Daily Archives 1st May 2019

भूतपूर्व ब्रिटिस गोर्खाद्वारा माइतीघरमा धर्ना

लण्डन । भूतपूर्व ब्रिटिस गोर्खा सत्याग्रह संयुक्त सङ्घर्ष समितिले समान कामको समान ज्याला पाउनुपर्ने माग गरेको छ । समितिले बुधबार माइतीघरमा धर्ना कार्यक्रम गर्दै कार्य अवधि (ड्युटी) मा मारिएका, घाइते तथा अपाङ्गता भएका ब्रिटिस गार्खाले ब्रिटिस सरहनै समान सुविधा पाउनुपर्ने माग गरेको हो । त्यसैगरी अन्य पेन्सन जस्तै विधवा, मेडिकल सबैखाले खालका पाउनुपर्ने, सन् १९७५ अघि नोकरीबाट बर्खास्त गरिएकाले क्षतिपूर्तिको एकमुष्ट रकम पाउनुपर्ने, सोही समयमा नोकरीबाट बर्खास्त भएकाले ब्रिटिस सरह पेन्सन पाउनुपर्ने माग गरिएको छ । कार्यक्रमका संयोजक कृष्णबहादुर राईका अनुसार यस विषयमा नेपाल सरकारले पहल गर्नुपर्छ । सो समस्याबाट पीडित हाल २८ हजार नेपाली ब्रिटिस सैनिक छन् । तीस
More

भूतपूर्व गोर्खाहरुद्वारा बेलायती प्रधानमन्त्री कार्यालय बाहिर विरोध प्रदर्शन (फोटो फिचर)

लण्डन । भूतपूर्व गोर्खाहरुको संगठन गोर्खा सत्याग्रह संघर्ष समितिले बुधबार लण्डनमा प्रदर्शन गरेको छ । लण्डनस्थित बेलायती संसद र प्रधानमन्त्री कार्यालय बाहिर गरिएको प्रदर्शनमा सहभागी भए । ट्राफल्गर स्क्वायरबाट सुरु भएको गोर्खाहरुको विरोध र्याली पार्लियामेन्ट स्क्वायर र प्रधानमन्त्रीको कार्यालय १० डाउनिंग स्ट्रिटबाहिर सम्म पुगेको थियो । प्रधानमन्त्रीको कार्यालयमा सत्याग्रह समितिले आफ्ना मागहरु समेटिएको १३ बुंदे ज्ञापनपत्र पनि बुझाएको छ । विरोध प्रदर्शनमा ऐक्यबद्धता जनाउँदै केहि बेलायती भेटेरानहरुले समेत सहभागिता जनाएका थिए । गोर्खाहरुको प्रदर्शनका क्रममा त्यस क्षेत्रको सवारी आवागमन समेत केहि समयको लागि अवरुद्ध बनेको थियो । प्रदर्शन करिब ५ सय गोर्खाहरु सहभागी रहेको बताएको छ ।
More

उपेन्द्रको फोरम र बाबुरामको नयाँ शक्तिबीच एकता हुँदै

काठमाडौँ–सङ्घीय समाजवादी फोरम र नयाँ शक्ति पार्टीबीच एकताका लागि शीर्ष नेताहरुबीच छलफल अघि बढेको छ । उपप्रधानमन्त्री तथा फोरमको नेतृत्व गरेका उपेन्द्र यादव र डा बाबुराम भट्टराईले नेतृत्व गरेको पार्टी नयाँ शक्तिबीच एकता प्रक्रियाअघि बढेको फोरमका निर्वाचन समितिकका प्रमुख शिवजी यादवले जानकारी दिए । यादवका अनुसार पार्टी एकता प्रक्रियाअघि बढेको छ । शीर्ष नेताहरुबीच छलफल पनि भइरहेको छ । तर एकता कहिले गर्ने भनेर मिति तोकिएको छैन । निर्वाचनका समयमा फोरम र नयाँ शक्तिबीच एकता गर्ने प्रयास भए पनि नेतृत्व विवादका कारण सफल हुन सकेको थिएन । अहिले भने एकता प्रक्रिया निकै अगाडि बढेको छ ।
More

शक्तिशाली चक्रवात उत्तर–पश्चिम दिशातर्फ लाग्यो, नेपालमा कस्तो प्रभाव पर्ला ?

काठमाडौँ– बङ्गालको खाडीको दक्षिण पूर्वीभागमा भएको धेरै शक्तिशाली चक्रवात, फानी, बिस्तारै उत्तर–पश्चिम दिशातर्फ बढिरहेकाले देशको हिमाली भू–भागमा भारी हिमपात तथा पूर्वी र मध्यका केही स्थानका हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले आज विज्ञप्ति जारी गर्दै बङ्गालको खाडीको दक्षिण पूर्वी भागमा बनेको शक्तिशाली चक्रवात, फानी, विस्तारै उत्तर–पश्चिम दिशातर्फ अगाडि बढेकाले यसको ठूलो प्रभाव नपरे पनि हिमाली भू–भागमा भारी हिमपात र पूर्वी तथा मध्यका केही स्थानमा हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुने भएकाले मौसमविद्ले सचेत रहन आग्रह गरेको छ । उक्त चक्रवात नेपालतर्फ आउने सम्भावना अहिलेसम्म नदेखिएता पनि नेपालको पूर्वी र मध्य हिमाली भू–भागमा भारी हिमपात तथा प्रि–मनशुन
More

पश्चिमी वायुको प्रभावका कारण काठमाडौंमा भिषण हावाहुरी

काठमाडौँ–काठमाडौँ उपत्यकामा आज साँझ आएको भिषण हावाहुरीले त्रसित बनाउनुका साथै केही बेर जनजीवनमा प्रभावित बनाएको छ । हावाहुरी र पानीका कारण यात्रा गरिरहेका यात्रुलाई निकै सास्ती बनायो । मौसम पूर्वानुमान महाशाखाका मौसमविद्ध् गङ्गा नगरकोटीका अनुसार प्रि मनसुनका कारण र स्थानीय र पश्चिमी वायुको कारणले मौसम सक्रिए भएको हो । यो अवस्थामा हावाहुरी चल्ने र मेघगर्जनसहित पानी गर्ने गर्दछ । प्रि मनसुका अवस्थामा हुने यो नियमति प्रक्रिया नै हो । हावाहुरीका कारण बालाजुस्थित भाटभटेनी सुपरमार्केट नजिकै एक रुख भाच्चिदा बा ४ च १२३ नम्बरको गाडीमा सामान्य क्षति भएको महानगरी प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता तथा वरिष्ठ प्रहरी उपरीक्षक श्याम ज्ञवालीले जानकारी दिए
More

सरकारी निरंकुशताको कडा प्रतिवाद गछौं – सह–महामन्त्री महत

काठमाडौं– नेपाली कांग्रेसका सह–महामन्त्री डा.प्रकाशशरण महतले वर्तमान सरकारले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, मानव अधिकार र नागरिक मौलिक हकमाथि आक्रमण गरेकाले कांग्रेसले त्यसको विरुद्ध सशक्त प्रतिवाद गर्ने बताएका छन् । सडक र सदनबाट सरकारले गलत कार्यको विरोध गरिने उनले स्पष्ट पारे । मंगलबार केहि सञ्चारकर्मीहरुसंग छलफल गर्दै डा. महतले सरकारले लोकतन्त्रका आधार स्तम्भ माथि धावा बोलेकोमा कांग्रेसले शसक्त विरोध गर्नु पर्ने अवस्था आएको बताए । जनताको अधिकार प्रति कांग्रेस सम्बेदनशिल रहेको बताउँदै डा.महतले भने –कांग्रेसले लोकतन्त्र, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, मानव अधिकार र नागरिकको मौलिक हक प्रति कसैसंग सम्झौता गर्दैन । सरकार भ्रष्टाचारमा चुर्मुम्म डुबेको बताउँदै सह–महामन्त्री महतले कम्युनिष्ट सरकारले आफ्नो
More

छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ६ जनाको मृत्यु

काठमाडौं-काठमाडौं, कैलाली, सिराहा, धादिङ र ललितपुरमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ । काठमाडौंको टोखा नगरपालिका-९ गोगंबु गणेशस्थानस्थित सडकमा बा.३ ख २१३८ नम्बरको पानी बोक्ने ट्याङ्कर रोकिरहेको अवस्थामा मंगलबार साँझ अचानक अगाडि बढ्न जाँदा गम्भीर घाइते भएका ट्याङ्रका सहचालक मनमैजु बस्ने नुवाकोट ककनी-३ का २५ वर्षीय पुष्कर लामाको ग्रिनसिटी अस्पताल बसुन्धरामा उपचारको क्रममा मृत्यु भएको छ । ट्याङ्कर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । कैलालीको गोदावरी नगरपालिका-४ खैरानापुलस्थित राजमार्गमा से.१ प ३७५० नम्बरको मोटरसाइकल मंगलबार दिउँसो आफै अनियन्त्रित भई पल्टिँदा गम्भीर घाइते भएका चालक सोही नगरपालिका-८ बस्ने ४० वर्षीय आशाराम चौधरीको पद्मा अस्पताल अत्तरिया हुँदै थप
More

दलहरुले सत्तामा पुर्‍याउने भर्‍याङको रुपमा मात्र श्रमिकलाई प्रयोग गरेः कमल थापा

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राप्रपाले अवलम्वन गरेका एजेण्डालाई हरेक मजदुरहरुको मन मस्तिष्कमा पु¥याउन ट्रेड युनियन महासंघ नेपाल (टुकोन) लाई आग्रह गर्दै अन्य ट्रेड युनियनहरु भन्दा अलग तरिकाले सम्पूर्ण मजदुरहरुको हितमा अग्रसर हुन निर्देशन दिएका छन् । १३० औं अन्तराष्ट्रिय श्रमिक दिवसको अवसरमा ट्रेड युनियन महासंघ नेपाल (टुकोन)ले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष थापाले रोजगारको प्रचुर सम्भावना बोकेको देश नेपालबाट श्रम गर्नकै लागि ४० औं लाख युवाहरु विदेशिनु पर्ने अवस्था आउनुमा परिवर्तनकारी भनाउने दलहरुको गलत मार्गचित्र नै कारक रहेको टिप्पणी गरे । जनआन्दोलनका क्रममा श्रमिकहरुको हितमा मुलुकलाई परिवर्तन गर्छौं भनेर तिनै श्रमिकहरुको बलमा सत्तामा पुगे पनि
More

मोहन वैद्यको टिप्पणी–सरकारले विप्लवलाई अनावश्यक ‘हाइलाइट’ गर्‍यो

दाङ–नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य किरणले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको पार्टीलाई अनावश्यक रुपमा ‘हाइलाइट’ गरेको टिप्पणी गरेका छन्। उनले विप्लवले राज्यविरुद्ध सशस्त्र संघर्ष होइन भन्दाभन्दै सरकारले अनावश्यकरुपमा हाइलाइट गरिरहेको बताए। दाङको टरिगाउँ विमानस्थलमा बुधबार रिपोर्टर्स क्लब नेपाल दाङ शाखाले गरेको पत्रकार सम्मेलनमा वैद्यले भने,‘विप्लवजी आफैले स्वयं सशस्त्र संघर्ष होइन। प्रहरी र सेनामाथिको आक्रमण होइन भनिरहनु भएको छ। तर, राज्यले अनावश्यकरुपमा हाइलाइट गरिरहेको छ।’ उनले विप्लव नेतृत्वको पार्टीमाथि प्रतिबन्ध लगाउनु संविधान विपरित भएको बताए। ‘संविधानमा राजनीतिक दललाई प्रतिबन्ध लगाउने व्यवस्था कतै छैन,’उनले भने,‘ जति कुरा विप्लवजीले उठाएका छन् ती सबै राजनीतिक कुरा हुन्। उनलाई राज्यले राजनीतिक व्यवहार गर्नु पर्दथ्यो।’ उनले
More

प्रदीप पौडेलको आरोप–ओली सरकारको पालामा जति काण्ड भए नेकपाकै मान्छे जोडिए

काभ्रे– नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले लेनिनवाद र माओवादलाई नेपालका कम्युनिष्टहरुले अपमान र बेइज्जत गरेको आरोप लगाएका छन् । उनले केपी ओली नेतृत्वको सरकार काण्डैकाण्डले घेरिएको पनि दाबी गरे । ‘केपी ओलीको सरकार आइसकेपछि छोटो समयमा यति धेरै काण्ड यो भन्दा अगाडि कहिल्यै भएको थिएन’, बुधबार नेपाली काँग्रेस भुम्लो गाउँपालिका काभ्रेद्वारा भुम्ली मानेडाँडामा आयोजित आमसभालाई सम्बोधन पौडेलले भने, ‘यो सरकार सुनकाण्ड, वाइडबडीकाण्ड, खुल्लामञ्चकाण्ड, बालुवाटारकाण्डलगायतका काण्डैकाण्डले घेरिएको छ ।’ जनताको पक्षमा केही नगरी आफ्नो पक्षमा मात्रै काम गर्ने र राज्यसत्ता कब्जा गरेर आफूले ब्रह्मलूट गर्ने प्रवृत्ति बढेको दाबी गर्दै पौडेलले लेनिनवाद र माओवादको सिद्धान्त अनुसरण गर्न नेकपा नेतृत्वको सरकारलाई सुझाव
More