Daily Archives 27th April 2019

धादिङमा पुस्तकालय बनाउन नेप्लिज सेफ एशोसिएसनले च्यारिटी कार्यक्रम गर्दै

लण्डन । धादिङको नीलकण्ठ नगरपालिका १४ स्थित धुवाँकोटमा रहेको रातमाटे माध्यामिक विद्यालयमा पुस्तकालय स्थापना गर्न यहाँ एक च्यारिटी कार्यक्रमको आयोजना गरिने भएको छ । नेप्लिज सेफ एशोसिएसन युकेको आयोजनामा आगामी मे १३ तारिखका दिन मिडल्याण्डमा च्यारिटी कार्यक्रमको आयोजना गर्न लागिएको हो । भूकम्पले ध्वस्त बनेको सो विद्यालय यसअघि पुनर्निर्माण सम्पन्न भइसकेपनि बजेट अभावमा पुस्तकालय निर्माणको उद्देश्य भने पुरा हुन सकेको छैन । भवन समेत बनिसकेर पनि रकम अभावले पुस्तकालय त्यसै अलपत्र रहेको पाइएपछि एशोसिएसनका संस्थापक अध्यक्ष तथा समाजसेवी कृष्ण तिमल्सिनाको पहलमा च्यारिटी कार्यक्रमको आयोजना गर्न लागिएको हो । एशोसिएसनमा तिमल्सिना नेतृत्व रहँदा नै सो स्कुलको पुस्तकालयलाई सहयोग गर्ने निर्णय भएको
More

यस्ताे रह्याे साताको शेयर बजार

काठमाडौँ- नयाँ वर्षको शुरुसँगै धितोपत्र बजारमा शेयरको मूल्यमा उच्च अङ्कको वृद्धि भएको छ । कारोवार रकममा समेत उच्च वृद्धि भएको छ । शेयर बजारले लय समातेको पाइएको छ । आइतबार कारोवार मापक नेप्से परिसूचक ३१.८९ विन्दुले बढेर एक हजार २६४.२० विन्दुमा पुग्यो । स्टकका अनुसार सो दिन कूल १७१ कम्पनीको ३३ लाख ७५ हजार १५३ कित्ता शेयर रु एक अर्ब तीन करोड ६९ लाख ३२ हजार ७३२ मूल्यमा खरीद–बिक्री भए । बजार पूँजीकरणमा समेत वृद्धि भई रु १५ खर्बमाथि पुग्यो । लगातार उकालो लाग्दै आएको शेयर बजार सोमबार भने बिराम लाग्यो । सो दिन कारोवार मापक नेप्से परिसूचक ७.२६ बिन्दुले
More

यसवर्षकै सबैभन्दा बढी गर्मी, ४५ डिग्री नाघ्यो

बर्दिया–बर्दियामा यस वर्षकै सबैभन्दा बढी गर्मी भएको छ । अत्याधिक गर्मीका कारण यस क्षेत्रको जनजीवन अस्तव्यस्त भएको छ । अत्याधिक गर्मीकै कारण जनजीवन र व्यवसाय प्रभावित भएका छन् । वैशाखको दोेस्रो सातामै बर्दियाको तापक्रमले ४५ डिग्री नाघ्नुका साथै दिनभरि तातो हावा चल्न थालेपछि यहाँको जनजीवन निकै अस्तव्यस्त बनेको हो । अत्याधिक गर्मीले गर्दा सर्वसाधारण न्यून सङ्ख्यामा मात्र घरबाहिर निस्कने गरेकाले व्यापार व्यवसाय सबैभन्दा बढी प्रभावित भएको उद्योग वाणिज्य सङ्घ सानोश्री ताराताल कुशुम्बा बजारका कोषाध्यक्ष अमर भण्डारीले बताए । गर्मीकै कारण बर्दियाका अधिकांश विद्यालयलाई बिहान सञ्चालन गर्ने तयारी भइरहेको छ । अत्यधिक गर्मी बढेका कारण जिल्ला अस्पताल र विभिन्न मेडिकलमा ह्वात्तै
More

यती एयरलाइन्सले ल्यायो नयाँ जहाज

काठमाडौँ– निजी क्षेत्रको अग्रणी वायु सेवा प्रदायक कम्पनी यती एयरलाइन्सले आफ्नो सेवा विस्तारका क्रममा चौँथो ‘एटीआर–७२–५००’ जहाज भित्र्याएको छ । नाइन् एन एएनसी जहाज थाइल्याण्डको राजधानी बैंककबाट उडेर शुक्रबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो । व्यावसायिकतासँगै सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्षलाई सहयोग पु¥याउने लक्ष्यका साथ यतीले जहाज थपेको हो । सन् २०२० लाई नेपाल भ्रमण वर्षका रुपमा मनाएर २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । उक्त लक्ष्य हासिल गर्न थपिएका जहाजले सहयोग पुग्ने एयरलाइन्सको विश्वास छ । यति एयरलाइन्सका वरिष्ठ प्रबन्धक तथा प्रवक्ता भीमराज राईले कम्पनीको थप एटीआर ७२ जहाज आगमी मे महीनाभित्रै काठमाडौँ आइसक्ने जानकारी
More

रसुवागढी र साञ्जेनको साधारण शेयरमा तीन लाख १७ हजारको आवेदन

काठमाडौँ–जनताको जलविद्युत् कार्यक्रममा समावेश गरेको रसुवागढी र साञ्जेन जलविद्युत् कम्पनीको साधारण शेयरमा सर्वसाधारणले उत्साहपूर्ण सहभागिता जनाएका छन् । चिलिमे जलविद्युत् कम्पनीका दुई सहायक कम्पनीले सर्वसाधारणलाई बिक्री गरेको शेयरमा रु तीन करोड बढीको आवेदन परेको हो । चिलिमे जलविद्युत् कम्पनीका प्रमुख कार्यकारी अधिकृत माधव कोइरालाका अनुसार दुई वटा कम्पनीको साधारण शेयरमा रु तीन करोड १७ लाख बराबरको आवेदन परेको हो । रसुवागढीको शेयरमा तीन लाख सात हजार आवेदकले एक करोड ४१ लाख कित्ताका लागि आवेदन दिएका छन् । रसुवागढीले रु एक अर्ब दुई करोड ६३ लाख १५ हजार बराबरको एक करोड दुई लाख ६३ हजार १५० कित्ता शेयर बिक्री गरेको थियो
More

पाँच बुँदे पोखरा घोषणापत्र जारी गर्दै गण्डकी प्रदेशस्तरीय मिडिया सम्मेलन सकियो

पोखरा–नेपाल पत्रकार महासंघ, गण्डकी प्रदेश समितिको आयोजनामा शुक्रबारदेखि पोखरामा सुरु भएको गण्डकी प्रदेशस्तरीय मिडिया सम्मेलन पाँच बुँदे पोखरा घोषणापत्र जारी गर्दै शनिबार सकिएको छ । मिडिया सम्मेलनले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि भइरहेको प्रहारप्रति सरकारको ध्यानाकर्षण गर्दै यस्ता गतिविधि तत्काल बन्द गर्नुपर्ने, समाचार लेखेकै आधारमा पत्रकारमाथि भइरहेको धरपकड र गिरफ्तारीजस्ता घटनाको निन्दा गर्दै यस्ता गतिविधि तत्काल बन्द गरी संविधानप्रदत्त अधिकारको रक्षा गरिनुपर्ने, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको निर्बाध उपभोग गर्दै नागरिक अधिकारको संरक्षण गर्न मिडियामैत्री कानून निर्माण गर्नुपर्ने मागसहितको घोषणापत्र जारी गरेको छ । त्यस्तै, मिडिया सबलीकरण एवं त्यहाँ कार्यरत श्रमजीवि पत्रकारहरूको संरक्षणका लागि समानुपातिक विज्ञापन नीति लागू गर्न सरकारसमक्ष माग गर्दै
More

यो सरकार अहिले काण्डै काण्डमा मुछियो

खुल्लामञ्चमा डोजर चलेपछि काँग्रेसले दियो प्रधानमन्त्रीलाई धन्यवाद काठमाडौं–प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्व रक्षामन्त्री भीमसेनदास प्रधानले प्रधानमन्त्री केपी शर्मा ओलीले कडा निर्देशन दिएकोले खुल्ला मञ्चका सटर हटाईएको भन्दै प्रधानमन्त्री ओलीलाई धन्यवाद दिएका छन् । शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै नेता प्रधानले यस्तो बताएका हुन् । बैशाखभित्रमा टुँडिखेलको अतिक्रमित जग्गा खालि नभएको भए आफूहरुले जेठ १५ गतेदेखि सशक्त आन्दोलन गर्ने योजना बुनिसकेको पनि प्रधानले स्मरण गराए । यद्धपी प्रधानमन्त्री ओलीले तत्कालै निर्देशन दिएर खुल्लामञ्चका सटर भत्काउन लगाएको भन्दै उनले प्रधानमन्त्री ओलीलाई पूनः धन्यवाद दिए । त्यस्तै, उनले ईतिहाँसमै मिडियाले छ्याप्छ्याप्ती गरेर समाचार छापेको पनि यही
More

यस्तो बन्यो ‘दोषी को ? ’को रोमान्टिक गीत ( भिडियो सहित)

करण फिल्मस प्रोडक्सनको तथा निर्माता गोपी अधिकारीको प्रस्तुतीमा निर्माण भएको नेपाली कथानक चलचित्र ‘दोषी को ? ’को पहिलो गीत सार्वजनिक भएको छ । ‘परेली बन्द गर ’ बोलको गीतमा गायिका अन्जु पन्त र गायक गोपी अधिकारी को स्वर छ । गीतमा माया र प्रेमको सम्वादलाई निकै रोमान्टिक रुपमा प्रस्तुत गरिएको छ । गोपी अधिकारीको शब्द तथा संगीत सो चलचित्रको गीतमा रहेको छ । गीतलाई सन्तोष सुनामले एरेन्ज गरेका छन । करण थापा मगरको लेखन , निमा लामा तामाङको निर्देशन , रमेश रेग्मीको कोरियोग्राफी चलचित्रमा रहेको छ । चलचित्रमा माया र प्रेमका कयौँ मिलन र रोमान्सलाई निकै कलात्मक रुपमा प्रस्तुत गरिएको
More

किन फेरियो रवीन्द्र मिश्रको पार्टीको नाम ?

काठमाडौं– रवीन्द्र मिश्र नेतृत्वको पार्टीको नाम फेरिएको छ । बपार्टीको केन्द्रीय समितिको बैठकले पार्टीको नाम परिर्वतन गर्ने निर्णय गरेको हो । यसअघि पार्टीको नाम विवेकशील साझा पार्टी रहेकोमा अहिले फेरेर साझा विवेकशील पार्टी राखिएको छ । पार्टीबाट भिन्न भएर गएकाहरुले पनि विवेकशील नाम प्रयोग गरिरहेकाले प्राविधिक जटिलताको अन्त्य गर्नका लागि नाम परिर्वतन गरिएको संयोजक मिश्रले जानकारी दिए । पार्टीका वैशाख ११, १२ र १३ गते बसेको बैठकले भ्रष्टाचार विरुद्ध देशभर अभियान संचालन गर्ने पनि तय गरेको छ ।
More

बम विस्फोटमा संलग्नहरुको खोजीमा रहेको फौज र शंकास्पद उग्रवादीबीचको मुडभेडमा २० जना मारिए

एजेन्सी । श्रीलंकाको पूर्वी तटमा शुक्रबार रातभरी प्रहरी र शंकास्पद उग्रवादीबीच भीषण गोलीबारी भएको छ । शनिवार विहान घटनास्थलमा ६ बालबालिकासहित २० जनाको शव भेटिएको सैन्य प्रवक्ताले जानकारी दिए । अधिकारीहरुले गोलीवारीमा थप चार बन्धुकधारी र एक सर्वसाधरण मारिएको जानकारी दिएका छन् । फौज र शंकास्पद इस्लामिक लडाकूबीच अम्परामा पर्ने साइन्थमरुथुमा गोलीबारी भएको थियो । गोलीबारी साँझबाटनै सुरु भएको थियो । साइन्थमरुथुमा आइतबार भएका शृङ्खलावद्ध बम विस्फोटको एक स्थान थियो । सैनिक प्रवक्ता सुमिथ अटापट्टुका अनुसार ‘सर्च अप्रेशन’का क्रममा एक घरमा फौज पस्न लाग्दा बन्धुकधारीले गोलीबारी सुरु गरेको थिए । हाल श्रीलंकामा वम विस्फोटमा संलग्न भएकालाई पक्राउ गर्न सेना र
More

विष्णु पौडेलको छोराले किनेको जग्गा वैधानिक छ : मन्त्री अर्याल (भिडियो)

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले ललिता निवासको जग्गाको सबै कित्ताहरु किटान गरेर हिजोमात्रै रोक्का गरेको स्पष्ट पारेकी छिन् । शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै मन्त्री अर्यालले यस्तो जानकारी गराएकी हुन् । उनले भनिन्,‘हिजोमात्रै हामीले ललिता निवासभित्र पर्ने जग्गाको ९८ प्रतिशत कित्ताहरु किटान गरेका छौं । सबै कित्ताहरु रोक्का गरेका छौं । ७ दिनको समयसिमा राखेर हामीले कित्ता काट गर्ने काम सम्पन्न गरेका हौं ।’ विष्णु पौडेलको छोराको नाममा रहेको जग्गा पनि रोक्का रहेको उनको भनाई छ । क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै मन्त्री अर्यालले उक्त विवादित जग्गाहरुको बारेमा
More

क्षणभरमै यसरी भत्काइयो खुलामञ्चको संरचना (फोटोफिचर)

काठमाडौं–काठमाडौं महानगरपालिले खुलामञ्चमा अतिक्रमण गरेर बनाइएका सटर भत्काएको छ। महानगरपालिकाले डोजर परिचालन गरेर ठेकेदारले नियम विपरित बनाएका पसलमा शनिबार भत्काएको हो । डोजर चल्दा चर्को सलामी तिरेर सटर भाडामा लिएका व्यवसायीहरुले अवरोधको प्रयास गरेका थिए । ठेकेदार मनोजकुमार भेटवालको जलेश्वर स्वच्छन्द विकोई विल्डर्सले खुलामञ्चमा अवैध सटर बनाएर व्यापार थालेको थियो । जसमा महानगरको समेत मिलेमतो रहेको खुलासा भएको थियो । भेटवालले खुलामञ्चभित्र करिब ४० वटा सटरहरु बनाएको र अरु संरचनापनि विस्तारको तयारी थालेका थिए । व्यापारीले अवैध ती सटर तीनदेखि १० लाख रुपैयाँ माथिसम्ममा खरिद गरेका थिए भने सटरको भाडा प्रतिमहिना ८ देखि १२ हजारसम्म तोकिएको थियो । सटर भाडामा
More

इंगल्याण्ड र नेपालको राष्ट्रिय फूटबल टिम बीच ऐतिहासिक खेल हुने

लण्डन । लन्डनस्थित नेपाली दूतावास तथा यूके नेपाल फ्रेंडशिप सोसाइटीको संयुक्त आयोजनामा शुक्रबार दूतावासमा नेपाल लगानी सम्मेलन शृंखला अन्तर्गत छैठौं कार्यक्रम आयोजना गरियो। सम्मेलनमा नेपालमा व्यापार तथा पर्यटन प्रवर्धनमा जोड दिईएको थियो। समारोहका प्रमुख अतिथि तथा लन्डनका लर्ड मेयर पिटर एस्लिनले विश्वकै अग्ला हिम चुचुराहरुका साथै अत्यन्त मिलनसार मानिसहरु बसोबास गर्ने नेपाल ब्रिटेनको एउटा निकट मित्र राष्ट्र भएको बताए। उनले एस अघि आफुले २ पटक नेपालको भ्रमण गरिसकेको र आउँदो सेप्टेम्बर महिनामा फेरी नेपालको भ्रमणमा जान लागेको बताए। नेपालमा जल विद्युत, पूर्वाधार तथा फोहर व्यबस्थापन लगाएतका क्षेत्रमा लगानी गर्न ब्रिटिश लगानीकर्ता हरु इच्छुक रहेको बताए। ब्रिटेनले नेपालको आर्थिक समृद्धिमा सघाउन
More

खुलामञ्चमा डोजर चलाउन सुरु

खुलामञ्च अतिक्रमण गरेर सटर बनाइएको भन्दै जनस्तरबाट व्यापक विरोध भएपछि काठमाडौं महानगरपालिकाले शनिबार ती पसलमा डोजर चलाउने निर्णय गरेको छ । पसल भत्काउनका लागि शनिबार नै डोजर परिचालन गरिएको छ ।
More

आयुषले भारतमा गरे कमाल

भारतको प्रतिष्ठित टेलिविज़न च्यानल जी टी भिको बाल रियालिटि शो सारेगमा लिटिल च्याम्प्सको सन् २०१९ को संस्करणमा सहभागि नेपाली बाल प्रतिभा आयुष के सी को आज र भोलि (शनिवार र आइतबार) प्रसारण हुने प्रस्तुतिलाई कार्यक्रमका जज र जुरीहरूले अत्यन्त मन पराएका छन। यस एपिसोडमा अतिथि जज भएर आएकी नेहा भासिनले आयुषको प्रस्तुतिलाइ मुक्त कण्ठले प्रशंशा गर्दै यौ अद्भुतप्रस्तुति भएको बताएको प्रोमो जी टिभी ले रिलिज गरेको प्रोमोमा देखाइएको छ। यस कार्यक्रममा उनि टप १० को लागि भिड्दैछन। नेपालमै २ बर्ष अगाडि कान्तिपुर टेलिभिजनबाट प्रशारण भएको पहिलो राष्ट्रव्यापी बालगायन रियालिटी कार्यक्रम सुरशाला जुनियर आइडल पहिलो संस्करणमा प्रथम भएका सिन्धुपाल्चोक घर भई
More

बूढा मान्छेलाई लाग्ने रोग युवाहरुतर्फ पनि फैलियो

संसारभरि झन्डै एक करोड मानिसमा पार्किन्सन्स रोग भएको आकलन गरिएको छ। यो सङ्ख्या बढ्दै जानेछ। पार्किन्सन्स रोगलाई पहिला बुढ्यौलीको रोग मानिन्थ्यो। तर हिजोआज उल्लेख्य सङ्ख्यामा युवाहरूमा पनि यो रोग देखिएको छ। पार्किन्सन्स हुँदा बिस्तारै मस्तिष्कमा क्षय हुँदै जान्छ र शरीर काम्ने, हिँडडुल गर्न गाह्रो हुने र अन्ततस् विस्मृति हुने जस्ता समस्या देखिन्छन्। हाल उपलब्ध उपचारपद्धतिले लक्षण व्यवस्थापन गर्न मात्र सक्छ। मस्तिष्कका कोष मर्दै जाँदा रोगीको स्थिति झन् गम्भीर हुँदै जान्छ। कुनै औषधिले पनि यो रोग निको पार्न सक्दैन। तर एआई प्रविधिमा भएको विकासले पार्किन्सन्स रोगका लक्षण निवारणका लागि उपचार गर्न चिकित्सकहरूलाई सजिलो पार्ने विश्वास गरिएको छ।
More

जनकपुर पुगेर प्रदेश नम्बर २ सरकारसँग रिसाए बादल

जनकपुर–गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले प्रदेश २ सरकारले आफ्नै सिडिओ राख्न खोजेको भन्दै असन्तुष्टि जनाएका छन् । संविधानमै नभएको व्यवस्था गरेर प्रदेश २ सरकारले आफ्नै सिडिओ राख्न खोजेको गृहमन्त्रीको आरोप छ । प्रदेश २ स्तरीय सुरक्षा गोष्ठीमा भाग लिन जनकपुरधाम आएका गृहमन्त्री थापाले शनिबार पत्रकारसँग कुराकानी गर्दै प्रदेशले आफ्नै सिडिओ राख्ने व्यवस्था संविधानमै नभएको बताए । यस्तै सुरक्षा गोष्ठीलाई शनिबार जनकपुरमा सम्बोधन गर्दै गृहमन्त्री बादलले अराजक गतिविधिमा लागेकहरुलाई नियन्त्रणमा लिइ सरकारले शान्ति सुरक्षा कायम राख्नमा महत्वपूर्ण उपलब्धि हासिल गरेको दाबी गरे । सिके राउत तर्फ ईंगित गर्दै उनले अलग देशको माग लिएर आन्दोलन गर्दै आएकालाई मुलधारमा ल्याइनु महत्वपूर्ण उपलब्धि भएको
More

कारबाहीमा परे नेइमार

फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) का स्टार नेइमारलाई युरोपियन फुटबल महासंघ (युएईएफए) ले तीन खेल प्रतिबन्धको कारबाही गरेको छ । युएईएफएले शुक्रबार राति नेइमारलाई प्रतिबन्धको कारबाही गरेको हो । प्रतिबन्धसँगै नेइमारले आगामी सिजनको च्याम्पियन्स लिगमा समूह चरणका सुरुवाती तीन खेल्न पाउने छैनन् । पीएसजी लिग च्याम्पियन बन्दै आगामी सिजनको च्याम्पियन्स लिगका लागि छनोट भईसकेको छ । यस सिजनको च्याम्पियन्स लिग अन्तर्गत अन्तिम १६ को दोस्रो लेगमा म्यानचेस्टर युनाइटेडविरुद्धको खेलमा रेफ्रीको निर्णय प्रति नेइमारले आपत्तिजनक प्रतिक्रिया दिएका थिए । सोही कारण कारण युएईएफएले नेइमारलाई प्रतिबन्ध गरेको हो ।
More

कारबाहीमा परे नेइमार

फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) का स्टार नेइमारलाई युरोपियन फुटबल महासंघ (युएईएफए) ले तीन खेल प्रतिबन्धको कारबाही गरेको छ । युएईएफएले शुक्रबार राति नेइमारलाई प्रतिबन्धको कारबाही गरेको हो । प्रतिबन्धसँगै नेइमारले आगामी सिजनको च्याम्पियन्स लिगमा समूह चरणका सुरुवाती तीन खेल्न पाउने छैनन् । पीएसजी लिग च्याम्पियन बन्दै आगामी सिजनको च्याम्पियन्स लिगका लागि छनोट भईसकेको छ । यस सिजनको च्याम्पियन्स लिग अन्तर्गत अन्तिम १६ को दोस्रो लेगमा म्यानचेस्टर युनाइटेडविरुद्धको खेलमा रेफ्रीको निर्णय प्रति नेइमारले आपत्तिजनक प्रतिक्रिया दिएका थिए । सोही कारण कारण युएईएफएले नेइमारलाई प्रतिबन्ध गरेको हो ।
More

चेन्नई सुपर किंग्सलाई मुम्बई इन्डियन्सको धक्का

इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटको शीर्ष स्थानमा रहेको चेन्नई सुपर किंग्सलाई मुम्बई इन्डियन्सको नराम्रो धक्का लागेको छ । सुक्रबार राति भएको खेलमा मुम्बईले चेन्नईलाई ४६ रनले हरायो । चेन्नईस्थित एम चिदामबराम स्टेडियममा मुम्बईले दिएको एक सय ५६ रनको लक्ष्य पछ्याएको चेन्नई १७.४ एक सय ९ रनमा समेटिएको थियो । सुरेश रैनाको कप्तानीमा उत्रिएको चेन्नईका लागि विजय मुरालीले सर्वाधिक ३८ रन बनाए । कप्तान महेन्द्र सिंह धोनी अस्वस्थ भएपछि रैनाले चेन्नईको कप्तानी सम्हालेका थिए । मिचेल स्टाननरले २२ र ड्वाने ब्राभोले २० रन बनाए । अन्य ब्याट्सम्यानले दोहोरो अंकको रन जोड्न सकेनन् । चेन्नईलाई सस्तैमा समेट्न मुम्बईका लाथिस मलिङगा एक्लैले चार
More