Daily Archives 7th May 2019

श्रीमतीको हत्या

श्रीमान र श्रीमतीबीच झगडा हुँदा एक व्यक्तिले आफ्नै श्रीमतीको हत्या गरेका छन् । वैशाख २१ गते राती श्रीमतीको हत्या गरेपनि अभियुक्तले २४ घण्टासम्म घटना गुपचुप राखेका थिए । भोजपु्र याङपाङ माइती भई भुम्लु गाउँपालिका ६ काभ्रेमा विवाह गरेकी २३ वर्षीय निर्मला नेपालको हत्या उनकै श्रीमान पुष्कर भन्ने राजकुमार पहरीले गरेका हुन् । वैशाख २१ गते साँझ काठमााडौंको बागबजारस्थित डेरामा झगडा हुँदा राजकुमार पहरीले कपालमा समातेर पलङमा लडाइदिँदा निर्मलाको मृत्यु भएको हो । वैशाख २१ गते साँझ नै निर्मलाको मृत्यु भएपनि राजकुमारले घटना गुपचुप नै राखेका थिए । तर आफू अपराधबाट छिप्न नसक्ने भएपछि राजकुमारले वैशाख २३ गते बिहान मात्रै निर्मलाको
More

विराटनगरमा राजधानी राख्ने निर्णयविरुद्ध धनकुटामा आन्दोलन

काठमाडौँ– प्रदेश नम्बर १ को स्थायी राजधानी विराटनगर राख्ने प्रस्ताव पारित भएसँगै धनकुटाबासीले आन्दोलन घोषणा गरेका छन् । राजधानी विराटनगर राख्ने निर्णयको विरोधमा मङ्गलबार १२ बजेदेखि १ बजेसम्म चक्काजाम, मङ्गलबारै बेलुका ७ बजेदेखि साढे सात बजेसम्म ब्ल्याक आउट गरिनेछ । त्यस्तै बैशाख २३ गतेलाई कालो दिनका रुपमा मनाउने धनकुटाबासीले जनाएका छन् । प्रादेशिक राजधानी अभियान संघर्ष समितिका संयोजक सुन्दरबाबु श्रेष्ठका अनुसार धनकुटाको अस्तित्व, पहिचान र इतिहासलाई समाप्त पार्ने कार्य भएकोले आन्दोलनको घोषणा गरेको बताए । धनकुटालाई प्रदेश राजधानी बनाइनु पर्ने माग राख्दै विगतमा पनि आन्दोलन हुदै आएको थियो । सोमबार मात्रै प्रदेश सभामार्फत प्रदेश १ को स्थायी राजधानी विराटनगर राख्ने
More

आज कति छ सुनचाँदीको भाउ ?

काठमाडौं–नेपाली बजारमा मंगलबार छापावाल सुन प्रतितोला ५९ हजार ५०० मा कारोबार भइरहेको छ । यस्तै तेजावी सुन प्रतितोलामा ५९ हजार २०० मा कारोबार भइरहेको छ। यस्तै चाँदी प्रतितोला ७२० मा कारोबार भइरहेको छ।
More

प्राइम र ओम डेभलपमेन्ट बैंकको मर्जर तोडियो

काठमाडौं। प्राइम कमर्सियल बैंक र ओम डेभलपमेन्ट बैंकबीचको एक्विजिसन प्रक्रिया तोडिएको छ । नेपाल राष्ट्र बैंक सञ्चालक समितिको सोमबार बसेको बैंठकले सो प्रक्रिया तोड्ने निर्णय गरेको हो । १३ वैशाखसम्म यी दुई संस्थालाई राष्ट्र बैंकले एक्विजिसन गरिसक्न समय दिएको थियो । तर, सो समयावधिभित्र यी बैंकहरूले कर्मचारी समायोजनलगायतका विभिन्न विषयमा सहमति जुटाउन नसकेपछि यी दुई संस्थाको एक्विजिसन प्रक्रिया तोडिएको हो । दुवै संस्थाले डिमर्ज हुनुको कारण खुलाउँदै राष्ट्र बैंकलाई पत्र पठाएको केन्द्रीय बैंकले जनाएको छ । ओम डेभलपमेन्ट बैंकलाई प्राइम कमर्सियल बैंकमा एक्विजिसन गराउन दुई संस्थाबीच गत ३ भदौमा सम्झौता भएको थियो । त्यस्तै, गत कात्तिक तेस्रो साता राष्ट्र बैंकले
More

भ्रष्टाचारको ५ करोड कमाइ चारवटी श्रीमतीलाई

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय कोसीका लेखापाल सुरेश अधिकारीविरुद्ध अकुत सम्पत्ति कमाएको अभियोगमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । अधिकारीले पदीय मर्यादाविपरीत कार्य गरी गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको र अस्वाभाविक उच्च जीवनशैली यापन गरेको अख्तियारले दायर गरेको उजुरीमा उल्लेख छ । अधिकारीविरुद्ध ५ करोड १० लाख ३३ हजार ६ सय २३ रुपैयाँभन्दा बढी अकुत सम्पत्ति कमाएको भन्दै विशेष अदालत काठमाडौंमा सोमबार मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले बताए । अधिकारीले आफू र श्रीमतीहरू दुर्गा अधिकारी, दीपा श्रेष्ठ (अधिकारी) सुस्मिता अधिकारी, सोममाया श्रेष्ठलगायत सासू पुष्पकुमारी निरौला र मामा नाता पर्ने बलराम शर्मासमेतका नाममा सम्पत्ति
More

अतिक्रमित जग्गा फिर्ता ल्याउन शक्तिशाली आयोग गठन

काठमाडौं–सरकारले बालुवाटारसहित देशभर अतिक्रमित सरकारी जग्गाबारे छानबिन गर्न शक्तिशाली आयोग गठन गरेको छ । सोमबारको मन्त्रिपरिषद् बैठकले सर्वोच्च अदालतका पूर्वन्यायाधीश मोहनमणि भट्टराईको अध्यक्षतामा चार सदस्यीय अधिकारसम्पन्न आयोग गठन गरेको हो । आयोगमा भूमिअधिकारकर्मी जगत देउजा, पूर्वसहसचिव जानकीवल्लभ अधिकारी र महोत्तरीकी दुर्गा दाहाल सदस्य छन् । यस्तै, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका सहसचिव शंकरबहादुर थापालाई आयोगको सदस्यसचिव तोकिएको छ । विगतमा अधिग्रहण गरी सरकारको स्वामित्वमा ल्याइएको जग्गा, गुठीका जग्गा र अन्य सरकारी जग्गा हिनामिना तथा अतिक्रमणको ६ महिनाभित्र छानबिन गर्ने जिम्मेवारी सरकारले आयोगलाई दिएको छ । यस्तै व्यक्तिको नाममा लगिएको सरकारी जग्गा सरकारकै नाममा फिर्ता ल्याउने कार्यादेश पनि दिइएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतका अनुसार
More

पैसाका लागि बाबुले राखे छोरो बन्धकी

सप्तरी–पैसाका लागि आफ्नै बाबुले छोरालाई बन्धकी राखेका छन् । इँटाभट्टामा बन्धकी राखिएका ११ वर्षीय भारतीय बालकको सोमबार सप्तरी प्रशासनले उद्धार गरेको छ । आसाम राज्यस्थित धु्रवी जिल्लाका स्माइल एसकेले तीन लाख रुपैयाँका लागि ११ वर्षीय छोरा मोहिबुललाई सप्तरीको विष्णुपुर गाउँपालिका, वरही वीरपुरस्थित रतन इँटा उद्योगमा बन्धकी राखेका थिए । इँटा उद्योगमा भारतीय श्रमिक उपलब्ध गराउने स्माइलले रतनका लागि पनि श्रमिक ल्याइदिने भन्दै छोरो बन्धकी राखी पैसा लिएका थिए । माघमा छोरो छाडेर गएका स्माइल फर्केर नआएपछि मोहिबुल अलपत्र परेका थिए । नयाँ पत्रिका दैनिकमा खबर छ ।
More

योग्यता नपुगेको भन्दै न्यायाधीशविरुद्ध रिट

सर्वोच्च अदालतका न्यायाधीश मनोजकुमार शर्माको योग्यतामाथि प्रश्न उठाउँदै सर्वोच्चमा रिट निवेदन दर्ता भएको छ । नेपाल बार एसोसिएसनका पूर्वअध्यक्ष एवं वरिष्ठ अधिवक्ता शम्भु थापा र अधिवक्ता पूर्ण राजवंशीले सर्वोच्चमा रिट निवेदन दर्ता गरेका हुन् । निवेदनमा न्यायाधीश शर्मासहित न्यायपरिषद् अध्यक्ष एवं प्रधानन्यायाधीश, न्यायपरिषद्, त्यसको सचिवालय, संसदीय सुनुवाइ समिति र राष्ट्रपति कार्यालयलाई विपक्षी बनाइएको छ । २०७५ चैत १९ गते न्यायपरिषद्ले सर्वोच्चका लागि ५ न्यायाधीशको नाम सिफारिस गरेको थियो । त्यसमध्ये शर्माको नाम विवादित बनेको हो । कान्तिपुर दैनिकमा खबर छ ।
More

नेपाल एयरलाइन्सका कर्मचारी तस्करीको सुनसहित पक्राउ

काठमाडौं–त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत नेपाल वायु सेवा निगमका कर्मचारी रञ्जितकुमार यादव सुन तस्करीको आरोमा पक्राउ परेका छन् । ग्राउण्ड ह्यान्डलिङमा कार्यरत यादवले आइतबार दोहाबाट काठमाडौं अवतरण गरेको निगमको जहाजमा आएका यात्रुले ल्याएको सुन बुझेका थिए । प्रहरीले आइतबार साँझैं उनलाई ३०० तोलासुनसहित पक्राउ गरेको खबर कान्तिपुर दैनिकमा छापिएको छ ।
More

ट्याक्टर दुर्घटनामा दाइको मृत्यु, भाइ घाइते

मलंगवा : सर्लाहीको दक्षिण-पश्चिम क्षेत्रस्थित बसबरिया गाउँपालिका- ३ मानपुर ब्यारेज नजिक सोमबार दिउँसो ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु भएको छ। एकजना गम्भीर भएका छन्। गाउँको भित्री सडकमा ज १ त ७२२० नम्बरको ट्याक्टर अनियन्त्रित भइ पल्टिँदा सोही ठाउँका उपेन्द्र महतोका १८ वर्षीय छोरा आशिक महतोको मृत्यु भएको हो।महतोलाई उपचारका लागि बरहथवा ल्याउनेक्रममा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ। मृतक महतो सोही ट्याक्टरका चालक हुन्। दुर्घटनामा मृतक आशिकका भाइ १६ वर्षीय आदित्य महतो गम्भीर घाइते भएका छन्।उनलाई बरहथवामा सामान्य उपचार गरी थप उपचारका लागि वीरगञ्ज रेफर गरिएको प्रहरीले जनाएको छ। अन्नपूर्ण पोष्ट
More