Daily Archives 22nd April 2019

एनआरएन केन्द्रीय सदस्य महेश श्रेष्ठ युकेमा सम्मानित

बाचस्पति रेग्मी । अल्डरशट । वेलायत भ्रमणमा रहेका गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तराष्ट्रिय परिषदका सदस्य महेश श्रेष्ठ सम्मानित भएका छन् । श्रेष्ठलाई गैरआवासीय नेपाली संघ युकेले सोमवार अल्डरशटस्थित संघको कार्यालयमा आयोजित एक कार्यक्रमका बीच सम्मान गरेको हो । श्रेष्ठलाई गैरआवासीय नेपाली संघ युकेका अध्यक्ष योग कुमार फगामीले टोकन अफ लभ (मायाको चिनो) र खादाले सम्मान गरेका थिए । कार्यक्रममा गैरआवासीय नेपाली संघ युकेका पुर्वअध्यक्षद्धय सूर्य गुरुङ, योगेन क्षेत्री, तमुधिं युकेका उपाध्यक्ष हितकाजी गुरुङ, एनआरएन युकेका उपाध्यक्ष शेर सुनार, थर्क सेन, नेत्र आले लगायतको उपस्थिती थियो । जापानमा सिटी एक्स्प्रेस मनी ट्रान्स्फर तथा सिटी ट्राबलका सँचालक समेत रहेका श्रेष्ठ आफ्नो व्यवसाय
More

एनआरएन युकेको निर्वाचन १४ सेप्टेम्वरमा, अध्यक्षमा ५ आकांक्षी

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेको ८ औं महाधिवेशन आगामी सेप्टेम्वर १४ र १५ तारिख अल्डरशटमा हुने भएको छ । संघको सोमवार नटिंघममा बसेको बैठकले सेप्टेम्वर १४ तारिखमा नयाँ नेतृत्वको लागि निर्वाचन र १५ तारिख साधारणसभा गर्ने निर्णय गरेको महासचिव राजकुमार त्रिपाठीले जानकारी दिए । त्रिपाठीका अनुसार सो निर्वाचनमा उम्मेदवार हुन र मतदान गर्न इच्छुक व्यक्तिहरुले ३१ जुलाई भित्र संघको पन्जिकृत सदस्यको लागि आवेदन दिई सक्नु पर्ने छ । सदस्यतालाई व्यवस्थित गर्न संघले छुट्टै सचिवालय संचालन गर्ने भएको छ । सो सचिवालयको कार्यालय सचिवको रुपमा पूर्ण गुरुङ रहने छन् । यस्तै अध्यक्ष योग कुमार फगामी तथा महासचिव राजकुमार त्रिपाठी
More

लण्डनको केन्द्र ट्राफलगर स्क्वाएरमा बुद्ध जयन्ती मनाउने तयारी, उपसमिति गठन

लन्डन । बुद्ध फाउन्डेशन यूके र कपिलबस्तु समाज यूकेको सयूक्त आयोजना तथा नेपाली राजदूताबास लण्डन, नेपाल पर्यटन बोर्ड नेपाल र गैर आवासीय नेपाली संघको सहकार्यमा आगामी मे १२ आइतबारका दिन लन्डनको ट्राफलगर स्क्वाएरमा २५६३ औं बुद्ध जयन्ती मनाइने भएको छ । ट्राफलगर स्क्वाएरलाई विश्वका प्रमुख चोक मध्यको एक चोकको रुपमा मान्ने गरिन्छ । गौतम बुद्धको शान्ति उपदेश र उनी नेपालमा जन्मिएका हुन् भन्ने सन्देश विश्वमाझ फैल्याउने उद्देश्यले विगत ४ वर्षदेखि लण्डनको केन्द्रमा बुद्ध जयन्ती मनाइदै आएको छ । यसपटकको बुद्ध जयन्तीको अवसरमा भने नेपाल सरकारद्वारा घोषणा गरिएको नेपाल पर्यटन वर्ष २०२० लाई समेत प्रबर्धन गर्दै आगाडी बढ्ने लक्ष्य रहेको कपिलवस्तु
More

बिष्णु माझीको फेरी आयो अर्को सुपर हिट गीत “ मान्छे फकाएर आफनो हुदैँन ” (भिडियो सहित)

आर पोखरेल , काठमान्डौँ । नेपाली लोक तथा दोहोरीको क्षेत्रमा आफ्नो छुटै पहिचान बनाईसकेकी गायीका बिष्णु माझी र बद्रि पंगेनीको फेरी अर्को बलाब सुपरहिट “मान्छे फकाएर आफनो हुदैँन ” बोलको गित सार्बजनिक भएको छ । गीतको उत्कृष्ट लय तथा शब्द सिर्जना तथा एरेन्ज विनोद बाजुरालीको रहेको छ । बाजुरालीद्धारा लिखित गीतहरु सामाजिक सञ्जाल टिकटक मिडिया लगायत दर्शक श्रोताहरुको माझमा पनि निकै चर्चित रहेको छ । चर्चित निर्देशक काजिश श्रेष्ठले भिडियोलाई निर्देशन गरेका छन ।उत्सव दाहालको छायाँकन , दिपक विष्टको सम्पादन भिडियोमा रहेको छ । निकै रमाइलो तरिकाबाट तयार पारिएको भिडियोमा दिलिप रायमाझी र एलिसा शर्माको अभिनय रहेको छ । “
More

गायक प्रमोद खरेलको झुमा २ सार्वजनिक, भिडियो यस्तो बन्यो

गायक प्रमोद खरेलको झुमा २ सार्वजनिक भएको छ। प्रमोद खरेलको औपचारिक युट्युव च्यानलमा शुक्रबार सार्वजनिक गरिएको हो। झुमा झुमा बोलको गीतमा गायक खरेलको साथमा अभिनेता पल शाह, टिक टक क्विनबाट चिनिएका जुम्ल्याहा दिदिबहिनी प्रिन्सी र प्रिज्मा खतिवडाको अभिनय रहेको छ। गीतको म्युीजक भिडियोलाई चर्चित हाँस्यटेलिसिरियलका श्रृङ्खला निर्देशक एवम् कलाकार काकु अर्थात दीपक आचार्यले निर्देशन गरेका छन्। हिमान्सु राइमाझीको शब्द तथा भिम विसीको संगीतमा रहेको गीतको भिडियोलाई शुभ्म भुजेलले कोरियोग्राफी गरेका छन्। सुप्रिम पराजुलिको सम्पादन तथा अर्जुन तिवारीको सिनेमेटोग्राफी रहेको भिडियोलाई दिक्षा क्रियसनले बजारमा ल्याएको हो। गीत झुमाको भाग २ हो या के हो भन्ने सन्दर्भममा गायक प्रमोद खरेल भन्छन्, ‘यस
More

चलचित्र कप्सको सुन्दरी देखेर आँखा सन्कियो….

काठमाडौं । आगामी १७ जेठबाट देशव्यापी सिनेमा हलमा प्रदर्शनमा आउने चलचित्र ‘कप्स’ (सत्यम सेवा सुरक्षणम्)को दोश्रो गीत शनिबार दिउँसो रिलिज गरिएको छ । सुन्दरी देखेर आँखा सन्कियो…बोलको यो आईटम गीतमा कुनै डान्स क्लबमा नृत्यको दृष्य देखाईएको छ । त्यहाँ फिल्मका खलचरित्रहरु छन् । उनीहरुको निगरानी गर्न प्रहरी अधिकारी अभिनेता अनुप बिक्रम शाही पुग्छन् । यो गीतलाई मिना निरौला र स्वयम्भुराज शाक्यले गाएका हुन् । जसमा स्वयम्भुराज शाक्यलकै संगीत छ । गीतको रचनाकार सुरेन्द्र राना हुन् । यो चलचित्रलाई अग्रज कलाकार सम्राट सापकोटाले निर्देशन गरेका हुन् । उनका अनुसार चलचित्रको कथा अनुसार राखिएको यो आईटम गीत हो । यो चलचित्र प्रहरी
More

अनु भईन सातौ जुनिएर ब्याटल–२०१९

काठमाडौं । सातौ जुनिएर ब्याटल–२०१९को उपाधि तोरन स्कुलका अनु भन्डारीले जितेकी छिन् । मिडिया ल्याण्डले शुक्रबार काठमाडौंको नाचघरमा अबेरसाँझसम्म आयोजना गरेको सो प्रतियोगितामा अनुले उपाधिसँगै एक लाख रुपैयाँ पैसा, क्राउन र विभिन्न उपहार प्राप्त गरिन् । उनले विदेशमा हुने अन्तराष्ट्रिय प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्नेछिन् । सो प्रतियोगितामा जुनियर तर्फ फस्ट रनर अपको उपाधि पाठशाला नेपालकी श्रेया थापा र सेकेन्ड रनर अपको उपाधि पाठसाला नेपालकै कुशल लामाले जिते । यस्तै सिनिएरतर्फ फस्ट रनर अपको उपाधि एल आर आइ स्कुलबाट आजन्म सापकोटाले र सेकेन्ड रनर अपको उपाधि तोरन स्कुलबाट आस्मा थापाले हाँसिल गरे । कार्यक्रमको निर्णायकमा भूमिकामा गोपाल झा, सीता पाठक, निर्णय
More

आँकुरापुञ्ज’ कविता-संग्रह विमाेचित

आचार्य पीपलमणि सिग्देलद्वारा लिखित ‘आँकुरापुञ्ज’ कविता-संग्रहकाे विमाेचन लंग आइल्यान्ड नेपाली समाजकाे आयाेजनामा न्यूयाेर्ककाे हिक्सभिलमा शनिबार सम्पन्न भयाे । प्रमुख अतिथि नेपाली वाणिज्यदूत कृसु क्षेत्रीले याे कृति नेपाली साहित्यकाे नाैलाे आयाम लिएर आएकाे बताउनुभयाे । विमाेचन गर्दै उहाँले साहित्यकाे एेतिहासिक विकास र समीक्षा तथा कविता भागलाई अलग-अलग खण्डमा प्रकाशन गर्न उपयुक्त हुने बताउनुभयाे । विशेष अतिथि अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजकी बाेर्ड अफ ट्रष्टी गीता खत्रीले याे कृतिभित्र नेपाली गद्य कविताका प्रतिनिधि कविता समेटिएकाले पाठकलाई निकै उपयाेगी हुने बताउनुभयाे । अतिथिकाे आसनबाट बाेल्दै नेपाली जनसम्पर्क समिति अमेरिकाका पूर्व संयाेजक विष्णु सुवेदीले कृतिलाई अंग्रेजी भषामा अनुवाद गर्न आफूले पनि सहयाेग गर्ने बताउनुभयाे ।
More

२०७५ सालमा यूएईमा १०३ जना नेपालीको मृत्यु

युएई – सयुक्त अरब इमिरेट्स (यूएई) मा गत वर्ष २०७५ मा १ सय ३ जना नेपालीको ज्यान गएको छ । मृत्यु हुनेमा ८ महिला र ९५ जना पुरुष रहेको नेपाली दूतावास आबुधावीले जनाएको छ। दुतावासको तथ्याङ्क अनुसार २ महिला ५० पुरूष गरी ५२ जनाको प्राकृतिक मृत्यु भएको छ।जस मध्य प्राकृतिक कारण मृत्यु भएको संख्या सबै भन्दा बढी रहेको छ। प्राकृतिक कारणमा मदिरापान, हृदयघात, मष्तिस्क पक्षपात भइ मृत्यु हुने गरेको छ। अन्य ३१ जनाले आत्महत्या गरेका छन्।जसमा २ महिला २९ पुरूष छन्। युएईमा आत्महत्या गर्नेको संख्या बढ्दो छ। त्यस्तै दुर्घटनामा परी ३ जना महिला र १५ जना पुरुष गरि १८ जना
More

आफूसँग ३ गुणा बढी कर मागिएको भन्दै एनसेल सर्वोच्चमा

काठमाडौं। टेलिकम कम्पनी एनसेलले ठूला करदाता कार्यलयबाट आफूलाई निर्धारण भएको पुँजीगत लाभकर सर्वोच्च अदालतको आदेशविपरित भएको भन्दै अदालत गएको छ। आफूले अब १४ अर्ब ३६ करोड ५३ लाख ७० हजार ६ सय रूपैयाँमात्र तिर्न बाँकी रहेको एनसेलको रिटमा उल्लेख छ। टेलियासोनेरा कम्पनीले मलेसियाको एक्जियटा कम्पनीलाई एनसेलको ८० प्रतिशत सेयर स्वामित्व बेच्दा भएको पुँजीगत लाभको कर एनसेलले तिर्नु पर्ने भन्दै सर्वोच्च अदालतले फैसला गरेपछि ठूला करदाताका कार्यालयले एनसेलले तिर्नुपर्ने कर निर्धारण गरेको थियो। कार्यालयले एनसेलले ३९ अर्ब ६ करोड ६ लाख ८४ हजार ८१५ रूपैयाँ तिर्न बाँकी रहेको ठहर गरेको थियो तर एनसेलले आफूले त्यति धेरै कर तिर्नु नपर्ने दाबी गरेको
More