Daily Archives 5th May 2019

संघीय संसदमा देउवाद्वारा सरकारको नीति र कार्यक्रमका संबन्धमा प्रस्तुत संवोधन

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता श्री शेर बहादुर देउवाद्वारा सरकारको नीति र कार्यक्रमका संबन्धमा संघीय संसदमा प्रस्तुत संवोधन २०७६।१।२२ सम्माननीय सभामुख महोदय, सरकारको नीति तथा कार्यक्रमलाई संशोधन गरियोस भन्ने प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको तर्फबाट हालिएको प्रस्तावको पक्षमा मत हाल्न आह्वान गर्दै म मेरो मन्तव्य शुरु गर्न चाहन्छु। नेपाली काँग्रेसको अगुवाइमा लामो समयदेखिको हिंसात्मक द्वन्द अन्त्य भयो, संविधान बन्यो र मेरो नेतृत्वकै सरकारले तिनै तहको निर्वाचन सम्पन्न गर्यो। आन्तरिक शान्ति, सम्मानजनक आर्थिक वृद्धि र सुमधुर परराष्ट्र सम्वन्धको अवस्था कायम गरी मैले नयाँ निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गरेको हुँ। डेढ वर्षअघि धेरै ठुला सपना र आश्वासन बेचेर यो सरकार सत्तामा
More

कति छ आज डलर र यूरोको भाउ ?

आज एक अमेरीकी डलरको खरिद मूल्य ११० रुपैयाँ ४५ पैसा तोकेको छ । यसैगरी बिक्री मूल्य १११ रुपैयाँ ०५ पैसा रहेको छ । एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४३ रुपैयाँ ६० पैसा र बिक्रिदर १४४ रुपैयाँ ३८ पैसा रहेको छ । एक युरोको खरिददर १२३ रुपैयाँ १२ पैसा छ भने बिक्रिदर १२३ रुपैयाँ ७९ पैसा रहेको छ ।
More

कोलोराडोमा स्मारिका बिमोचन तथा श्रष्टा सम्मान कार्यक्रम सम्पन्न

अन्तराष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो च्याप्टरको आयोजनामा संस्थाको दुई बर्षका गतीविधी सगटिएको स्मारिका बिमोचन संगै श्रष्टाहरु द्धय हरि अधिकारी र मुरली धरलाई सम्मान गरिएको छ । बरिष्ठ पत्रकार तथा साहित्यकार हरि अधिकारीको प्रमुख आतित्थता र गीतकार, संगीतकार तथा चलचित्र कर्मी मुरली धरको विशेष उपस्थितीमा स्मारिका बिमोचन तथा श्रष्टा सम्मान र कवी गोष्ठी कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा कोलोराडोमा सकृय संघ संस्थाका पदाधिकारी, कबि कवयत्री, कलाकार, व्यवसायी ,पत्रकार गन्यमान्य तथा सर्वसाधरणको उपस्थिती रहेको थियो । अन्तराष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो च्याप्टरको दुईबर्षे कार्यकालमा दुई दर्जन भन्दा बढी श्रष्टाहरु सम्मान र डेड दर्जन भन्दा बढी कवी गोष्ठी कार्यक्रम सम्पन्न भएका थिए
More

मार्क्सको यो ५ योगदान जसले बदल्यो हाम्रो जिन्दगी

प्रत्येक वर्ष मे ५ माक्र्स जन्मोत्सव मनाइन्छ । यस वर्ष परेको माक्र्सको जन्मको २०१औं वर्षगाँठमा विश्वभर विभिन्न कार्यक्रम छन् । अन्याय, अत्याचार र असमानताको अन्त्य चाहने प्रत्येकका लागि कार्ल माक्र्स एक महत्वपूर्ण आदर्श हुन् । तिनका लागि मे ५ को दिनले विशेष महत्व राख्छ । आफ्नो सम्पूर्ण जीवन श्रमिक अधिकार र समानताका लागि समर्पित गरेका माक्र्सले अघि सारेका कयैन विचार आज पनि उत्तिक्कै सान्दर्भिक छन् । यही कारणले विगतदेखि नै विश्वभरी समानताका लागि लडिरहेकाहरुलाई माक्र्सको विचारले प्रेरित गर्दै आएको छ । यस विचारधाराले २०औं शताब्दीमा ठूलो उचार–चढाव भोग्यो । तर पछिल्लो समय यस विचार पश्चिमा समाजमै पनि बढ्न थालेको देखिन्छ
More

वडा अध्यक्षबाट कुटिए फोरम नेता

जनकपुरधाम : संघीय समाजवादी फोरम नेपालका नेता राजकिशोर महतो वडा अध्यक्षबाट कुटिएका छन् । प्रदेश २ बाट प्रदेश सांसदको उम्मेदवार बनेका महतो धनुषाको बटेश्वर गाउँपालिका ३ का वडाध्यक्ष हिरालाल महतोबाट कुटिएको प्रत्यक्षदर्शी गाउँपालिका अध्यक्ष डम्बरबहादुर राउतले जानकारी दिए। नेता महतो धनुषा ४ (ख) बाट पछिल्लो चुनावका उम्मेदवार हुन्। प्रदेश सरकारले गाउँपालिकामा पठाएको ५० लाख अनुदान बजेटको विषयमा भनाभन हुँदा कुटाकुट भएको हो। गाउँमा विकासको लागि प्रदेश सरकारले पठाएको बजेटबाट फोरमका नेता महतो मन्दिर निर्माण गर्ने पक्षमा छन्। उनले प्रदेश सरकारको योजनामा भनसुन गरेर मन्दिर निर्माणको शीर्षकमा बजेट खर्चिने उल्लेख गराएको गाउँपालिका अध्यक्ष राउतले बताए। ‘स्थानीय सरकारको प्राथमिकताको आधारमा प्रदेश सरकारले
More

नेकपा सांसदलाई छलफलमा रोक

काठमाडौं : नेकपाले संसद्मा प्रस्तुत सरकारको नीति तथा कार्यक्रमबारे छलफलमा सहभागी हुन सांसदहरूलाई रोक लगाएको छ। पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल र संसदीय दलका उपनेता सुवास नेम्बाङले समय नभएको भन्दै सांसदहरूलाई छलफलमा रोक लगाएका हुन्। संसदीय दलको शनिबारको बैठकमा सांसदहरूले नीति तथा कार्यक्रममा प्रयोग भएका भाषा र तथ्यांकबारे छलफल गर्न पाउनुपर्ने माग गरेका थिए। उठेका प्रश्नको सरकारका तर्फबाट जबाफ दिनुपर्ने माग उनीहरूको थियो। तीनै नेताले नीति तथा कार्यक्रममाथि हुने मतदानमा समर्थन जनाउन सांसदहरुलाई निर्देशन दिएका छन्। नीति तथा कार्यक्रममाथि वैशाख २४ गते मतदान हुनेछ। संसदीय दलको बिहान ११ बजे बोलाइएको बैठक प्रधानमन्त्री ओलीका कारण एक
More

सेनाको प्रमाणपत्र छानबिनमा

काठमाडौं -नेपाली सेनाले सैन्य कर्मचारीको शैक्षिक प्रमाणपत्र छानबिन थालेको छ। अहिले परीक्षा नियन्त्रण कार्यालय सानो ठिमीमा जवान र अधिकृतको एसएलसी/एसईई प्रमाणपत्र छानबिन भइरहेको छ। यसपछि सैन्य कर्मचारीको एसईईभन्दा माथिल्लो तहको शैक्षिक प्रमाणपत्र छानबिन गर्ने तयारी जंगीअड्डाको छ। छानबिनका लागि जंगीअड्डाबाट प्रमाणपत्र आइरहेको पनिकाले जनाएको छ। पनिकाले एसईई (यसअघि एसएलसी) को प्रमाणपत्र मात्र प्रमाणीकरण गर्छ। जंगीअड्डाबाट प्रमाणपत्र प्रमाणीकरणका लागि अनुरोध पठाएको यो पहिलोपटक हो। परीक्षा नियन्त्रक विष्णुप्रसाद अधिकारीका अनुसार विशेष छानबिनका लागि भन्दै सेनाले अनुरोधपत्रसहित प्रमाणपत्र पठाइरहेको छ। पछिल्लो समय एकैपटकमा सयौं थान प्रमाणपत्र पनिकामा आइरहेको छ। अन्नपूर्ण पाेष्टमा खबर छ ।
More

नेकपा सांसदलाई छलफलमा रोक

काठमाडौं – नेकपाले संसद्मा प्रस्तुत सरकारको नीति तथा कार्यक्रमबारे छलफलमा सहभागी हुन सांसदहरूलाई रोक लगाएको छ। पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल र संसदीय दलका उपनेता सुवास नेम्बाङले समय नभएको भन्दै सांसदहरूलाई छलफलमा रोक लगाएका हुन्। संसदीय दलको शनिबारको बैठकमा सांसदहरूले नीति तथा कार्यक्रममा प्रयोग भएका भाषा र तथ्यांकबारे छलफल गर्न पाउनुपर्ने माग गरेका थिए। उठेका प्रश्नको सरकारका तर्फबाट जबाफ दिनुपर्ने माग उनीहरूको थियो। तीनै नेताले नीति तथा कार्यक्रममाथि हुने मतदानमा समर्थन जनाउन सांसदहरुलाई निर्देशन दिएका छन्। नीति तथा कार्यक्रममाथि वैशाख २४ गते मतदान हुनेछ। अन्नपूर्ण पाेस्टमा खबर छ ।
More

चालकमा आफ्नै नाम राखेर कर्मचारीको तलब बुझ्दै राष्ट्रिय सभा अध्यक्ष

काठमाडाैं- राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले चार स्वकीय कर्मचारीको सूचीमा आफ्नै नाम राखेर ऐनविपरीत सुविधा लिँदै आएका छन् । तिमिल्सिनाले दुई सवारीचालक र दुई कार्यालय सहयोगीको ठाउँमा आफ्नै नाम उल्लेख गरेर तलब सुविधा बुझ्ने गरेको खुलेको हो । जब कि उनले संसद् सचिवालयबाट बेग्लै चालक प्रयोग गरिरहेका छन् । ‘अध्यक्षज्यूको गाडी अधिकांश समय संसद् सचिवालयकै चालक सलामसिंह लामाले चलाउँछन् । अध्यक्षकै सेवाका लागि भनेर लामालाई तोकिएको छ । तर, सचिवालयबाट हरेक महिना निजी सवारीचालक शीर्षकमा अध्यक्षकै खातामा रकम गइरहेको छ,’ संघीय संसद् सचिवालय स्रोतले भन्यो, ‘अध्यक्षज्यूले चारैजनाको पारिश्रमिक आफ्नै खातामा राखिदिन भनेकाले त्यसै गरेका हौँ । पुसदेखि चैतसम्मको उनीहरूको पारिश्रमिक पनि उहाँकै खातामा जम्मा भएको छ ।’
More

जनसंख्याभन्दा धेरै जमिनका टुक्रा

देशको जनसंख्याभन्दा धेरै जमिनका टुक्रा पारिएका छन् । एक लाख ४७ हजार एक सय ८१ वर्गकिलोमिटर क्षेत्रफल भएको नेपालको जमिन गत वर्षसम्ममा तीन करोड ६३ लाख २१ हजार एक सय ९७ टुक्रामा कित्ताकाट गरिएको भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांक छ । जब कि देशको जनसंख्या दुई करोड ९० लाख मात्रै छ । गत आव मात्रै जमिन खण्डीकरण गरेर सात लाख २५ हजार नौ सय ५९ कित्ता थपिएका छन् । सरकारले दुई लाख २५ हजार नौ सय ४६ टुक्रा जमिनलाई भने खारेज गरेको छ । विभागको तथ्यांकअनुसार बुटवल (रुपन्देही)को जमिन सबैभन्दा बढी खण्डीकरण गरिएको छ । गत आवसम्म बुटवलको जमिन ३३ लाख ४५ हजार तीन सय
More