रोमान्स

बलिउड अभिनेता अर्जुन कपुरसँगको अफेयरका कारण यतिबेला अभिनेत्री अभिनेत्री मलाइका अरोरा चर्चामा छिन् । केही दिनअघि बिदा मनाउँदै गरेका उनीहरूको तस्बिर पनि सार्वजनिक भएको छ । उक्त तस्बिर भद्दा भएको भन्दै फ्यानहरूले व्यापक कमेन्टसमेत गरेका थिए । यसको जवाफमा मलाइकाले विकिनीसहितको तस्बिर सार्वजनिक गर्दै आफ्नो खुसी आफैंमा निर्भर रहने बताएकी थिइन् । कतिपय सञ्चारमाध्यमले उनीहरूको विवाह आगामी वर्ष हुने बताउँदै आएका छन् । मलाइका र अर्जुनको उमेर १२ वर्षले फरक छ । मलाइकाले गत वर्ष मात्रै अरवाज खानसँग सम्बन्ध विच्छेद गरेकी थिइन् । उनीहरूका तर्फबाट १५ वर्षे छोरा छन् । उनीहरू २१ वर्षसम्म वैवाहिक सम्बन्धमा थिए । अर्जुन भने अविवाहित
More

प्रधानमन्त्रीद्वारा समता स्कूललाई वल्र्ड बुक अफ रेकर्डस् हस्तान्तरण

काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले समता स्कूल काठमाडौंलाई वल्र्ड बुक अफ रेकर्डस् हस्तान्तरण गर्नुभएको छ । आज बिहान बालुवटारमा आयोजित कार्यक्रममा वल्र्डबुक अफ रेकर्डस लण्डनले जारी गरेको प्रमाण पत्र प्रधानमन्त्री ओलीले समता फाउण्डेसनका अध्यक्ष उत्तम सञ्जेललाई हस्तान्तरण गर्नुभएको हो । प्रमाणपत्र हस्तान्तरणपछि प्रधानमन्त्री ओलीले १ सय रुपैंयामा विद्यार्थी पढाएर समताले गरिबका छोराछोरीलाई समताले गुन लगाएको बताउनुभयो । “राज्यले लिनु पर्ने दायित्व तपाईंहरुले लिनु भएको छ । यसमा म समता टिमलाई धन्यवाद दिन चाहन्छु” प्रधानमन्त्री ओलीले भन्नुभयो “अंग्रेजी माध्यममा राम्रो शिक्षा लिन्छु भन्नेहरुका लागि पैसाका कारणले पढ्न नपाउने अवस्था अब रहेन ।” प्रधानमन्त्री ओलीले समता स्कूलका कारण नेपाललाई विश्वले पनि पहिचान गरेको
More

अवैध रुपमा लैजान लागेको विदेशी मुद्रा सहित पक्राउ

काठमाडौं–त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलबाट अवैध रुपमा लैजान लागेको विदेशी मुद्रा सहित पोल्याण्ड नागरिक २८ वर्षीय माक्सी मिलीकन बेग्लोस्की र २६ वर्षीय आकुभ स्टेक्कीलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । अन्तर्राष्ट्रिय उडानतर्फको होलब्यागेजजाँच गर्ने क्रममा माक्सीको साथबाट युएसडलर १३ हजार ६ सय, युरो ५ हजार २ सय तथा नेपाली रुपैयाँ ५८ हजार र आकुभको साथबाट युएसडलर६ हजार १ सय र युरो ५ हजार फेला पारी उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुलाई आवश्यक कारवाहीका लागि उक्त मुद्रा सहित राजश्व विभाग हरिहर भवन पुलचोक पठाइएको छ ।
More

एक किलो सुनसहित एक जना पक्राउ

बुटवल–नेपालबाट अवैध रुपमा भारततर्फ लैजाँदै गरेको एक किलोग्राम सुनसहित एक व्यक्तिलाई सीमावर्ती भारतीय प्रहरीले पक्राउ गरेको छ । भारतीय सीमा सुरक्षा बलले डण्डा हेडको बाटो हँुदै भारततर्फ जाँदै गरेको लु४२प ७६१९ नंको स्कुटी जाँच गर्ने क्रममा उक्त स्कुटीमा लुकाई राखेको सो सुन बरामद गरेको हो । सुनसहित भारतीय प्रहरीले उक्त स्कुटीका चालक भैरहवा निवासी धनवत अग्रवाललाई पक्राउ गरेर थप कारवाहीका लागि नौतनवास्थित भारतीय भन्सार कार्यालय पठाएको जनाएको भारतीय प्रहरीले जनाएको छ ।
More

बेलायतको लिभरपुलमा मनाइयो नेपाली नयाँ वर्ष

लण्डन । बेलायतको लिभरपुलमा बसोबास गर्दै आएका नेपाली समुदायले नयाँ वर्ष २०७६ हर्षोल्लासका साथ मनाएका छन् । बेलायतका लागि नेपाली राजदूत डा दुर्गा बहादुर सुवेदी प्रमुख अतिथि रहेको कार्यक्रममा संस्थाका अध्यक्ष डा शम्भु आचार्यले उपस्थित सबैलाई स्वागत गर्दै नयाँ वर्षको शुभकामना दिएका थिए । कार्यक्रममा नयाँ चलचित्र क्याप्टेन प्रदर्शन र प्रचारका लागि यहाँ आएका नायक भुवन केसी पनि सहभागि थिए । कार्यक्रममा स्थानीय कलाकार जेनी सुनुवारले नृत्य र सपन राईले गीत प्रस्तुत गरेर सहभागिलाई भरपूर मनोरञ्जन दिलाएका थिए । संस्थाका पूर्वअध्यक्ष कुमार घर्तीले कार्यक्रम समापन गरेसँगै सोही हलमा अनमोल केसी अभिनित चलचित्र क्याप्टेन प्रदर्शन गरिएको थियो । लिभरपुल नेपाली समाजले
More

एनआरएनएलाई पहिलो स्वर्ण

लन्डन : आठौं राष्ट्रिय खेलकुदमा गैरआवसिय नेपाली संघ (एनआरएनए) ले पहिलो स्वर्ण जितेको छ। आठौँ आठौं राष्ट्रिय खेलकुदअन्तर्गत १५ औं राष्ट्रिय लनटेनिस प्रतियोगितामा एनआरएनए (अस्ट्रेलिया) का संरक्षक भूषण बज्राचार्यले टोलीलाई सोमबार पहिलो स्वर्ण दिलाएका छन्। बुटवलमा भएको पुरुष सिंगल्स फाइनलमा संरक्षकले आर्मीका प्रणव खनाललाई ६–१, ६–२ को सोझो सेटमा पराजित गरे। गण्डकीका प्रदीप खड्का र एपीएफका सन्तोष खत्री तेश्रो भए। महिला सिंगल्सको उपाधि एपीएफकी प्रेरणा कोइरालाले जितिन्। फाइनलमा प्रेरणाले नेपाल आर्मीकी अभिलाषा विष्टलाई ६–०, ६–२ को सेटमा सहजै हराइन्। आर्मीकी इरा रावत र प्रदेश ३ की रायना शाह संयुक्त रुपमा तेश्रो भए।
More

पोखरीमा डुबेर किशोरको मृत्यु

भरतपुर । पोखरीमा डुबेर आज एक किशोरको मृत्यु भएको छ । भरतपुर महानगरपालिका–६ ओरालो घोलस्थित पोखरीमा डुबेर सोही स्थान बस्ने राजेश न्यौपानेका १३ वर्षीय छोरा सरोज न्यौपानेको मृत्यु भएको प्रहरीले जनाएको छ । गर्मीको समयमा पौडी खेल्न गएका उनी दिउँसो १२ बजे पोखरीमा डुबेका थिए । उद्धार गरी उपचारका लागि चितवन मेडिकल कलेज ल्याउँदै गर्दा उनको बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ । डिसी नेपाल
More

समाचार लेख्दा साइबर अपराधमा पत्रकार पक्राउ

पोखरा — बतास अर्गनाइजेसनका सञ्चालक सदस्य वीपेन्द्रराज बतासका विरुद्ध समाचार लेखेको आरोपमा प्रहरीले सोमबार पोखराको ताण्डव साप्ताहिकका सम्पादक अर्जुन गिरीलाई पक्राउ गरेको छ । पत्रकार अर्जुन गिरी । साइबर अपराध मुद्दामा कारबाहीका लागि उजुरी आएकाले केन्द्रीय अनुसन्धान ब्युराको आग्रहमा गिरीलाई पक्राउ गरिएको कास्कीका प्रहरी नायव उपरीक्षक रवीन्द्रमान गुरुङले बताए। ‘हामीलाई पक्राउ गरेर पठाइदिनु भनेकाले पठाउन लागेका हौँ,’ उनले भने, ‘आरोप र कसुरको अनुसन्धान केन्द्रले नै गर्छ।’ गिरीले गत शुक्रवार आफ्नो अखबारको अनलाइनमा जिल्ला प्रहरी कार्यालयमा बतास विरुद्ध जाहेरी दिन पुगेका पोखरा–६ का व्यवसायी मनोज श्रेष्ठ र जनकराज पहारीलाई उद्धृत गर्दै समाचार लेखेका थिए। जाहेरीमा श्रेष्ठले आफ्नो १ करोड ९८ लाख
More

सशस्त्र प्रहरीका पूर्वकर्मचारीलाई जीवन निर्वाह भत्ता

काठमाडौं । सशस्त्र प्रहरी बलले आफ्ना ज्येष्ठ पूर्वकर्मचारीलाई जीवन निर्वाह भत्ता दिने भएको छ । यो वर्षदेखि ७० वर्ष कटेका पूर्वसशस्त्र प्रहरी कर्मचारीलाई वार्षिक रुपमा १२ हजार रुपैयाँ निर्वाह भत्ता दिने व्यवस्था गरिएको हो । बलका प्रमुख प्रहरी महानिरीक्षक शैलेन्द्र खनालका अनुसार नेपाल सरकारको जेष्ठ नागरिकलाई सम्मान गर्ने नीतिलाई मूर्त रुप दिन संगठनले वार्षिक भत्ता उपलब्ध गराउने निर्णय गरेको हो । सोमबार हल्चोकस्थित सशस्त्र प्रहरी मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले पूर्वकर्मचारी तथा वीरगति प्राप्त गरेका कर्मचारीका सन्तानको विवाहमा ब्याण्ड बाजा निःशुल्क उपलब्ध गराउने निर्णय समेत भएको जानकारी दिए । यसअघि बलका वहालवाला कर्मचारी र उनीहरुका सहोदर छोराछोरीलाई मात्र यो
More

टेलिकमको ९ रुपैयाँमा ९० मिनेट कल अफर

काठमाडौं : नेपाल टेलिकमले विभिन्न प्याकेजसहित स्प्रिङ अफर उपलब्ध गराएको छ। शनिबारबाट सुरु भएको यो योजना ९० दिनसम्म चल्नेछ। टेलिकमले एक घण्टा अनलिमिटेड प्याक ल्याएको छ। यस प्याकअन्तर्गत कम्पनीकै नेटवर्कमा जीएसएम÷सीडीएमएका ग्राहकले २० रुपैयाँमा प्याक एक्टीभ भएपछि एक घण्टासम्म निरन्तर भ्वाइस, एसएमएस र डाटा असीमित प्रयोग गर्न सक्नेछन्। यसका अलावा १० मिनेटको थप बोनस गरी जम्मा ७० मिनेटसम्म असीमित भ्वाइस÷डाटा÷एसएमएस प्रयोग गर्न सकिनेछ। अलटाइम डाटा प्याकअन्तर्गत जीएसएम तथा सीडीएमए प्रिपेड÷पोस्टपेड मोबाइलमा अलटाइम डाटा प्याकेज प्रयोग गर्न सकिन्छ। जसमा १२ रुपैयाँदेखि ९९० रुपैयाँसम्मका प्याक उपलब्ध छन्। डे डाटा प्याकमा नौ रुपैयाँमा बिहान ६ देखि बेलुकी ६ बजेसम्म एक दिनका लागि ५५
More

बाग्लुङ्को लेक घुम्टेमा नयाँ वर्षसँगै गुराँस उत्सव

बागलुङ । यहाँको पर्यटकीय लेक घुम्टेमा आयोजित ‘गुराँस उत्सव’मा प्रकृतिप्रेमी पर्यटक रमाएका छन्। उत्सव हेर्न पुगेका आन्तरिक पर्यटकले नयाँ वर्ष पनि सँगै मनाए। तीन हजार १२० मिटर उचाइबाट नयाँ वर्ष–२०७६ लाई स्वागत गरे। शनिबार र आइतबार गरी दुई दिनसम्म गुराँस उत्सव चलेको आयोजक गलकोट घुम्टे पर्यटन विकास केन्द्रले जनाएको छ। गुराँस फुल्ने याम र नयाँ वर्षको अवसर पारेर केन्द्रले विगत सात वर्षदेखि ‘गुराँस उत्सव’ गर्दै आएको छ। वसन्तमा फुल्ने थरीथरीका गुराँसले घुम्टेको जङ्गल राताम्मे हुने गर्छ। घुम्टेको प्रवद्र्धन र राष्ट्रिय फूल लालीगुराँस संरक्षणको सन्देश दिन उत्सव आयोजना गरिएको केन्द्रका अध्यक्ष झङ्कबहादुर बस्नेतले बताए। वर्षको अन्तिम सूर्यास्त र नयाँ वर्षको पहिलो
More

विमान दुर्घटनाको छानबिन गर्न समिति गठन

काठमाडौँ – सरकारले सोलुखुम्बुको लुक्लास्थित तेञ्जिङ हिलारी विमानस्थलमा आइतबार बिहान भएको समिट एयरको विमान दुर्घटनाको बारेमा छानबिन गर्न एक समिति गठन गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का पूर्वमहानिर्देशक राजेशराज दलीको अध्यक्षतामा छानबिन समिति गठन गरेको मन्त्रालयका प्रवक्ता घनश्याम उपाध्यायले राससलाई जानकारी दिनुभयो । सो समितिमा नेपाल वायुसेवा निगमका इञ्जिनीयर राजेश श्रेष्ठ र सीता एयरका पाइलट रवीन्द्र डङ्गोल सदस्य रहनुभएको छ भने समितिको सदस्यसचिवमा पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने हुनुहुन्छ । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–२ मा रहेको लुक्ला विमानस्थलमा आइतबार बिहान ९ः२२ बजेको समयमा भएको सो दुर्घटनामा दुई प्रहरीसहित तीनको मृत्यु भएको
More

चिकित्सकको आन्दोलन १५ दिनका लागि स्थगन

काठमाडौँ । विभिन्न माग राखेर आन्दोलन गर्दै आएको सरकारी चिकित्सक सङ्घ (गोदान)ले आन्दोलन स्थगन गरेको छ । सकारबाट समस्याको समाधान निकाल्ने आश्वासन आएको र जनताको स्वास्थ्य उपचार र चिकित्सकीय कर्तव्यसमेतलाई मध्यनजर गर्दै १५ दिनका लागि आन्दोलन स्थगन गरिएको गोदानका अध्यक्ष डा दीपेन्द्र पाण्डेले जानकारी दिए । आइतबार बसेको चिकित्सकको भेलाले यही वैशाख १५ गतेसम्मका लागि आन्दोलन स्थगन गरेको हो । सङ्घले एक विज्ञप्ति जारी गरी वार्ताबाटै समस्या समाधान गर्न माग गर्दै १५ दिनभित्रमा पनि समस्या समाधान नभए पुनःआन्दोलनमा उत्रने बताएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले कुनै वार्ता वा सहमति नभएको जानकारी दिँदै मन्त्री र सचिवबाट समस्या
More

जनावरमा चिप्स जडान

काठमाडौं । राजधानीका गाईबस्तु ट्रयाकिङ गरी चिप्स जडान गरिने भएको छ । महानगरक्षेत्रमा छाडा गाईबस्तुको संख्या बढ्दै गएपछि काठमाडौं महानगरपालिकाले सबै गाईबस्तुमा चिप्स जडान गर्न लागेको हो । गाईबस्तु पाल्ने र बूढो भएपछि सडकमै छाड्ने प्रवृत्ति बढेपछि सबै गाईबस्तुमा चिप्स जडान गर्न लागिएको कामपाले जनाएको छ । कामपा नगर प्रहरी महाशाखा प्रमुख डीएसपी धनपति सापकोटाले चालू आर्थिक वर्ष्भित्र सबै गाईबस्तुलाई ट्रयाकिङ गरी चिप्स जडान गर्ने बताए । उनले भने– ‘पहिलो चरणमा गाईबस्तुको संख्या यकिन गरी ती गाईबस्तुमा चिप्स जडान गर्ने योजना बनाएका छौँ। तथ्यांक संकलन गर्न सबै वडा र परामर्शदातको सहयोग लिने तयारी भएको छ।’ नेपाल समाचारपत्र
More

लोकगायक बुढाथोकीको निधन

परासी वरिष्ठ सर्जक तथा लोकगायक प्रचण्डबहादुर बुढाथोकी मगरको आइतबार साँझ निधन भएको छ । केही समयदेखि निमोनिया र जण्डिसबाट ग्रसित बुढाथोकीको ८३ वर्षको उमेरमा भैरहवा मेडिकल कलेज भैरहवामा उपचारको क्रममा निधन भएको उहाँको पारिवारिक स्रोतले जनाएको छ । जनसांस्कृतिक महासङ्घका संंस्थापक सदस्य तथा कम्युनिष्ट आन्दोलनका योद्धासमेत रहनुभएका स्रष्टा बुढाथोकीको पार्थिव शरीरलाई उहाँकै निवास बर्दघाट–२ चिसापानीमा आज श्रद्धाञ्जलिका लागि राखिने उहाँका ज्वाइँ शेरबहादुर आचार्यले बताउनुभयो । दिउँसो १ बजेसम्म अन्तिम श्रद्धाञ्जलिका लागि राख्ने र त्रिवेणीघाटमा दाहसंस्कार गरिने बताइएको छ । बुढाथोकीका दुई श्रीमती, ६ छोरी र चार छोरा हुनुहुन्छ । नेपाली कला र साहित्य क्षेत्रका वरिष्ठ सर्जक, कवि, लोकसाहित्यकार, व्याकरणकार एवं
More

यी हुन् अख्तियारमा परेकाहरु (सूची)

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोग २०७५ मा आक्रामक रह्यो। तर वर्षको अन्त्यअन्त्यतिर भ्रष्टाचार नियन्त्रण गर्ने संवैधानिक जिम्मेवारी पाएको संस्थाका पदाधिकारी नै ‘घुसकाण्ड’मा मुछिए। यो घटनाले भने अख्तियारको छविलाई धमिल्याउन खोज्यो। यी हुन् अख्तियारमा परेकाहरु २०७५ साउन ४ गते : यातायात व्यवस्था कार्यालय एकान्तकुनामा लाइसेन्स वितरणमा भ्रष्टाचार गरेको आरोपमा मेकानिकल इन्जिनियरसहित १३ जनाविरुद्ध मुद्दा दायर २०७५ साउन २१ गते : कटारी नगरपालिका उदयपुर र माई नगरपालिका इलाममा लेखा अधिकृत रविनचन्द्र ७ करोड अकुत सम्पत्ति आर्जनमा मुद्दा दायर। उनले ३ करोड ९८ लाख कटारी नगरपालिकामा भ्रष्टाचार गरेका थिए। ३ करोड २४ लाख माई नगरपालिका भ्रष्टाचार गरेका थिए। २०७५ असोज १९ :
More

काठमाडौंमा रेल कहिले ?

काठमाडौं : रेल सपना नेपालीका लागि नयाँ होइन। केपी ओली सत्तामा आएपछि मुलुकमा चाँडै रेल ल्याउँछौं भनेर गरेका भाषण निकै पुराना भइसकेका छन्। त्यसैले यति बेला आमजनताको जिज्ञासा छ– भारत वा चीनबाट त्यस्तो रेल काठमाडौं कहिले आउला ? चिनियाँ पक्षले प्रतिबद्धताअनुसार रेलमार्ग निर्माणमा पहल गरेको छैन भने भारतीय पक्षले पनि अध्ययन मात्र गरेको छ। दुवै तर्फबाट काठमाडौंसम्म आउने रेलको सम्भाव्यताको प्रारम्भिक अध्ययन भएको छ। चिनियाँ पक्षले रकमसमेत निकालिसकेको छ भने भारतीय पक्षले सम्भावना रहेको बताएको छ। ०७५ वैशाखमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले चीन भ्रमण क्रममा समकक्षी वाङ यीसमक्ष भनेका थिए, ‘नेपालबाट रेल चढेर बेइजिङ आउने मेरो सपना छ।’ वाङले मुस्कान छर्दै
More