Daily Archives 23rd April 2019

सल्बलाए तस्कर, रसुवाबाट समातियो ७ किलो सुन

रसुवा–उत्तरी नाका रसुवागढीबाट लुकाई छिपाई अवैध रूपमा नेपाल भित्र्याएको सात केजी सुन टिमुरेमा आज प्रहरीले बरामद गरेको छ । सशस्त्र प्रहरी भन्सार राजश्व गुल्म टिमुरेका गुल्मपति प्रहरी नायब उपरीक्षक जीवन केसीका अनुसार केरुङबाट ना६ख ९०६८ नंको स्याउ बोकी आएको कन्टेनर डिब्बाबाट अवैध सात केजी सुन नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त गस्तीले बरामद गरेको हो । सामान परीक्षणका क्रममा विशेष सुराकीका आधारबाट कन्टेनर डिब्बा जाँच गर्दा चालक सिटको माथिल्लो भागमा साधारण तवरले रुमालमा बेरिराखेको अवस्थामा सात केजी सुन फेला परेको र सुन लुकाई ल्याउने डिब्बा चालक नौकुण्ड गापा–१ थाङदोर निवासी शेर ग्याल्पो घलेलाई पक्राउ गरिएको सीमा प्रहरी चौकी टिमुरेका प्रहरी
More

हेमन्तप्रकाश ओलीसहित छ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश

काठमाडौँ–ललितपुर जिल्ला अदालतले नेपाल कम्युनिष्ट पार्टी नेत्रविक्रम चन्द नेतृत्वको समूहका नेता हेमन्तप्रकाश ओली लगायतका ६ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । न्यायाधीश अवनी मैनाली भट्टराईको इजालसले आज थप अनुसन्धान गर्नुपर्ने आवश्यकता भएको हुँदा पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको ललितपुर जिल्ला अदालतका स्रेस्तेदार चन्द्रप्रकाश तिवारीले जानकारी दिए । गत फागुन १० मा नख्खु बम विस्फोटमा एकजनाको ज्यान गएको घटनामा प्रहरीले ओली लगायतलाई कर्तव्यज्यान मुद्दा दर्ता गरेको थियो । चन्द समूहका नेता ओली, वीरबहादुर कठायत, डेकेन्द्र राइसमेत ६ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको हो ।
More

इन्सपेक्टर पदमा क–कसको भयो बढुवा सिफारिस (नामावलीसहित)

काठमाडौं– नेपाल प्रहरीका ५४ प्रहरी नायव निरीक्षक (सई) प्रहरी निरीक्षक (इन्सपेक्टर) पदमा बढुवा सिफारिस भएका छन् । बढुवा समितिमो मंगलबार बसेको बैठकले रिक्त रहेको इन्सपेक्टरको सो पदमा ५४ जनालाई बढुवा सिफारिस गरेको प्रहरी प्रधान कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ । नामावली हेर्नुहोस्ः
More

बाइबल र पैसा बोकेर धर्म प्रचार गर्ने पक्राउ

दाङ–बाइबल र पैसा बोकेर गाउँशहरमा विभिन्न प्रलोभन देखाउँदै क्रिश्चियन धर्मको प्रचार गरेको अभियोगमा प्रहरीले आज घोराहीबाट दुई विदेशीसहित पाँच जनालाई पक्राउ गरेको छ । घोराही बजारस्थित होटेल डोकोबाट अमेरिकी नागरिक सिनक्वान्टा ओलिएना मे, भारतीय नागरिक गौरव श्रीवास्तव, क्रिश्चियन समाजका महासचिव डिल्लीराम पौडेल, सङ्खुवासभाका कुन्साङ तामाङ र गाडी चालक नेपालगञ्जका प्रमोद काफ्ले पक्राउ परेका हुन् । उनीहरुका साथबाट बा१३प ३१९६ स्कार्पियो गाडी, बाइबल, रकम राखिएका खाम, दमको उपचारका क्रममा बाफ दिने मेसिन, ल्यापटप, पेनड्राइभलगायत सामग्री बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकृत विक्रम शाहले जानकारी दिए । पक्राउ परेकामध्ये तीन नेपाली र एक भारतीयलाई मुलुकी अपराध संहिता ऐनको दफा १५८ विपरीत
More

काङ्ग्रेस नेता ताम्राकारको निधन

काठमाडौँनेपाली काँग्रेसका पूर्व कोषाध्यक्ष एवं पूर्व मन्त्री रामकृष्ण ताम्राकारको उपचारका क्रममा निधन भएको छ । निमोनिया बढेपछि यही वैशाख ३ गते अस्पताल भर्ना भएका ७५ बर्षीय नेता ताम्राकारको आज दिउँसो ३ः४५ बजे अल्का अस्पतालमा निधन भएको काँग्रेसले जनाएको छ । पूर्वस्वास्थ्य र उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री रहेका नेता ताम्राकारले पार्टीको ११ औँ महाधिवेशनपछि कोषाध्यक्षको भूमिका निर्वाह गरेका थिए । भैरहवा सिद्धार्थनगर निवासी ताम्राकार काठमाडौँमा बस्दै अआएका थिए ।
More

रामकृष्णको ‘विश्वास’ सार्वजनिक

अस्ट्रेलियालाई कर्मभूमी बनाउदै आएका गायक डा रामकृष्ण निरौलाको ‘विश्वास’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। डा भोला रिजालको शब्द तथा नरहरी प्रेमीको संगीत रहेको गीतको भिडियोमा अभिनेत्री केकी अधिकारी, आरसी थापा र सोन्हार श्रेष्ठलाई फिचर्ड गरिएको छ। पछिल्लो समय सामान्य कुरामा पनि सम्बन्ध विच्छेद हुने सामाजिक विकृतिलाई कथामा उतार्दै ‘विश्वास’ बोलको भिडियो रिलिज गरिएको हो। अस्ट्रेलियाको विभिन्न रमणीय स्थलमा विदुर केसी र निजमा केसीले पर्दामा उतारेको गीतको भिडियोलाई मोडल आरसी थापा आफैले निर्देशन गरेका हुन् भने गंगा निरौलाको लगानीमा तयार गरिएको छ। गीतको भिडियोमा विदुर क्षेत्री र निज्मा केसीले क्यामेरा चलाएका छन् भने सम्पादन निज्मा केसी ले नै गरेका
More

भाकल चढाउन मन्दिर गएका वृद्धको मृत्यु

राजविराज : मन्दिरमा पूजा गर्न गएका सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका-२ बस्ने ६५ वर्षीय फनिकलाल सदाको मृत्यु भएको छ। हनुमाननगर कंकालिनी नगरपालिका-३ स्थित दिनाभद्रीको मन्दिरमा साँझ पूजा गर्न गएका सदा अचानक बेहोस भएका थिए। उपचार क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ। मन्दिरमा भाकल चढाउन श्रीमतीसँग गएका सदा बेहोस भएपछि उपचारका लागि तत्कालै स्थानीय मेडिकल लगिएको थियो । उपचारका क्रममा राति ८ बजे उनको मृत्यु भएको प्रहरी निरीक्षक गुरुप्रसाद तिमिल्सिनाले बताए। अन्नपूर्ण पोष्ट
More

घुस लिएको अभियोगमा पक्राउ

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरी किताबखाना लैनचौरमा कार्यरत कम्प्युटर अपरेटर सुरज केसीलाई रु दश हजार घुस लिएको अभियोगमा आज पक्राउ गरेको छ । आयोगका प्रवक्ता प्रदीकुमार कोइरालाका अनुसार निवृत्तिभरणको अधिकारपत्र बनाउने प्रयोजनका लागि सेवाग्राहीसँग घुस रकम लिएको अभियोग केसीमाथि लागेको छ । कम्प्युटर अपरेटर केसीलाई आयोगको टोलीले आज कार्यकक्षबाट नियन्त्रणमा लिएको हो । आरोपी केसीको अनुसन्धान भइरहेको आयोगले जनाएको छ । रासस
More

शेयर बजारमा झिनो सुधार

काठमाडौँ । धितोपत्र बजारमा आज शेयरको मूल्यमा झिनो अङ्कको सुधार आएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ३.७४ विन्दुले बढेर एक हजार २६० विन्दुमा पुगेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको कारोवारमापन गर्ने सेन्सेटिभ परिसूचक ०.९ विन्दुले बढेर २७२.२७ विन्दुमा पुगेको छ । स्टकका अनुसार कूल १७६ कम्पनीको १८ लाख एक हजार ५२२ कित्ता शेयर रु ६१ करोड ४१ लाख ४७ हजार ४११ मूल्यमा कारोवार भएका छन् । कारोवार भएका कूल एघार उपसमूहमध्ये आज पाँच उपसमूहको मात्रै शेयर बढेको छ भने छ उपसमूहको शेयर भने ओरालो लागेको छ । बैंकिङ ६.६६, विकास बैंक ०.५७, वित्त १.४५,
More

मुलुकमा फेरि विद्रोह हुने भ्रम नपाल्न प्रचण्डको आग्रह

काठमाडौं। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुलुकमा फेरि विद्रोह गर्ने भ्रम नपाल्न सबैलाई आग्रह गरेका छन्। अध्यक्ष प्रचण्डले फेरि विद्रोह, फेरि हिंसा र आन्दोलन गर्नुपर्ने अवस्था आउने हो कि भन्ने भ्रम लिएर नहिँड्न आदिवासी/ जनजाति समूदायलाई आग्रह गरे। उनले नेत्र विक्रम चन्द नेतृत्वको नेकपा आदिवासी जनजातिको पक्षमा नरहेको जिकिर गरे। मंगलबार ललितपुरमा आयोजित आदिवासी/जनजातिहरुको अधिकारसम्बन्धि उच्चस्तरीय अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले आदिवासी/जनजातिको अधिकार सुनिश्चित हुने गरी संविधानमा विभिन्न आयोगको व्यवस्था गरिएको उल्लेख गर्दै त्यसको कार्यान्वयनका लागि सरकार र राजनीतिक नेतृत्वलाई दवाव दिने गरी वृहत बहसको सुरुवात गर्नुपर्ने आवश्यक्ता पनि औंल्याए। अध्यक्ष दाहालले संविधानमा व्यवस्था
More