Daily Archives 30th April 2019

‘कृष्णप्रसाद भट्टराईलाई बालुवाटार काण्डमा जोड्नुअघिका केही तथ्यहरू’

नारायण गाउँले । तीस वर्ष लामो पञ्चायती व्यवस्थाको अन्त्य र दशकौं लामो सङ्घर्षपछि बनेको कांग्रेस, बाममोर्चा र राजाको संयुक्त सरकारको नेतृत्व गर्नुभएको थियो कृष्णप्रसाद भट्टराईले । एक वर्षभित्र राजा र आन्दोलनकारी सबैलाई मान्य हुने गरी संविधान बनाएर आमनिर्वाचन समेत सम्पन्न गर्नुपर्ने गम्भीर चुनौती थियो । बामपन्थीको नेतृत्व साहना प्रधान र राजाको नेतृत्व केशरजङ्ग रायमाझीले गरेका थिए । उक्त सरकारमा झलनाथ खनाल भूमिसुधार मन्त्री हुनुहुन्थ्यो । हाल भारतका लागि राजदूत विद्वान् व्यक्तित्व नीलाम्बर आचार्य त्यसबखत बाममोर्चाका तर्फबाट कानुनमन्त्री हुनुहुन्थ्यो । उक्त एक वर्षे अन्तरिम सरकारको मन्त्रीपरिषद्ले गरेको एउटा निर्णयलाई देखाएर अहिलेका माफिया नेताहरूलाई चोख्याउने प्रयास हुन थालेको देखिन्छ । राणा र
More

एनआरएनले भिसा लिदा निरोगिताको प्रमाणपत्र नचाहिने

लन्डन । लामो समयदेखि माग गर्दै आएका यी दुई मागको सुनुवाइ भएकोमा एनआरएनले खुशी व्यक्त गरेको छ। विदेशी नागरिकता लिइसकेका गैरआवासीय नेपालीका लागि नेपाल सरकारले भिसामा दुईवटा सुविधा दिएको छ। अब गैरआवासीय नेपाली (एनआरएन) का परिवारले डिपेन्डेन्ट भिसा पाउने भएका छन्। एनआरएनका श्रीमान्–श्रीमती तथा १८ वर्षमुनिका बालबच्चाले डिपेन्डेन्ट भिसामा एक वर्ष नै बस्न पाउँछन् । एनआरएन कार्ड लिएका एनआरएनलाई सरकारले भिसा शुल्क लिने गरेको छैन। यसैगरी अब एनआरएनले भिसाका लागि निरोगिताको प्रमाणपत्र पनि पेस गर्नुपर्ने छैन। गृहमन्त्रालयले अध्यागमन कार्यविधि २०६५ को परिच्छेद ४ (३) मा परिवर्तन गरी यी दुई नयाँ सुविधा प्रदान गरेको हो। एनआरएनले लामो समयदेखि सरकारसँग यी दुई
More

छुट्टाछुट्टै सवारी दुर्घटनामा ५ जनाको मृत्यु

काठमाडौं-मकवानुर, कैलाली, कञ्चनपुर र मोरङमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ । मकवानपुरको गढी गाउँपालिका-२ शिखर कटेरीस्थित सडकमा ना.१ क ६२७२ नम्बरको ट्रकको ब्रेक फेल भई सोमबार राति दुर्घटना हुँदा गम्भीर घाइते भएका ट्रकका कामदार भारत शिलगुडी घर भएका ३० वर्षीय राम भुइयाको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मंगलबार बिहान मृत्यु भएको छ । चालक फरार रहेकोले प्रहरीले खोजी गरिरहेको छ । यसैगरी कैलालीको लम्कीचुहा नगरपालिका-१ पूर्व लम्कीस्थित सडकमा कपिलवस्तु शिवराज नगरपालिका-३ बस्ने २५ वर्षीय सुनिल भण्डारीले चलाएको ना.७ ख ९२३३ नम्बरको ट्रकले मंगलबार बिहान ठक्कर दिँदा लम्कीचुहा नगरपालिका-१ बस्ने साइकलयात्री १९ वर्षीया सुनिता रावलको
More

स्रोत नखुलेको नेपाली रुपैयाँ सहित कोरियन नागरिक पक्राउ

काठमाडौं-त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कोरियन नागरिक एम ७४९४०१६० राहदानी नम्बर भएका ४८ वर्षीय जोन हुन किमलाई स्रोत नखुलेको १५ लाख ३१ हजार नेपाली रुपैयाँ सहित सोमबार दिउसो प्रहरीले पक्राउ गरेको छ । काठमाडौंबाट वुद्ध एयरको उडानद्वारा बाराको सिमरा जान लागेका उनलाई जाँच गर्ने क्रममा लुकाईछिपाई राखेको उक्त नगद सहित फेला पारी प्रहरीले पक्राउ गरेको हो । जोनलाई थप अनुसन्धान तथा कारबाहीको लागि सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग, पुल्चोक पठाइएको छ ।
More

मन्त्री बस्नेत कतार प्रस्थान

काठमाण्डौं । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत कतार प्रस्थान गर्नुभएको छ । ‘एसिया को–अपरेशन डाइलग’ मा सहभागी हुने सिलसिलामा मन्त्री बस्नेत तीन सदस्यीय टोलीको नेतृत्व गर्दै मंगलबार अपराह्न त्यसतर्फ प्रस्थान गर्नुभएको हो । टोलीमा परराष्ट्र मन्त्रालयका सह–सचिव यज्ञ हमाल र मन्त्री बस्नेतका निजी सचिव उपसचिव गणेशविक्रम शाही हुनुहुन्छ । एसिया को–अपरेशन डाइलग एसियाली मुलुकहरुको विभिन्न विषयमा छलफल गर्ने फोरम हो । कार्यक्रमको बुधबार कतारका राजा अमिर शेख तमिम बीन हमाद अल थानीले दोहामा उदघाटन गर्ने कार्यक्रम छ । फोरमलाई मन्त्री बस्नेतले सम्बोधन गर्ने कार्यक्रम छ । सम्बोधनका क्रममा मन्त्री बस्नेतले वातावरणीय परिवर्तनका कारण एसियाली मुलुकहरुले भोगिरहेका साझा समस्या र तिनको
More

बालुवाटारको जग्गा प्रकरणमा प्रेस नोट

१. बालुवाटारको सरकारी जग्गा व्यक्तिका नाममा दर्ता भएको गम्भीर विषयप्रति नेपाली कांग्रेसले सार्वजनिक रुपमा आपक्ति व्यक्त गर्दै आएको तथ्य सर्वविदितै छ । वैशाख २५ मा शुरु हुने ‘राष्ट्रिय जागरण अभियान’ मा यस्ता सबै खाले विसंगतिका विरुद्ध राष्ट्रव्यापी रुपमा आवाज घनिभूत तुल्याइदैछ । २. वैशाख १६ गते प्रतिनिधिसभाको बैठकमा स्वयं सभापति शेरबहादुर देउवाले बालुवाटार प्रकरण बारे पार्टीका तर्फबाट कडा अभिमत व्यक्त गरिसक्नु भएको छ । नेपाली कांग्रेस सो प्रकरणको गहिरो छानवीन गरेर दोषीलाई दण्डित गरिनुपर्ने विषयमा एकमतका साथ प्रष्ट रहेको धारणा दोहो¥याउन चाहन्छ । ३. बालुवाटारको जग्गा को ब्यक्तिका नाममा, कसरी पुग्यो, त्यसमा को संलग्न थिए र छन् भन्ने विवरण यसविचमा
More

बालुवाटार जग्गा प्रकरणका आरोपितहरुले उन्मुक्ति पाउनुहुँदैन् : लाल

काठमाडौं, १७ बैशाख ।रिपोटर्स क्लबको साक्षात्कार कार्यक्रममा राष्ट्रिय जनता पार्टी (राजपा) का केन्द्रीय उपाध्यक्ष एवं राष्ट्रिय सभा सदस्य वृषेशचन्द्र लालले बालुवाटार जग्गा प्रकरणका आरोपितहरुले उन्मुक्ति पाउन नहुने स्पष्ट पारेका छन् । उनले भने,‘सरकारले के कसरी कारबाही गर्छ ? त्यो हेर्न बाँकी छ ।’ नेता लालले अहिले मुलुकमा लुटतन्त्र, भ्रष्टाचार र आर्थिक गतिविधिको अराजकता रहेको आरोप लगाए । उनले भने,‘सबै क्षेत्रमा माफियाहरु सक्रिय छन् । भूमाफीयाहरुको गतिविधि त झनै बढ्दो छ । भूमाफीयाहरुले सरकारी जग्गा कब्जा गरेर नीजि बनाएका छन् ।’ बालुवाटारको ललिता निवास आँफैमा ऐतिहाँसिक भएको उनको तर्क छ । उनले भने,‘सुवर्णशमशेरबाट सरकारले अधिग्रहण गरेको हो । यो जग्गाको आफ्नै
More

ओलीले खान्न भन्दाभन्दै बालुवाटार, खुल्लामञ्चलगायत सबै खान थाले : विश्वकर्मा

काठमाडौं, १७ बैशाख । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य एवम् सांसद देवेन्द्र पौडेलले वर्तमान सरकारले एक ईन्चपनि सरकारी जग्गा अपचलन नगर्ने स्पष्ट पारेका छन् । उनले भने,‘यदि कसैले सरकारी जग्गा अतिक्रमण गरेको छ भने सरकारलाई प्रमाण दिनुहोस, दोषीहरुलाई कारबाही गर्छ ।’ मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता पौडेलले सरकारले आफ्नो स्वामित्वमा रहेका सबै जग्गाको संरक्षण गर्ने स्पष्ट पारे । उनले भने,‘यदि कसैले सरकारी जग्गा अतिक्रमण गरेको छ भने भूमाफीया र उनीहरुको कुनै पक्ष वा अंशलाई पनि बाँकी राख्दैन् । ठाडै कारबाही गर्छ ।’ क्लबका सभापति ऋषि धमालको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले
More

‘विष्णु पौडेलको नाम बालुवाटार जग्गा प्रकरणमा आवश्यकभन्दा बढि हल्ला भयो’

काठमाडौं, १७ बैशाख । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य एवम् सांसद देवेन्द्र पौडेलले वर्तमान सरकारले एक ईन्चपनि सरकारी जग्गा अपचलन नगर्ने स्पष्ट पारेका छन् । उनले भने,‘यदि कसैले सरकारी जग्गा अतिक्रमण गरेको छ भने सरकारलाई प्रमाण दिनुहोस, दोषीहरुलाई कारबाही गर्छ ।’ मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता पौडेलले सरकारले आफ्नो स्वामित्वमा रहेका सबै जग्गाको संरक्षण गर्ने स्पष्ट पारे । उनले भने,‘यदि कसैले सरकारी जग्गा अतिक्रमण गरेको छ भने भूमाफीया र उनीहरुको कुनै पक्ष वा अंशलाई पनि बाँकी राख्दैन् । ठाडै कारबाही गर्छ ।’ क्लबका सभापति ऋषि धमालको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले
More

चोभारमा सुख्खा बन्दरगाह बनाउन किन भइरहेको छ अवरोध ?

काठमाडौं–नेपाल इण्टरमोडल यातायात विकास समितिले सार्वजनिक सूचना प्रकाशित गरी प्रमाण सहित गुनासो पेश गर्न आह्वान गरेपछि चोभारमा निर्माणाधीन सुख्खा बन्दरगाह प्रभावित क्षेत्रका बासिन्दाले विभिन्न प्रमाण र कागजात सहित आफ्नो औपचारिक निवेदन दर्ता गराएका छन् । सूचना अनुसार समग्र चोभारका विषयमा सरोकार राख्ने चोभार संरक्षण समितिले आइतबार औपचारिक रुपमा आफ्नो गुनासो सहितको निवेदन दर्ता गराएका थियो । गत फाुगन ९ मा गोरखापत्र दैनिकमा प्रकाशित सूचनाका आधारमा विभिन्न तथ्य र प्रमाणका साथ तोकिएको म्याद भित्र नै आफ्नो गुनासो सहितको माग पत्र पेश गरिएको चोभार संरक्षण समितिका संयोजक पंचलाल महर्जनले जानकारी दिए । नेपाल इन्टरमोडल यातायात विकास समितिको साइट अफिसमा बुझाइएको निवेदनमा चोभारमा
More

सरकारले एक ईन्चपनि सरकारी जग्गा अतिक्रमण गर्दैन, यदि कसैले गरेको भए प्रमाण दिनुहोस ठाडै कारबाही गर्छ : पौडेल

काठमाडौं, १७ बैशाख । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य एवम् सांसद देवेन्द्र पौडेलले वर्तमान सरकारले एक ईन्चपनि सरकारी जग्गा अपचलन नगर्ने स्पष्ट पारेका छन् । उनले भने,‘यदि कसैले सरकारी जग्गा अतिक्रमण गरेको छ भने सरकारलाई प्रमाण दिनुहोस, दोषीहरुलाई कारबाही गर्छ ।’ मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता पौडेलले सरकारले आफ्नो स्वामित्वमा रहेका सबै जग्गाको संरक्षण गर्ने स्पष्ट पारे । उनले भने,‘यदि कसैले सरकारी जग्गा अतिक्रमण गरेको छ भने भूमाफीया र उनीहरुको कुनै पक्ष वा अंशलाई पनि बाँकी राख्दैन् । ठाडै कारबाही गर्छ ।’ क्लबका सभापति ऋषि धमालको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले
More

ठेकेदारहरुलाई एक पछि अर्को गर्दै ज्यान मार्ने धम्की, हालसम्म २५ जनालाई धम्की

काठमाडौं, वैशाख १७ – कमजोर सुरक्षा व्यवस्थाका कारण निर्माण व्यवसायीहरु पेशाबाटै पलायन हुनुपर्ने खतरा बढेको नेपाल निर्माण व्यवसायी महासंघले जनाएको छ । निर्माण व्यवसायीहरुलाई लक्षित गरी केही समय अघि देखि निरन्तर धम्कीपूर्ण फोनहरु आइरहेको भन्दै उनीहरुले मुलुकमा काम गर्ने वातावरण नरहेको बताएका हुन् । मंगलवार महासंघ सचिवालय अनामनगरमा आयोजित पत्रकार सम्मेलनमा महासंघ अध्यक्ष रवि सिंहले राज्य संयन्त्र कमजोर भएका कारण व्यवसायीहरु ठूलो मारमा परेको बताउनुभयो । “निर्माण व्यवसायीहरुलाई निरन्तर आइरहेको धम्कीका विषयमा सम्बन्धित् निकायहरुलाई समयमै जानकारी गराइँदा समेत कुनै सुनुवाई भएन” अध्यक्ष सिंहले भन्नुभयो । लगातारको धाक धम्कीका कारण निर्माण व्यवसायीसँगै उनीहरुका परिवार, कार्यालयका कर्मचारी समेत ठूलो त्रासमा बाच्नु परेको
More

विप्लव समूहका जिल्ला इञ्चार्जसहित १० पक्राउ

बाजुरा। नेत्रविक्रम चन्द नेतृत्वको समूहका बाजुरा जिल्ला इञ्चार्ज भुपेन्द्र विकसहित १० जना पक्राउ परेका छन्। विकलाई बूढीगङ्गा नगरपालिकाको अम्कोटबाट प्रहरीले पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक उद्धवसिंह भाट नेतृत्वको टोलीले सो समूहका नेता तथा कार्यकर्तालाई पक्राउ गरेको हो। प्रक्राउ पर्नेमा बाजुरा जिल्ला इञ्चार्ज भुपेन्द्र विक, सचिव भरत थापा, महिला सङ्घ क्रान्तिकारीका केन्द्रीय सदस्य पवित्रा विक र जिल्ला कमिटी सदस्य अङ्गराज भण्डारी रहेका छन्। विद्यार्थी कमिटीका गोरख रोकाया, समीक्षा विक सुशीला विक, सुस्मिता विक, केशातार विक र प्रेम थापा रहेको प्रहरीले जनाएको छ। उनीहरुलाई आज बिहान प्रहरीले पक्राउ गरेको हो। प्रहरीले प्रक्राउ गरेसँगै उनीहरुबाट विभिन्न विष्फोटक पदार्थसमेत
More

विष्णु पौडेलको संरक्षणमा केपी ओली !

काठमाडौँ– प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का अध्यक्ष केपी शर्मा ओलीले महासचिव विष्णु पौडेलले सरकारी जग्गा अतिक्रमण नगरेको दाबी गरेका छन् । पार्टी सचिवालय बैठकमा ओलीले विरोधीले पार्टी र सरकारलाई बदनाम गर्न वालुवाटार जग्गा प्रकरणलाई उचाल्ने काम गरेको बताए । ओलीले जग्गा किन्दाको समयमा पौडेल कुनै लाभको पदमा नरहेको पनि स्पष्ट पारे । ‘उहाँले किन्नु भन्दा पहिला कसरी अरु व्यक्तिले किने भन्ने कुरा पहिलाको सरकारले जान्ने कुरा हो, उनले भने, ‘उहाँ त्यतिबेला पार्टीको कुनै पदमा पनि हुनुहुन्थेन । त्यसकारण सत्ता र पदको दुरुपयोग गरेर जग्गा किनेको पनि होइन ।’ उनले नेकपाको सरकार र पार्टीलाई बदनाम गर्न महासचिव विष्णु पौडेललाई
More

ड्युटीमा खटिएको प्रहरीलाई हातपात गर्ने चार जना पक्राउ

काठमाडौं। काठमाडौं महानगरपालिका १४ स्थित कुमारीक्लब नजिक ड्युटिमा खटिएको प्रहरीलाई माथि नै हातपात गर्ने काठमाडौं बानेश्‍वर बस्ने २२ वर्षीय बिवस श्रेष्ठ समेत ४ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग बल्खुबाट खटिएको प्रहरी टोलीले उक्त ठाउँमा जाँच गर्ने क्रममा होहल्ला गरी अशान्ति फैलाउने व्यक्तिहरूलाई नियन्त्रणमा लिन खोज्दा प्रहरीमाथि नै हातपात गरेपछि उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
More

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

ललितपुर ।ललितपुर शेर्पा टोल बस्ने सिन्धुलीकी १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ललितपुर बस्ने पाँचथर फिदिम नगरपालिका(५ घर भएका २४ वर्षीय रमेश लिम्बु र सोही ठाउँ बस्ने उदयपुरका २४ वर्षीय विबेक मैनालीलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । बालिकालाई गोदावरी नगरपालिका(३ स्थित फुल्चोकी जंगलमा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
More

सुनचाँदीको भाउ घट्यो

काठमाडौं– मंगलबार नेपाली बजारमा सुनचाँदीको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन तोलामा ५९ हजार ७०० मा कारोबार भइरहेको छ । सोमबार सुन तोलामा ५९ हजार ९०० मा कारोबार भएको थियो । यस्तै तेजावी सुन तोलामा ५९ हजार ४०० मा कारोबार भइरहेको छ। यस्तै आज चाँदी तोलमा रु ७२५ मा कारोबार भइरहेको छ। सोमबार चाँदी तोलमा रु ७३० मा कारोबार भएको थियो ।
More

एनआरएनए क्यानाडाको निर्वाचन अगष्ट १७ तारिखमा

क्यानाडा । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) क्यानाडाले आजीवन तथा नयाँ सदस्यता आवेदन सदस्यता खुला गरेको छ । संघले आगामी कार्यकाल २०१९–२०२१ को लागि सदस्यता खुल्ला गरेको हो । एनआरएनए क्यानाडाको १० औं अधिवेशन आउँदो अगष्ट १७ तारिखमा हुँदैछ । संघले मे १५ तारिख सम्मको लागि सदस्यता खुल्ला गरेको एनआरएनए क्यानाडाका महासचिव चिरञ्जीवी घिमिरेले डिसी नेपाललाई जानकारी दिए । एनआरएनए अन्तराष्ट्रिय परिषदको मेम्बरसिप इन्फरमेसन सिस्टम अर्थात ९एमआइएस० लाई नर्थ अमेरिकामा नै पहिलो पटक एनसीसी क्यानाडामा प्रयोग गरेको छ। हाल खुल्ला गरिएका साधारण र आजीवन गरि दुई प्रकारका सदस्यताहरू रहेका छन्। १५ मे, २०१९ सम्म प्राप्त सदस्यताका आवेदनहरूलाई
More

कति झूटो बोल्छन डोनाल्ड ट्रम्प !

सन् २०१७ जनवरीमा राष्ट्रपति पदभार सम्हालेदेखि डोनाल्ड ट्रम्पले १० हजारभन्दा धेरै झूटो दावी गरिसकेका छन् । वासिन्टन पोष्टका तथ्य–नगरानीकर्ताले गन्ती मापन गरेका थिए । सोमबार पत्रिकाले ट्रम्पको झूटो दावी र गलत सूचना उल्लेखको संख्या १० हजार नाघेको जानकारी दिएको हो । राष्ट्रपतित्व कालका पछिल्ला महिनामा ट्रम्प झनै झुटो दावी गर्न थालेको पत्रिकाले जनाएको छ । ट्रम्पले कार्यभार सम्हालेको ६०१ दिनमा ५ हजार झुट बोलेका थिए । त्यो हिसाबमा उक्त अवधिमा उनले औसतमा दैनिक ८ वटा झुट बोले । त्यसपछिका २२६ दिनको समयमै ५ हजार झुटो कुरा बोले । त्यसपछिका पछिल्ला २२६ दिनमा ट्रम्पले दैनिक २३ झुटो दावी प्रस्तुत गरे ।
More

फोरम नेपाल प्रदेश २ समितिमा विजय यादव निर्वाचित

काठमाडौं–संघीय समाजवादी फोरम नेपाल प्रदेश २ को अध्यक्षमा विजय यादव निर्वाचित भएका छन् । सोमबार राती अवेर आएको नतिजा अनुसार उनी १८४ मत ल्याएर विजय भएका हुन्् । उनका निकटम प्रतिद्वन्द्वी रणु यादव १४७ मत ल्याएर पराजित भएकी छिन् । प्रदेश समितिको अधिवेशनमा सहमति जुट्न नसक्दा अध्यक्ष र सदस्यमा चुनाव भएको थियो । केन्द्रीय उपाध्यक्ष एवं प्रतिनिधिसभा सदस्य रेणु यादव (सप्तरी), केन्द्रीय कोषाध्यक्ष एवं प्रदेश २ का आन्तरिक मामिला मन्त्री विजय यादव (सिरहा) र प्रदेश समितिका सदस्य एवं प्रदेश सांसद अशोक यादवबीच अध्यक्षका लागि प्रतिस्पर्धा भएको थियो । कार्यसमितिमा रहने ४१ जनाका लागि २०० जनाले उम्मेदवारी दर्ता गराएका थिए भने
More