Daily Archives 5th May 2019

गुल्मी जिल्ला समाज यूकेको अध्यक्षमा पल्ली मगरपल्ली मगर

लण्डन । गुल्मी जिल्ला समाज यूकेको अध्यक्षमा टोप पल्ली मगर चयन भएका छन् । समाजको आइतवार सम्पन्न छैठौं अधिवेसनले उनको अध्यक्षतामा नयाँ कार्यसमितिको सर्वसम्मत ले चयन गरेको हो । नवनिर्वाचित कार्यसमितिमा राम सापकोटा, तारानाथ भण्डारी र मोति पुन उपाध्यक्ष, वीर बलाल महासचिव, मञ्जु भण्डारी सचिव, वरुण भण्डारी कोषाध्यक्ष र तारा भट्टराई सहकोषाध्यक्ष चयन भए । यस्तै सदस्यहरुमा भोजराज भण्डारी (बर्मिंगहम), शंकर भण्डारी ( बर्मिंगहम), राधा खरेल ( बर्मिंगहम) , महलाल घिमिरे (प्लमस्टिड) , शिव राना (प्लमस्टिड) , माया केसी (डेप्टफोर्ड) , थम्मन राना फार्नबरो ), भक्त बलाल (क्याम्बर्ली), भिम खनाल (पिटरबरो ), रुद्र थापा ( केन्ट ) , रिता गौतम
More

नेकपा विप्लव समूहका गोरखा इञ्चार्जसहित दुई जना पक्राउ

गोरखा–जिल्ला प्रहरी कार्यालय गोरखाले नेत्र विक्रम चन्द ‘विप्लप’ समूहका गोरखा जिल्ला इञ्चार्जसहित दुई जनालाई आज पक्राउ गरेको छ । पालुङटार नगरपालिका–७ स्थित खोलाघाट क्षेत्रबाट जिल्ला इञ्चार्ज योगेन्द्र कुमाल र जिल्ला सेक्रेटरी कपिल भट्टलाई आज पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख एसपी भोला रावलले जानकारी दिए । गोप्य सूचनाको आधारमा च्याङली प्रहरी चौकीबाट खटी गएको प्रहरीको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ परेका दुवै जनालाई सदरमुकाममा ल्याएर अनुसन्धान अघि बढाइको उहाँले जानकारी दिए ।
More

सरकारले दियो पुनर्निर्माणलाई १ सय ५६ अर्ब रुपैयाँ

  काठमाडौं-राष्ट्रिय पुनर्निर्माण प्राधिकरण निर्देशक समितिको बैठकले आगामी आर्थिक वर्षमा पुनर्निर्माण तथा पुनर्स्थापनाका कार्यहरु गर्न १ सय ५६ अर्ब रुपैयाँको बजेट स्वीकृत गरेको छ । बैठकमा प्राधिकरणले पुनर्निर्माण तथा पुनर्स्थापना सम्बन्धी पञ्च वर्षीय योजनाको कार्यान्वयनका लागि यसअघि निर्धारित कूल रु ९ खर्ब ३८ अर्ब बराबरको वित्तीय आवश्यकतालाई पुनरावलोकन गरी नेपाल सरकारको बजेटरी प्रणालीबाट नेपाल सरकार एवं दातृ निकायको स्रोत समेत गरी कुल रु. ६ खर्ब ३० अर्ब बराबरको वित्तीय स्रोत परिचालन गर्ने प्रस्ताव जानकारी गराएको थियो । बैठकमा प्रस्तुत वित्तीय योजनाको खाकालाई आधार मानी आगामी वर्षको बजेट तथा कार्यक्रम तर्जुमा गर्ने निर्णय भएको छ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले
More

एनआरएनए ओसेनीया क्षेत्रीय सम्मेलन तयारीमा २० देशका ३ सय प्रतिनिधी सहभागी हुने

सिड्नी। गैर आवासीय नेपाली संघ (एनआरएनए) को ओसेनीया क्षेत्रीय सम्मेलन तयारी अन्तिम चरणमा पुगेको छ । सम्मेलन यही मे ११ र १२ मा हुँदैछ । एनआरएन ओसेनीया क्षेत्रीय संयोजक धर्मराज अधिकारीका अनुसार सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको हो । सम्मेलनको लागि विश्वभरका एनआरएन अभियन्ताहरु आउने क्रम शूरु भइसकेको छ । सम्मेलनमा सहभागि हुनको लागि उपाध्यक्ष कुमार पन्त आइसक्नुभएको छ । सम्मेलन दुई दिनसम्म चल्नेछ । सम्मेलन सिड्नीको हायात रीजेन्सी होटलमा हुनेछ । सम्मेलनमा २० मुलुकका तीन सय भन्दा बढीको सहभागिता रहने अनुमान गरिएको छ । सम्मेलनमा एनआरएन पूर्व अध्यक्ष शेष घले, एनआरएन आइसिसीको तर्फबाट अध्यक्ष भवन भट्ट, उपाध्यक्ष कुमार पन्त
More

बलात्कार आरोपमा पक्राउ

धनुषा–मिथिला नगरपालिका ११ लोटा बस्ने ४० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा पर्सा, बीरगंज महानगरपालिका ३२ बस्ने ३५ वर्षीय फिरोज अलीलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । शारीरिक रुपमा अशक्त ती महिला राम्रो उपचार गर्छु भनि ललाईफकाई शनिबार साँझ फिरोजले जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय ढल्केबरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।
More

नेपाल प्रहरीका ५४ इन्सपेक्टरले पाए जिम्मेवारी (सूचीसहित)

काठमाडौं–प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी नायव निरीक्षकबाट प्रहरी निरीक्षक पदमा पदोन्नति भएका प्रहरी अधिकृतहरुलाई प्रहरी प्रधान कार्यालयमा आइतबार आयोजित कार्यक्रममा दर्ज्यानी चिन्हद्वारा सुशोभन गरेका छन् गृह मन्त्रालयको २०७६ वैशाख २० गतेको निर्णयले ५४ जना सई इन्सपेक्टरमा पदोन्नति भएका थिए । कार्यक्रममा ५२ जना प्रहरी निरीक्षकहरु दर्ज्यानी चिन्हद्वारा सुशोभित भएका छन् भने १ जना हाल संयुक्त राष्ट्रसंघीय मिसनमा कार्यरत र १ जना क्रिया बिदामा रहेका छन् । दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रममा उपस्थित प्रहरी कर्मचारीहरुलाई निर्देशन सम्बोधन गर्दै प्रहरी महानिरीक्षक खनालले प्रहरी संगठन सर्वोत्कृष्ट बनाउन अझै तीव्रता र दृढताकासाथ नेपाल सरकारको नीति अनुसार जिम्मेवार भएर काम गर्न निर्देशन दिए । पदोन्नतिसँगै थप
More

जेल बसेका सबै कैदीलाई अपराधी भन्न मिल्दैनः कोइराला

काठमाडौं–नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले जेल बसेका सबै कैदीहरु अपराधी नै हुन भन्न नमिल्ने बताएका छन्। डा कोइरालाले भने, ‘कति मानिसले भुलवस कानुन तोडेका हुन्छन्। कानुनको नजरमा उनीहरु दोषी ठहरिन्छन् तर वास्तविकता फरक पनी हुन सक्छ।त्यसैले जेल बस्ने सबैलाई अपराधीको सूचीमा राख्न मिल्दैन।’ कोइरालाले कारागारलाई सजायको थलोको रुपमा भन्दा सुधारगृहको रुपमा हेरिनुपर्ने बताए । काठमाडौस्थित सुन्धारामा रहेको केन्द्रिय कारागारमा रहेका अपांग कैदीहरुलाई ह्विलचियर बितरण कार्यक्रममा बोल्दै नेता कोइरालाले लामो समय जेल बसेका ब्यक्तीहरु पटक(पटक सत्तामा पुगे पनि उनीहरुले जेल सुधारमा कहिल्यै ध्यान नदिएकोमा दुख लागेको बताए । आधुनिक बिश्वमा खुल्ला कारागारको ब्यवस्था रहेको उदाहरण दिँदै कोइरालाले प्रहरी र जेल
More

मैले वुझेको मार्क्सवाद: जीवा लामिछाने

जर्मनी । कार्लमार्क्स जन्मेको आज २०१ वर्ष पुरा भयो । उनी ५ मई १८१८ मा जर्मनीको ट्रिएर शहरमा जन्मेका हुन । कार्लमार्क्स सम्भवत: गएको दुइसय वर्षमा सबैभन्दा बढ़ी पढिएका दार्शनिक-चिन्तक हुन । जर्मनीको ट्रीएर शहरस्थित उनी जन्मेको बारोक हाउस-कार्लमार्क्स म्यूज़ियममा २ वर्ष अघि म पुगेको थिंए । उनको दर्शन जति पढ्दै गयो उनका कुरा मलाई उती बढि काल्पनिक र असम्भव लाग्ने गर्छ । मार्क्सले परिकल्पना गरेको वर्गबिहीन र राज्यबिहीन आदर्शवादी समाज एक स्वप्नलोक (utopia) मात्रै हो भन्ने मेरो बुझाई छ । सोभियत सघंका सवै विश्वविद्यालयहरूमा सोसीयल स्ट्डीज अन्तर्गत पहिलो वर्ष सोभियत कम्युनिस्ट पार्टीको इतिहास, दोश्रो वर्ष मार्क्स-एन्गेंल्स फिलोसफी र तेश्रो
More

एनआरएन पदाधिकारीहरुको लागि उम्मेदवारी शुल्क ह्वात्तै बढ्यो

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएन) को केन्द्रीय समितिको बैठक आइतवार सम्पन्न भएको छ । संघका अध्यक्ष भवन भट्टको अध्यक्षमा साइबर कन्फ्रेन्सकल मार्फत बसेको बैठकले संघको अक्टोवरमा हुने विश्व सम्मेलनलाई मध्यनजर गर्दै विभिन्न निर्णय गरेको छ । संघका केन्द्रीय सदस्य रामशरण सिम्खडाका अनुसार संघको १० औं विश्व सम्मेलन अक्टोवर महिनाको १३ देखि १६ सम्म काठमाडौं हुने सम्मेलन बारे मुख्य अजेण्डामा छलफल भएको थियो । संघका महासचिव डा. बद्री केसीले आगामी विश्व सम्मेलनको लागि तयारी समिति छिट्टै गठन हुने जानकारी दिए । बैठकमा उपाध्यक्षत्रय कुमार पन्त, कुल आचार्य, सपिला राजभण्डारीले क्रमशः एनआरएन भवन, शंखमूल पार्क, लाप्राक परियोजना परियोजनाको बारेमा प्रगति प्रतिवेदन
More

प्रकाश सपुत र सुनिता अधिकारीको नयाँ गीत सार्वजनिक, पहिलो दिनमै एक लाख भ्यूज

काठमाडौँ । लोकप्रिय युवा गायक प्रकाश सपुत र गायिका सुनिता अधिकारीको रमाइलो लोक दोहोरी गीत ‘लुरुरु हुरुरु’ बजारमा आएको छ । प्रकाश सुपतको आफ्नै शब्द तथा लय रहेको गीतमा पश्चिम नेपालमा बोलिने ठेट शब्दहरु समेटिएका छन् । गीतमा प्रकाश र सुनिता स्वयमले अभिनय गरेका छन् । सार्वजनिक भएको २४ घण्टा नबित्दै एक लाख भन्दा बढी दर्शकले युट्युवमा यो गीत हेरिसकेका छन् । पहिलो दिन नै गीत भाइरल बनेपछि निर्माण टिम उत्साहित बनेको छ । ‘बोल माया….’, दोहोरी ब्याटलजस्ता दर्जनौं सिर्जनात्मक गीतबाट चर्चामा रहेका सपुतले यस गीतलाई पनि दर्शकहरुले अत्याधिक मन पराउने विश्वास लिएका छन् । यसैगरी, ‘पानको मिसी’, ‘क्यारम माया’लाई
More

संघीय संसदमा देउवाद्वारा सरकारको नीति र कार्यक्रमका संबन्धमा प्रस्तुत संवोधन

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता श्री शेर बहादुर देउवाद्वारा सरकारको नीति र कार्यक्रमका संबन्धमा संघीय संसदमा प्रस्तुत संवोधन २०७६।१।२२ सम्माननीय सभामुख महोदय, सरकारको नीति तथा कार्यक्रमलाई संशोधन गरियोस भन्ने प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको तर्फबाट हालिएको प्रस्तावको पक्षमा मत हाल्न आह्वान गर्दै म मेरो मन्तव्य शुरु गर्न चाहन्छु। नेपाली काँग्रेसको अगुवाइमा लामो समयदेखिको हिंसात्मक द्वन्द अन्त्य भयो, संविधान बन्यो र मेरो नेतृत्वकै सरकारले तिनै तहको निर्वाचन सम्पन्न गर्यो। आन्तरिक शान्ति, सम्मानजनक आर्थिक वृद्धि र सुमधुर परराष्ट्र सम्वन्धको अवस्था कायम गरी मैले नयाँ निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गरेको हुँ। डेढ वर्षअघि धेरै ठुला सपना र आश्वासन बेचेर यो सरकार सत्तामा
More

कति छ आज डलर र यूरोको भाउ ?

आज एक अमेरीकी डलरको खरिद मूल्य ११० रुपैयाँ ४५ पैसा तोकेको छ । यसैगरी बिक्री मूल्य १११ रुपैयाँ ०५ पैसा रहेको छ । एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४३ रुपैयाँ ६० पैसा र बिक्रिदर १४४ रुपैयाँ ३८ पैसा रहेको छ । एक युरोको खरिददर १२३ रुपैयाँ १२ पैसा छ भने बिक्रिदर १२३ रुपैयाँ ७९ पैसा रहेको छ ।
More

कोलोराडोमा स्मारिका बिमोचन तथा श्रष्टा सम्मान कार्यक्रम सम्पन्न

अन्तराष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो च्याप्टरको आयोजनामा संस्थाको दुई बर्षका गतीविधी सगटिएको स्मारिका बिमोचन संगै श्रष्टाहरु द्धय हरि अधिकारी र मुरली धरलाई सम्मान गरिएको छ । बरिष्ठ पत्रकार तथा साहित्यकार हरि अधिकारीको प्रमुख आतित्थता र गीतकार, संगीतकार तथा चलचित्र कर्मी मुरली धरको विशेष उपस्थितीमा स्मारिका बिमोचन तथा श्रष्टा सम्मान र कवी गोष्ठी कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा कोलोराडोमा सकृय संघ संस्थाका पदाधिकारी, कबि कवयत्री, कलाकार, व्यवसायी ,पत्रकार गन्यमान्य तथा सर्वसाधरणको उपस्थिती रहेको थियो । अन्तराष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो च्याप्टरको दुईबर्षे कार्यकालमा दुई दर्जन भन्दा बढी श्रष्टाहरु सम्मान र डेड दर्जन भन्दा बढी कवी गोष्ठी कार्यक्रम सम्पन्न भएका थिए
More

मार्क्सको यो ५ योगदान जसले बदल्यो हाम्रो जिन्दगी

प्रत्येक वर्ष मे ५ माक्र्स जन्मोत्सव मनाइन्छ । यस वर्ष परेको माक्र्सको जन्मको २०१औं वर्षगाँठमा विश्वभर विभिन्न कार्यक्रम छन् । अन्याय, अत्याचार र असमानताको अन्त्य चाहने प्रत्येकका लागि कार्ल माक्र्स एक महत्वपूर्ण आदर्श हुन् । तिनका लागि मे ५ को दिनले विशेष महत्व राख्छ । आफ्नो सम्पूर्ण जीवन श्रमिक अधिकार र समानताका लागि समर्पित गरेका माक्र्सले अघि सारेका कयैन विचार आज पनि उत्तिक्कै सान्दर्भिक छन् । यही कारणले विगतदेखि नै विश्वभरी समानताका लागि लडिरहेकाहरुलाई माक्र्सको विचारले प्रेरित गर्दै आएको छ । यस विचारधाराले २०औं शताब्दीमा ठूलो उचार–चढाव भोग्यो । तर पछिल्लो समय यस विचार पश्चिमा समाजमै पनि बढ्न थालेको देखिन्छ
More

वडा अध्यक्षबाट कुटिए फोरम नेता

जनकपुरधाम : संघीय समाजवादी फोरम नेपालका नेता राजकिशोर महतो वडा अध्यक्षबाट कुटिएका छन् । प्रदेश २ बाट प्रदेश सांसदको उम्मेदवार बनेका महतो धनुषाको बटेश्वर गाउँपालिका ३ का वडाध्यक्ष हिरालाल महतोबाट कुटिएको प्रत्यक्षदर्शी गाउँपालिका अध्यक्ष डम्बरबहादुर राउतले जानकारी दिए। नेता महतो धनुषा ४ (ख) बाट पछिल्लो चुनावका उम्मेदवार हुन्। प्रदेश सरकारले गाउँपालिकामा पठाएको ५० लाख अनुदान बजेटको विषयमा भनाभन हुँदा कुटाकुट भएको हो। गाउँमा विकासको लागि प्रदेश सरकारले पठाएको बजेटबाट फोरमका नेता महतो मन्दिर निर्माण गर्ने पक्षमा छन्। उनले प्रदेश सरकारको योजनामा भनसुन गरेर मन्दिर निर्माणको शीर्षकमा बजेट खर्चिने उल्लेख गराएको गाउँपालिका अध्यक्ष राउतले बताए। ‘स्थानीय सरकारको प्राथमिकताको आधारमा प्रदेश सरकारले
More

नेकपा सांसदलाई छलफलमा रोक

काठमाडौं : नेकपाले संसद्मा प्रस्तुत सरकारको नीति तथा कार्यक्रमबारे छलफलमा सहभागी हुन सांसदहरूलाई रोक लगाएको छ। पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल र संसदीय दलका उपनेता सुवास नेम्बाङले समय नभएको भन्दै सांसदहरूलाई छलफलमा रोक लगाएका हुन्। संसदीय दलको शनिबारको बैठकमा सांसदहरूले नीति तथा कार्यक्रममा प्रयोग भएका भाषा र तथ्यांकबारे छलफल गर्न पाउनुपर्ने माग गरेका थिए। उठेका प्रश्नको सरकारका तर्फबाट जबाफ दिनुपर्ने माग उनीहरूको थियो। तीनै नेताले नीति तथा कार्यक्रममाथि हुने मतदानमा समर्थन जनाउन सांसदहरुलाई निर्देशन दिएका छन्। नीति तथा कार्यक्रममाथि वैशाख २४ गते मतदान हुनेछ। संसदीय दलको बिहान ११ बजे बोलाइएको बैठक प्रधानमन्त्री ओलीका कारण एक
More

सेनाको प्रमाणपत्र छानबिनमा

काठमाडौं -नेपाली सेनाले सैन्य कर्मचारीको शैक्षिक प्रमाणपत्र छानबिन थालेको छ। अहिले परीक्षा नियन्त्रण कार्यालय सानो ठिमीमा जवान र अधिकृतको एसएलसी/एसईई प्रमाणपत्र छानबिन भइरहेको छ। यसपछि सैन्य कर्मचारीको एसईईभन्दा माथिल्लो तहको शैक्षिक प्रमाणपत्र छानबिन गर्ने तयारी जंगीअड्डाको छ। छानबिनका लागि जंगीअड्डाबाट प्रमाणपत्र आइरहेको पनिकाले जनाएको छ। पनिकाले एसईई (यसअघि एसएलसी) को प्रमाणपत्र मात्र प्रमाणीकरण गर्छ। जंगीअड्डाबाट प्रमाणपत्र प्रमाणीकरणका लागि अनुरोध पठाएको यो पहिलोपटक हो। परीक्षा नियन्त्रक विष्णुप्रसाद अधिकारीका अनुसार विशेष छानबिनका लागि भन्दै सेनाले अनुरोधपत्रसहित प्रमाणपत्र पठाइरहेको छ। पछिल्लो समय एकैपटकमा सयौं थान प्रमाणपत्र पनिकामा आइरहेको छ। अन्नपूर्ण पाेष्टमा खबर छ ।
More

नेकपा सांसदलाई छलफलमा रोक

काठमाडौं – नेकपाले संसद्मा प्रस्तुत सरकारको नीति तथा कार्यक्रमबारे छलफलमा सहभागी हुन सांसदहरूलाई रोक लगाएको छ। पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल र संसदीय दलका उपनेता सुवास नेम्बाङले समय नभएको भन्दै सांसदहरूलाई छलफलमा रोक लगाएका हुन्। संसदीय दलको शनिबारको बैठकमा सांसदहरूले नीति तथा कार्यक्रममा प्रयोग भएका भाषा र तथ्यांकबारे छलफल गर्न पाउनुपर्ने माग गरेका थिए। उठेका प्रश्नको सरकारका तर्फबाट जबाफ दिनुपर्ने माग उनीहरूको थियो। तीनै नेताले नीति तथा कार्यक्रममाथि हुने मतदानमा समर्थन जनाउन सांसदहरुलाई निर्देशन दिएका छन्। नीति तथा कार्यक्रममाथि वैशाख २४ गते मतदान हुनेछ। अन्नपूर्ण पाेस्टमा खबर छ ।
More

चालकमा आफ्नै नाम राखेर कर्मचारीको तलब बुझ्दै राष्ट्रिय सभा अध्यक्ष

काठमाडाैं- राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले चार स्वकीय कर्मचारीको सूचीमा आफ्नै नाम राखेर ऐनविपरीत सुविधा लिँदै आएका छन् । तिमिल्सिनाले दुई सवारीचालक र दुई कार्यालय सहयोगीको ठाउँमा आफ्नै नाम उल्लेख गरेर तलब सुविधा बुझ्ने गरेको खुलेको हो । जब कि उनले संसद् सचिवालयबाट बेग्लै चालक प्रयोग गरिरहेका छन् । ‘अध्यक्षज्यूको गाडी अधिकांश समय संसद् सचिवालयकै चालक सलामसिंह लामाले चलाउँछन् । अध्यक्षकै सेवाका लागि भनेर लामालाई तोकिएको छ । तर, सचिवालयबाट हरेक महिना निजी सवारीचालक शीर्षकमा अध्यक्षकै खातामा रकम गइरहेको छ,’ संघीय संसद् सचिवालय स्रोतले भन्यो, ‘अध्यक्षज्यूले चारैजनाको पारिश्रमिक आफ्नै खातामा राखिदिन भनेकाले त्यसै गरेका हौँ । पुसदेखि चैतसम्मको उनीहरूको पारिश्रमिक पनि उहाँकै खातामा जम्मा भएको छ ।’
More

जनसंख्याभन्दा धेरै जमिनका टुक्रा

देशको जनसंख्याभन्दा धेरै जमिनका टुक्रा पारिएका छन् । एक लाख ४७ हजार एक सय ८१ वर्गकिलोमिटर क्षेत्रफल भएको नेपालको जमिन गत वर्षसम्ममा तीन करोड ६३ लाख २१ हजार एक सय ९७ टुक्रामा कित्ताकाट गरिएको भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांक छ । जब कि देशको जनसंख्या दुई करोड ९० लाख मात्रै छ । गत आव मात्रै जमिन खण्डीकरण गरेर सात लाख २५ हजार नौ सय ५९ कित्ता थपिएका छन् । सरकारले दुई लाख २५ हजार नौ सय ४६ टुक्रा जमिनलाई भने खारेज गरेको छ । विभागको तथ्यांकअनुसार बुटवल (रुपन्देही)को जमिन सबैभन्दा बढी खण्डीकरण गरिएको छ । गत आवसम्म बुटवलको जमिन ३३ लाख ४५ हजार तीन सय
More