Daily Archives 7th May 2019

प्रधानमन्त्री ओलीमा ठूलो घमण्ड छ : प्रदीप पौडेल (अन्तर्वार्ता)

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको विरोधका बाबजुत पनि सरकारको नीति तथा कार्यक्रम संघीय संसदबाट बहुमतले पारित भइसकेको छ । खासगरी सरकारको नीति तथा कार्यक्रममा राष्ट्रपतिबाट उल्लेख भएको भाषा र समग्र नीति तथा कार्यत्रममा उल्लेखित कतिपय विषयमा उसको विमती रहको छ । सरकारको नीति तथा कार्यक्रम, सरकारको अहिलेको कार्यशैली र काँग्रेको भूमिकाका विषयमा केन्द्रीत रहेर काँग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेलसँग नेपाल ब्रिटेन डटकमले काठमाडौंमा गरेको छोटो कुराकानीः सरकारको नीति तथा कार्यक्रमबारे तपाईँको धारणा के छ ? केपी ओली नेतृत्वको सरकार आइसकेपछि निकै अनियमितताका विषय सतहमा आए । त्यसलाई रोकथाम गर्ने, नियन्त्रण गर्ने वा निवारण गर्ने कुरामा सरकारले के कार्यक्रम ल्यायो त
More

एनसेलको विवाद पूर्ण इजलासमा

काठमाडौं–सर्वोच्च अदालतले दूरसञ्चार प्रदायक कम्पनी एनसेलको पूँजीगत लाभकरसम्बन्धी विवाद पूर्ण इजलाससमक्ष पेश गर्न आदेश दिएको छ । आज न्यायाधीशद्वय सपना मल्ल प्रधान र प्रकाशकुमार ढुङ्गेलको सयुक्त इजलासले आगामी जेठ २१ गते विवाद समाधानका गर्न पूर्ण सुनवाइका लागि पूर्ण इजलासमा पेश गर्ने अल्पकालीन आदेश दिएको सर्वोच्चका सहायक प्रवक्ता नगेन्द्रप्रसाद कालाखेतीले जानकारी दिए । उनका अनुसार यसअघि यही वैशाख १२ गते अन्तरकालीन आदेशलाई निरन्तरता दिँदै वस्तुको गम्भीरतालाई मध्यनगर गर्दै पूर्ण इजलासमा जेठ २१ गते विवादलाई पेश गर्न आदेश दिएको हो । “निवेदकले निवेदनमा उठाएका कर निर्धारणको विविध प्रश्न र कार्यान्वयनका क्षेत्रमा देखा परेका विभिन्न पहलमा निवेदनको पूर्ण सुनवाइ हुँदाका बखतमा विचार हुने
More

विप्लव समूहका दुई कार्यकर्ता पक्राउ

तनहुँ–नेत्रविक्रम चन्द विप्लव समूहका दुई जना कार्यकर्तालाई प्रहरीले आज पक्राउ गरेको छ । पक्राउ पर्नेमा तनहुँको बन्दीपुर गाउँपालिका वडा नं १ नाला बस्ने ६६ वर्षीय शिवशङ्कर अधिकारी र व्यास नगरपालिका वडा नं ७ सत्रसय बस्ने ४१ वर्षीय विवेक भन्ने टेकबहादुर विक रहेका छन् । उनीहरुलाई भानु नगरपालिका वडा नं २ आमबोटेबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए । पक्राउपर्नेमध्ये अधिकारी चन्द समूहको नेपाल कम्युनिष्ट पार्टीका जिल्ला सदस्य एवं जनसरकार प्रमुख र विक जिल्ला सदस्य हुन् । पक्राउ परेका विरुद्ध आज नै तनहुँ जिल्ला अदालतबाट राजद्रोह मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको छ ।
More

निर्देशक भट्टराई र अभिनेत्री दीपिका प्रसाइँले गरे बिहे

निर्देशक दीवाकर भट्टराई र अभिनेत्री दीपिका प्रसाइँ बैबाहिक जीवनमा बाँधिएका छन् । मंगलवार धनगढीमा हिन्दू परम्पराअनुसार दुबै बैवाहिक जीवनमा बाधिएका हुन् । कागजी रूपमा भने यो जोडीले केही वर्ष अगाडि नै बिवाह गरेका थिए । याे जाेडीकाे विवाहको एक तश्बिरमा बाहिर आएको छ । दुलहा-दुलहीको पहिरनमा दुबै निकै सुन्दर देखिएका छन् । बिवाह समाराेहमा दुबैका परिवारकाे तथा अाफ्तकाे उपस्िथती रहेकाे थियाे । फिल्म ‘ऐश्वर्य’ को सेटमा भेट भएका याे जाेडीकाे प्रेम त्यहीबाट अंकुराएको थियो । दीवाकर फिल्मका निर्देशक थिए भने दीपिका अभिनेत्री थिईन् । गत फागुनमा दुई बिच इन्गेजमेन्ट भएकाे थियाे ।
More

प्रतिपक्षी चिढ्याउने यस्तो छ प्रधानमन्त्रीले संसदमा गरेको सम्बोधन (पूर्णपाठ)

सम्माननीय सभामुख महोदय, सम्माननीय राष्ट्रपतिज्यूले संघीय संसदको संयुक्त दुवै बैठकलाई गत वैशाख २० गते गर्नुभएको सम्बोधनका लागि म राष्ट्रपति महोदयमा हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु । त्यस सम्बोधन मार्फत नेपाल सरकारको आर्थिक वर्ष ०७६।७७ को नीति र कार्यक्रम माथि संक्रियतापूर्वक सहभागी भएर माननीय सदस्यहरुले जुन उत्साहपूर्ण ढंगले सुझावहरु प्रस्तुत गर्नुभएको छ, रायहरु व्यक्त गर्नु भएको छ, त्यसका निम्ति म सबै माननीयज्यूहरुलाई हार्दिक धन्यवाद भन्न चाहन्छु । सम्माननीय सभामुख महोदय, थुप्रै प्रश्नहरु उठेका छन्, ६ ओटा संशोधन प्रस्ताव आएका छन्, १२३ जना माननियज्यूहरुले प्रतिनिधि सभामा विचार व्यक्त गर्नु भएको छ, छलफलमा सहभागिता जनाउनु भएको छ । पहिलो दिन ५४ जनाले दोस्रो
More

मोटरसाइकलको ठक्‍करबाट ७८ वर्षीय वृद्धको मृत्यु

विराटनगर : मोरङको उर्लावारी नगरपालिका-५ स्थित मधुमल्ला बसस्टेण्डमा मोटरसाइकलको ठक्‍करबाट मंगलबार एक वृद्धको मृत्यु भएको छ। दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको मे ९ प ९४४६ नम्बरको मोटरसाइकलले ठक्कर दिंदा पैदलयात्री धनकुटा डाँडागाउँका ७८ वर्षीय लालबहादुर खड्काको मृत्यु भएको प्रहरीले जनाएको छ। घाइतेलाई उर्लाबारीस्थित गोदावरी अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि विराटनगरको विराट नर्सिङ होम ल्याइएको थियो। खड्काको उपचारका क्रममा बिहान १० बजे मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार दुर्घटना लगत्तै चालक फरार रहेका कारण खोजी थालिएको र मोटरसाइकललाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको छ। अन्नपूर्ण पोष्ट
More

फर्निचर उद्योगमा आगलागी हुँदा रू १० लाखको क्षति

लमही । दाङको एक फर्निचर उद्योगमा आगलागी हुँदा रु १० लाख बराबरको धनमाल क्षति भएको छ । तुलसीपुर उपमहानगरपालिका–१२ टरिगाउँस्थित ओम फर्निचर उद्योगमा आगलागी हँुदा उक्त मूल्य बराबरको धनमाल क्षति भएको तुलसीपुर इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक भीमबहादुर कार्कीले बताए । उनका अनुसार सोमबार राति १२ बजेतिर आगलागी हुँदा एउटा मोटरसाइकल, एक थान काठ चिर्ने उपकरण र दुई थान झ्याललगायत सामग्री जलेर नष्ट भएको थियो । समयमै प्रहरी पुगेर आगो निभाएकाले थप क्षति हुनबाट बचेको उनको भनाइ थियो । आगो आज बिहान १ः१५ बजेतिर नियन्त्रणमा लिइएको थियो । उद्योगका सञ्चालक ओमनारायण चौधरीले भने विद्युत् चुहावट भएर नभई कसैले सुनियोजित तरिकाले
More

संसदमा हंगामा

काठमाडौं– काँग्रेसको प्रश्नमा जवाफ दिनेक्रममा प्रधानमन्त्री केपी शर्मा कड्किएपछि संसदमा हंगामा भएको छ । नीति तथा कार्यक्रमबारे संसदमा ओली बोल्दै गर्दा नेपाली कांग्रेसका सांसदहरुले विरोध गरे । प्रधानमन्त्रीओलीले प्रतिपक्षी दलका सांसदहरुको सोधेको प्रश्नको उत्तर दिने रोष्टममा पुग्ने वित्तिकै आक्रोस, कुण्ठा र निम्छरा अभिव्यक्तिहरुको वास्ता नगरेर प्रश्नहरुको जवाफ प्रस्तुत गर्छु भनेका थिए । त्यसपछि सांसद मिनबहादुर विश्वकर्माले उठेर विरोध जनाए । त्यसलगत्तै काँग्रेसका नेता मिनेन्द्र रिजालले प्रधानमन्त्रीको अभिव्यक्ति संसदीय मर्यादा विपरित भएको भन्दै रेकर्डबाट हटाउन आग्रह गरे । काँग्रेसका सबै सांसदहरु आफ्नो सिटबाट उठेर आफ्ना प्रश्नको स्पष्ट जवाफ माग गरेका थिए । सभामुख कृष्णबहादुर महाराले पटक–पटक आफ्नो सिटमा बस्न कांग्रेसका सांसदहरुलाई
More

सहुलियतपूर्ण ऋण लिन भूकम्पपीडितलाई थप सुविधा

काठमाडौं । सहुलियतपूर्ण ऋण लिन भूकम्पपीडितलाई थप सहज हुने भएको छ । त्यस्तै, भूकम्पपीडितले आवास निर्माणका अतिरिक्त जीविकोपार्जनका लागि थप एउटा कर्जा पनि लिन पाउने छन् । मन्त्रिपरिषद्ले सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधिमा पहिलो संशोधन गरी यस प्रकारको सुविधा उपलब्ध गराइएको हो । भूकम्प पीडितले निजी आवास निर्माणका लागि ऋण लिए भए पनि व्यवसायिक कुषि तथा पशुपन्छी कर्जा, शिक्षित युवा स्वरोजगार कर्जा, विदेशबाट फर्केका युवा परियोजना कर्जा, महिला उद्यमी कर्जा, दलित समुदाय विकास कर्जा एवं उच्च र प्राविधिक तथा व्यवसायिक शिक्षा कर्जामध्ये एक शीर्षकको कर्जा लिन सक्नेछन् । त्यसैगरी, भूकम्पपीडितले कर्जा लिंदा राख्नुपर्ने धितोको बारेमा पनि प्रष्ट
More

नृपेश उप्रेतीको ‘बरिलै’ बजारमा

नेपाल आइडल सिजन दुईमा चर्चित बनेका कृशल कडेल र मिनराज पौडेल एक साथ ‘बरिलै’ बोलको गीत लिएर आएका छन् । उक्त गीत चर्चित गीतकार नृपेश उप्रेतीले लेखेका हुन । लोक फ्युजन शैलीको ‘बरिलै’ गीतको संगीत समेत गीतकार उप्रेतीले तयार पारेका हुन्। कृशल र मिनराज दुवैको आवाज रहेको उक्त गीत गीतकार उप्रेतीको युट्युब च्यानल मार्फत आज सार्वजनिक गरिएको छ। लामो समय देखि गीत गजल लेखनमा सकृय नृपेशले पहिलो पटक आफैले यो गीतमा संगीत गरेका छन् भने यो गीतको लागि युवा गायक संगीतकार पुरुषोत्तम सुवेदीले वाद्यवादनको संयोजन गरेका छन् । म्युजिक भिडियोमा चर्चित मोडल करिश्मा ढकालको साथमा स्वयं कृशल कडेल र मिनराज
More

श्रीमतीको हत्या

श्रीमान र श्रीमतीबीच झगडा हुँदा एक व्यक्तिले आफ्नै श्रीमतीको हत्या गरेका छन् । वैशाख २१ गते राती श्रीमतीको हत्या गरेपनि अभियुक्तले २४ घण्टासम्म घटना गुपचुप राखेका थिए । भोजपु्र याङपाङ माइती भई भुम्लु गाउँपालिका ६ काभ्रेमा विवाह गरेकी २३ वर्षीय निर्मला नेपालको हत्या उनकै श्रीमान पुष्कर भन्ने राजकुमार पहरीले गरेका हुन् । वैशाख २१ गते साँझ काठमााडौंको बागबजारस्थित डेरामा झगडा हुँदा राजकुमार पहरीले कपालमा समातेर पलङमा लडाइदिँदा निर्मलाको मृत्यु भएको हो । वैशाख २१ गते साँझ नै निर्मलाको मृत्यु भएपनि राजकुमारले घटना गुपचुप नै राखेका थिए । तर आफू अपराधबाट छिप्न नसक्ने भएपछि राजकुमारले वैशाख २३ गते बिहान मात्रै निर्मलाको
More

विराटनगरमा राजधानी राख्ने निर्णयविरुद्ध धनकुटामा आन्दोलन

काठमाडौँ– प्रदेश नम्बर १ को स्थायी राजधानी विराटनगर राख्ने प्रस्ताव पारित भएसँगै धनकुटाबासीले आन्दोलन घोषणा गरेका छन् । राजधानी विराटनगर राख्ने निर्णयको विरोधमा मङ्गलबार १२ बजेदेखि १ बजेसम्म चक्काजाम, मङ्गलबारै बेलुका ७ बजेदेखि साढे सात बजेसम्म ब्ल्याक आउट गरिनेछ । त्यस्तै बैशाख २३ गतेलाई कालो दिनका रुपमा मनाउने धनकुटाबासीले जनाएका छन् । प्रादेशिक राजधानी अभियान संघर्ष समितिका संयोजक सुन्दरबाबु श्रेष्ठका अनुसार धनकुटाको अस्तित्व, पहिचान र इतिहासलाई समाप्त पार्ने कार्य भएकोले आन्दोलनको घोषणा गरेको बताए । धनकुटालाई प्रदेश राजधानी बनाइनु पर्ने माग राख्दै विगतमा पनि आन्दोलन हुदै आएको थियो । सोमबार मात्रै प्रदेश सभामार्फत प्रदेश १ को स्थायी राजधानी विराटनगर राख्ने
More

आज कति छ सुनचाँदीको भाउ ?

काठमाडौं–नेपाली बजारमा मंगलबार छापावाल सुन प्रतितोला ५९ हजार ५०० मा कारोबार भइरहेको छ । यस्तै तेजावी सुन प्रतितोलामा ५९ हजार २०० मा कारोबार भइरहेको छ। यस्तै चाँदी प्रतितोला ७२० मा कारोबार भइरहेको छ।
More

प्राइम र ओम डेभलपमेन्ट बैंकको मर्जर तोडियो

काठमाडौं। प्राइम कमर्सियल बैंक र ओम डेभलपमेन्ट बैंकबीचको एक्विजिसन प्रक्रिया तोडिएको छ । नेपाल राष्ट्र बैंक सञ्चालक समितिको सोमबार बसेको बैंठकले सो प्रक्रिया तोड्ने निर्णय गरेको हो । १३ वैशाखसम्म यी दुई संस्थालाई राष्ट्र बैंकले एक्विजिसन गरिसक्न समय दिएको थियो । तर, सो समयावधिभित्र यी बैंकहरूले कर्मचारी समायोजनलगायतका विभिन्न विषयमा सहमति जुटाउन नसकेपछि यी दुई संस्थाको एक्विजिसन प्रक्रिया तोडिएको हो । दुवै संस्थाले डिमर्ज हुनुको कारण खुलाउँदै राष्ट्र बैंकलाई पत्र पठाएको केन्द्रीय बैंकले जनाएको छ । ओम डेभलपमेन्ट बैंकलाई प्राइम कमर्सियल बैंकमा एक्विजिसन गराउन दुई संस्थाबीच गत ३ भदौमा सम्झौता भएको थियो । त्यस्तै, गत कात्तिक तेस्रो साता राष्ट्र बैंकले
More

भ्रष्टाचारको ५ करोड कमाइ चारवटी श्रीमतीलाई

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय कोसीका लेखापाल सुरेश अधिकारीविरुद्ध अकुत सम्पत्ति कमाएको अभियोगमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । अधिकारीले पदीय मर्यादाविपरीत कार्य गरी गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको र अस्वाभाविक उच्च जीवनशैली यापन गरेको अख्तियारले दायर गरेको उजुरीमा उल्लेख छ । अधिकारीविरुद्ध ५ करोड १० लाख ३३ हजार ६ सय २३ रुपैयाँभन्दा बढी अकुत सम्पत्ति कमाएको भन्दै विशेष अदालत काठमाडौंमा सोमबार मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले बताए । अधिकारीले आफू र श्रीमतीहरू दुर्गा अधिकारी, दीपा श्रेष्ठ (अधिकारी) सुस्मिता अधिकारी, सोममाया श्रेष्ठलगायत सासू पुष्पकुमारी निरौला र मामा नाता पर्ने बलराम शर्मासमेतका नाममा सम्पत्ति
More

अतिक्रमित जग्गा फिर्ता ल्याउन शक्तिशाली आयोग गठन

काठमाडौं–सरकारले बालुवाटारसहित देशभर अतिक्रमित सरकारी जग्गाबारे छानबिन गर्न शक्तिशाली आयोग गठन गरेको छ । सोमबारको मन्त्रिपरिषद् बैठकले सर्वोच्च अदालतका पूर्वन्यायाधीश मोहनमणि भट्टराईको अध्यक्षतामा चार सदस्यीय अधिकारसम्पन्न आयोग गठन गरेको हो । आयोगमा भूमिअधिकारकर्मी जगत देउजा, पूर्वसहसचिव जानकीवल्लभ अधिकारी र महोत्तरीकी दुर्गा दाहाल सदस्य छन् । यस्तै, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका सहसचिव शंकरबहादुर थापालाई आयोगको सदस्यसचिव तोकिएको छ । विगतमा अधिग्रहण गरी सरकारको स्वामित्वमा ल्याइएको जग्गा, गुठीका जग्गा र अन्य सरकारी जग्गा हिनामिना तथा अतिक्रमणको ६ महिनाभित्र छानबिन गर्ने जिम्मेवारी सरकारले आयोगलाई दिएको छ । यस्तै व्यक्तिको नाममा लगिएको सरकारी जग्गा सरकारकै नाममा फिर्ता ल्याउने कार्यादेश पनि दिइएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतका अनुसार
More

पैसाका लागि बाबुले राखे छोरो बन्धकी

सप्तरी–पैसाका लागि आफ्नै बाबुले छोरालाई बन्धकी राखेका छन् । इँटाभट्टामा बन्धकी राखिएका ११ वर्षीय भारतीय बालकको सोमबार सप्तरी प्रशासनले उद्धार गरेको छ । आसाम राज्यस्थित धु्रवी जिल्लाका स्माइल एसकेले तीन लाख रुपैयाँका लागि ११ वर्षीय छोरा मोहिबुललाई सप्तरीको विष्णुपुर गाउँपालिका, वरही वीरपुरस्थित रतन इँटा उद्योगमा बन्धकी राखेका थिए । इँटा उद्योगमा भारतीय श्रमिक उपलब्ध गराउने स्माइलले रतनका लागि पनि श्रमिक ल्याइदिने भन्दै छोरो बन्धकी राखी पैसा लिएका थिए । माघमा छोरो छाडेर गएका स्माइल फर्केर नआएपछि मोहिबुल अलपत्र परेका थिए । नयाँ पत्रिका दैनिकमा खबर छ ।
More

योग्यता नपुगेको भन्दै न्यायाधीशविरुद्ध रिट

सर्वोच्च अदालतका न्यायाधीश मनोजकुमार शर्माको योग्यतामाथि प्रश्न उठाउँदै सर्वोच्चमा रिट निवेदन दर्ता भएको छ । नेपाल बार एसोसिएसनका पूर्वअध्यक्ष एवं वरिष्ठ अधिवक्ता शम्भु थापा र अधिवक्ता पूर्ण राजवंशीले सर्वोच्चमा रिट निवेदन दर्ता गरेका हुन् । निवेदनमा न्यायाधीश शर्मासहित न्यायपरिषद् अध्यक्ष एवं प्रधानन्यायाधीश, न्यायपरिषद्, त्यसको सचिवालय, संसदीय सुनुवाइ समिति र राष्ट्रपति कार्यालयलाई विपक्षी बनाइएको छ । २०७५ चैत १९ गते न्यायपरिषद्ले सर्वोच्चका लागि ५ न्यायाधीशको नाम सिफारिस गरेको थियो । त्यसमध्ये शर्माको नाम विवादित बनेको हो । कान्तिपुर दैनिकमा खबर छ ।
More

नेपाल एयरलाइन्सका कर्मचारी तस्करीको सुनसहित पक्राउ

काठमाडौं–त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत नेपाल वायु सेवा निगमका कर्मचारी रञ्जितकुमार यादव सुन तस्करीको आरोमा पक्राउ परेका छन् । ग्राउण्ड ह्यान्डलिङमा कार्यरत यादवले आइतबार दोहाबाट काठमाडौं अवतरण गरेको निगमको जहाजमा आएका यात्रुले ल्याएको सुन बुझेका थिए । प्रहरीले आइतबार साँझैं उनलाई ३०० तोलासुनसहित पक्राउ गरेको खबर कान्तिपुर दैनिकमा छापिएको छ ।
More

ट्याक्टर दुर्घटनामा दाइको मृत्यु, भाइ घाइते

मलंगवा : सर्लाहीको दक्षिण-पश्चिम क्षेत्रस्थित बसबरिया गाउँपालिका- ३ मानपुर ब्यारेज नजिक सोमबार दिउँसो ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु भएको छ। एकजना गम्भीर भएका छन्। गाउँको भित्री सडकमा ज १ त ७२२० नम्बरको ट्याक्टर अनियन्त्रित भइ पल्टिँदा सोही ठाउँका उपेन्द्र महतोका १८ वर्षीय छोरा आशिक महतोको मृत्यु भएको हो।महतोलाई उपचारका लागि बरहथवा ल्याउनेक्रममा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ। मृतक महतो सोही ट्याक्टरका चालक हुन्। दुर्घटनामा मृतक आशिकका भाइ १६ वर्षीय आदित्य महतो गम्भीर घाइते भएका छन्।उनलाई बरहथवामा सामान्य उपचार गरी थप उपचारका लागि वीरगञ्ज रेफर गरिएको प्रहरीले जनाएको छ। अन्नपूर्ण पोष्ट
More