Daily Archives 16th April 2019

नटिङ्गममा नेपाली नयाँ वर्ष मनाइयो (फोटो फिचर)

लन्डन । नेपाली समाज नटिङ्गमले आयोजना गरेको नेपाली नयाँ बर्ष २०७६, शुभकामना आदान प्रदान कार्यक्रम भब्य रूपमा सम्पन्न भएको छ । सोमवार नटिङ्गममा आयोजित औपचारिक कार्यक्रमको अध्यक्षता कार्यवाहक अध्यक्ष दिपक सापकोटा, संचालक सचिव रविन्द्र शर्माले गरेका थिए । सांस्कृतिक कार्यक्रम संचालक कल्पना गुरूङ्ग , मोहन केसी डिजे लक्ष्मण भण्डारी, स्वागत भाषण महासचिव राम प्रसाद पन्थी प्रमुखअतिथि राजदूतासका द्धितिय सचिव लब सुवेदी विशेष अतिथि नटिङ्गम सिटी काउन्सिलका लर्ड मेयर लियगत अलीको उपस्थिति रहेको थियो । कार्यक्रम पार्न सिङ्गो नेपाली समाज नटिङ्गमको कार्यसमिति बिषेश गरी समाजका उपाध्यक्ष तथा कार्यक्रम संयोजक एवम् कार्यवाहक अध्यक्ष दिपक सापकोटा, महासचिव राम प्रसाद पन्थी, रबीन्द्र शर्मा ,
More

रक्तदानको क्षेत्रमा बिशेष योगदान पुर्याएका व्यक्ति र सँस्था सम्मानित

काठमाडौं ׀ नेपालमा रक्तदान अभियान तथा कार्यक्रममा विशिष्ट योगदान पुर्याएका सँस्था, रक्तदान अभियन्ता तथा उदाहरणीय रक्तदाताहरु सम्मानित भएका छन् ׀ मंगलवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सभाहलमा एक कार्यक्रमका बीच उक्त सम्मान कार्यक्रम आयोजना गरिएको हो ׀ अन्तर्राष्ट्रिय स्तरमा नेपालीहरुलाई रक्तदान प्रति जागरुक र क्रियाशील बनाउन स्थापित “अन्तर्राष्ट्रिय नेपाली रक्तदाता संघ” तथा नेपाली युवाहरुलाई रक्तदान प्रति आकर्षित र आबद्ध गर्दै रगत अभावको वर्तमान अबस्थालाई क्रमिक रुपमा सुधार गर्दै लैजाने उद्देश्यले स्थापित “नेपाली रक्तदाता संघ”को संयुक्त आयोजना सम्पन्न भएको उक्त कार्यक्रममा दुई दर्जन बढी सँस्था तथा व्यक्तिहरु सम्मानित भएका हुन् ׀ रक्तदान क्षेत्रमा अतुलनीय योगदान गरे बापत ब्लड डोनर्स एसोसिएसन नेपाल (BLODAN),
More

केन्यामा १२ नेपाली महिला तस्करी गर्ने बेलायती नागरिक !

लण्डन । १२ नेपाली महिलालाई तस्करी गरी केन्याको आफ्नो रात्रि क्लवमा प्रयोग गरेको अभियोगमा एक बेलायती नागरिक पक्राउ परेका छन् । पक्राउ परेका अमिराली अलिभाई नाम व्यक्तिसँग बेलायतसहित दुई देशको नागरिकता पनि रहेको छ । प्रहरीले अलिभाईसँग भारत र बेलायतको नागरिकता रहेको दावी गरेको छ भने अलिभाईका वकीलले उनीसँग दोहोरो नागरिकता रहेको स्वीकार्दै भारतको नभई बेलायत र क्यानडाको रहेको जिकीर गरेको छ । गत शनिबार त्यहाँको डान्स बार र क्लबमा छापा मार्ने क्रममा केन्याली प्रहरीले १२ नेपाली महिलासहित त्यसका सञ्चालक अलिभाईलाई पनि पक्रेको थियो । प्रहरी छानबिनमा अलिभाइले १२ नेपाली महिलाको तस्करी गरी न्यालीस्थित क्लबमा प्रयोग गरेको खुलेको थियो ।
More

सञ्चारमन्त्री छाडेर काठमाडौं उडेको प्रकरणमा बोल्यो बुद्ध एयर

काठमाडौँ–मौसम खराबीका कारण सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाको भैरहवाबाट काठमाडौँ उडान छुटेको बुद्ध एयरले स्पष्ट पारेको छ । सञ्चारमन्त्री छुटेको समाचार सञ्चार माध्यममा छाएपछि बुद्ध एयरले आज विज्ञप्ति निकालेर ६८ यात्रुको संवेदनशिलतालाई मध्यनजर गर्दै उडान रोक्न नसकिएको जनाएको छ । काठमाडौँ–भैरहवाको उडान नं ८५७, उडान समय हिजो साँझ चार बजेको सट्टा काठमाडौँ विमानस्थलको मर्मत र मौसमको खराबीको कारणले उक्त उडान बेलुका सात बजे भएको र अवतरण सात बजेर ३२ मिनेटमा भएको थियो । “मौसम खराबीको कारण जहाज तुरुन्तै काठमाडौँ फर्कनुपर्ने वाध्यता थियो । यदि अर्को ३०–३५ मिनेट कुर्नु परेको भए मौसमका कारण भैरहवामै रात्रि विश्राम गर्नुपर्ने अवस्था आउनसक्थ्यो, ६८ यात्रुलाई असुविधाका साथै
More

पब्जी प्रतिबन्ध विरुद्ध सर्वोच्चमा रिट

काठमाडौँ– अनलाइन खेल पब्जीमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णय बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरिएको छ । अधिवक्ताहरू प्रवीण सुवेदी, विकास थापा, अनुराग सुवेदी, सुवास पाठक, रितेश पौडेलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृहमन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय लगायतलाई विपक्षी बनाई दायर रिटमा पब्जीमाथि प्रतिबन्धको निर्णय बदरको माग गरिएको छ । गत चैत २७ गते महानगरीय अपराध महाशाखाले पब्जी खेल बन्द गर्ने आदेश माग गर्दै जिल्ला अदालत काठमाडौँमा निवेदन दिएको थियो । अदालतले अनलाइन खेलले पार्ने असरका सम्बन्धमा मनोचिकित्सकको समेत परामर्श लिई माग बमोजिम सो खेल बन्द गर्न स्वीकृति दिने आदेश जारी गरेको थियो । सो आदेशपछि नेपाल
More

वंशजको नागरिकता दिन बाटो खुला

काठमाडौँ–सर्वोच्च अदालतको आदेशले जन्मसिद्ध नागरिकलाई वंशजका आधारमा तत्काल नागरिकता दिने गृहमन्त्रालयको निर्णय कार्यान्वयन गर्न बाटो खुलेको छ । न्यायाधीशद्वय हरिकृष्ण कार्की र बमकुमार श्रेष्ठको इजलासले आज सन्तानलाई वंशजका आधारमा नागरिकता दिन देशभरका जिल्ला प्रशासन कार्यालयलाई गृहमन्त्रालयले गरेको पत्रचार रोक्न अस्वीकार गरेपछि नागरिकता वितरण गर्न बाटो खुलेको हो । वंशजका आधारमा नागरिकता प्रदान गर्न गृहमन्त्रालयले चैत १९ गते देशभर परिपत्र गरेको थियो । सो निर्णयको विरुद्धमा अधिवक्ता बालकृष्ण न्यौपानेले जन्मसिद्धलाई वंशज नागरिकता प्रदान गर्नु कानूनसम्मत नभएको उल्लेख गर्दै रिट निवेदन दायर गरेका थिए । न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले चैत २५ गते गृहमन्त्रालयले देशभरका जिल्ला प्रशासन कार्यालयलाई जन्मका आधारमा नागरिकता पाएका
More

नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत्

काठमाडौँ–नेपाल आयल निगमले जनसाधारणको हितलाई ध्यानमा राखी पेट्रोलियम पदार्थको मूल्य यथावत् राखिएको जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा वृद्धि भइरहेको भए पनि तत्कालका लागि पेट्रोलियम पदार्थको साबिकको मूल्यलाई यथावत् कायम गरिएको निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए । यसअघि निगमले स्वचालित मूल्य प्रणालीका आधारमा १५÷१५ दिनमा पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्दै आएको थियो । इण्डियन आयल कर्पोरेशन (आइओसी) ले आज निगमलाई पठाएको नयाँ मूल्य सूचीअनुसार पेट्रोलमा एक रुपैयाँ ४३ पैसा र डिजेलमा ७२ पैसा वृद्धि भएर आएको छ । आजको मितिमा पनि विश्व बजारमा कच्चा तेलको मूल्य वृद्धि नै भइरहेको निगमले जनाएको छ । इण्डियन आयल कर्पोरेशनले हरेक
More

यस्तो हुनेछ काँग्रेसको हिमाल, पहाड, तराई–मधेस अभियान (पूर्णपाठ)

काठमाडौं– नेपाली काँग्रेसले हिमाल, पहाड, तराई—मधेश नेपाली राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने भएको छ । जागरण अभियान २०७६ सालभरी तीन चरणमा सम्पन्न हुने काँग्रेसले जनाएको छ । अभियानको पूर्णपाठः हिमाल, पहाड, तराई—मधेश नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियान आदरणीय पत्रकार साथीहरू, नेपाली कांग्रेसले निर्णय गरे बमोजिम जागरण अभियान घोषणा गरिएको छ । यस सम्बन्धी विस्तृत जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा म यहाँहरुलाई हार्दिक स्वागत गर्दछु । सबै जिल्ला, क्षेत्र, गाउँ÷नगर, वडा र टोलसम्म विस्तारित हुने जागरण अभियान २०७६ सालभरी तीन चरणमा सम्पन्न हुनेछ । अभियानको नाम, उद्देश्य, कार्यक्रम, शैली र समयावधी निम्नानुसार निश्चित गरिएको छ । अभियानको नामः (१) हिमाल, पहाड,
More

बालबालिकाहरुलाई विद्यालय भर्ना गराउन एनआरएनको सक्रियता

काठमाडौं– विद्यालय बाहिर रहेका बालबालिकाहरुलाई बिद्यालय भर्ना गर्ने नेपाल सरकारको अभियानमा एभरेष्ट इन्टरनेशनल स्कूल जापानसँगको सहकार्यमा गैरआवासीय नेपाली संघ पनि सहभागी भएको छ । संघले सबै भन्दा धेरै बालबालिकाहरु बिद्यालय बाहिर रहेको प्रदेश नम्बर २ को महोत्तरी जिल्लको गौशाला नगरपालिकाको श्री त्रिभूवन मावि, रजखोरमा रहेको श्री जन्ता मावि र दलित बस्ती बेलगाछीमा अवस्थीत श्री बिरेन्द्र माविबाट सो अभियानको शुभारम्भ गरेको हो । संघले ५०० बालबालिकाहरुलाई नेपाल सरकारले तय गरेको मापदण्ड अनुसार बिद्यालय जान प्रेरित गर्न आवश्यक सामाग्रीहरु विद्यालय झोला एक थान, कपि ६ थान, एक दर्जन कलम, टिफिन बक्स, जुत्ता र मोजा दुई जोर, विद्यालय पोशाक दुई जोर र जाडोको
More

माल्टामा नेपाल भ्रमण वर्ष २०२० प्रवर्द्धन गर्न समिति गठन

लण्डन–नेपालको पर्यटन प्रवर्द्धन गर्न र ‘नेपाल भ्रमण वर्ष २०२०’ लाई सफल पार्न माल्टामा पनि प्रवर्द्धन समिति गठन भएको छ । गणतन्त्र माल्टा समेत हेर्ने बेलायतका लागि नेपाली राजदूत डा दुर्गा बहादुर सुबेदीको अध्यक्षतामा उक्त समिति गठन गरिएको हो । समितिमा गैरआवासीय नेपाली संघ (एनआरएनए) माल्टाको कार्यसमितिका सम्पूर्ण सदस्यहरु पदेन सदस्य रहनेगरी गठन गरिएको समितिमा गोविन्द खरेल संयोजक रहेका छन् । अन्य सदस्यहरुमा प्रकाश भण्डारी, शर्मिला बस्नेत, राजेन्द्र भण्डारी, रहरमान तामाङ, लक्ष्मण रोका, उषा घिमिरे, नरेश चौधरी, नहकुल गौतम, विकास गौतम, विन्देश्वरी सुवेदी र बेदुराम भण्डारी रहेका छन् । नेपाल भ्रमण बर्ष २०२० पर्यटन प्रवद्धन माल्टा समितिको सदस्य सचिबमा नेपाली दूतावासका
More