Daily Archives 3rd May 2019

प्रधानमन्त्री आश्चर्यचकित, निर्वाचन क्षेत्रको बजेटबारे बोले

काठमाडौँ–प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो निर्वाचन क्षेत्रमा विकास आयोजना समावेश गर्न राष्ट्रिय योजना आयोगलाई निर्देशन नदिइएको प्रधानमन्त्रीका प्रेस सल्लाहकारले स्पष्ट गरेका छन् । प्रेस सल्लाहकार डा कुन्दन अर्यालले आज वक्तव्य जारी गरी सञ्चारमाध्यम र सामाजिक सञ्जालमा उल्लेख गरिएझैँ प्रधानमन्त्रीले आफैँ अध्यक्ष रहेको आयोगलाई पत्र नपठाएको बताएका छन् । “सांसद सम्पर्क कार्यालयमा सङ्कलन गरिएका आयोजनाहरुको सूची प्रधानमन्त्रीको निर्देशनबेगर निजी सचिवालयबाट भूलवशः राष्ट्रिय योजना आयोगमा सम्प्रेषण गरिएको रहेछ”, सल्लाहकार डा अर्यालले जारी गरेको वक्तव्यमा भनिएको छ । प्रधानमन्त्रीको जानकारीमा नरहेको उक्त पत्रबाट ‘प्रधानमन्त्री ओली आश्चर्यचकित र दुःखी हुनुभएको’ वक्तव्यमा उल्लेख छ ।
More

इन्डियन मोडल गीता बर्मा नेपाली मोडलिङमा प्रवेश

काठमाडौँ- भारतको सिमला स्थायी बासिन्दा भएकी मोडल गीता बर्मा अहिले काठमाडौँलाई कर्मथलो बनाउदै मोडलिङमा आफ्नो भबिष्य खोज्दै छिन । धेरै नेपालीहरु कलाकारिता तथा मोडलिङको लागि बलिउड धाउदै गरेको समयमा गीता बर्मा भने नेपालमा मोडलिङ तथा कलाकारिता गर्नको लागि अहिले नेपालमा मेहनत र परिश्रम गर्दै आएकी छिन । भक्तपुरको सिर्जनानगरमा आफ्नो दाजु भाउजु संग बस्दै नृत्य तथा अभिनयको ट्रेनीङ समेत लिदै आएकी उनले २ वटा नेपाली म्युजिक भिडियो र केहि सर्ट मुभीमा समेत अभिनय गरिसकेकी छिन । इन्डियामा समेत आफ्नो कलाकारिता प्रस्तुत गर्दै केहि म्युजिक भिडियोमा कुशल अभिनय गरिसकेकी गीता भविष्यमा चर्चित नायिका बन्ने सोच लिएर अगाडि बढिरहेकी छिन । राजधानी
More

राजतन्त्रको झल्को दिने राष्ट्रपतिको सवारी (फोटोमा हेर्नुहोस्)

काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारी सरकारको आगामी आर्थिक वर्ष २०७६÷०७७ को नीति तथा कार्यक्रम प्रस्तुत गर्नेक्रममा विवादमा तानिएकी छन् । उनले सङ्घीय संसद्को शुक्रबारको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्न जादा राजतन्त्रको झझल्को आएको भन्दै सामाजिक संजालमा चर्को आलोचना भएको छ । राष्ट्रपतिले सङ्घीय संसद्को कुनै सदनको वा दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न सक्ने संवैधानिक व्यवस्था रहेको छ ।
More

राष्ट्रपति विवादमा तानिइन्, रानी बोक्ने कुनै रहर छैन : कांग्रेस

काठमाडौं। राष्ट्रपति विद्या देवि भण्डारीले संसदको संयुक्त बैठकमा आर्थिक बर्ष २०७६(७७को नीति तथा कार्यक्रम सार्वजनिक गरेकी छिन्। उक्त नीति तथा कार्यक्रम सार्वजनिक गर्ने क्रममा राष्ट्रपतिले ‘मेरो सरकार’ भनेर नेपाल सरकारलाई सम्बोधन गरेकी हुन्। सामाजिक संजालमा राष्ट्रपतिले भनेको ‘मेरो सरकार’ प्रति प्रश्न उठेको छ। नेपाल सरकारलाई ‘मेरो सरकार’ भन्दा सुन्नेहरुलाई अफठ्यारो महशुस भएको छ। गणतन्त्र आउनु अघि नेपालमा ‘श्री ५ को सरकार’ रहँदा राजाहरुले ‘मेरो सरकार’ भन्ने गरेका थिए। यस्तै नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले यसरी नेपाल सरकारलाई राष्ट्रपतिले ‘मेरो सरकार’ भन्न मिल्छ भनेर प्रश्न उठाएका छन् । सम्माननिय @PM_Nepal मेरो देशमा नेपाली जनताले बनाएको नेपाल सरकार छ कि रास्ट्रपतिको सरकार 
More

सरकारको नीति तथा कार्यक्रमका १५ आकर्षक बुँदा

काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको आगामी आर्थिक वर्ष २०७६÷०७७ को नीति तथा कार्यक्रम प्रस्तुत गरेकी छिन् । उनले सङ्घीय संसद्को शुक्रबारको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन् । राष्ट्रपतिले सङ्घीय संसद्को कुनै सदनको वा दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न सक्ने संवैधानिक व्यवस्था रहेको छ । सरकारले निर्वाचनको समयमा जनतासामु कवल गरेअनुरुप चुनावी घोषणपत्रका आधारमा नीति तथा कार्यक्रम बनाउने गर्दै आएको छ । नीति तथा कार्यक्रमका १५ आकर्षक बुँदाः –बारीका पाटा र खेतका गरा सबै हराभरा बनाउने घोषणा –आगामी आर्थिक वर्षमा इतिहासकै तीब्र आर्थिक विकास –चार वर्षभित्र सबै स्थानीय तह केन्द्रसम्म पक्की सडक –आगामी वर्षभित्र ७७ वटै जिल्ला
More

काठमाण्डौंमा फानी तुफान (फोटो फिचर)

काठमाडौं। बंगालको खाडीमा सक्रिय भएको समुन्द्री तुफान फानी भारतको ओडिशा पुगेको छ। ओडिशामा तुफानका कारण करिब २०० किलोमीटर प्रतिघण्टाका गतिमा हावाहुरी चलेको छ भने भीषण वर्षा भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्। यता नेपालमा भने यो फानी तुफानका रुपमा प्रवेश भने गर्ने छैन । मौसम पूर्वानुमान महाशाखाले शुक्रबार एक सचेतना जारी गर्दै वर्षा र हावा हुरी चल्न सक्ने चेतावनी दिएको छ। महाशाखाका मौसम विद राजु प्रधानांगले फानीको प्रभाव नेपालमा हावा हुरी र वर्षाका रुपमा पर्ने भए पनि तुफानकै रुपमा फानी नेपाल प्रवेश नगर्ने बताए। उनका अनुसार बंगलाको खाडीमा उत्पन्न भएको यो समुन्द्री तुफान ओडिशामा जमिनसँग ठोक्किएपछि यसको स्वरुप बदलिनेछ भने
More

राष्‍ट्रिय सुरक्षा एवं प्रतिरक्षासम्बन्धी विषयमा अध्ययन गरिनेछ

राष्ट्रिय सुरक्षा नीति कार्यान्वयन गरी राष्‍ट्रिय सुरक्षालाई सुदृढ बनाइनेछ।राष्‍ट्रिय सुरक्षा एवं प्रतिरक्षासम्बन्धी विषयमा अध्ययन अनुसन्धान गर्न राष्‍ट्रिय प्रतिरक्षा विश्‍वविद्यालयस्थापना गरिनेछ। अब मुलुकमा हिंसाले स्थान पाउनेछैन। नागरिकको जीउधन र सार्वजनिक सम्पत्तिको सुरक्षाका लागि जुनसुकै प्रकारको हिंसात्मक गतिविधिप्रति मेरो सरकार कठोर रूपमा प्रस्तुत हुनेछ। संविधान र कानुन विपरीतका कार्यमा संलग्‍न हुने, शान्ति सुरक्षामा खलल पुर्‍याउने र सामाजिक सद्‍भाव बिथोल्ने कुनै पनि प्रकारका आपराधिक क्रियाकलापमा संलग्न हुने जोकोहीलाई कानुनी कारबाहीको दायरामा ल्याइनेछ।
More

आगामी आवमा इतिहासकै तीव्र आर्थिक विकास हुने

काठमाडौं – सरकारले आगामी आवमा इतिहासकै तीव्र आर्थिक विकास गर्ने दाबी गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा संघीय संसद्‍मा पेश भइरहेको सरकारको वार्षिक नीति तथा कार्यक्रममा भनिएको छ- ‘आफ्नो कार्यकालको पहिलो वर्षलाई समृद्धिको इतिहास रच्ने आधार वर्ष बनाउन मेरो सरकार सफल भएको छ । आगामी आर्थिक वर्ष इतिहासमै तीव्र आर्थिक विकास हुने इतिहास रच्नेछ ।’ आव २०७६/०७७ को वार्षिक नीति तथा कार्यक्रम पढ्दै राष्ट्रपतिले भनेकी छन्- हरेक दिन एक कदम अगाडि बढ्ने सरकारी दृष्टिकोण छ ।
More

आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रम (पूर्णपाठ)

काठमाडौं- सरकारले आगामी आर्थिक वर्ष २०७६/०७७ का लागि आफ्नो वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। बजेट प्रस्तुत गर्नुपूर्व नीति तथा कार्यक्रम सार्वजनिक गर्नुपर्ने प्रचलनअनुरुप सरकारले संघीय संसद्मा संयुक्त रुपमा आफ्ना नीति तथा कार्यक्रम प्रस्तुत गरेको हो। राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले तयार पारेको नीति तथा कार्यक्रम संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गरेकी छन्। — नीति तथा कार्यक्रमको पूर्णपाठ — प्रतिनिधिसभाका सम्माननीय सभामुख, राष्‍ट्रिय सभाका सम्माननीय अध्यक्ष, सङ्‍घीय संसदकामाननीय सदस्यहरू, संविधान कार्यान्वयनका महत्त्वपूर्ण आधारहरू निर्माण गरी मूलतः सङ्‍क्रमणकाल समाप्‍त भई स्थायित्व विकसित भएको सुखद सन्दर्भमा आज फेरि यस गरिमामय सङ्‍घीयसंसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न पाउँदा मलाई खुशी लागेको छ।
More

सामाजिक सुरक्षा भत्ता बढ्ने

काठमाडौँ– सरकारले यस वर्षको बजेटमार्फत सामाजिक सुरक्षा भत्ता बढाउने भएको छ । संघीय संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले सामाजिक सुरक्षा भत्रा बढ्ने बताएकी हुन् । गत बर्ष सामाजिक सुरक्षा भत्ता नबढाएको भन्दै सरकारको आलोचना भएको थियो ।
More