Daily Archives 6th May 2019

प्रेस युनियनले बेलायत दुई पत्रकारलाई सम्मान गर्ने, अन्तरक्रियाको लागि समुदायमा जाने

लण्डन । नेपाल प्रेस युनियन बेलायतको नवनिर्वाचित कार्यसमितिको प्रथम बैठक महत्वपूर्ण निर्णय गर्दै सकिएको छ । बेलायतमा पहिलो पटक विस्तार भएको लोकतान्त्रिक पत्रकारहरुको छाता संगठन युनियन बेलायतका नवनिर्वाचित अध्यक्ष बिपिन निरौलाको सभापतित्वमा सम्पन्न बैठकले सहयोगी संस्था र ब्यक्तिहरुलाई विशेष धन्यवाद ब्यक्त गर्दै बेलायतका विभिन्न स्थानमा अन्तरक्रिया र वहस कार्यक्रमहरु आयोजना गर्ने निर्णय समेत गरेको छ । आइतवार लण्डनको प्लम्स्टेडमा सम्पन्न बैठकले एनआरएन युके र नेपाल प्रेस युनियन युके बीच अन्तरक्रिया गर्ने भएको छ । उक्त अन्तरक्रियाका लागि कार्यसमितिका उपाध्यक्ष खेमराज रानाभाटलाइ कार्यक्रम संयोजक चयन गरेको छ । बैठकले बेलायतका सांसद र बेलायतका नवनिर्वाचित नेपाली मूलका काउन्सिलरहरुसंग अन्तरक्रिया गर्न अर्का उपाध्यक्ष
More

प्रवासी नेपालीको हक हितका लागि एनआरएनमा अधिकारीको उम्मेद्वारी

एनआरएन आईसीसीलाई सुदुढ एवम् स्वच्छ छवि भएको सामाजिक संस्था बनाउने उद्देश्यका साथ शशिचन्द्र अधिकारीले बोर्ड अफ डाइरेक्टर पदमा उम्मेद्वारी दिनु भएको छ । उहाँ अहिले पनि प्रवासमा रहेका नेपालीहरूको हक हित र अधिकारको लागि लड्दै आउनु भएको छ । मैले जिम्मेवारी पाए अझ ममा बल थपिने छ,’ उहाँले भन्नु भयो ‘स्वतफूर्त काम गर्ने हौसला मिल्नेछ ।’ एनआरएन आईसीसीको सेफ्टी एण्ड सेक्युरिटी कम्युनिटीमा सन् २०१७–२०१९ सम्म सदस्य रहनु भएका अधिकारी एनआरएनएभित्र रहेका राजनीतिक विकृति हटाउन आफूले उम्मेद्वारी दिएको बताउनु हुन्छ । एनआरएनलाई अमेरिकाबासी नेपालीको साझा संस्था बनाउने अभियानमा म लागेको छु,’ उहाँले भन्नु भयो । अमेरिकी नेपाली समुदायमा उहाँ एक अभिन्न
More

प्रथम राष्ट्रपतिले जनकपुरबाट अन्माए छोरी (फोटो फिचर)

काठमाडौं । पूर्व राष्ट्रपति डा रामबरण यादवकी छोरी अनिता यादवको विवाह बन्धनमा बाधिएकी छन् । अनिताको विवाह सोमवार पारिवारिक माहोलमा जनकपुरमा सम्पन्न भएको हो । उनको धनुषाको जनकपुरस्थित आफ्नै निवासबाट रौतहटका इञ्जिनियर रमेश यादवसँग विवाह भएको हो । अनिता फेसन डिजाइनरका साथै समाजसेवामा पनि सक्रिय रहेकी छिन् ।
More

फोटोमा हेर्नुहोस्,पूर्व विद्यार्थीको सहयोगमा निर्मित विद्यालय भवन र अत्याधुनिक मल्टिमिडिया सेन्टर

अमलाचौर । राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी दुई वर्षभित्र साक्षर नेपाल घोषणा हुने बताउनुभएको छ । सरकारले भौतिक र आर्थिक लगानी बढाएर सो लक्ष्य पूरा गर्ने उहाँको भनाई थियो । बागलुङ नगरपालिका–१२ अमलाचौरमा व्यवसायी चन्द्र ढकाल र हेमराज ढकालद्धारा निर्मित पृथ्वी हिरण्य माविको आधुनिक भवनको आज उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले सबै नेपालीका छोराछोरीलाई शिक्षा र स्वास्थ्यको सेवा सहज बनाउन सरकार सक्रिय भएको बताउनुभएको हो । राष्ट्रपति भण्डारीले पौष्टिक आहार र शिक्षा नङ मासुझैं भएकोले हरेक बालबालिकाले आधारभूत तहको शिक्षा र पौष्टिक आहारा पाउने अधिकार दिलाउन चासो बढ्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।संघीय सरकार देखि स्थानीय तहसम्मले शिक्षा र पौष्टिक आहारमा लगानी बढाएमा
More

गोरखा सैनिकका माग सम्बोधन गर्ने बेलायतको प्रतिबद्धता

उपराष्ट्रपति नन्दबहादुर पुनले गोरखा सैनिकका उचित माग सम्बोधन गर्न बेलायत सरकारले उदारता र लचकता अपनाउने विश्वास व्यक्त गरेका छन् । आफूसँग नेपालका लागि बेलायतका राजदूत रिचार्ड मोरिसले आज गरेको शिष्टाचार भेटमा उपराष्ट्रपति पुनले आधुनिक बेलायत निर्माणमा गोरखा सैनिकको ठूलो योगदान रहेको उल्लेख गर्दै गोरखा सैनिकका लागि बेलायत सरकारले हालै सार्वजनिक गरेको सुविधा प्याकेज स्वागतयोग्य रहेको बताए । बेलायत नेपालको ठूलो विकास साझेदार मुलुकका रुपमा रहेको स्मरण गर्दै उनले नेपालमा लगानीमैत्री वातावरण सिर्जना भएकाले यहाँ लगानीका लागि प्रोत्साहन गरिदिन आग्रह गरेको उपराष्ट्रपतिका प्रेस संयोजक मनोज घर्ती मगरले जानकारी दिए । भेटमा बेलायती राजदूत मोरिसले नेपाल सरकारको ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय
More

फोरम र नयाँ शक्ति एकताबारे के भन्छ राजपा ?

लहान–राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका महासचिव मनिषकुमार सुमनले सङ्घीय समाजवादी फोरम र नयाँ शक्ति पार्टीबीचको एकीकरण दलको सङ्ख्या घटाउने काम मात्र भएको टिप्पणी गरेका छन् । फोरम नयाँ शक्ति एकीकरणको सन्दर्भमा आज सञ्चारकर्मीसँग कुरा गर्दै महासचिव सुमनले दुवै दलको एकीकरणले खासै कुनै उपलब्धि नभई निर्वाचन आयोगमा दर्ता भएका राजनीतिक दलको सङ्ख्या घटाउने काम भएको बताए । “नयाँ शक्तिभन्दा मधेशको कुनै दलसँग फोरमले एकता गरेको भए उपलब्धिपूर्ण हुने थियो,” उनले भने, “समाप्त भइसकेको पार्टीसँग एकता गर्नु र नगर्नाको कुनै खासै महत्वपूर्ण उपलब्धि होइन तर लोकतन्त्रमा पार्टीहरु एक हुनु सकारात्मक हो ।” दलीय प्रतिस्पर्धामा दलहरु एकापसमा फुट्नुभन्दा जुट्नु सकारात्मक भएकाले फोरम नयाँ
More

प्रदेश नं १ को राजधानी विराटनगर राख्ने निर्णय

विराटनगर–दुईतिहाइ बहुमतले प्रदेश नं १ को राजधानी विराटनगर बनाउने प्रस्ताव आज पारित भएको छ । प्रदेशसभाको आजको बैठकमा कूल ९३ जना प्रदेशसभा सदस्यमध्ये उपस्थित ८६ सदस्यले प्रस्तावको पक्षमा मतदान गरे भने भने विपक्षमा कुनै मत परेन । नेपालको संविधानको धारा ८८ (२) र प्रदेश नं १ को प्रदेशसभा नियमावली, २०७४ को नियम ५८क (१७) (पहिलो संशोधनद्वारा संशोधित) बमोजिम प्रदेशको राजधानीसम्बन्धी प्रस्ताव नेपाल कम्युनिष्ट पार्टी नेकपाका तर्फबाट प्रदेशसभा सदस्य बुद्धिकुमार राजभण्डारीले पेश गरेका थिए । सो सम्बन्धमा प्रदेशसभाको बैठकमा चार वटा प्रस्ताव दर्ता भएको थियो । विराटनगरकै लागि नेपाली काङ्ग्रेसका तर्फबाट प्रदेशसभा सदस्य केदार कार्की, धनकुटाका लागि सदस्य लीला सुब्बा तथा
More

राजधानीको कोटेश्वरमा बम भेटियो

काठमाडौं– राजधानीको कोटेश्वरस्थित व्यस्त सडकमा सोमबार साँझ बम फेला परेको छ । एकाएक अज्ञात समूहले राखेको बम देखिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । सो बम सेनाको बम डिस्पोजल टोलीले निश्क्रिय पारेको छ । नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले संकास्पद बस्तु सामान्य खालको खरेल बम भएको पाइएको जानकारी दिए । बम भेटिएपछि सो क्षेत्रका स्थानीय त्रसित हुनुका साथै सवारी साधन आवागमनमा समेत केहीबेर अवरोध सिर्जना भएको थियो ।
More

बेलायती राजकुमार ह्यारीलाई पुत्र लाभ

लण्डन । वेलायती राजकुमार ह्यारीलाई पुत्रलाभ भएको छ । वेलायती राजकुमारी मेघमले सोमवार दिउँसो लण्डनस्थित एक अस्पतालमा पुत्रलाभ गरेकी हुन् । नवजात शिशु र बच्चाको स्वास्थ्य राम्रो रहेको वेलायती मिडियाले जनाएका छन् ।
More

गुणस्तरीय शिक्षामा राष्ट्रपतिको जोड

राष्ट्रपति विद्यादेवी भण्डारीले गुणस्तरीय शिक्षा आज आजको आवश्यकता रहेको बताउनुभएको छ । बागलुङ नगरपालिका–१२ बलेवा, अमलाचौरस्थित पृथ्वीहिरण्य माध्यमिक विद्यालयको नवनिर्मित सुविधा सपन्न भवनको हस्तान्तरण समारोहमा राष्ट्रपति भण्डारीले राज्यलाई पछि योगदान दिने विद्यार्थीलाई आज गुणस्तरीय शिक्षा प्रदान गर्नु सरकारको दायित्व भएकामा जोड दिनुभयो । राष्ट्रपतिले भन्नुभयो, “अभिभावक र विद्यार्थीबीचको सम्बन्धबाट नै असल शिक्षा आर्जन गर्ने वातावरण मिल्छ, गुणस्तरमैत्री विद्यालय बनाउन सबैले योगदान गर्नुपर्छ ।” विद्यालयलाई सक्षम बनाउनका लागि स्थानीयस्तरवाटै सकरात्मक भूमिका खेल्नुपर्ने पनि उहाmँले बताउनुभयो । समाजसेवी हिरण्यप्रसाद ढकालका स्मृतिमा उहाँको परिवारले निर्माण गरेको विद्यालयको भवन हस्तान्तरण गर्दै राष्ट्रपति भण्डारीले विद्यालय परिसरमा निर्मित समाजसेवी ढकालको शालिकसमेत अनावरण गर्नुभयो । समाजसेवी ढकालको
More