Monthly Archives May 2019

सुन्दरताकी खानी सिर्जु (फोटो फिचर)

फोटो: राजेन्द्र पौडेल नेपाली साँगितिक क्षेत्रमा ‘मेरो फिगर कोकाकोला’,‘प्यार प्यार’ , ‘छेकेन जामाले ’ ,‘फुच्ची फुच्ची’ ‘मायालाई जिन्दाबाद’ जस्ता आधुनिक, पप र दोहोरी गीतहरु अत्यन्त चर्चित छन् । यी गीतहरुले दर्शक स्रोताहरुको मा मात्र जितेको छैन यसका स्रस्टाहरुलाई नेपाली साँगितिक आकाशमा चर्चित समेत बनाएको छ । यी चर्चित गीतहरुकी गायिका र मोडल हुन सिर्जु अधिकारी । बिगत १० बर्ष देखि नेपाली साँगितिक क्षेत्रमा क्रियाशिल सिर्जुले गायिका, मोडल र संगितकारको रुपमा समेत आफ्नो पहिचान स्थापित गरिसकेकी छिन् । रामचन्द्र काफ्लेले गाएको ए कान्छी रानीबनमा हावा सररबोलको गीतमा मोडलिङ गरेर सुरु भएको सिर्जुको साँगितिक यात्रामा उनले सयौं गीतहरुमा आफ्नो श्वर र अभिनय
More

गायिका कला लम्सालको आयो धमाकेदार गीत (भिडियोसहित)

काठमाडौं– गायिका कला लम्साल र गायक चन्द्र शर्माको स्वर रहेको लोक दोहोरी गीत ‘भेटियौ धन्न’ बोलको गीतको बजारमा आएको छ । गीत बिन्ध्याबासिनी म्यूजिकमार्फत हालैमात्रै बजारमा आएको हो । गीतमा आफूलाई मायाँ गर्ने मान्छे भेटिएपछिको हर्स र खुसीलाई रोचक ढंगले प्रस्तुत गरिएको छ । यूट्यूवमार्फत रिलिज गरिएको भिडियोमा कलासँगै र शंकर बिसीले अभिनय गरेका छन् भने गीतको लय एक नारायण भण्डारीले संकलन गरेका हुन् । बिनोद बाजुरालीको एरेन्ज रहेको गीतको रेकर्ड मालाश्री रेकर्डिङमा गरिएको हो । यस्तै शंकर बिसीकै निर्देशन रहेको म्युजिक भिडियोको छायांकन दुर्गा पौडेलले गरेका हुन् भने सम्पादन नविन घर्ती मगरले गरेका हुन् । अहिले देशदेखि विदेशसम्म कार्यक्रममा
More

गणतन्त्र दिवसको अवसरमा म्यानचेस्टरमा विशेष कार्यक्रम (फोटोफिचर)

लण्डन- गणतन्त्र दिवसको अवसरमा बेलायतस्थित नेपाली राजदूतावासले बिहीबार म्यानचेस्टरमा एक विशेष समारोह आयोजना गरेको छ । समारोहमा गणतन्त्र दिवशको शुभकामना व्यक्त गर्दै प्रमुख अतिथि म्यानचेस्टर सिटीका लर्ड मेयर अविद लतिफ चोहानले २०३ वर्ष भन्दा लामो नेपाल—वेलायत सम्बन्धको चर्चा गर्नुका साथै नेपाल भ्रमण वर्ष २०२०लाई सफल बनाउन बेलायती नागरिकहरुलाई नेपाल भ्रमण गर्न आफूले प्रोत्साहन गर्ने बताए । साथै उनले दुई देशका नागरिकहरुबीचको प्रगाढ सम्बन्धले आगामी दिनमा वेलायतमा नेपालको संस्कृति प्रवद्र्धन हुनाका साथै नेपालसंग पर्यटन, व्यापार, लगानी र सहयोगका क्षेत्रहरुमा थप अभिवृद्धि हुने विश्वास व्यक्त गरे । समारोहमा राजदूत डा=दुर्गा बहादुर सुवेदीले लोकतान्त्रिक गणतन्त्रको उज्यालोमा नेपाल आर्थिक समृद्धि, सामाजिक रुपान्तरण र राजनैतिक
More

लोकसेवाको विज्ञापनविरूद्ध अदालत जाने मुख्यमन्त्री राउतको चेतावनी

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले लोक सेवा आयोगले जेठ १५ गते स्थानीय तहको लागि खुलाएको ९ हजार कर्मचारीको विज्ञापनप्रति आपत्ति जनाएका छन। शुक्रबार बर्दिवासमा भएको प्रदेश समन्वय परिषद्को बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले संविधानको भावनाविपरित समावेशितालाई लत्याउँदै खोलिएको विज्ञापन स्वीकार्य नहुने बताए। संविधानमा स्थानीय तहको कर्मचारी व्यवस्थापन प्रदेश सरकारले गर्ने स्पष्ट व्यवस्था रहेको उल्लेख गर्दै मुख्यमन्त्री राउतले संविधानको भावनाविपरित भई रहेको गतिविधीविरुद्ध कानुनी उपचार खोज्ने चेतावनी दिए। उनले भने, ‘संघीयताको अर्थ आफ्नो शासन प्रशासन हुनुपर्दछ भन्ने हो तर संघीय सरकारले त्यसमाथि अंकुश लगाउने र समावेशितालाई लत्याउने प्रयास गरिएको छ। त्यो सह्य हुँदैन, हामी कानुनी उपचार खोज्छौं।’ संघीय निकायहरूले एकपछि
More

अतिक्रमित जग्गा खोज्दै वन कार्यालय

परासी : नवलपरासीका वन कार्यालयले जिल्लामा अतिक्रमित वन क्षेत्रको विवरण खोज्न थालेको छ। नवलपरासी दुई जिल्लामा विभाजन भएपछि कार्यालयले अतिक्रमित क्षेत्रको विवरण खोज्न थालेको हो। अहिले दुवै जिल्लासँग साविककै जिल्लाको तथ्यांक छ। उक्त तथ्यांक पाँच वर्ष पुरानो हो। हरेक वर्ष वन क्षेत्र अतिक्रमण कार्य बढेको छ। तर कार्यालयसँग भने पुरानै तथ्यांक छ। सव डिभिजन कार्यालयमार्फत अतिक्रमित क्षेत्रको तथ्यांक संकलन गर्न लागिएको डिभिजन वन कार्यालय पश्चिम नवलपरासीका सहायक वन अधिकृत मुसाफिर भगतले जानकारी दिए। पश्चिम जिल्लामा चार वटा सव डिभिजन कार्यालय छन्। सुनवल, बर्दघाट अमरौट र प्रतापपुरमा रहेका कार्यालयलाई जिपिएस प्वाइण्टबाट अतिक्रमित क्षेत्रको डाटा संकलन गर्न लगाइएको भगतले बताए। २०७१ सालको
More

कर्मचारीले बन्द हड्ताल गर्न नपाउने कानूनी व्यवस्थाको माग

काठमाडौं । प्रतिनिधिसभाका सांसदहरुले कर्मचारीहरुले बन्द/हड्ताल गर्न नपाउने कानुनी व्यवस्था गर्न सरकारसँग माग गरेका छन् । प्रतिनिधिसभाका सांसद प्रेम सुवालले आफ्नो तलवसहितको सेवा, सुविधा प्राप्तीका लागि पनि बन्द/हड्ताल गर्ने काम कर्मचारीहरुबाट भईरहेको उल्लेख गर्दै त्यसो हुन नदिने गरी कानुनी व्यवस्था गर्न सरकारसँग माग गरेका हुन् । शुक्रबार संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा ‘संघीय निजामती सेवाको गठन, संचालन र सेवाको सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथिको छलफलमा भाग लिँदै उनले राज्यको सेवा, सुविधा लिएर बसेका कर्मचारीहरुले जनताको सेवा गर्नुको साटो हडताल गरेर बस्न नमिल्ने तर्कसमेत गरे । सांसद सुवालले विशिष्ट श्रेणीका कर्मचारीहरुलाई मात्र नभई तल्लो तहका कर्मचारीलाई
More

बेलायती पर्वतारोहीद्वारा विद्यालय भवन निर्माण

दुई बेलायती पर्वतारोहीले भूकम्पबाट प्रभावित मकवानपुरका तीन वटा विद्यालयमा भवन निर्माण गरेको छ । पूर्वी मकवानपुर बकैया गाउँपालिकाका–९ भैरुङ दोभानस्थित ज्ञानोदय आधारभूत विद्यालय, वडा नं १० मन्थलीस्थित सरस्वती आधारभूत विद्यालय र वडा नं ११ ठिंगनस्थित लालकिरण आधारभूत विद्यालयमा दुई÷दुई कोठे भवन निर्माण गरिएको हो । बेलायतका पर्वतारोही रोरी म्याकहुज र बर्नी एङ्गोलाको सहयोगमा सो भवन निर्माण गरिएको हो । तीमध्ये ज्ञानोदय आधारभूत विद्यालयमा निर्मित भवनलाई हस्तान्तरण गरिएको छ । रु १६ लाखको लागतमा निर्माण भएको ती भवन बकैया गाउँपालिकाका अध्यक्ष दामोदर खनाल र पर्वतारोही म्याकहुज र एङ्गोलाले संयुक्तरुपमा उद्घाटनसमेत गर्नुभयो । विद्यालयका अध्यक्ष दुर्गाबहादुर घलान र प्रधानध्यापक रामकिसुन शाहले भवन
More

आलुको सत्यनाश

हरेक वर्ष जेठ महीनाको मध्यमा कामको चटारो हुने जैमिनी नगरपालिका–३ दमेकका किसान यो वर्ष भने शीतलमा बसेर दिन काटेका छन् । हिउँदेखेती उठाउन बारीमै दिन बिताउनुपर्ने समयमा किसानको दिन अग्लो रूखको छहारीमुनि बित्ने गरेको हो । वर्षा शुरु हुनुपूर्व पाखोबारीको सबै आलु उकेर्ने दमेकको नेपानेका भीमबहादुर थापा क्षेत्रीलाई अहिले भने फुर्सद नै फुर्सद छ । उहाँ जस्तै उहाँको परिवारका कसैलाई पनि कामको चटारो छैन् । भीमबहादुरका परिवार मात्रै होइन दमेकका चार गाउँका सबै किसान फुर्सदमा छन् यतिबेला । काम नभएर दिन त शीतल छहारीमा बितेको छ तर उनीहरुको चिन्ता भने बढीरहेको छ । दमेकको कालापातल, नौला, देउरालीखानी, दहलगायतका गाउँका किसानको
More

म्याग्दीको बेनीमा भेटियो २५० वर्ष पुरानो दमाहा

म्याग्दीको बेनी नगरपालिका वडा नं ५ पुलाचौरको पुरण्यमा २५० वर्ष पुरानो ऐतिहासिक दमाहा भेटिएको छ । पुरण्यका इन्द्रबहादुर दर्जी (साइलो) को घरमा उक्त दमाहा भेटिएको हो । पुला क्षेत्रमा शताब्दीयौँ पहिलाका बाजा रहेको भन्ने जानकारी पाएपछि ती बाजाको खोज अनुसन्धान गर्ने क्रममा स्थानीय बुद्धिजीवी तथा शिक्षक शिव बानियाँले खोजी गर्दै जाँदा इन्द्रबहादुर दर्जीको घरमा सो दमाहा भेटिएको हो । “मैले यस क्षेत्रमा धेरै पुराना बाजा रहेका छन् भन्ने कुरा स्थानीय वृद्धवृद्धाबाट थाहा पाएपछि ती ऐतिहासिक बाजा खोज्दै जाँदा दुई दिनअघि मात्र त्यो दमाहा भेटाएको हो”, स्थानीय शिव बानियाँले भन्नुभयो । बानियाँका अनुसार पुला (साविकको पुलाचौर गाविस) क्षेत्रमा २५० वर्षअघि हुम्ला
More

वृद्धभत्ता बढेपछि ज्येष्ठ नागरिक आन्दोलन अन्त्य

काठमाडौं । सरकारले ज्येष्ठ नागरिकको भत्ता मासिक तीन हजार रूपियाँ पु¥याएसँगै गत आठ वर्षदेखि मिनभवनमा आन्दोलनरत ज्येष्ठ नागरिक आन्दोलन अन्त्य भएको छ । ज्येष्ठ नागरिकको सेवा सुविधा र हकहितका लागि २०६७ साल फागुन २४ गतेदेखि शुरू भएको सडक आन्दोलन बिहीबारदेखि समाप्त भएको घोषणा गरिएको हो । बिहीबार मीनभवनमा जम्मा भएका करिब दुई सय ज्येष्ठ नागरिकले सरकारको जयजयकार गर्दै आफूहरूको सडक आन्दोलन समाप्त भएको र अबको आन्दोलनको स्वरूप परिवर्तन गरिने बताए । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सहसचिव वीरबहादुर राईलेज्येष्ठ नागरिकको धर्ना स्थलमै पुगी धर्नाको ब्यानर झिकेर ज्येष्ठ नागरिकको आन्दोलन समाप्त भएको घोषणा गरे । गोरखापत्र दैनिकमा खबर छ ।
More

सांसददेखि राष्ट्रपतिसम्मको तलब वृद्धि, कसकाे कति पुग्यो

काठमाडौं – सरकारले सांसददेखि राष्ट्रपतिसम्मको तलब बढाएको छ। अर्थमन्त्री युवराज खतिवडाले बुधबार संसद्मा सार्वजनिक गरेको बजेटमा राजपत्र अनंकित (सुब्बासम्म) को २० प्रतिशत र राजपत्रांकित (अधिकृत र सोभन्दा माथि) का कर्मचारीको तलबमा १८ प्रतिशत वृद्धि हुने घोषणा गरिएको थियो। कर्मचारीको तलब वृद्धिसँगै भीभीआईपीको तलब पनि स्वतः बढेको अर्थ मन्त्रालयका अधिकारी बताउँछन्। बढेपछि राष्ट्रपतिको मासिक तलब १ लाख ७७ हजार ५ सय ३१ रुपैयाँ पुग्नेछ। सांसदको तलब वृद्धिसँगै मन्त्री, उपप्रधानमन्त्री, प्रधानमन्त्री, उपराष्ट्रपति र राष्ट्रपतिको तलब वृद्धि हुने अर्थ मन्त्रालय स्रोतले बतायो। संघीय सांसदको मासिक पारि श्रमिक हाल ५५ हजार २ सय ३० रुपैयाँ छ। मुख्य सचिवको तलब ५४ हजार ५ सय ८८
More

अन्धविश्वासको पाशविक रूपः यौनशक्ति बढाउन नरबली

आफूमा भएको दैवी शक्ति बढाउने नाममा नरबली दिने धनुषाको मिथिला नगरपालिका ६ ढल्केबरका शत्रुधन महतोलाई प्रहरीले पक्राउ गरेको छ । यौनशक्ति कम हुदै गएपछि महतोले दैबी शक्ति र यौनशक्ति बढाउने नाममा छिमेकी शम्भु साहको अढाइ बर्षीय छोरा समिरकुमार साहको हत्या गरेको खुलासा भएको छ । गत बैशाख २४ गते महतोले आर्यनको हसियाले रेटेर बली दिएको २ नम्वर प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ । बैशाख २३ गते दिउसो एकाएक समिरकुमार हराएपछि घरपरिवारले खोजी गरेपनि उनी फेला परेका थिएनन । अन्धबिश्वासमा बिश्वास गर्दै आएका महतोले आफूमा अपार दैवीशक्ति पाउन र यौनइच्छालाई दर्बिलो बनाउन बालको बलि चढाएको प्रहरीलाई बताएका थिए । उनले
More

विदेशबाट फर्किएका नेपालीलाई २५ तोला गहना ल्याउन छुट

सरकारले विदेशबाट फर्किएका नेपालीले ल्याउने काँचो सुन तथा सुनको गहनाको परिणाम बढाएको छ । अब भन्सार तिरेर २५ तोलासम्म सुनका गहना र एक सय ग्राम काँचो सुन ल्याउन पाइने भएको छ । आर्थिक विद्येयक २०७६ ले यस्तो व्यवस्था ल्याएको हो । नयाँ व्यवस्थाअनुसार दुई सय ५० ग्रामसम्मका गहना ल्याउन पाइनेछ । ५० ग्रामसम्म सुनका गहना ल्याउँदा शुल्क लाग्दैन । थप एक सय ग्राम ल्याउँदा प्रति १० ग्रामको ७ हजार दुई सय रुपैयाँ लाग्छ । बाँकी एक सय ग्रामको ९ हजार रुपैयाँ लाग्नेछ । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।
More

चीनको ग्रेटवाल घुम्न नयाँ नियम आयो

काठमाडौं– चीनले ग्रटवाल घुम्ने पर्यटकको संख्या क्षमताभन्दा बढी हुन थालेपछि संख्या सीमा तोकेको छ। जुन १ देखि बेइजिङको पातालिङ क्षेत्रबाट ग्रेटवाल घुम्न आउने र्यिटकको संख्या तोकिएको खबर आजको कान्तिपुर दैनिकमा खबर छापिएको छ । अबदेखि दैनिक ६५ हजार भन्दा बढीले त्यहाँ भ्रमण गर्न नपाउने नियम बनाइएको छ । पर्यटकको पिक सिजन चल्दै गर्दा चिनियाँ अधिकारीले यस्तो निर्णय गरेका हुन् । बेइजिङमा पातालिङका साथै मुत्यान र च्वियोङक्वान नाका ग्रेटवाला चढ्नका लागि सबैभन्दा लोकप्रिय क्षेत्र हो ।
More

ओलीमाथि प्रचण्डले बढाए दवाव

काठमाडौं–नेकपा अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले दोस्रो बजेट पेस गरेकै दिन बुधबार अर्का अध्यक्ष प्रचण्डले एक वर्षअघि एकीकरणको क्रममा भएको ‘आलोपालो सरकार चलाउने’ सहमतिको प्रसंग उप्काउँदै त्यसबाट दायाँबायाँ गरे कोही नटिक्ने बताएपछि पार्टीमा नयाँ तरङ्ग पैदा भएको छ । एक टेलिभिजन अन्तर्वार्ताका क्रममा उक्त अभिव्यक्ति दिएकै दिन यसअघि ‘दुई अध्यक्षबीचको गोप्य सहमति’ भनिँदै आएको पत्रसमेत सार्वजनिक हुनलाई दाहालले पार्टी वा सरकारमध्ये एउटा आफूले पूर्णरुपमा चलाउन पाउनुपर्ने वातावरणका लागि दवाव बढाएको अर्थमा बुझिएको छ । कान्तिपुर दैनिकमा विस्तृतमा खबर छापिएको छ ।
More

धामी बन्न बालकको हत्या

जनकपुरधाम : धनुषा ढल्केबरका अढाइ वर्षीय बालक आर्यन साहको हत्या भएको छ । मिथिला नगरपालिका–६ का शम्भुकुमार साहका छोरा आर्यनलाई छिमेकी शत्रुधन महतोले तान्त्रिक शक्ति प्राप्त गर्न हत्या गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी शेखर खनालले बताए । महतोले प्रहरीलाई आफूले तान्त्रिक शक्ति प्राप्त गर्न बालकको हत्या गरेको बयान दिएका छन् । उनले वैशाख २३ गते साँझ ५ बजे आर्यनलाई चकलेट दिएर घरमा थिए । ‘बालकलाई राति राखेर दूध खुवाई उनले सँगै सुताएछन्’, एसपी खनालले भने, ‘मध्यरातमा तान्त्रिक विधिअनुसार विभिन्न सामग्री चढाई घाँटी रेटी हत्या गरेछन् ।’ महतोले बालकको हत्या गरी शव घरपछाडि बाँसघारीमा फालेका थिए । शम्भुले भने, ‘मेरो
More

आगलागीबाट ११ लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । बारा र महोत्तरीमा भएका छुट्टाछुट्टै आगलागीबाट करिब ११ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ। बारा, जीतपुर सिमरा उपमहानगरपालिका ११ आमाटर बस्ने ५० वर्षीय धन सुन्दर बैठाले आफ्नो खेतमा आगो लगाउने क्रममा बिहीबार बिहान उक्त आगो छिमेकी नवराज उप्रेतीको उखु खेतमा समेत फैलिएर उखु जली करिब ४ लाख रुपैयाँ बराबरको क्षति भएको छ। महोत्तरी, महोत्तरी गाउँपालिका ३ डामीमडै बस्ने रामसोगारथ यादवको घरमा खाना बनाउने क्रममा बिहीबार बिहान आगलागी हुँदा छिमेकी बुधन नदाफ समेतको घरमा समेत आगलागी भई दुबै जनाको घर तथा घरभित्र रहेका सामान जलेर करिब ७ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ। स्थानीयबासीको सहयोगमा आगो नियन्त्रणमा
More

जातीय भिडन्तमा २२ जनाको मृत्यु

जुबा । जातीय समूहबीच भएका भिडन्तमा परी दक्षिणी सुडानको सीमा क्षेत्रमा कम्तीमा २२ जनाको मृत्यु भएको छ । सुडानका सूचनामन्त्री मिचेल मयौतले सिन्ह्वालाई दिएको जानकारीअनुसार बिहीबार दुई जातीय समूहबीच झडप भएको र उनीहरू दुई फरक–फरक स्थानका युवा हुन् । यसअघि गत मङ्गलबार भएको अर्को झडपमा परी एक जना सुरक्षाकर्मी मारिएका थिए भने अरू १८ जना घाइते भएका थिए । प्रवक्ता मयौतले मङ्गलबार भएको झडपका क्रममा अरू झण्डै तीन हजार जना लुटिएको पनि जानकारी दिए । “मङ्गलबार बिहान शुरु भएको झडप राति अबेरसम्म चलेको थियो,” उनले भने । दक्षिण सुडानमा लामो समयदेखि साम्प्रदायिक झडपहरू हुने गरेका छन् । उनीहरूको भिडन्तका क्रममा
More

सन्ध्याको ‘बिर्सुं कसरी’ भिडियो सार्वजनिक (भिडियो)

राजेन्द्र पौडेलको निर्देशन लण्डन । बेलायतको नेपाली समुदायमा क्रियाशिल एकजना फेटोग्राफर राजेन्द्र पौडेलले निर्देशन गरेको म्युजिक भिडियो सार्वजनिक भएको छ । लण्डनमै निर्माण गरिएको ‘बिर्सुं कसरी’ बोलको गीतको भिडियो बुधबार साँझ लण्डनको साउथ ह्यारोमा एक कार्यक्रमबीच सार्वजनिक गरियो । पौडलको छायांकन तथा निर्देशनमा बनेको यो पहिलो म्युजिक भिडियो हो । जुन निर्देशक पौडेलकी जीवनसंगिनी सन्ध्या पौडेलले आवाज दिएको पहिलो गीत पनि हो । बेलायतमै बस्दै आएका संगीतकार आशिष राजको संगीत रहेको गीतको रचना जे सागरले गरेका हुन् । म्युजिक भिडियोमा नर्सिंग एशोसिएसन यूकेकी पूर्व अध्यक्ष समेत रहेकी मोडल प्रसुना कंडेलसंगै मोडलहरु रोश्ना कार्की र विकेशराज बस्नेतले अभिनय गरेका छन् ।
More

राहुल गान्धीद्वारा राजीनामा फिर्ता लिन अस्वीकार

काँग्रेस कार्यसमितिले राहुल गान्धीको राजीनामा प्रस्ताव सिधै अस्वीकार गरेपनि राहुलले आफ्नो राजीनामा प्रस्ताव फिर्ता लिन नमानेको खबर छ । भारतीय सञ्चारमाध्यमका अनुसार राहुलले अरु अब नयाँ आउने अध्यक्षलाई आफू पूर्णरुपमा सहयोग गर्न तयार रहेको बताएका छन् । असमका पूर्व मुख्यमन्त्री तथा वरिष्ठ काँग्रेस नेता तरुण गोगोईले राहुलले नयाँ पार्टी अध्यक्षलाई मद्यत गर्न आफू तयार रहेको बताएको जनाए । उनका अनुसार अध्यक्ष नहुँदा पनि राहल भाजपा तथा नरेन्द्र मोदीको विरुद्ध आफ्नो अभियान जारी राख्नेछन् ।
More