Daily Archives 24th April 2019

एनआरएन अमेरिकाको उपाध्यक्षमा बुद्धि सुवेदीको चर्चा

न्यूयोर्क–एनआरएनए अमेरिकाको उपाध्यक्ष पदका दावेदार बुद्धि सुवेदीले सहमति र सहकार्य नै एकताको उत्तम उपाय भएको बताउनु भएका छ । व्यक्ति भन्दा संस्था सर्वोपरी हुने बताउँदै संस्थालाई दिगो र बलियो बनाउने दायित्व हामी सबैको भएकोले सहकार्य गर्न सदैव आफू तयार रहेको बताउनु भयो । ‘संस्थाभित्र विभिन्न चुनौती हुन्छन्,’ यस्ता चुनौतीहरूलाई चिरफार गर्न तथा संस्थाको बृहतर हितका लागि अमेरीकामा बस्ने सम्पूर्ण नेपालीहरू एकजुट हुन आवश्यक छ,’ उहाँले भन्नु भयो । नेपाली जहाँ रहेपनि उनीहरूको क्षमता, पहुँच र स्रोतको अपेक्षा मातृभूमीले गरिरहेको हुने एनआरएनए उपाध्यक्ष पदका दावेदार बुद्धि सुवेदीले बताउनु भएको छ । नेपाली एकजुट भएमात्र जन्मभूमीको सेवा गर्न सकिने उहाँले भनाइ छ
More

प्रदेश ५ को प्रदेशसभा बैठक १५ गतेसम्मका लागि स्थगित

बुटवल । प्रदेश नं ५ को प्रदेशसभा बैठक स्थगित भएको छ । प्रदेशसभा सचिवालयले बुधबार एक सूचना प्रकाशित गरी प्रदेशसभाको वैठक १५ गते सम्मकालागि स्थगित भएको जनाएको हो । प्रदेशसभा सचिवालयका सचिव दुर्लभकुमार पुनद्धारा हस्ताक्षरित सूचनामा वैशाख १३ गते शुक्रबार दिउँसो १ बजे बस्नेगरी तय भएको वैठक बिशेष कारणवस सभामुखले स्थगित गरी लागि निर्धारण गरेको जनाइएको छ । सूचनामा बिशेष कारणवस वैठक स्थगित गरिएको जनाइए पनि कारण भने खुलाइएको छैन ।हिजो बसेको प्रदेशसभा वैठकको अन्त्यमा सभामुख पुर्णबहादुर घर्तीले अर्को वैठक१५ गते दिउसो १ बजे सदनलाई जानकारी गराएका थिए ।
More

ड्रेस टू इम्प्रेसमा देखियो डिजाइनरहरुको सृजना

मंगलबार साँझ बालुवारस्थित आम्रपाली ब्याङ्क्वेटमा युवा युवती गरी ७१ जना विभिन्न आकर्षक एवं मनमोहक डिजाइनका पहिरनहरुमा चिटिक्क सजिएर बसेका थिए । आफ्ना लागि आफैंले तयार पारेको पहिरन र सोही पहिरनलाई मोडल जस्तै विभिन्न हावभाव दिंदै रनवेमा प्रस्तुत गर्नका लागि आतुर उनीहरुमा वेग्लै खालको उत्सुकता र रोमाञ्चता देख्न सकिन्थ्यो । आईआईएफटी नेपाल नामक फेसन डिजाइनिङ इन्स्टिच्युटमा अध्ययनरत फेसन डिजाइनिङका विद्यार्थी उनीहरुले ड्रेस टू इम्प्रेस शीर्षक अन्तर्गतको प्रतियोगिताका लागि त्यसरी आफूलाई तयार पारेका थिए । कार्यक्रमले गति लिएसंगै फिटेड गाउन, लेहेंगा, ककटेल, कल्चुरल तथा फ्लो गाउन अन्तर्गत विद्यार्थी डिजाइनरहरुले आफूले सृजना गरेका पहिरनहरु आफैंले प्रस्तुत गरे । उनीहरुको मोडल रुपी प्रस्तुतिलाई कोरियोग्राफर
More

विप्लव समूहका नेता कल्पना सुवेदी पक्राउ

नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपाको जिल्ला सदस्य तथा महिला संगठनकी केन्द्रीय सदस्य नेता कल्पना सुवेदीलाई प्रहरीले रुपन्देहीबाट पक्राउ गरेको छ । गएरति ११ बजे रुपन्देहीको देवदहस्थित आफ्नै निवासबाट सुवेदीलाई प्रहरीले पक्राउ गरेको हो । सुवेदी रुपन्देही जनसरकार प्रमुख शिशिरकी श्रीमतीसमेत हुन् । प्रहरीले सुवेदी सहित उनका ५ वर्षे छोरालाई समेत नियन्त्रणमा लिएको छ । कल्पनालाई भैरहवास्थित जिल्ला प्रहरी कार्यालयमा राखिएको प्रहरीले जनाएको छ । टिभि अन्नपूर्ण
More

ट्र्याक्टर दुर्घटनामा एक जनाको मृत्यु

राजविराज । पूर्व–पश्चिम राजमार्गअन्र्तगत सप्तरीको सितापुरमा ट्र्याक्टर दुर्घटनामा परी एक जना कामदारको आज घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरीको रुपनी गाउँपालिका–३ बस्ने ४० वर्षीय शिवकुमार मण्डल रहेको प्रहरी निरीक्षक गुरु तिमल्सिनाले बताए । सोही दुर्घटनामा परी चालकसहित चार जनासमेत घाइते भएका छन् । उनीहरुको अग्निसाई कृष्णशवरण गााउँपालिका–४ स्थित मोहली बजारमा रहेको अहिर अस्पतालमा उपचारको लागि भर्ना गरिएको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । दुर्घटनाको कारण खुलेको छैन भने ट्र्याक्टर सडकको छेउमा पल्टेको छ । फलामको रड लिएर पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको अवस्थामा तत्काल नम्बर नखुलेको औनटेस्ट ट्र्याक्टर अग्निसाई कृष्णशवरण गााउँपालिका–४ स्थित सितापुरमा दुर्घटनामा परेको थियो । रासस
More

महिला फुटबलमा नेपाल पुलिस तेस्रो

घोराही । आठौँ राष्ट्रिय खेलकूदअन्तर्गत महिला फुटबलमा आज बिहान तेस्रो स्थानका लागि भएको खेलमा नेपाल पुलिस क्लब विजयी भएको छ । दाङको बेलझुण्डी रङ्गशालामा भएको प्रदेश नं ३ सँगको निकै प्रतिस्पर्धात्मक र रोचक खेलमा ‘सडन डेथ’ बाट पुलिसले जीत हासिल गरेको हो । पहिलो हाफमा कसैले पनि गोल गर्न नसके पनि दोस्रो हाफको २७ औँ मिनेटमा प्रदेश नं ३ का तर्फबाट जर्सी नम्बर ७ की मनिषा थापाले गोलको शुरुआत गरेकी थिइन् । ३४ औँ मिनेटमा पुलिसका तर्फबाट जर्सी नम्बर १४ की निरु थापाले जवाफी गोल फर्काइन् । निर्धारित समयमा एक÷एक गोलको बराबरी भएपछि खेल टाइब्रेकरमा गएको थियो । टाइब्रेकरमा ४÷४
More

दक्षिण अफ्रिकामा बाढीका कारण ५१ जनाको मृत्यु

जोहानसबर्ग । दक्षिण अप्रिकाको पूर्वी क्षेत्रमा आएको बाढीका परी कम्तीमा ५१ व्यक्तिको मृत्यु भएपछि राष्ट्रपति सिरिल रामाफोसाले स्थलगत अवलोकन गरेका छन्। दक्षिण अप्रिकामा हालका दिनहरुका भारी वर्षाले सताएको र सोही कारण गत हप्ताबाट दक्षिण र पूर्वी भागहरु प्रभावित भएका छन् । लिबिया र सुडानमा जारी द्वन्द्वको विषयमा इजिप्टमा भएको सम्मेलनबाट फर्किएका रामाफोसाले यस बाढीबाट ज्यान गुमाएका परिवार र समुदायप्रति दुःख प्रकट गर्दै सरकारले पूर्ण सहयोग गर्ने बताए। यस बाढीबाट प्रभावित परिवारलाई सहयोग गर्न राष्ट्रपतिले सबैसँग आह्वान गरे । यस बाढी र पहिरोमा परी मङ्गलबारसम्म ३३ जनाको मृत्यु भएको थियो । तर पहिरोमा पुरिएका व्यक्तिलाई निकाल्ने क्रममा सो सङ्ख्या ५१ पुगेको
More

धादिङ केन्द्रबिन्दु भएर फेरि अर्को भूकम्पको धक्का

काठमाडौं– धादिङ केन्द्रबिन्दु भएर फेरि अर्को भूकम्पको धक्का गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दिउँसो ३ बजेर ५ मिनेट जाँदा नौबिसे आसपास केन्द्रबिन्दु भएर ३ दशमलव ९ रिक्टरस्केलको भूकम्पको धक्का गएको हो । केन्द्रका अनुसार बिहान पनि नौबिसे आसपास नै केन्द्रबिन्दु भएर भूकम्पको धक्का गएको थियो । बिहान ६ बजेर २९ मिनेट जाँदा ५ दशमलव २ रिक्टरस्केलको भूकम्पको धक्का गएकोमा त्यसको ११ मिनेटपछि पुन ४.२ रिक्टरस्केलको भूकम्पको धक्का गएको थियो ।
More

एनआरएन यूकेको अध्यक्षमा पुनम गुरुङले उम्मेदवारी दिने

लण्डन । गैर आवासीय नेपाली संघ (एनआरएन) यूकेको आगामी महाधिवेशनमा पहिलो पटक अध्यक्ष पदमा एक महिला उम्मेदवार हुने भएकी छन् । संघको सेप्टेम्वर दोस्रोसाता हुने अधिवेशनमा वर्तमान उपाध्यक्ष पुनम गुरुङले उम्मेदवारी दिने भएकी हुन् । सोमबार नटिंगहममा सम्पन्न संघको १० औं बैठकमा उनले आगामी निर्वाचनमा उम्मेदवारी दिने जानकारी गराएकी थिइन् । निर्वाचनको तिथि तय भएलगत्तै उम्मेदवारी सार्वजनिक गरेकी उपाध्यक्ष गुरुङले छिट्टै आफ्नो चुनावी घोषणापत्रसहित आउने बताएकी छन् । एनआरएनहरुको ठूलो सरोकार रहेका नागरिकता, लगानी लगायतका मुख्य मुद्धाहरुका अलावा महिला तथा युवाहरुको सहभागिता बढाउने, संस्थालाई आर्थिक रुपमा आत्मनिर्भर बनाउने, वेलफेयरका कार्यक्रमहरु अघि बढाउने लगायतका उनका एजेण्डा रहने बताएकी छन् । बेलायतकी
More

रामकृष्णको ‘विश्वास’ सार्वजनिक

अस्ट्रेलियालाई कर्मभूमी बनाउदै आएका गायक डा रामकृष्ण निरौलाको ‘विश्वास’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। डा भोला रिजालको शब्द तथा नरहरी प्रेमीको संगीत रहेको गीतको भिडियोमा अभिनेत्री केकी अधिकारी, आरसी थापा र सोन्हार श्रेष्ठलाई फिचर्ड गरिएको छ। पछिल्लो समय सामान्य कुरामा पनि सम्बन्ध विच्छेद हुने सामाजिक विकृतिलाई कथामा उतार्दै ‘विश्वास’ बोलको भिडियो रिलिज गरिएको हो। अस्ट्रेलियाको विभिन्न रमणीय स्थलमा विदुर केसी र निजमा केसीले पर्दामा उतारेको गीतको भिडियोलाई मोडल आरसी थापा आफैले निर्देशन गरेका हुन् भने गंगा निरौलाको लगानीमा तयार गरिएको छ। गीतको भिडियोमा विदुर क्षेत्री र निज्मा केसीले क्यामेरा चलाएका छन् भने सम्पादन निज्मा केसी ले नै गरेका
More