Daily Archives 21st April 2019

एनआरएनए अमेरिकाको निर्वाचनमा २ सय ३१ उम्मेदवार

लन्डन – गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिकाको कार्यसमिति, केन्द्रिय प्रतिनिधि आईसीसी सदस्य, च्याप्टर पदाधिकारीका लागि २ सय ३१ जनाको उम्मेदवारी परेको छ । अध्यक्षमा ३ जना वरिष्ठ उपाध्यक्षमा ४ जना, उपाध्यक्षमा दुईदुई जना, र महासचिवमा ३ जनाले उम्मेदवारी दिएका छन् । ट १२ जना बोर्ड अफ डाईरेक्टरको लागि ४० जनाको उम्मेदवारी परेको छ । आईसीसी सदस्यमा भने ११ जनाको उम्मेदवारी परेको छ । आईसीसी मेम्बरमा ७ जना निर्वाचित हुन्छन् । उम्मेदवारको सुची भने मंगलवार मात्र सार्वजनिक हुने छ । उम्मेदवारले मे ३ सम्म नाम फिर्ता लिन सक्ने छन् । मे ७ मा मात्र उम्मेदवारको अन्तिम सुची प्रकाशित
More

स्विमिङको २ सय मिटरमा एनआरएनलाई स्वर्णपदक

काठमाडौं । आठौं राष्ट्रिय खेलकुद् प्रतियोगितामा गैर आवासीय नेपाली संघ (एनआरएनए) खेलाडीहरुले थप पदक जितेका छन् । प्रतियोगितामा स्विमिङमा २ सय मिटर बटर फ्लाईमा एनआरएनए खेलाडी दोर्जे नथम शेर्पाले स्वर्णपदक प्राप्त गरेका छन् । यस्तै प्रतियोगितामा करातेको ६८ं केजीमा एनआरएनए खेलाडी तथा मकाउ एनआरएनए एनसिसीका अध्यक्ष शान्ति अधिकारीले काँस्य पदक जितेकी हुन् । प्रतियोगिताका एनआरएनएका खेलाडी अफिसियल मनोज गोर्खाली तथा टिम कोच मुकेश बरुवाल, पर्शुराम घिमिर, युवा संयोजक सुदन थापा, श्रीराम घिमिरे र अन्य सम्पूर्ण कराते खेलाडीहरुमा एनआरएनएले बधाई ज्ञापन गरेको छ ।
More

एनआरएनए बेल्जियमको आगामी अधिवेशन अगस्टमा

बेल्जियम । गैर आवासीय नेपाली संघ (एनआरएनए) बेल्जियमको आगामी अधिवेशन अगस्ट १८ मा गर्ने निर्णय गरेको छ । एनआरएन बेल्जियमको आगामी अधिवेशन अगस्ट १८, २०१९ मा लुभेनमा र निर्वाचन कार्यक्रम २५ अगस्ट २०१९ मा गर्ने निर्णय गरेको हो । एनआरएनए बेल्जिय अध्यक्ष लोक प्रसाद दाहालको अध्यक्षतामा बसेको बैठकले अधिवेशन व्यवस्थापनका लागि प्रथम उपाध्यक्ष गोविन्दसिंह अधिकारीको सँयोकत्वमा व्यवस्थापन समिति बनाएको छ । अधिवेशसन सम्पन्न गर्न प्रारम्भिक रुपमा सदस्यता बितरण तथा नबिकरणको लागि संस्थाका उपाध्यक्ष खड्क बहादुर केसीको संयोजकत्वमा सस्थाका सदस्य तिर्थ धमला सदस्य सचिब रहने गरी सदस्यता बितरण समिती गठन गरेको छ। सदस्यता बितरण तथा नबिकरण समितिमा बेल्जियमका ७ छेत्रबाट सदस्य
More

एनआरएन अमेरिकाको उपाध्यक्षमा पन्तको उम्मेदवारी, नेपालीलाई विश्वमा चिनाउने संकल्प

सुरेश कोइराला । न्यूयोर्क–कुशल एवम् बौद्धिक युवा व्यवसायी कृष्णजीवी पन्तले एनआरएनएको आसन्न निर्वाचनमा उपाध्यक्ष पदमा उम्मेदवारी दिनुभएको छ । जनसम्पर्क समिति अमेरिकाका राजनीतिक चिन्तक पन्त नेपाल र नेपालीलाई विश्वमा चिनाउने दृढ संकल्पका साथ चुनावी मैदानमा उत्रनु भएको हो । नेपाल र नेपालीलाई आर्थिक रुपमा सम्पन्न, सामाजिक रुपमा बलियो आधार तयार गर्ने परियोजनाको पारुप तयार गर्ने उहाँको प्रतिवद्धता छ । परम्परागत रुपमा राजनीतिक समस्याले झागिएको गुट उपगुट, मुद्दा मामिलाले जकडेको एनआरएनएलाई शुद्ध सुदुढ गर्न पन्तले उपाध्यक्ष पदमा उम्मेदवारी दिनुभएको हो । अमेरिकाभरी छरिएर रहेका नेपालीलाई एउटै सुत्रमा बाधेर एकीकृत विकासका खाका कोर्दै संस्थालाई बलियो साझा चौतारी बनाउने अठोटका साथ उहाँ चुनावी
More

एनआरएनएमा झागिएको विकृति र विसंगती हटाउन मेरो उम्मेद्वारीः सुवेदी

सुरेश कोइराला । न्यूयोर्क–विगत केही वर्ष अगाडीदेखि परम्परागत रुपमा राजनीतिक समस्याले झागिएको गुट उपगुट, मुद्दा मामिलाले जकडेको एनआरएनएलाई शुद्ध सुदुढ गर्ने एनआरएनएका उपाध्यक्ष पदका दावेदार बुद्धि सुवेदीले बताउनु भएको छ । मेरो उम्मेदवारीको मुख्य उद्देश्य भनेकै एनआरएनएभित्र रहेका विकृति र विसंगती हटाउनु भएको सुवेदीले बताउनु भयो । अमेरिकामा रहेका नेपालीको साझा चौतारीको रुपमा एनआरएनलाई एउटै मालामा उन्ने अठोटका साथ उहाँले एनआरएनएको उपाध्यक्ष पदमा उम्मेदवारी दिनु भएको हो । बौद्धिक व्यक्तित्वका धनी उहाँले समाजसेवामा उत्तिकै निरन्तरता दिनु भएको छ । काममा परिपक्व, सिपमा निपुर्ण, दक्षता÷क्षमतामा विश्वास राख्ने, सहयोगी मनोभाव भएका सुवेदीको उम्मेदवारी सबै आप्रवासी नेपालीले गौरवका साथ लिएका छन् । ‘एक
More

नेकपाले जिल्ला अध्यक्ष र सचिवको टुङ्गो लगायो

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकले ७७ वटै जिल्लाका अध्यक्ष र सचिवको टुङ्गो लगाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ बसेको सचिवालय बैठकले ७७ जिल्लाकै जिल्ला कमिटी अध्यक्ष र सचिवको टुङ्गो लगाएको बैठकपछि पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । प्रवक्ता श्रेष्ठले भने, “बैठकले नेकपाका ७७ वटै जिल्लाको नेतृत्वको टुङ्गो लगाएको छ, अहिले अध्यक्ष र सचिवको नाम टुङ्गो लगाएको छ, बाँकी पार्टीको स्थापना दिवसका अवसरमा टुङ्गो लाग्नेछ ।” उनका अनुसार जनवर्गीय सङ्गठनको नेतृत्व र पोलिटब्यूरो सदस्यको नामावली भने टुङ्गिन बाँकी छ । केही दिनभित्र त्यो पनि पूरा निष्कर्षमा पुग्ने उनले बताए। बैठकअघि नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली
More

विप्लव नेतृत्वको पार्टी फुटाउन खोजियो !

काठमाडौं– नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाका एक शीर्ष नेताले सरकारले आफ्नो पार्टीविरुद्धको प्रचारयुद्धलाई घनीभूत पारेको आरोप लगाएको छ । पूर्वी कमाण्ड इन्चार्ज अनिल शर्मा विरहीले भ्रम छरेर पार्टी फुटाइन खोजेको पनि बताएका छन् । उनले सैद्धान्तिक रुपमा आफूहरु वार्ताको विरोधी नभएपनि अहिले वार्ताको कुनै सन्दर्भ र औचित्य नभएको बताएका छन् । आइतबार एक विज्ञप्ति जारी गर्दै शर्माले वार्ताको लागि विप्लवलाई दवाव दिएको भ्रम फैलाएर सरकार पार्टी फुटाउ र राज गर भन्ने मनसायबाट निर्देशित रहेको टिप्पणी गरेका छन् । उनले आफू पार्टीको नीति र कार्यक्रमप्रति दृढ रहेको पनि पष्ट पारेका छन् । अहिले पार्टी वार्तामा बस्ने मनस्थितिमा नभएपनि आफूले वार्तामा
More

राप्रपालाई वार्तामा आउन सरकारको निम्ता

काठमाडौं– आन्दोलनरत राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई सरकारले वार्तामा बोलाएको छ । कानून न्याय तथा संसदीय व्यवस्थामन्त्री भानुभवक्त ढकालले आइतबार राप्रपा अध्यक्ष कमल थापालाई एक पत्र पठाउँदै वार्तामा आउन आग्रह गरेका हुन् । राप्रपा सहप्रवक्ता मोहन श्रेष्ठले सरकारले आइतबार वार्ताको आह्वान गर्दै पत्र पठाएको पुष्टि गर्दै सरकारको आह्वानलाई पार्टीले सकारात्मक रुपमा लिएको बताए । उनले अब सरकारसँग वार्ता गर्नका लागि समिति गठन गरेर अघि बढिने बताए । उनका अनुसार सम्भवतः भोलि पार्टीको बैठक बसेर पार्टीको तर्फबाट वार्ता टोलीको नाम तय गरिनेछ । नेपाललाई हिन्दु राष्ट्र बनाइनुपर्ने, राजा सहितको लोकतन्त्र स्थापनाका लागि सर्वपक्षीय गोलमेच सम्मेलन गरिनुपर्ने, संघीयता बारे जनमतसंग्रह गरिनुपर्ने लगायतका २२
More

सुरु भयो बजेटको चटारो, राष्ट्रपतिद्वारा अधिवेशन आह्वान

काठमाडौँ– संघीय संसदको (बजेट) वर्षे अधिवेशन वैशाख १६ गतेबाट बस्ने भएको छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार बैशाख १६ गतेबाट सुरु हुनेगरी संसद बैठक आव्हान गरेकी हुन् । सरकारको सिफारिसमा राष्ट्रपतिले बैठक आह्वान गर्ने संवैधानिक व्यवस्था छ । राष्ट्रपति विद्यादेवी भण्डारी चैत ११ गते चीनको राजकीय भ्रमणमा नौ दिनका लागि जाने भएकाले त्यसअघि नै उनले अधिवेशन आह्वान गरेकी हुन् । राष्ट्रपति भण्डारीले आइतबार संसद सचिवालयलाई पत्र पठाउदै बैशाख १६ गते दिउँसो ४ बजेका लागि संघीय संसदको दुवै सदनको बैठक आव्हान गरेकी हुन् । अधिवेशन कम्तिमा एक हप्ता अघि आह्वान हुनुपर्ने व्यवस्था छ । जेठ १५ गते आगामी आर्थिक
More

बेल्जियमको बिवाद मिलाउन जनसम्पर्क समिति युरोपको दबाव (प्रेश विज्ञप्तिसहित)

काठमाडौं– नेपाली जनसम्पर्क समिति युरोपमा दुई गुटबीच विवाद देखिएको बेला नेपाली जनसम्पर्क समिति, यूरोप समन्वय समितिले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । व्यक्तिगत इगोले संस्थाकै भविष्य अन्धकारमा पर्ने अवस्था आएको भन्दै युरोप समन्वय समितिले बेल्जियमस्थित नेपाली जनसम्पर्क समितिसँग आबद्ध सम्पूर्ण सदस्यहरुलाई पार्टी एकताको बाटो तय गर्न आग्रह गरेको छ । समितिका संयोजक दिल बहादुर गुरुङले जारी गरेको विज्ञप्तिमा पार्टी भित्रको बिबादलाई सार्वजानिक बहसको विषय नबनाई सामाजिक संजालमा समेत पार्टी अनुसाशन भित्र रहेर आफ्ना विचारहरु राख्न अनुरोध गरिएको छ । साथै नेपाली जनम्पर्क समिति नेपाली कांग्रेसको विधानमा प्रस्ट उल्लेख गरि गठन भएको पार्टीको शुभचिन्तक संस्था भएको हुदाँ पार्टीको अहित हुने गरि
More

अब ५० दिनमै इआइएः मन्त्री बस्नेत

रसुवा – वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले प्रारम्भिक वातावरणीय अध्ययन (आइइई) र वातावरणीय प्रभाव अध्ययन मूल्याङन (इआइए) का लागि अबदेखि ५० दिनभन्दा बढी नलाग्ने घोषणा गर्नुभएको छ । वन तथा वातावरण मन्त्रालयलाई विकासविरोधीका रुपमा बुझिने गरिएकामा आफ्नो कार्यकालमा त्यसमा परिवर्तन ल्याउने प्रतिबद्धता उहाँको छ । ‘अब आइइई र इआईएका कारण विकास आयोजनामा ढिलाई हुने छैन’, रसुवाको धुन्चेमा गोसाइंकुण्ड गाउँपालिका र लाङटाङ राष्ट्रिय निकुञ्जद्वारा शनिबार संयुक्त रुपमा आयोजित २४ औं वन्यजन्तु सप्ताह समापन तथा पालिक भ्रमण वर्ष कार्यक्रममा मन्त्री बस्नेतले भन्नुभयो, ‘इआईए र आईइको काम ५० दिनमा सक्ने गरी तयारी गरिरहेका छौं, अब त्यो काममा ५१ दिन लाग्न दिनेछैन ।’ उहाँले
More

तामाङ्ख दिदी भाईको बर्चस्वता तोड्दै रचे दिपेशले र रशिलाले नयाँ ईतिहास

सेनाका तामाङ्ख दिदीभाई रत्नजित र नङ्खशलको एक छत्र राजलाई तोड्दै एपिएफका दिपेश धामी र रशिला महर्जनले नयाँ ईतिहास रच्न सफल भएका छन् । सेनाका रत्नजित तामाङ्खको एक छत्र राज लाई तोड्दै एपिएफका दिपेश धामी नयाँ राष्ट्रिय च्याम्पियन भएका छन् । आठौं राष्ट्रिय खेलकुद अन्तरगत भएको ४० औं राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा रत्नको एक छत्र राजलाई तोड्दै एपिएफका दिपेश धामीले नयाँ ईतिहास रचेका हुन् । दाङ्खको घोराहीस्थित कभर्डहलमा भएको उपाधी भिडन्तमा दिपेशले रत्नलाई २१ । १६, २१ । १४ को सोझो सेटमा पराजित गर्दै ईतिहास रचेका हुन् । विगत ४ राष्ट्रिय प्रतियोगितामा जित निकाल्दै आफ्नो बर्चस्व बनाएका रत्नजित एपिएफका दीपेश धामी संग
More

प्रधानन्यायाधीशकै आदेशमा सार्वजनिक जग्गा व्यक्तिको नाममा

सर्वोच्चमा आएका सार्वजनिक जग्गासम्बन्धी मुद्दामा प्रधानन्यायाधीशकै चासो धेरै हुने गरेको छ । प्रधानन्यायाधीशकै आदेशमा धेरै सार्वजनिक जग्गा व्यक्तिको नाममा दर्ता भइसकेका छन् । प्रधानन्यायाधीश हुँदा ओमप्रकाश मिश्र र गोपाल पराजुलीले यस्तै विवादास्पद फैसला गरेका थिए । भक्तपुरको दुवाकोटस्थित १९ रोपनी १० आना जग्गा व्यक्तिको नाममा दर्ता भइसकेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ०७० को ३१ वैशाखमा त्यो जग्गा सार्वजनिक रूपमा दर्ता गर्ने निर्णय गरेको थियो । त्यसविरुद्ध परेको मुद्दामा पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रसहित न्यायाधीशहरू शारदाकुमार घिमिरे र अनिलकुमार सिन्हाको इजलासले ८ भदौ ०७४ मा मीनकुमार अर्याललगायतको पक्षमा फैसला गरेको थियो । सो जग्गा दर्ता गर्न छुटेको भन्दै उनले पुनः दर्ताका
More

सोलुखुम्बुमा लडेर एक अमेरिकन नागरिकको मृत्यु

सोलुखुम्बुमा लडेर एकजना अमेरिकन नागरिकको ज्यान गएको छ । भ्रमणको सिलसिलामा सगरमाथा आधार शिविर पुगेका ३६ वर्षका अमेरिकन नागरिक क्रिस्टोफर बेन्डनको शनिबार लडेर ज्यान गएको सोलुखुम्बु प्रहरीले जनाएको छ । सगरमाथा आधार शिविर पुगेर फर्कने क्रममा खुम्बुपासाङल्हामु गाउँपालिका–३ को फाक्दिङमा लडेर उनको ज्यान गएको हो । कानुनी प्रक्रिया पूरा गरेरे उनको शव काठमाण्डौको शिक्षण अस्पताल लगिने प्रहरीले बताएको छ । घटनाबारे खुम्बुका प्रहरी निरीक्षकको टोली खटिएर अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी प्रमुख शालिग्राम शर्माले जानकारी दिए । टिभि अन्नपूर्ण
More

राजस्व कार्यालय बाँकेले १३१ व्यवसायीलई कर बक्यौता रकम दाखिला गर्न ताकेता

काठमाडौं–आन्तरिक राजस्व कार्यालय बाँकेले १३१ व्यवसायीलई कर बक्यौता रकम दाखिला गर्न ताकेता गरेको छ । आज एक सूचना प्रकाशित गरेर आन्तरिक राजस्व कार्यालय बाँकेले आयकर र मूल्य अभिवृद्धिकरमा दर्ता भएका बाँके र बर्दियाका ंं१३१ व्यापारी तथा व्यवसायीलाई १५ दिनभित्र बक्यौत कर तिर्न भनेको छ । १५ दिन भित्र नतिरे उनीहरुलाई कारबाही गरिने आन्तरिक राजस्व कार्यालय बाँकेले जनाएको छ । उनीहरुलाई कार्यालयले पटक—पटक पत्राचार तथा फोन गर्दा समेत बक्यौता रकम दाखिला गर्न नआएको र कतिपय करदाता सम्पर्कमा समेत नआएकाले उनीहरुको नाम प्रकाशित गरेर कार्यालयले सूचना नै जारी गरेको छ । १५ दिनभित्र कर तिर्न नआए ती व्यवसायीको आयात निर्यात रोक्का गर्ने,
More

आज कति छ सुनको भाउ

काठमाडौं– आइतबार सुनको भाउ तोलामा ५९ हजार १०० मा कारोबार भइरहेको छ। साताको अन्तिम दिन शुक्रबार पनि छापावाल सुन सोही मूल्यमा करोबार भएको थियो । यस्तै तेजावी सुन तोलमा ५८ हजार ८०० मा कारोबार भइरहेको छ । यस्तै चाँदी तोलमा ७२५ मा कारोबार भइरहेको छ। चाँदीको अघिल्लो कारोबार पनि यही मूल्यमा भएको थियो ।
More

धादिङमा बस दुर्घटना, २ को मृत्यु २५ जना घाइते

धादिङ– पृथ्वी राजमार्गस्थित धादिङको बेनीघाट रोराङ गाउँपालिका वडा नम्बर ३ मा पर्ने सलाङघाटमा यात्रुबाहक बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । आइतबार बिहान १० बजे काठमाडौंबाट गोरखाको मनकामनातर्फ जाँदै गरेको बा४ख १४१५ नम्बरको सो बस दुर्घटना भएको छ । तीब्र गतिको सो बस अर्को गाडीलाई ओभरटेक गर्ने क्रममा सडकबाट करीब २५ मिटर तल खसेर दुर्घटनाग्रस्त भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक तथा प्रवक्ता प्रकाश विष्टले जानकारी दिए । उनका अनुसार एक जनाको घटनास्थलमै र अर्का एक जनाको प्राथमिक स्वास्थ्य केन्द्र गजुरीमा उपचारका क्रममा मृत्यु भएको हो । उनीहरुको सनाखत हुन बाँकी रहेको छ । यस्तै दुर्घटनामा
More

आज कति छ डलरको विनिमयदर ?

काठमाडौं– नेपाल राष्ट्र बैंकले आज एक अमेरीकी डलरको खरिद मूल्य ११० रुपैयाँ ६८ पैसा तोकेको छ । यसैगरी बिक्री मूल्य १११ रुपैयाँ २८ पैसा रहेको छ । एक युरोको खरिददर १२४ रुपैयाँ ४८ पैसा छ भने बिक्रिदर १२५ रुपैयाँ १६ पैसा रहेको छ । एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४३ रुपैयाँ ९३ पैसा र बिक्रिदर १४४ रुपैयाँ ७१ पैसा रहेको छ । यसैगरी जापानीज १० यनको खरिददर ०९ रुपैयाँ ८९ पैसा छ भने बिक्रिदर ०९ रुपैयाँ ९४ पैसा रहेको छ ।
More

हतियार बुझाउन गृहले गरेको निर्देशन प्रभावकारी बन्न सकेन

विराटनगर — प्रदेश प्रहरी कार्यालयसँग इजाजत प्राप्त हतियारको विवरण नहुँदा हतियार बुझाउन गृह मन्त्रालयले गरेको निर्देशन प्रभावकारी बन्न सकेन् । गृहको निर्देशन अनुसार इजाजत नलिएका वा नवीकरण नगरिएका हतियार संकलन गर्न अभियान चलाएको प्रहरीले प्रदेश १ बाट ९५ थान मात्र हतियार संकलन गरेको छ । प्रदेश प्रहरी कार्यालय विराटनगरले दिएको जानकारीअनुसार इजाजत प्राप्त ७१ थान र इजाजत नलिई अवैध रूपमा राखिएका २४ थान हतियार विभिन्न जिल्लाबाट संकलन गरिएको छ । गृह मन्क्रालयले इजाजत नलिएका वा इजाजत लिएर नवीकरण नगरिएको र इजाजत लिने व्यत्तिको मृत्युपछि नामसारी नभएको हतियार ३५ दिनभित्र बुझाउन निर्देशन दिएको थियो । तर प्रदेश प्रहरी कार्यालयसँग नवीकरण नभएको र नामसारी नभएका हतियारको
More

भोलि एकताको घोषणा हुने प्रचण्डको दाबी

काठमाडौं–नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सोमबार एकताको सबै विषयमा टुंगो लाग्ने दाबी गरेका छन् । आइतबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै प्रचण्डले शीर्ष नेतृत्वबीच सांगठनिक एकताका अधिकांश विवादमा सहमति भइसकेको भन्दै बाँकी विषयमा पनि सहमति खोजेर सोमबार एकताको अन्तिम घोषणा हुने दाबी गरेका हुन् । उनले आइतबार बिहानमात्रै पनि बालुवाटारमा एकतालाई टुंगोमा पुर्याउनेबारे छलफल भएको भन्दै दिनभरको गृहकार्यपछि बेलुका पुनः बैठक बसेर बाँकी विषयमा सहमति जुटाइने जानकारी दिए । उनले भने, ‘भोलिको दिनबाट नेकपाको लागि अर्को ऐतिहासिक दिन्न बन्नेछ । सांगठनिक लगायतका सबै एकता सम्पन्न हुनेछ ।’ उनले सरकारले काम गर्न नसकेको भनि गुनासो समेत आएको भन्दै त्यसबारे पनि अब
More