Daily Archives 20th April 2019

चौधरी ग्रुपको नर्भिक अस्पतालले गर्यो २ अर्ब लगानी थप्ने घोषणा

काठमाडौं– नर्भिक इन्टरनेशनल अस्पतालले करीब २ अर्ब लगानी थप्ने भएको छ । सो लगानी थपिएसँगै आगामी तीन वर्षभित्र अस्पताल अत्याधुनिक २५० शैयायुक्त बन्ने अस्पतालका अध्यक्ष बसन्त चौधरीले जानकारी दिए । करिब ५० जना कर्मचारीहरुद्वारा सुरुवात गरिएको २५ शैयायुक्त नर्सिङ्ग होम हाल करिब ९०० चिकित्सकीय, गैर चिकित्सकीय सदस्यहरुको कर्मथलो बनेको छ भने १५० शैयायुक्त रहेको छ । आगामी सन् २०२२ भित्रै २५० शैयायुक्त अति विशिष्ट हस्पिटलका रुपमा विकास गरिने अस्पतालको २६ औं वार्षिकोत्सवका अवसरमा शनिबार चौधरीले सो कुरा बताए । २६औ वार्षिकोत्सव समारोहकै हिस्साका रुपमा नर्भिकले विगत १५ दिनदेखि विविध कार्यक्रमहरु गर्दै आइरहेको थियो । तिनमा वृहत् रक्तदान कार्यक्रम, खेलकूद (आन्तरिक
More

अनु भईन सातौ जुनिएर ब्याटल–२०१९

काठमाडौं । सातौ जुनिएर ब्याटल–२०१९को उपाधि तोरन स्कुलका अनु भन्डारीले जितेकी छिन् । मिडिया ल्याण्डले शुक्रबार काठमाडौंको नाचघरमा अबेरसाँझसम्म आयोजना गरेको सो प्रतियोगितामा अनुले उपाधिसँगै एक लाख रुपैयाँ पैसा, क्राउन र विभिन्न उपहार प्राप्त गरिन् । उनले विदेशमा हुने अन्तराष्ट्रिय प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्नेछिन् । सो प्रतियोगितामा जुनियर तर्फ फस्ट रनर अपको उपाधि पाठशाला नेपालकी श्रेया थापा र सेकेन्ड रनर अपको उपाधि पाठसाला नेपालकै कुशल लामाले जिते । यस्तै सिनिएरतर्फ फस्ट रनर अपको उपाधि एल आर आइ स्कुलबाट आजन्म सापकोटाले र सेकेन्ड रनर अपको उपाधि तोरन स्कुलबाट आस्मा थापाले हाँसिल गरे । कार्यक्रमको निर्णायकमा भूमिकामा गोपाल झा, सीता पाठक, निर्णय
More

जव प्रधानमन्त्रीलाई युवाले कालोझण्डा देखाए ……….

प्रधानमन्त्री केपी शर्मा ओलीलाई शनिबार बुटवलमा एक व्यक्तिले कालोझण्डा देखाएका छन् । ऐतिहासिक जितगढी किल्लाको विजयोत्सव समारोहलाई सम्बोधन गरिररहेका बेला एक युवकले उनलाई कालोझण्डा देखाएका हुन् । ‘मेरो देश मेरो प्राण, उजिरसिंह जिन्दावाद’ भन्ने नारा लगाउँदै ती युवाले कालोझण्डा देखाएको प्रहरीले जनाएको छ । प्रधानमन्त्रीले सम्बोधन गरिरहेका बेला विद्युत सर्ट भएर आजाव आएपछि उठेका मानिसको भीडबाट ती युवा कालोझण्डा निकालेर नारा लगाउँदै मञ्चतर्फ अगाडि बढेका थिए । प्रहरीले ती युवालाई अर्घाखाचीको रुद्र प्रसाद घिमरे रहेको अहिले नियन्त्रणमा लिएको बताए । जव युवाले कालो झन्डा देखाए । अनि केही मानिसहरु अलमल परे । केही उठे र केही झन्डै एक मिनेट पछि
More

राप्रपाद्वारा राजमार्ग र चोकहरुमा सत्याग्रहको कार्यक्रम स्थगित

काठमाडौं– कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० ले आइतबारको लागि तय गरेको राजमार्ग र चोकहरुमा सत्याग्रहको कार्यक्रम स्थगित गरेको छ । दोश्रो चरणको कार्यक्रम थप प्रभावकारी बनाउनु पर्ने भएकाले जारी पूर्वनिर्धारित राजमार्ग र चोकहरुमा सत्याग्रहको कार्यक्रम स्थगित गरिएको राप्रपा प्रचारविभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए । उनका अनुसार यो कार्यक्रम दोश्रो चरणको संर्घषमा समावेश गरिनेछ । आज शनिबार बसेको पार्टीको केन्द्रीय कार्य समितिको आकस्मिक बैठकले दोश्रो चरणको संघर्षको कार्यक्रमलाई थप प्रभावकारी बनाउन वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङको संयोजकत्वमा महामन्त्रीत्रय राजेन्द्र लिङ्देन, डा।धवल शमशेर राणा, भाष्कर भद्रा, प्रदेश नं।३ कार्य समितिका अध्यक्ष विक्रम बहादुर थापा, महिला संगठनकी अध्यक्ष कुन्ती कुमारी शाही
More

प्रदीप पौडेलको नेतृत्वमा देशभर पानीको मूल संरक्षण अभियान शुरु

नेपाली कांग्रेसका प्रभावशाली केन्द्रीय सदस्य प्रदीप पौडेलले पानीको मूल तथा पोखरी संरक्षण अभियान थालनी गर्दै यसलाई देशव्यापी अभियान नै बनाइने घोषणा गरेका छन् । स्वच्छ खानेपानी आम मानिसको आधारभूत आवश्यकता रहेकाले पानीको मूल आसपासको क्षेत्र सफा राख्नु सबैको दायित्व हो भन्दै पौडेलले अभियान घोषणा गरेका हुन् । विभिन्न राजनीतिक दलका प्रतिनिधि, नागरिक समाज, पेशाकर्मी, संचारकर्मी लगायतको उपस्थितिमा पौडेलले आफ्नो जन्मथलो तनहुँ ढोरफिर्दी स्थित ठूलो पधेँरोको पानी पिउँदै अभियानको थालनी गरे । पौडेलकै नेतृत्वमा ठूलो पधेँरो आसपासको क्षेत्रमा विभिन्न १ सय २३ प्रजातिका बोट विरुवा पनि रोपिएका छन् । आम मानिसलाई ठूला ठूला सपना देखाएर रनभुल्लमा पार्नुभन्दा आफ्नो वरपरको क्षेत्रमा सजिलै
More

‘धर्मनिरपेक्षता तत्काल खारेज गर्नुपर्छ, भोलि हामी देशैभरि ‘ब्यानर’ जलाउँदैछौं’

बैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवम् पूर्व उपप्रधानमन्त्री कमल थापाले आफूहरुले अघि सारेका २२ सूत्रीय मागबारे सरकार गम्भिर नभएको आरोप लगाएका छन् । बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले भने,‘हामीले उठाएका मागबारे सरकार गम्भिर भएन । हामीले फागुन मसान्तभित्र हाम्रा माग सम्बोधन गर्न आग्रह गरेका थियौं । तर, सरकारले अहिलेसम्म हाम्रा मागलाई सकारात्मक रुपमा लिनु त परैको कुरा भयो, पूर्ण रुपमा उपेक्षा गरेको छ ।’ साक्षात्कारमा बोल्दै अध्यक्ष थापाले सरकारले आफूहरुको मागलाई उपेक्षा गरेकै कारण जनदबाब सिर्जना गर्न बाध्य भएको स्पष्ट पारे । उनले भने,‘हालै हामीले सशक्त जनदबाब सिर्जना गर्ने उद्देश्यले गरेको मेची–महाकाली यात्रा भव्यताका साथ
More

गृहमन्त्रीबाट गृहसचिव र प्रहरी महानिरीक्षक पुरस्कृत

बैशाख । बेरुजु फछ्र्यौटमा उत्कृष्ट काम गरेको भन्दै गृह मन्त्रालयमा सचिव प्रेमकुमार राई, नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनाललाई पुरस्कृत गरीएको छ । गृहमन्त्रालयमा आज एक कार्यक्रमकाबीच गृहमन्त्री रामबहादुर थापा‘बादल’ले उहाँहरुलाई नगद तथा प्रशंशापत्र प्रदान गर्नुभएको हो । बेरुजु फछ्र्यौटमा उत्कृष्ट भएकोमा गृह मन्त्रालयमा सचिव राई, नेपाल प्रहरी महानिरीक्षक खनाललाई रु आठ हजार नगद एवम् प्रशंसापत्र तथा गृहमन्त्रालयमा उपसचिव शिवनाथ पौडेल, लेखा अधिकृतहरु फइन्द्रकुमार श्रेष्ठ, शालिकराम पराजुली, लेखापाल नरबहादुर कुँवरलाई नगद रु ६ हजार तथा प्रशंसापत्र प्रदान गरीएको छ । कार्यक्रममा गृहमन्त्री थापाले पुरस्कृत व्यक्तित्वहरुलाई बधाईदिनुहँुदै भविष्यमा समेत थप उत्कृष्ट कार्य गर्न आग्रह गर्नुभयो । आजको कार्यक्रमले अन्य मन्त्रालयलाई पनि प्रेरणा
More

उत्तर कोरियाद्वारा देशको पहिलो ‘लक्ष पछ्याउदै मार हान्नसक्ने हतियार’को परिक्षण

बीबीसी । उत्तर कोरियाले आफूले ‘शक्तिशाली विष्फोटक पदार्थ’ बोक्न सक्ने एक नयाँ ‘ट्याक्टिकल(सामरिक) निर्देशित हतियार’(लक्षलाई खोज्दै मार हान्ने प्रविधियुक्त हतियार) परिक्षण गरेको बताएको छ । यस्तो खालेको परिक्षण डोनाल्ड ट्रम्प र किम जोङ–उनबीचको वार्ता बिना सहमति टुटेपछिको पहिलो हो । उत्तर कोरियाको सरकारी मिडियाले यस परिक्षणमा प्रयोग भएको हतियारबारे खासै विवरण दिएकौ छैन । तर विज्ञहरुले यस कदमलाई लामो–दुरीको मिसाइल परिक्षणतर्फको फिर्ती बताएका छन् । यस्तो खाले मिसाईलले अमेरिकालाई समेत क्षति पु¥याउने मानिन्छ । पछिल्लो पटक फेब्रुअरीमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ–उनबीच हनोईमा भेटवार्ता भएको थियो । भियतनामको राजधानीमा आणविक निशस्त्रीकरणबारे छलफल गर्न भएको वार्ता
More

मृतकका हकवालालाई ३४ करोड २५ लाख

काठमाडौं–सरकारले वैदेशिक रोजगारीको सिलसिलामा मृत्यु भएका कामदारकोे हकवालालाई आर्थिक सहायतास्वरूप ३४ करोड २५ लाख रुपियाँ खर्चेको छ। सरकारले चालू आर्थिक वर्षको ८ महिना अर्थात् गएको साउनदेखि फागुनको दोस्रो सातासम्म ५ सय २४ जना मृतकका हकवालालाई उक्त रकम खर्चेको हो। सो अवधिमा मृत्यु भएका कामदारको संख्या भने ५ सय ५३ रहेको छ। आर्थिक सहायता पाउनेमध्ये ४ सय ८२ जनाले ७ लाख रुपियाँ र ४२ जनाले १० हजार रुपियाँ पाएको वैदेशिक रोजगार बोर्डका सूचना अधिकारी दिनबन्धु सुवेदीले जानकारी दिए । नेपाल समाचारपत्र दैनिकमा खबर छापिएको छ ।
More

ललितानिवास जग्गा प्रकरण, २४ वटा सरकारले नदेखेको हिनामिना

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले गत फागुन २८ गते मन्त्रिपरिषद् बैठकबाट २६ वर्षअघि हडपिएको ललितानिवासले चर्चेको जग्गा सरकारकै नाममा फिर्ता ल्याउने निर्णय गराए। सो जग्गा हिनामिनासम्बन्धमा छानबिन गर्न सरकारका पूर्वसचिव शारदाप्रसाद त्रितालको अध्यक्षतामा २०७५ असारमा गठित समितिको सिफारिसअनुसार प्रधानमन्त्री ओलीले व्यक्तिका नाममा गराइएको ललितानिवास परिसरको करिब एक सय १४ रोपनी फिर्ता ल्याउन र दोषीमाथि कारबाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोग र केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) लाई जिम्मा दिए। विगत हेर्ने हो भने छानबिन समिति वा न्यायिक समितिका प्रतिवेदन तत्कालै सरकारले कार्यान्वयन गरेको नजिर छैन। तर सरकारको अहिलेको पहल सुखद मान्नुपर्छ। त्रिताल नेतृत्वको छानबिन समितिले मंसिर २६ गते प्रधानमन्त्री ओलीलाई
More

कहिले तिर्छ एनसेलको पुँजीगत लाभकर ?

काठमाडौं– एनसेलको मातृ कम्पनी आजियटाले ठूला करदाता कार्यालयले निर्धारण गरेको पुँजीगत लाभकरसम्बन्धी पत्र पाएको जनाएको छ । आजियटाले प्रेस विज्ञप्ति जारी गर्दै कार्यालयबाट सातदिनभित्र कर बुझाउने म्यादसहितको पत्र पाएको जनाएको हो । ठूला करदाता कार्यालयको पत्रमा बैशाख ९ गतेभित्रमा बाँकी कर दाखिला गर्न भनिएको छ । ‘आजियटा र एनसेल अहिले पत्रको समीक्षा गरिरहेका छन्’, विज्ञप्तिमा भनिएको छ । ठूला करदाता कार्यालयले ३५ अर्ब ९१ करोड ३४ लाख २६ हजार रुपैयाँ कर निर्धारण गरिसकेको खबर आजको कान्तिपुर दैनिकमा छापिएको छ ।
More

नेपालको पानी किन्न इच्छुक देखियो कतार

काठमाडौं– नेपालको खानेपानी आयात गर्न कतारले चासो देखाएको छ । कतारले चासो देखाएसँगै सरकारले खानेपानी प्रशोधन गर्न सकिने स्रोतको खोजी र निर्यातको सम्भावनाबारे अध्ययन थालेको छ । शुक्रबार खानेपानी मन्त्रालयले यस विषयमा सरोकारवालासँग छलफल गरेको छ । छलफलमा मन्त्रालयका सहसचिव तेजराज भट्टले नेपालको खानेपानी खाडी राष्ट्रसँगै छिमेकी देश भारत र बंगलादेशमा पनि निर्यात गर्न सकिने रायसहितको प्रतिवेदन पेस गरेका थिए । यो खबर आजको नयाँ पत्रिका दैनिकमा छापिएको छ ।
More

अन्तरिक्ष कक्षमा पुग्यो नेपाली भूउपग्रह

काठमाडौं– नेपालको पहिलो भूउपग्रह ‘नेपाली स्याट–१’ अन्तर्राष्ट्रिय अन्तरिक्षम कक्षमा पुगेको छ । नासाका अनुसार नेपाली भूउपग्रहसहितको कार्गो शुक्रबार दिउँसो ३ बजेर १२ मिनेटमा अन्तरिक्ष कक्षमा सुरक्षित रुपमा डक भएको छ । नासाले त्यसको प्रत्यक्ष प्रशारण समेत गरेको थियो । नास्ट र जापानको क्युसु इन्स्टिच्युट अफ टेक्नोलोजीको सहकार्यमा निर्मित भूउपग्रह अमेरिकाको भर्जिनियाबाट बिहीबार राती २ः३१ मा अन्तरिक्षतर्फ पठाइएको थियो । नयाँ पत्रिका दैनिकमा खबर छ ।
More

झुण्डिन नमिल्ने हिरासतमा कसरी गरे किशोरले आत्महत्या ?

झापा– इलाका प्रहरी कार्यालय बिर्तामोडको हिरासतमा किशोरको मृत्यु भएको प्रकरणमा मानव अधिकारकर्मीले आत्महत्या नभई प्रहरी यातना नै कारण रहेको औंल्याएका छन् । मेचीनगर–६ का १५ वर्षीय किरण कार्कीढोलीको हिरासतमा मृत्यु भएको घटना सार्वजनिक भएपछि मानवअधिकार सम्बद्ध निकायका प्रतिनिधि सम्मिलित टोली घटनास्थल अवलोकनका लागि पुगेको थियो । टोलीका अनुसार किशोर झुण्डिएका भनिएको हिरासतको शौचालयमा झुण्डिन सक्ने सम्भावना नै देखिँदैन । आजको कान्तिपुर दैनिकमा खबर छ ।
More