Daily Archives 7th May 2019

बाग्लुङको जैमिनीमा मृत भेटिए एक युवक

जैमिनी नगरपालिका–८ को कालिगण्डकी नदिकिनारमा एक व्यक्तिको शव फेला परेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । अन्दाजी ३० बर्षिय पूरुषको सव फेला परेको प्रहरी नाउव उपरिक्षक भट्टराईले बताए । शवको पहिचान हुन सकेको छैन् । शव पोस्टमार्टमका लागि जिल्ला सदरमुकाम स्थित धौलागिरी अञ्चल अस्पताल ल्याईएको छ ।
More

नेपाल र नेपालीको पहिचान नै पोशाक : शेरबहादुर तामाङ

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवम् पूर्व मन्त्री शेरबहादुर तामाङले नेपाल र नेपालीको पहिचान नै पोशाक भएको भन्दै यसको सरंक्षण र प्रर्वद्धनमा जोड दिएका छन्। सोमबार राष्ट्रिय पोशाक संरक्षण महाअभियानले आयोजना गरेको विशेष कार्यक्रममा बोल्दै पूर्व मन्त्री तामाङले यस्तो बताएका हुन्। नेपालको राष्ट्रिय झण्डा विश्वसामू अलग पहिचानको भएजस्तै नेपालको राष्ट्रिय पोशाकपनि विश्वमै अलग पहिचान बोक्ने खालको भएको उनको भनाई छ। उनले भने, ‘विश्वको जुनसुकै कुनामा दौरा–सुरुवाल र राष्ट्रिय झण्डा बोकेर उभियो भने त्यो नेपाली नै हो भनेर विश्वले चिन्दछ।’ तामाङले नेपालका राष्ट्रपति विद्यादेवी भण्डारी चीनको राजकीय भ्रमणमा जाँदा नेपाली भाषामै सम्बोधन गरेको सुनाउँदै राष्ट्रपतिको उक्त
More

कर्णाली सरकारले दियो किसानलाई भैँसी

सुर्खेत । कर्णाली प्रदेश सरकारले व्यावसायिक किसानलाई भैँसी वितरण गरेको छ। दुग्धजन्य पदार्थको उत्पादनमा वृद्धि गरी व्यावसायिक किसानको जीवनस्तरमा सुधार ल्याउने उद्देश्यले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले भैँसी वितरण गरेको हो। मन्त्रालयले आज बराहताल गाउँपालिका–१० ओदानतालका ४० कृषकलाई एक÷एक वटा भैँसी हस्तान्तरण गरेको हो। कृषकमा आधारित भैँसीपालन व्यवसाय कार्यक्रमअन्तर्गत सुर्खेतका कृषकलाई भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सुर्खेतको सहजीकरणमा भैँसी हस्तान्तरण गरिएको हो। भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री बिमला केसीले जनज्योति कृषि तथा पशु सहकारी संस्था ओदानतालका सदस्यलाई भैँसी हस्तान्तरण गरे। सहकारीका अध्यक्ष ईश्वरभक्त सुनारले प्रदेश सरकारको रु ५० लाख, कृषकको १० लाख, गाउँपालिकाको पाँच लाख र लागत
More