Daily Archives 29th April 2019

कतै तपाईँको श्रीमतीलाई निन्द्रा नलाग्नुमा यस्तो कारण त होइन ?

महिलाका लागि निद्रा नलाग्नु या निद्रा पूरा नहुनु सवेंदनशील कुरा हो । अधुरी निद्राले घरपरिवारमा समस्या समेत पैदा गर्ने गर्छ । मनोवैज्ञानिक आधारलाई आधार बनाउने हो भने जब श्रीमतीलाई राम्रोसँग निद्रा लाग्दैन, त्यसको दोस्रो दिन पति पत्नीबीच झगडा हुने गर्छ । कारण यस्ता छन्ः भावुकताः भावुकता मान्छेलाई निद्रा नलाग्नेको एउटा महत्वपूर्ण कारण हो । महिला चाहे हाउसवाइफ होस् या चाहे वर्किङ, महिलाले धेरै जिम्मेवारी निभाउनुपर्ने हुन्छ । उनलाई घर, अफिस, परिवार, बच्चा सबैको ख्याल गर्नुपर्ने हुन्छ । निद्रा नलाग्नुको एउटा कारण हो कि, थोरै समयमा धेरै काम गर्नुपर्ने वाध्यता । बिहेपछि महिलाले आफ्नो बारेमा भन्दा परिवारको लागि सोच्न थाल्छिन् ।
More

चीनमा यसरी गरे सी चिनफिङले राष्ट्रपति भण्डारीको स्वागत (फोटोफिचर)

बेइजिङ– राष्ट्रपति विद्यादेवी भण्डारीलाई चिनियाँ समकक्षी सी चिनफिङले सोमबार ग्रेट हल अफ द पिपलमा स्वागत गरे । उक्त अवसरमा राष्ट्रपति भण्डारीलाई चिनियाँ विदेश मामिलामन्त्रीका साथै उच्चपदस्थ अधिकारीको परिचय दिइएको थियो भने चिनियाँ राष्ट्रपति सीलाई नेपाली भ्रमण दलका सदस्यको परिचय दिइएको थियो । त्यस्तै दुवै मुलुकको राष्ट्रिय धुन बजाइएको थियो । राष्ट्रपति भण्डारीका सम्मानमा तोपको सलामी पनि दिइएको थियो । राष्ट्रपति भण्डारीसमक्ष चिनियाँ सेनाले सम्मान गारद प्रस्तुत गरेको थियो । यसैबीच राष्ट्रपति भण्डारी तथा चिनियाँ समकक्षी सी चिनफिङबीच द्विपक्षीय भेट भएको छ ।
More

अब ४५ हजारमै जापान, तोकियो भाडा

काठमाडौं– राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको वाइड बडी जहाजबाट रु ४५ हजारमै जापानको यात्रा तय गर्न सकिने भएको छ । आगामी असार १९ देखि जापानको ओसाका सिधा उडान भर्ने तयारी गरेको निगमले काठमाडौँ–ओसाका उडानको भाडा निर्धारण गरेको हो । जसअनुरुप एकतर्फी ४५ हजार र दुईतर्फी भाडा ७७ कायम गरिएको छ । जापानको एभिएसनले स्वीकृत गरेको भाडादर नै लागू हुने निगमले जनाएको छ । भाडादर स्वीकृत भएपछि निगमले अन्य कागजी प्रक्रिया मिलाए छिट्टै टिकट बिक्रीको काम पनि शुरु गर्नेछ । निगमले एक दशकअघि जापान उडान बन्द गरेको थियो । चीनको साङ्घाइबाट ओसाकाको कन्साइँ अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गरेको एयरलाइन्सले जहाज अभावमा बन्द
More

निःशुल्क शिक्षा माग गर्दै सर्वोच्चमा रिट दायर

काठमाडौँ-नेपाल विद्यार्थी सङ्घले निःशुल्क शिक्षामा सर्वसाधारणको पहुँच हुनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेको छ । नेविसङ्घका पूर्वमहामन्त्री कुन्दनराज काफ्लेको वारिसनामामा अधिवक्ता राजकुमार उप्रेतीले सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् । उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सङ्घीय संसद् सचिवालय, कानून तथा संसदीय दलको कार्यालय, काठमाडौँ महानगरपालिकासहित सात सरकारी कार्यालयलाई विपक्षी बनाएर रिट दायर गरेका हुन् । दायर गरिएको रिटमा संविधानमा प्रत्येक नागरिकलाई आधारभूत तहसम्मको शिक्षा अनिवार्य र निःशुल्क हुने उल्लेख भए पनि सरकारी तथा निजी विद्यालयले मनपरी शुल्क असुल गरिरहेको उल्लेख छ । शिक्षामा व्यापारीकरण भएकाले आम सर्वसाधारण नेपाली अध्ययनबाट वञ्चित हुन सक्ने भएकाले सो सम्बन्धमा अदालतबाट न्यायिक व्याख्या
More

नेपाली सेनाले पाए एक हजार ४५३ घर बनाउने जिम्मा

वीरगञ्ज–पर्सा र बारा जिल्लामा हावाहुरीका कारण पूर्णरुपमा क्षति भएको एक हजार ४५३ वटा घर नेपाली सेनाले पुनर्निर्माण गर्ने भएको छ । हावाहुरीका कारण जिल्लाको ठेटा, तेलकुवा, त्रसैनी, भलुवाही, हार्दिया, पशुरामपुर, धर्मनगरलगायत ठाउँमा घरहरु भत्कँदा २९ जनाको मृत्यु हुनाका साथै ६०० भन्दा बढी घाइतेको थियो । हावाहुरी प्रभावित क्षेत्रको निरीक्षण गर्न सोमबार यहाँ आएका उपप्रधान एवम् रक्षामन्त्री ईश्वर पोखरेलले आगामी साउनभित्र निर्माण सम्पन्न गर्ने गरी नेपाली सेनाले जिम्मेवारी पाएको र त्यसमा जनप्रतिनिधि, स्थानीय सङ्घसंस्था तथा व्यक्तिहरुबाट आवश्यक सहयोग हुने विश्वास व्यक्त गरे । एक हजार ४५३ वटा घर निर्माणका लागि सरकारले रु ८४ करोड ६८ लाख ७६ हजार १४० विनियोजन गरिएको
More

जुम्ल्याहा दुई बालिकालाई गेष्ट हाउसमा लगेर बलात्कार

भक्तपुर–जुम्ल्याहा दुई बालिकालाई गेष्ट हाउसमा लगेर बलात्कार गरेको अभियोगमा प्रहरीले दुईलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भक्तपुर नगरपालिका–१० मूलढोका बस्ने २६ वर्षीय सुनिल शिल्पकार र काभ्र्र्रे रोसी गाउँपालिका–७ घर भई हाल भक्तपुर कमल विनायक बस्ने १८ वर्षीय विशाल तामाङलाई प्रहरीले १४ गते राति नै पक्राउ गरेको महानगरीय प्रहरी परिषर भक्तपुरका प्रहरी उपरीक्षक हिमालयकुमार श्रेष्ठले जानकारी दिए । भक्तपुर–१ इपाखेमा डेरा गरी बस्ने रामेछाप उमाकुण्ड गाउँपालिका–९ बुङ्देल घरभएका १५ वर्षीया जुम्ल्याहा दुई बालिकालाई यही वैशाख १३ गते ललाइफकाई कमलविनायकको फेमिली गेष्ट हाउसमा लगेर बलात्कार गरेको किटानी जाहेरीका आधारमा वैशाख १४ गते राति दुवैलाई गिरफ्तार गरेको हो । अघिल्लो दिन दिउँसो
More

फनपार्क र टुकुचाको तरकारी बजारको जग्गा भाडा सम्झौता रद्द

काठमाडौँ-समाज कल्याण परिषद्ले हरित कृषि सहकारी संस्था लिमिटेडसँग काठमाडौँको प्रदर्शनीमार्गमा रहेको फनपार्क र टुकुचा तरकारी बजारसँगको जग्गा भाडा सम्झौता रद्द गरेको छ । परिषद्ले सहकारीलाई पठाएको सम्झौतापत्रमा २०७४ असोज ३० गते सहकारीसँग २५ वर्षका लागि करार गर्ने भनिए तापनि करार प्रक्रियामा कुरा नमिलेपछि सम्झौता नै रद्द गरेको उल्लेख गरेको छ । परिषद्ले प्रदर्शनीमार्गमा रहेको आफ्नो साढे ८३ रोपनी जग्गाको भाडा करार सम्झौता रद्द गरिएको पत्र सहकारीलाई पठाएको हो । परिषद् अधिनमा रहेको सो जग्गा सहकारीलाई सस्तो मूल्यमा भाडा लगाएको विषयमा विवाद थियो । वर्तमान सरकारले सरकारी सम्पत्तिको दुरुपयोग गर्र्नेलाई कारवाही गर्ने कामलाई तीव्ररुपमा अघि बढाएको छ । सोही क्रममा परिषद्ले
More

सप्तरीमा एकपछि अर्को अपहरण

सप्तरी–मामाघर बिहेमा गएका सप्तरीको राजगढ गाउँपालिका–३ का १२ वर्षीय बालक बेपता भएका छन् । स्थानीय बालक लक्ष्मण यादवलाई राति मोटरसाइकलमा आएका केही व्यक्तिले विवाह भइरहेको स्थानबाट कसैले अपहरण गरिलगेको लक्ष्मणका मामा भोलेन्द्र यादवले बताए । आफ्नै गाउँमा भइरहेको मामाको बिहेमा लक्ष्मण जन्ती गएका बेला केही व्यक्तिले उनलाई अपहरण गरेर लगेको हुन सक्ने प्रहरी उपरीक्षक राजेन्द्र विष्टले जानकारी दिए । विवाहको जन्तीबाटै बेपता भएका बालकका मामा भोलेन्द्र प्रहरी जवान रहेका स्थानीयवासीले जनाएको छ । यता लक्ष्मणका परिवारजनले जिल्ला प्रहरी कार्यालयमा बालकको हुलिया जाहेरी दिँदै खोजीका लागि प्रहरीसँग गुहार मागेका छन् । सप्तरीमा बालबालिका हराउने र अपहरणमा पर्नेको सङ्ख्या बढदै गएको प्रहरीको
More

नेपाली युवा टोली स्वदेश फिर्ता

काठमाडौँ–थाइल्याण्डमा सम्पन्न एसिसी यू–१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताको उपाधि जितेको नेपाली युवा टोली आज स्वदेश फर्किएको छ । उपाधि जितेर फर्किएको टोलीलाई राष्ट्रिय खेलकूद परिषद्का सदस्यसचिव केशवकुमार विष्ट र उपाध्यक्ष पीताम्बर तिम्सिना, राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक जगत टमाटालगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे । थाइल्याण्डको चियाङमाइमा आइतबार सम्पन्न फाइलनमा नेपालले मलेसियालाई पराजित गर्दै उपाधि जितेको हो । प्रशिक्षक वसन्त शाहीले युवा खेलाडी क्षमतावान र मेहनती भएकाले उपाधि रक्षा गर्न सफल भएको बताए ।
More

शैलेन्द्र शरदको कानैमा ढुंग्री सार्वजनिक

गीतकार शैलेन्द्र शरद (खनाल ) को कानैमा ढुंग्रीको म्युजिक भिडियो सार्वजनिक भएको छ । स्मीता दाहालद्वारा स्वरबद्ध यो गीत ‘शरद २’ एल्बममा समावेश छ । गीतमा गैरे सुरेशको संगीत रहेको छ । संगीत संयोजन मनोज पौडेलले गरेको गीतको भिडियोमा कविता नेपाली र सञ्जय पोखरेल फिचर्ड छन् । प्रशान्त तामाङको कोरियोग्राफी रहेको भिडियोको निर्देशन समन अधिकारीले गरेका हुन् । यसअघि ‘शरद २’ एल्बममै समावेश यो मन उड्यो चरा बनी आकाशमा बोलको गीत निकै चर्चित बनेको थियो । एल्बममा ७ वटा गीत समावेश रहेको सङ्गीतकार गैरे सुरेशले बताए । शैलेन्द्र शरद सशस्त्र प्रहरी बलका महानिरीक्षक समेत हुन्, भने संगीतकार गैरे समेत सशस्त्र
More