Daily Archives 19th April 2019

म ब्याक नहुने गरि अगाडि बढ्छु : कुमार पन्त, उपाध्यक्ष एनआरएनए (भिडियो)

राजकुमार थापा । लिस्बन । गैर आवासिय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका उपाध्यक्ष कुमार पन्तले आफु स्वाभाविक रुपमा अध्यक्षको दावेदार रहेको बताएका छन् । एनआरएनए पोर्तुगलले लिस्बनमा आयोजना गरेको दोश्रो नेपाल महोत्सवमा विशेष अतिथिको रूपमा सहभागी हुन आएका पन्तले एनआरएनए कार्यालयमा भएको अन्तरक्रियामा पत्रकारहरुको प्रश्नमा उक्त कुरा बताएका हुन् । उनले पत्रकारहरुलाइ भने ” म स्थापनाकालदेखि एनआरएनए अभियानमा सक्रिय रुपमा सहभागी हुँदै आएको छु, एनआरएनएका सबै खालका पदहरुमा काम गरेको अनुभव छ, केन्द्रीय उपाध्यक्ष पनि दुई पटक भइसके, बिधानत अब मेरो अध्यक्षमा जाने बाहेक बिकल्प छैन, तर औपचारिक घोषणा गर्ने बेला भने आइसकेको छैन । म ब्याक नहुने गरि अगाडि
More

नेपाली राजदुताबास मलेसियाले एकदिने कन्सुलर सेवा सिविर आयोजना गर्ने

साजन शर्मा । मलेसिया । नेपाली राजदुताबास मलेसियाले क्वालालम्पुर भन्दा बाहिर विभिन्न राज्यमा रहेका नेपालीहरुलाई दुताबासबाट प्रबाह गरिने सेवाहरु सरल र सहज रुपमा उपलब्ध गराउने उदेश्यले यहि महिनाको २१ तारिक आइतबारको दिन मलेसियाको तेरेंगानु राज्यमा एकदिने कन्सुलर सेवा सिबिर तथा अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ। उक्त दिनमा नेपाली राजदुताबास मलेसियाले राहदानी नविकरण आबेदन, राहदानी हराएको नयाँ राहदानी आबेदन, यात्रा अनुमति पत्र, श्रम सम्बन्धि गुनासो सुनुवाई जस्ता सेवाहरु प्रवाह गर्न लागेको हुदा उक्त कार्यक्रममा सहभागी हुन त्यस क्षेत्र र आसपासमा रहेका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदी बहिनीहरुलाई नेपाली राजदुताबास मलेसियाले हार्दिक अनुरोध गरेको छ। साथै त्यहाँ स्थित नेपाली संघ संस्थाको प्रतिनिधि
More

बुद्ध जयन्तीको अवसरमा एनआरएनए जापानले टोकियोमा शान्ति र्‍याली गर्दे

टोकियो । बुद्ध जयन्तीको अवसरमा गैर आवासीय नेपाली संघ (एनआरएनए) शान्ती र्याली गर्ने भएको छ । उक्त शान्ति र्‍याली २५६३ मिलिमिटर बुद्ध र बुद्धत्व अँकित कपडामा हस्ताक्षर संकलन गरि जापानको तथ्याङ्क हेर्ने आधिकारिक निकाय समक्ष बुझाइने एनआरएनए जापानले जानकारी दिएको छ । केही जापानी नागरिकमा अझैपनि बुद्ध जन्मस्थलबारे भ्रम रहेकाले त्यसलाई चिर्न र नेपालको पर्यटनमा सहयोग र नेपालको परिचय गराउन शान्ति र्‍यालीले महत्वपूर्ण भूमिका खेल्ने एनआरएनएले विश्वास लिएको छ । र्‍यालीलाई गैरआवासीय नेपाली संघ जापानका उपाध्यक्ष शिव प्रसाद पौडेल, उपाध्यक्ष सरोज कुमार खत्री र युवा संयोजक लेलिन भट्टचनले संयोजन गर्ने भएका छन्। बुद्ध नेपालमा जन्मेका हुन् भन्ने मुख्य सन्देश फैलाउने
More

एनआरएन अमेरिकाको निर्वाचनमा लोकतांत्रिक समुहको नेतृत्व शाहले गर्ने

सुरेश कोइराला । टेक्सास । अमेरिकी जनसम्पर्क समितिको साझा उम्मेद्वारको रुपमा इन्जिनियर सुनिल शाहले एनआरएनएको अध्यक्ष पद्मा उम्मेदवारी दिनु भएको छ । संस्थालाई दीगो र संस्थागत बनाउने अभियान बोकेर चुनावी मैदानमा होमिनु भएका शाहले संसारभरी छरिएर रहेका नेपालीहरूबीच समन्वय गर्ने अठोट गर्नु भएको छ । बौद्धिक, क्षमता र कुशल नेतृत्वका धनी शाहको उम्मेदवारी अमेरिकामा बस्ने नेपालीको लागिमात्रै नभइ संसारभरी छरिएर रहेका नेपालीको समेत गौरवको विषय बनेको छ । पूल्चोक कलेजमा इन्जिनियरिङ शिक्षा हासिल गर्दा देखिनै नेपाल विद्यार्थी संघमा सक्रिय भुमिका निर्वाह गर्दै आउनु भएका शाहले सबै प्रवासी नेपालीलाई एकीकृत गदै संख्यात्मक र गुणात्मक ढंगबाट अघि बढाउने योजना बनाउनु भएको छ
More

आठौँ राष्ट्रिय खेलकुदमा एनआरएनए खेलाडीको अनुकरणीय काम

नेपालगञ्ज । नेपालगञ्ज रंगशालामा आठौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा ३ विभागीयसहित ११ टोलीको सहभागीता छ । १४ खेलको समाप्तिपछि हिजो बल्ल हिजो औपचारिक उद्घाटन भएको छ । पदकमा भने विभागीय टोलीको वर्चश्व छ । त्रिभुवन आर्मीले ३४ स्वर्ण सहित ८५ पदक, नेपाल पुलिसले १९ स्वर्ण सहित ५३ र एपीएफले १५ स्वर्णसहित ५० पदक जितेका छन् । सहभागी सवै टोलीले कम्तीमा एउटा स्वर्ण पदक हात पारेका छन् । अंक तालिकामा एउटा स्वर्ण र २ वटा कास्य पदक सहित पुछारमा रहेको एनआरएनका खेलाडीको गतिविधि भने मैदानभित्र मात्र हैन बाहिर पनि अनुकरणीय देखियो । आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटन चलिरहँदा केही दिन अघि मात्र
More

युवालाई प्रविधिमैत्री बनाउने लक्ष्यका साथ पौडेल एनआरएन अमेरिकाको चुनावी मैदानमा

सुरेश कोइराला । मेरिल्याण्ड–इन्जिनियर शिवराज पौडेलले गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्यव परिषद (एनआरएनए आईसीसी) मा सदस्य पदमा उम्मेदवारी दिनुभएको छ । २०१४ मा पहिलो पटक आईसीसी अमेरिकाको सदस्य बनेका पौडेल २०१५ देखि २०१७ सम्मको कार्यकालमा एनसीसी बोर्ड सदस्य थिए। विधान कमिटीको वर्तमान संयोजक रहेका पौडेलले आसन्न निर्वाचनमा आईसीसी सदस्यका लागि उम्मेदवारी दिनुभएको हो । नेपालमै सरकारी सेवामा राम्रो अनुभव संगालेका पौडेलले अमेरिका पुगेपछि सोही पेशालाई निरन्तरता दिनु भएको छ । नेपाल र नेपालीको माया स्वदेशभन्दा प्रवासमा अझ बढी हुने पौडेलले बताए । युवा पुस्तालाई प्राविधिक सीप र ज्ञानले युक्त बनाउने उहाँको लक्ष्य छ । नविन सीप र प्रविधिले नै आधुनिकता
More

वसुन्धरा — मान प्रज्ञाप्रतिष्ठानले महजोडिलाई पुरस्कृत गर्ने

लन्डन । वसुन्धरा — मान प्रज्ञाप्रतिष्ठानले यो वर्षको वसुन्धरा पुरस्कार हास्यव्यङ्ग्यकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई मान पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ । प्रज्ञाप्रतिष्ठान कुलपति डा. दुबसु क्षेत्रीको अध्यक्षतामा शुक्रवार बसेको विशेष बैंठकले सो निर्णय गरेको हो । बैंठकको निर्णय अनुसार नेपाली हास्यव्यङ्ग्य, नाटक, चलचित्र र टेलिचलचित्रहरुको सिर्जना तथा अभिनयद्वारा नेपाली कला, रङ्गमञ्च र हास्यव्यङ्ग्य क्षेत्रलाई सार्थक, समृद्ध र समुन्नत बनाई नेपाली वाङ्मयलाई वैभवशाली र गरिमामय बनाउन विशिष्ट योगदान गरी विश्व समुदायमा नेपाली भाषा, कला र रङ्गमञ्चको स्थान र पहिचान उच्च र अक्षुण्ण राख्न विशिष्ट योगदान गर्नुहुने सुप्रसिद्ध कलाकार तथा हास्यव्यङ्ग्यकार मदनकृष्ण श्रेष्ठलाई विसं २०७६ सालको वसुन्धरा पुरस्कार प्रदान
More

मोटी महिलाले आकर्षक देखिन कस्तो पोसाक लगाउने ?

मोटो मान्छेलाई कुनै पनि पार्टीमा जानुपरे पहिलो चिन्ता ड्रेसकै हुन्छ । प्रायः मोटो शरीर भएका महिलाको एउटै गुनासो छ कि सारी सधैँ लगाइन्छ, कहिलेकाहीँ फरक ड्रेसअप पनि गरौँ न । विशेष गरेर ३० वर्षभन्दा माथिका महिला विवाहित र बच्चाबच्ची भइसकेको हुने हुनाले शरीर केही भद्दा हुनु स्वाभाविकै पनि हो । उनीहरूले अविवाहित युवतीले जस्तो पहिरन छान्न गाह्रो हुन्छ । त्यसैले यस्ता कुरामा ध्यान दिन जरुरी छःस् सारीबाहेक केही डिफ्रेन्ट खालको पहिरन, जुन उमेरअनुसार फिट रहोस् । जस्तै– लङ गाउन, अनारकली, लेहेंगा चोली । लङ गाउन जहिल्यै पनि प्लेन कपडामा बनाउनुपर्छ । प्लेन कपडामा हल्का बोर्डरले डिजाइन गर्नुपर्छ । लेहेंगा चोलीमा
More

पार्टी एकता प्रक्रिया टुङ्ग्याउन छलफलमा जुटे ओली–प्रचण्ड

काठमाडौँ–प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच यही वैशाख ९ गते पार्टीको एकता प्रक्रिया टुङग्याउने गरी विविध विषयमा गहन छलफल भएको छ । आज बिहानैदेखि पार्टीका अध्यक्षद्वय पार्टी एकताको विषयलाई लिएर बालुवाटारमा गहन छलफल गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा कुन्दन अर्यालले जानकारी दिए । तत्कालीन नेकपा एमाले र तत्कालीन नेकपा माओवादी केन्द्रबीच २०७५ जेठ ३ गते पार्टी एकता भएको थियो । पार्टी एकता प्रक्रियालाई तीन महीनाभित्र भदौ ३ गते सक्नुपर्ने भए तापनि लम्बिँदै जाँदा पार्टी कार्यकर्तामा निराशा बढ्दै गएको छ । झण्डै एक वर्ष बित्न लाग्दा पनि एकताको प्रक्रिया नसएिको
More

झुक्किएर ’गलत’ दललाई मत परेपछि भारतीय एक मतदाताले आवेगमा आफ्नो चोरऔँला नै काटे

नयाँदिल्ली–भारतमा एकजना मतदाताले मतदानका क्रममा आफूले झुक्किएर ‘गलत’ पार्टीलाई मत हाल्न पुगेको थाहा पाएपछि आफ्नो चोरऔँलो काटेको बताएका छन् । उत्तर प्रदेशबाट मतदान गरेका पवन कुमारले उनको समर्थन रहेको एउटा क्षेत्रीय पार्टीलाई आफ्नो मत दिन चाहेको भएपनि विद्युतीय मतदान यन्त्र (भोटिङ मेशिनं मा धेरै नै चुनाव चिन्हहरू देखेर आफू अलमलमा परेको बताएका छन् । उनले आफ्नो जीवनमा पहिलो पटक मतदान गरेका र आफूले चाहेको दललाई मत नपरेको थाहा पाएपछि निकै दुःखी बनेका उनका दाजु कैलासचन्द्रले बताए । मतदानपछि रिसको आवेगमा औँला काटेपछि खिचिएको भिडियो, जुन भारतीय सामाजिक सञ्जालमा छाइरहेको छ, मा पच्चिस बर्षीय पवनकूमारले आफूले दूर्घटनावश सत्ताधारी नरेन्द्र मोदीको भारतीय
More