Daily Archives 18th April 2019

आठौं राष्ट्रिय खेलकूदको उद्घाटन समारोहमा एनआरएनको मार्चपास

काठमाडौं–नेपालगञ्ज रङ्गशालामा आयोजित आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटन समारोहमा गैरआवासिय नेपाली संघ (एनआरएन) का खेलाडीले मार्चपास गरेको गरेका छन् । बिहीबार साँझ आयोजित उद्घाटन समारोहका क्रममा आयोजित मार्चपासमा एनआरएनका खेलाडीहरुले एनआरएनको झण्डासहित मार्चपास गरेका थिए । सो क्रममा एनआरएनका महासचिव बद्री केसीलगायतको पनि सहभागिता रहेको थियो । जारी खेलकूदमा एनआरएनले ४ वटा मेडल हात पारेको छ, जसमा एउटा स्वर्ण, २ वटा रजत र एउटा कास्य पदक हात पारेको छ। प्रतियोगितामा एनआरएनका २४ खेलाडीको सहभागिता रहेको छ । यसअघि देखिनै खेलकूद सुरु भएपनि आजमात्रै उद्घाटन गरिएको हो । उद्घाटन समारोहमा बोल्दै राष्ट्रपति विद्यादेवी भण्डारीले खेलकूदको विकास र खेलाडीको आवश्यकतालाई पूरा गर्न
More

मरेका मान्छे सपनामा आए यो बुझ्नुस्

काठमाडौं — जीवन र मरण जीवनको सबभन्दा ठूलो सत्य हो । जन्मिने मान्छे मर्नैपर्छ । आफूनजिक रहेका मृत व्यक्ति कहिलेकाहीँ सपनामा आउँछन् । यस्तो अनुभव अनौठो रहस्यमय हुन्छ । मनोविज्ञानका अनुसार सपनाहरूमा विशेष सन्देश लुकेका हुन्छन् । सपनामा देखापरेर मृत व्यक्तिहरूले निर्देशन वा आश्वासन दिन्छन् । पछि हुने कुनै नराम्रो घटनाका बारेमा सावधान पनि गराउँछन् । सपनामा लुकेका सन्देश बुझ्दा मान्छेले जीवन परिवर्तन गर्न सक्छ । यस्ता सपनाहरूमा उठ्ने भावना तीव्र र ज्वलन्त हुन्छन् । सपना देख्नेले आफू वास्तविकता बाँचिरहेको छु भन्ने ठान्छ । कहिलेकाहीँ त निद्रा खुलेपछि पनि मानिस सपनाको प्रभावबाट बाहिर निस्कँदैन । यस्ता सपनाको प्रभाव केही क्षणदेखि
More

यो बेला महिलाले गर्न नहुने ९ गल्ती

एजेन्सी– सुखमय पारिवारिक जीवनका अनेकन सर्तहरु हुन्छन् । जसमध्ये एउटा महत्वपूर्ण पक्ष यौन पनि हो । दम्पत्तिको यौन जीवनका लागि महिला र पुरुष दुवैको महत्वपूर्ण भूमिका हुन्छ । एउटासँग कुशल सीप नहुँदा सम्बन्धमा नै उतार चढाव आउन पनि आएका कयौ घटनाहरु छन् । यौन सम्पर्कका बेला महिला र पुरुषबाट विभिन्न गल्तीहरु हुन्छन्, यो पटक हामी महिलाबाट हुन नहुने गल्ती यहाँ प्रस्तुत गर्दैछौंः १ सफाई कुनै पनि पुरुष यौन सम्पर्कको बेला यौनी फोहर भएको मन पराउदैनन् । २ अँध्यारोमा यौन पुरुषहरु उज्यालो मन पराउँछन् । तपाईं साँच्चै पुरुषबाट पर्याप्त आनन्दको लागि उसलाई सधैं तयार राख्न चाहनुहुन्छ भने उज्यालोमै रमाउन तयार रहनुहोस्
More

धर्मनिरपेक्षता तत्काल खारेज गर्नुपर्छ : कमल थापा

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवम् पूर्व उपप्रधानमन्त्री कमल थापाले आफूहरुले अघि सारेका २२ सूत्रीय मागबारे सरकार गम्भिर नभएको आरोप लगाएका छन् । बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले भने,‘हामीले उठाएका मागबारे सरकार गम्भिर भएन । हामीले फागुन मसान्तभित्र हाम्रा माग सम्बोधन गर्न आग्रह गरेका थियौं । तर, सरकारले अहिलेसम्म हाम्रा मागलाई सकारात्मक रुपमा लिनु त परैको कुरा भयो, पूर्ण रुपमा उपेक्षा गरेको छ ।’ साक्षात्कारमा बोल्दै अध्यक्ष थापाले सरकारले आफूहरुको मागलाई उपेक्षा गरेकै कारण जनदबाब सिर्जना गर्न बाध्य भएको स्पष्ट पारे । उनले भने,‘हालै हामीले सशक्त जनदबाब सिर्जना गर्ने उद्देश्यले गरेको मेची–महाकाली यात्रा भव्यताका साथ सम्पन्न गर्यौं
More

यसरी उठ्दैछ एनआरएन लाप्राक नमुना बस्ती (फोटो फिचर)

लण्डन । गैर आवासीय नेपाली संघ (एनआरएनए) लाप्राक नमुना बस्तीको काम धमाधम भैरहेको छ । हस्तान्तरणको अप्रील महिनामा नहुने भएको छ । गैर आवासीय नेपाली संघले सञ्चालन गरेको गोरखाको धार्चे गाउँपालिका–४ लाप्राकको गुप्सीपाखामा निर्माणाधीन लाप्राक नमुना बस्तीको निर्माण कार्य अन्तिम चरणमा पुगे पनि प्राविधीक तथा सरकारी ढिलाइका कारण हस्तान्तरण कार्यक्रम रोकिने भएको हो । गत अक्टोवर महिनाको ‘एनआरएन डे’ मा हस्तान्तरण गर्ने भनिए पनि निर्माण कार्य सम्पन्न नभएपछि पछि सारिएको थियो । गतसाता संघका अध्यक्ष भवन भट्ट सहितको टोलीले लाप्राकबस्तीको निरिक्षण गरेको थियो । निरिक्षण पछि संघका कार्यकारी निर्देशक हेमन्त दवाडीले संघको केन्द्रिय कार्यसमितिलाई एक पत्र लेख्दै तत्तकाल लाप्राक हस्तान्तरणको
More

ट्राफिक प्रहरीको भत्ता ४० सम्म वृद्धि

सरकारले ट्राफिक प्रहरी भत्ता व्यवस्थापन निर्देशिका २०७५ स्वीकृत गरेको छ । गत बैशाख २ गते बसेको मन्त्री परिषदको बैठकले स्वीकृत गरेको निर्देशिकामा ट्राफिक प्रहरीको भत्ता तलब अनुसार ४० प्रतिसत सम्म वृद्धिको व्यवस्था गरिएको छ । ट्राफिक प्रहरी जवान र हवल्दारलाई ४० प्रतिशत, असई र सईलाई २० प्रतिशत, इन्सपेक्टर र डिएसपिलाइ १० प्रतिशत भत्ता वृद्धि हुने भएको हो ।
More

नेपाल विश्वकपमा छनोट हुन सकेन

मलेसियामा जारी अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) यू–१९ एक दिवसीय विश्वकप छनोट क्रिकेटअन्तर्गत एशिया छनोटको अन्तिम खेलमा नेपालले कुवेतलाई पराजित गरेको छ । आज भएको अन्तिम खेलमा नेपालले कुवेतलाई आठ विकेटले पराजित गरे पनि विश्वपकमा भने छनोट हुन सकेन । क्वालालम्पुरस्थित किनरारा ओभल मैदानमा कुवेतले दिएको १५८ रनको लक्ष्य नेपालले २८ ओभरमा मात्र दुई विकेट गुमाएर पुरा ग¥यो । नेपालको जीतमा रित गौतम र पवन सर्राफले अर्धशतकीय इनिङ्स खेले । पहिलो विकेटका लागि रित र पवनले ९३ रनको साझेदारी गरेका थिए । रित ६२ रनमा आउट हुँदा पवनले ५३ रन बनाए । यस्तै आसिफ शेखले अविजित ३३ रन बनाए । कुवेतका
More

उपत्यकाको खानेपानी समस्या हल गर्न योजना बनाएर अघि बढेका छौं : खानेपानी मन्त्री

काठमाडौं । खानेपानी मन्त्री बिना मगरले काठमाडौं उपत्यकामा खानेपानीको समस्या हल गर्न योजनाबद्ध ढंगले लागिरहेको बताउनुभएको छ । काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्ड (भ्याली बोर्ड) को १४ औं वार्षिकोत्सव समारोहलाई उद्घाटन गर्दै खानेपानी मन्त्री मगरले उपत्यकामा खानेपानीको आपूर्ति व्यवस्था सहज बनाउन गम्भीर भएर लागेको बताउनुभएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री मगरले भन्नुभयो, ‘मेलम्चीको समस्या धेरै दिन रहँदैन । काठमाडौंमा मेलम्चीको पानी ल्याउने मात्रै ठूलो कुरा होइन । यसको वितरण र व्यवस्थापन गर्नुपर्ने सबैभन्दा ठूलो चुनौति छ, यसका लागि मन्त्रालय अन्तर्गतको बोर्ड, केयुकेएल र आयोजना कार्यान्वयन निर्देशनालय (पिआईडी) लगायतका निकायहरु लागिरहेका छन् ।’ जनताको अपेक्षा धेरै भएकाले सबै जनतालाई प्रशोधन
More

गुल्मीमा १४ वर्षीया बालिका ‘वलात्कृत’, कसैलाई नभन्नु भन्दै ५०० दिएर फरार

गुल्मी– गुल्मीमा १४ वर्षीय बालिका बलात्कृत भएकी छन् । जिल्लाको छत्रकोट गाउँपालिका–६ निवासी १४ वर्षीय बालिकालाई पाल्पा तानसेन नगरपालिका–५ का ४५ वर्षीय हनुमान भनिने समीर मियाँले बलात्कार गरेको गुल्मी जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दीपककुमार बस्नेतले बताए । मामाघर गएर आमासँगै घर फर्कने क्रममा मियाँले बालिकालाई घरसम्म पु¥याइदिन्छु भन्दै बुधबार मोटरसाइकलमा लिएर आएको र बाटोमै बालिकालाई पैसा दिने प्रलोभन देखाएर बलात्कार गरेको प्रहरीले जनाएको छ । कसैलाई नभन्नु भन्दै बालिकालाई रु ५०० दिएर फरार भएका मियाँलाई जिल्ला प्रहरी कार्यालय र अर्घाखाँची जिल्लाको अर्घातोष प्रहरी चौकीको संयुक्त प्रहरी टोलीले एउटा घरमा लुकेर बसिरहेको अवस्थामा पक्राउ गरेको हो । निजलाई जबर्जस्ती करणी
More

कुखुराको मासु ७० डिग्री सेन्टिग्रेडसम्म पकाउन सुझाव

जुम्ला– भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र जुम्लाले जिल्लामा बर्ड फ्लु रोगका बारेमा जानकारी गराएको छ । बर्ड फ्लु रोग नियन्त्रण कार्यशाला गोष्ठी गरी बर्ड फ्लु रोगका बारेमा जानकारी गराइएको हो । बर्ड फ्लुको असर जुम्लामा पनि पर्न सक्ने भएकाले यसबाट बच्न गोष्ठीे आयोजना गरिएको पशु प्राविधिक नरसिंह थापाले बताए । जिल्लामा विभिन्न सडकखण्ड हुँदै भित्रिने कुखुरा, अण्डा र चल्लालाई नियन्त्रणका लागि सतर्कता अपनाइएको उनको भनाइ थियो । स्थानीय भेटेरिनरी अस्पतालका प्रमुख गोविन्दबहादुर महतले कुखुराको मासु ७० डिग्री सेन्टीग्रेड तापक्रम पुग्ने गरी पकाएमा जनस्वास्थ्यका लागि सुरक्षित हुने तर नपकाई प्रयोग गरिने सलाद, हरियो तरकारीसँग कुखुराको मासु लसपस हुन सक्ने
More