Daily Archives 25th April 2019

यसकारण मोदीको जीवनीमा आधारित चलचित्र प्रदर्शनमा रोक लाग्यो

नयाँ दिल्ली–भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको जीवनीमा आधारित चलचित्र ‘पिएम नरेन्द्र मोदी’ निर्वाचन नसकिँदासम्म प्रदर्शन नहुने भएको छ । सो चलचित्र प्रदर्शनमा रोक लगाउन माग गर्दै उजुरी परेपछि रोक लगाइएकोमा निर्वाचन अगाडी नै फुकुवा हुने सम्भावना नरहेको निर्वाचन आयोग श्रोतले जनाएको छ । स्वतन्त्र र निष्पक्ष निर्वाचनका लागि सो चलचित्रले असर पार्ने भन्दै मोदीका विपक्षीहरू निर्वाचन आयोग र अदालतमा पुगेका थिए । “निर्वाचन आयोगले निर्वाचन सकिनु अगाडि अर्थात् आउँदो मे १९ अगाडी सो चलचित्र प्रदर्शन गर्न दिननहुने पक्षमा रहेको छ,” श्रोतले एएनआईसँग भन्यो । निर्वाचन आयोगले यो चलचित्र प्रदर्शन गर्ने दिने की नदिने भन्ने बारेमा तयार पारेको एक प्रतिवेदन सर्वोच्च अदालतलाई
More

श्रीलङ्काका केही उच्च अधिकारीहरू राजिनामाको तयारीमा

कोलम्बो–श्रीलङ्कामा भएको विनाशकारी विस्फोटनका घटनामा दोषी ठहर गर्दै राजिनामाका लागि राष्ट्रपतिले दिएको दवाबपछि उच्च सुरक्षा अधिकारीहरूले बिहीबार राजिनामा दिएका छन् । आत्मघाती हमलामा परी झण्डै ३६० जनाको मृत्यु भएकोमा त्यसलाई नियन्त्रण गर्न सुरक्षा अधिकारीहरूले पर्याप्त प्रयास नगरेको उच्च सरकारी अधिकारीहरूको ठहर छ । बर्खास्त गर्ने निर्णय भएकाले तत्काल पदबाट राजिनामा दिन राष्ट्रपति मैत्रीपाला सिरिसेनाले केही उच्च सुरक्षा अधिकारीहरूलाई यसअघि नै निर्देशन दिनुभएको थियो । उहाँको निर्देशन अनुसार नै सैन्य कर्मचारीतन्त्रका अति वरिष्ठ सरकारी अधिकारी हेमासिरि फेर्नान्डोले राष्ट्रपति सिरिसेनालाई राजिनामा पठाउनुभएको छ । नाम नबताउने शर्तमा राष्ट्रपति कार्यालयका एक अधिकारीले भने “हेमासिरिले घटनामा आफ्नो दोष रहेको स्वीकार गर्दै राष्ट्रपति सिरिसेनालाई राजिनामा
More

विवादित एनसेलको पक्षमा सर्वोच्चले दियो यस्तो आदेश

काठमाडौँ–सर्वोच्च अदालतले एनसेल लाभकर विवादमा ठूला करदाता कार्यालयले विवरण पेश गर्ने मौका नै नदिनुका कारण देखाउन आदेश जारी गरेको छ । न्यायाधीश बमकुमार श्रेष्ठको एकल इजलासले आज कारण देखाउ आदेश जारी गर्दै दुवै पक्षलाई छलफलमा बोलाउने आदेश जारी गरेको हो । ठूला करदाता कार्यालयले निर्धारण गरेको करविरुद्ध एनसेलकोतर्फबाट प्रशन्न श्रेष्ठलाई रिट वारेस राखी एनसेलका कानून अधिकृत रमेश घिमिरेले सर्वोच्च अदालतमा यही वैशाख ९ गते रिट निवेदन दायर गरेका थिए । “एनसेलले दुई आर्थिक वर्षमा रु १४ अर्ब ३६ करोड मात्र बुझाउनुपर्नेे तर ठूला करदाता कार्यालयले एनसेलले रु ३९ अर्ब छ करोड छ लाख ८४ हजार ८१५ तिर्नुपर्ने भनी कर निर्धारण
More

धनगढी विमानस्थलमा एक महीनाका लागि उडान बन्द

कैलाली– धनगढी विमानस्थलमा झण्डै एक महीनाका लागि उडान बन्द हुने भएको छ । विमानस्थलको धावनमार्गको स्तरोन्नति र पार्किङ क्षेत्र विस्तार गरिने भएकाले यही वैशाख २२ गतेदेखि एक महीनासम्मका लागि उडान बन्द हुने विमानस्थलका प्रमुख तेजबहादुर बुढ्थापाले जानकारी दिए । उनले उक्त सूचना नेपाल नागरिक उड्डयन प्राधिकरणको प्रधान कार्यालयलाई प्रकाशन गर्न आग्रह गर्ने निर्णय भएको बताए । विमानस्थलको धावनमार्ग र पार्किङ क्षेत्र विस्तारका लागि ठेक्का सम्झौतासमेत भइसकेको बुढ्थापाले उल्लेख गरे ।
More

धुर्मुस सुन्तलीलाई बद्रि पंगेनीको उपहार ‘रङ्गशाला बन्छ नेपालीको’

काठमाडौं–चर्चित गायक बद्रि पंगेनी र पुर्णकला बिसीले क्रिकेट गीत सार्बजनिक गरेका छन् । धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण गर्ने ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माण अभियान सफल बनाउन सबैलाई आग्रह गर्दै उनले क्रिकेट सम्बन्धि गीत सार्बजनिक गरेका हुन् । ‘रङ्गशाला बन्छ नेपालीको’ बोलको गीतलाई दुर्गा पंगेनीले लेखेका हुन् भने संगीत बद्रि पंगेनीले नै दिएका छन् । गीतमा पुर्णकला बिसीले उनलाई साथ दिएकी छिन् । हरेक नेपालीको सपना, देशको गौरवको परियोजना नेपालीलेनै सफल बनाउनुपर्ने जस्ता भाव बोकेको गीतको भिडियो सुदिप बरालले खिचेका हुन् भने शंकर बिसीले निर्देशन गरेका हुन् । भिडियोमा धुर्मुस सुन्तलीले गरेका उदाहरणिय कार्यहरु समावेश गरीएको छ । खेलाडीहरुले संसारभर
More

क्यालकुलेटरमा C र CE को काम के हो ?

विद्यार्थीदेखि लिएर पसलेसम्मले हिसाबकिताब गर्नका लागि क्यालकुलेटरको प्रयोग गर्छन् । हुन त कम्प्युटरको जमानामा क्यालकुलेटरको प्रयोग घट्दै गएको छ किनकि स्मार्टफोनमै क्यालकुलेटरको पनि सुविधा उपलब्ध छ । तपाईँले पनि क्यालकुलेटरको प्रयोग त गर्नुभएको छ तर त्यसमा भएका सबै बटनको बारेमा तपाईँलाई जानकारी छ त ? छैन होला, किनकि हामी आफूलाई चाहिने बाहेक अरू कुरा वास्ता गर्दैनौं । क्यालकुलेटरमा भएको Clear (C) र Clear Entry (CE) बटनको के प्रयोजन छ ? सधैं क्यालकुलेटर प्रयोग गर्नेलाई यो प्रश्न सोध्नुभयो भनेपनि उत्तर दिन अप्ठ्यारो हुन्छ । खासमा यी दुई बटनको प्रयोजन कम्प्युटरको डिलिटजस्तै हो । तर CE बटनको प्रयोग क्यालकुलेटरमा गरिएको अन्तिम अंक
More

बिहान उठ्ने बित्तिकै नगर्नुस् यी ५ काम

जीवनको बारेमा बुढा पाकाहरुले भनेका कतिपय कुराहरु वैज्ञानिक पनि छन् । पछिल्लो समयमा बुढा पाकाहरुले भनेका जीवन सम्बन्धी महत्वपूर्ण कुराहरुलाई कसैले पनि वास्ता गर्दैनन् । तर, यहाँ यस्तै मान्यताको चर्चा गरिएको छ, जुन उठ्ने बित्तिकै गर्नु निकै अशुभ मानिन्छ । बिहान उठ्ने बित्तिकै गर्ने नहुने ५ कामहरु : सहवास नगर्नुस् : बिहान उठ्ने बित्तिकै सहवास गर्यो भने शरीरमा जम्मा भएको सकारात्मक उर्जा नष्ट हुने र नकारात्मक उर्जा भरिन्छ । सकेसम्म विहानमा सम्भोग गर्नु उचित हुँदैन् । ऐना नहेर्नुस् : बिहान उठ्ने बित्तिकै मानिस अल्छी हुन्छ । मानिसको शरीरमा आलश्य हुन्छ । उठ्ने बित्तिकै ऐना हेर्दा त्यो आलश्यको मुद्रादे दिनभरी नकारात्मक
More

दाँतमा कीरा लाग्नुको रहस्य

हाम्रो शरीरको एउटा महत्वपूर्ण अंग दाँत पनि हो । दाँतले हामी खानेकुराहरु चपाउने काम गर्छौं । दाँत नै भएन भने हामीले खानेकुराहरु राम्ररी खान सक्दैनौं । राम्ररी खानेकुरा खान नपाएपछि मानिसको हालत कस्तो होला ? सजिलै अनुमान गर्न सक्छौं । दाँतले खानेकुरा चपाउने काम मात्रै गर्दैन, यसले मानिसलाई सुन्दर बनाउने काम पनि गर्छ । मुखमा टम्म र लहर मिलेको दाँत छ भने मानिस त्यसै सुन्दर देखिन्छ । दाँत छैन भने मानिस उमेर नै नपुगिकन पनि बुढो मानिस जस्तो देखिन्छ । दाँतलाई स्वस्थ राख्नको लागि नियमित रुपमा यसको हेरविचार गर्नुपर्छ । राम्ररी हेरविचार गरेन भने, दाँतमा कीरा लाग्छ, दाँत बिग्रन सक्छ
More

नेपाल प्रेस युनियन युरोप संयोजकमा कँडेल

काठमाडौं । नेपाल प्रेस युनियन, युरोपको संयोजकमा सञ्जयभक्त कँडेललाई सिफारिस गरिएको छ । बेलायत र युरोपलाई कार्यक्षेत्र बनाएर पत्रकारितामा क्रियाशिल कँडेललाई प्रेस युनियनका केन्द्रीय अध्यक्ष बद्री सिग्देलको प्रस्तावमा महासचिब अजयबाबु शिवाकोटीले युरोप संयोजकको जिम्मेवारी दिएका हुन् । केही साताअघि सम्पन्न बेलायत शाखाको प्रथम अधिवेशन सफल गराउन महत्वपूर्ण भूमिका निर्वाह गरेका उनलाई युरोपका सबै देशहरुमा संगठन विस्तार गरी यथाशक्य अधिवेशन गर्न भनिएको छ । दर्पणसंसार डटकमका प्रधान सम्पादक तथा पत्रकार महासंघ बेलायको महासचिब रहेका कँडेल विगत लामो समयदेखि प्रवासमा रहेर पत्रकारिता गर्दै आइरहेका छन् । नेपाल समाचारपत्रको बेलायत प्रतिनिधि समेत रहेका उनी बेलायतस्थित नेपाली दुताबासले मनाउन गइरहेको ‘भिजिट नेपाल–२०२०’ समारोहको प्रचार
More

लाप्राकवासीहरुसँग एनआरएनएको अन्तरक्रिया

गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नेपालमा महाभुकम्प गएको चौथो वर्ष प्रवेश गरेको अवसर पारेर लाप्रावासीहरुसँग अन्तरक्रिया गरेको छ । बिहीवार लाप्राकको गुप्सीपाखामा आयोजित कार्यक्रमलाई सम्वोधन गर्दै गैरआवासीय नेपाली संघका अध्यक्ष भवन भट्टले भुकम्प पिडितको लागि निर्माण भएको नमुना बस्ती छिट्टै विशेष कार्यक्रमको आयोजना गरेर हस्तान्तरण गर्ने जानकारी दिनुभयो । अध्यक्ष भट्टले नमूना बस्तीको रंगरोगन सहित बाहृय संरचनाको सम्पूर्ण काम सकिएको बताउादै लाप्राकवासीहरुको धैर्यताको लागि धन्यवाद समेत व्यक्त गर्नुभयो । लाप्राकमा ५७३ घर निर्माण सकिएर अन्तिम चरणको काम भइरहेको छ । प्रतिकुल मौसम र भौगोलिक विकटताको कारणले सो परियोजना निर्माणमा ढिलाई भए पनि अध्यक्ष भवन भट्ट स्वयं निर्माण स्थलमै उपस्थित भएर
More

प्रधानमन्त्रीद्वारा सम्पदा अवलोकन

भूकम्प स्मृति दिवसका अवसरमा प्रधानमन्त्री ओलीले वसन्तपुर दरबार क्षेत्रमा पुनःनिर्माण भइरहेका सम्पदाको अवलोकन गर्नुभयो । पुनःनिर्माण भइरहेको काष्ठमण्डपको उहाँले अभिरुचिपूर्वक बाँसको भ¥याङ उक्लेर माथिल्लो तलामा गई निरीक्षण गर्नुभयो । भूकम्पअघि महानगरीय प्रहरी परिसर रहेको भवनमा काष्ठमण्डप पुनःनिर्माणका लागि बनिरहेको काठको कार्यशालाका गतिविधि पनि प्रधानमन्त्री ओलीले अवलोकन गर्नुभयो । कालभैरव मन्दिरअघि भूकम्पमा परी निधन भएकाहरुको शान्तिका लागि भइरहेको धार्मिक कार्यक्रम सहभागी भई उहाँले टीका प्रसाद ग्रहण गर्नुभयो । दरबार क्षेत्रमै विसं २०७२ वैशाख १२ गतेको भूकम्पले भत्किई महानगरपालिकाले पुनःनिर्माण गरेको शिव मन्दिरको प्रधानमन्त्री ओलीले उद्घाटन गर्नुभयो । हनुमानढोका दरबारभित्र प्रवेश गरी नासलचोक, नौतले दरबारलगायत संरचना पुनःनिर्माणको पनि उहाँले रुचिपूर्वक अनुगमन गनुर््भयो
More

पुरूषतर्फको सर्वाधिक पदक एनआरएनको हातमा

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) टिमका नाथन शेर्पा आठौं बृहत राष्ट्रिय प्रतियोगितामा ५ स्वर्ण, १ रजत र १ काँस्य जित्दै पुरूषतर्फ सर्वाधिक पदक जित्ने खेलाडी बने। अमेरिकाको न्युयोर्का नाथनले बुधबार अन्तिम दिन एक सय मिटर ब्याक स्ट्रोकतर्फ नयाँ राष्ट्रिय कीर्तिमानसहित स्वर्ण जितेका थिए। वृहत राष्ट्रिय खेलकुदमा गैरआवासीय नेपालीको तर्फबाट पहिलोपल्ट सहभागी नाथन दोर्जी शेर्पाले पुरूष पौडीमा सबैलाई उछिनेका छन्। उनले आठौं बृहत राष्ट्रिय प्रतियोगितामा ५ स्वर्ण, १ रजत र १ काँस्य जित्दै पुरूषतर्फ सर्वाधिक पदक जित्ने खेलाडी बने। अमेरिकाको न्युयोर्क शहरमा बसोबास गर्ने नाथनले बुधबार अन्तिम दिन १ सय मिटर ब्याक स्ट्रोकतर्फ नयाँ राष्ट्रिय कीर्तिमानसहित स्वर्ण जिते। उनले १
More

गोरखामा ४९ हजार घरको पुनःनिर्माण

गोरखा। २०७२ साल वैशाख १२ गते गएको विनाशकारी भूकम्पको चार वर्ष पूरा हुँदा गोरखामा ७५ प्रतिशत निजी आवास पुनःनिर्माणको काम सम्पन्न भएको छ। भूकम्पको केन्द्रबिन्दु रहेको गोरखामा लाभग्राहीको सूचीमा परेकामध्ये ४९ हजार ७० लाभग्राहीको निजी आवास निर्माण सम्पन्न भएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार एकाइ गोरखाका प्रमुख रामशरण आचार्यले जानकारी दिए। भूकम्पपछि निजी आवास निर्माणका लागि गोरखामा कूल ७१ हजार पाँच जना लाभग्राहीको सूचीमा परेका थिए। एकाइका प्रमुख आचार्यका अनुसार जिल्लाका ११ वटा स्थानीय तहमध्ये पुनःनिर्माणमा भूकम्पको केन्द्रबिन्दु रहेको बारपाक सुलीकोट गाउँपालिका सबैभन्दा अघि रहेको छ। “अहिलेसम्मको अवस्था हेर्दा बारपाक सुलीकोट गाउँपालिकामा कूल लाभग्राहीको
More

‘निर्धारित मितिमै धरहरा निर्माण सम्पन्न गर्छौं’

काठमाडौं । विनासकारी भूकम्प, धरहरा पुनः निर्माण अभियान र धरहरा सम्बत बिषयक जानकारीमुलक कार्यक्रम सम्पन्न भएको छ । बिहीवार रिपोर्टर्स क्लब नेपालमा धरहरा पुनः निर्माणको कार्य प्रगति तथा धरहरा सम्बत ००५ को बारेमा जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा बोल्दै साहित्यकार तथा ‘म बनाउँछु मेरो धरहरा’ का अभियन्ता ध्रुब गजुरेलले धरहरा पुनः निर्माणको लागि भएका प्रयासहरुको बारेमा प्रकाश पारेका छन । आफुले साहित्य लेखनको माध्ययमबाट धरहरा निर्माणको लागि करोडौ रकम संकलन गरि राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको माध्ययमबाट सरकारलाई बुझाईसकेको पनि उनले जानकारी गराए । संसरमा ९ रेक्टर स्केलभन्दा माथिका धेरै पराकम्पबाट नागरिकले ठूलो जनधनको क्षति व्यहोरिसकेको जानकारी गराउँदै उनले नेपालले पनि ७
More

बिदा थप्नेदेखि १ लाख राहत दिनेसम्मका सरकारी निर्णय यस्ता छन्

बुटवल । बिहीबार बसेको प्रदेश नम्वर ५ को मन्त्रिपरिषदको बैठकले प्रदेश अन्तर्गतका विभिन्न जिल्लामा भएका दैविक विपत्तिका घटनाका पीडित परिवारलाई राहत दिने निणर्य गरेको छ । बैठकले ०७४ फाल्गुन ३ गतेदेखि ०७५ पौष मसान्तसम्म आगलागी, चट्याङ, बाढी, पहिरो लगायतका विपत्तिमा परी मृत्यु भएका ५१ जनाको परिवारलाई प्रतिपरिवार एक लाख रुपैयाँका दरले राहत दिने निर्णय गरेको सरकारका प्रवक्ता तथा भैतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले जानकारी दिए । बैठकले दाङको राप्ती गाउँपालिका वडा नम्वर ७ बसन्तपुरमा अन्तरर्राष्ट्रियस्तरको रंगशाला बनाउने तथा दाङकै घोराही उपमहानगरपालिका वडा नम्वर १६ स्थित नेत्रलाल अभागी रंगशाला र बुटवल उपमहानगरपालिका वडा नम्वर १३ स्थित उजीर सिंह रंगशालाको स्तररोन्नति
More

‘द फेस अफ साउथ एशिया’मा नेपालका ९ मोडल

काठमाडौंं – अन्तराष्ट्रिय मोडलिङ प्रतियोगिता ‘द फेस अफ साउथ एशिया’मा नेपालका ९ मोडलले सहभागिता जनाएका छन् । भारतको पुनामा २५ अप्रिल (आज)देखि २७ अप्रिल (शनिबार)सम्म आयोजना हुने प्रतियोगिताका लागि नेपाली मोडलहरु बुधबार साँझ भारत उडेका छन् । ‘द फेस अफ साउथ एशिया’ एशियाको फेसन जगतकै सबैभन्दा ठूलो र प्रतिष्ठित मानिएको प्रतियोगितामा आशिष केसी (विजेता, मोडल हन्ट नेपाल २०१८) मसिष सुवेदी, पोषण शर्मा, शासोत शाही, राघव अग्रवाल ( मोडल हन्ट सहभागी) रुविष्का श्रेष्ठ (फस्ट रनर अप, मोडल हन्ट नेपाल २०१८), निर्मला न्यौपाने, थिन्ले ल्हामे र सुष्मिता थापा (मोडेल, नेक्स्ट मोडेल नेपाल)का सहभागी छन् । यस प्रतियोगिताबाट छानिएका उत्कृष्ट एक महिला र
More

श्रीमतीको विभत्स हत्या गरेर टाउकाे बोकेर हिँडे श्रीमान

ललितपुरको गोदावरी नगरपालिका–१ बिसंखु गोदाम चौरमा श्रीमानले श्रीमतीको हत्या गरेका छन् । ४२ वर्षीय जय बहादुर वाइवाले मंगलबार बिहान ५ः३० बजे सिन्धुली माइत भएकी श्रीमती वर्ष ४१ की मनमाया वाइवाको विभत्स हत्या गरेका हुन् । श्रीमतीको टाउको छिनाएर बोकेर हिँडेका उनलाई भाग्दै गरेको अवस्थामा खुर्पासहित पक्राउ महानगरीय प्रहरी वृत्त सातदोबाटोका प्रमुख (डीएसपी) गौतम मिश्रले जानकारी दिए । डीएसपी मिश्रका अनुसार जयबहादुरले सुरुमा घनले टाउकोमा हानेको र पछि खुर्पाले टाउको छिनाएको प्रहरी अनुसन्धानमा खुलेको छ । हत्या पारिवारिक कारण भएको बताइएको छ । जयबहादुरले प्रहरी समक्ष श्रीमतीले आफूलाई सधैं टचर दिइरहने गरेको डीएसपी मिश्रले बताए ।
More

लण्डनमा नेपाल सेन्टर यूकेको स्थापना

लण्डन । ब्रिटेनको ऐतिहासिक हाउस अफ लर्ड्समा नेपाल सेन्टर यूके नामक संस्थाको उद्घाटन गरिएको छ। कार्यक्रमको संचालन लर्ड इभान्सले गरेका थिए । बुधबार अपरान्ह आयोजित कार्यक्रम लाई सम्वोधन गर्दै लेबर पार्टीका सांसद वीरेन्द्र शर्माले ब्रिटेन तथा नेपालबीच सम्वन्ध बहुआयामिक रहेको बताए। उनले नया संस्थाले नेपाल तथा ब्रिटेनबीच पूलको रुपमा काम गर्ने आशा पनि ब्यक्त गरे। गैर आवासीय नेपाली संघका उपाध्यक्ष कुल आचार्यले नेपाल तथा ब्रिटेनबीच कला तथा संस्कृतिको क्षेत्रमा सहयोग बढाउन गठन भएको सेन्टरको सफलताको कामना गरे। काठमाडौँ स्थित सेन्टर फर नेप्लिज कल्चर नेपाल सेन्टरका अध्यक्ष निर्मल कुमार थापाले संस्कृतिले मानिसहरुलाई जोड्छ भन्दै लन्डन पछि बेइजिङ्ग र दिल्लीमा पनि सेन्टरले
More

भुकम्पले क्षति भएका संरचनाहरु निर्माण सम्पन्न गर्न निर्देशन

प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी २० महिनाभित्र भुकम्पले क्षति भएका संरचनाहरु निर्माण सम्पन्न गर्न निर्देशन दिएका छन् । काठमाडौँको बसन्तपुरमा दरवार क्षेत्रमा बिहीबार आयोजित चौथो भुकम्प स्मृति सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भूस्कम्पले क्षति पुर्याएका पुरातात्विक केही सम्पदा बाहेक अरु सवै संरचना अवको २० महिनाभित्र सक्नेगरी काम गर्न राष्ट्रिय पुननिर्माण प्राधिकरणलाई निर्देशन दिएका हुन् । केही सम्पदाहरु निर्माण सम्पन्न गर्न अरु समय लाग्नसक्छ, तर धेरै संरचना निर्माण भइरहेकाले अव त्यसलाई सम्पन्न गर्न ढिला गर्नुहुदैन । अवको २० महिनाभित्र सकिसक्नुपर्छ’ प्रधानमन्त्री ओलीको भनाई छ । ‘गोरखा दरवार भाक्तपुरको नौ तले दरवार पुननिर्माण भइरहेको छ । धरहरा, रानीपोखरी पनि पुननिर्माण भइरहेको छ
More

प्रदेश २ का राज्यमन्त्रीले दलितका छोरीको विहेको सम्पूर्ण खर्च व्यहोरे

सिरहा । प्रदेश नं. २ का उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डलले एक दलितका छोरीको विहेको सम्पूर्ण खर्च व्यहोरेका छन् । उनले विवाहको खर्च व्यहोर्नुका साथै अभिभावकसरह वैवाहिक कार्यमा आफै लागेका थिए । सिरहा कल्याणपुर नगरपालिका वडा नं. ३ प्रसाही स्थित एक दलितको छोरीको विहेको सम्पुर्ण खर्च मण्डलले व्यहोरेका छन् । उनले वरबधुलाई आशिर्वाद समेत दिएका छन् । राज्यमन्त्री मण्डलले आफ्नै निर्वाचन क्षेत्रमा रहेका कुशे मलिक (डुम) को छोरी राधा मलिकको विवाहमा सहभागितासँगै सम्पूर्ण खर्च व्यहोरेका हुन् । आर्थिक अवस्था दयनिय रहेका कुशे मलिकले छोरीको विहेको जानकारी गराएपछि राज्यमन्त्री मण्डल विहेमा जन्तीको स्वगतको लागि गएका थिए ।
More