Daily Archives 8th May 2019

जर्मनीमा ‘नेपाल डे’ (फोटोफिचर )

कोलोन । जर्मनीको कोलोनमा ३० औ ‘नेपाल डे’ भब्यताका साथ मनाइएको छ । विगतदेखि हरेक वर्ष नियमीत रुपमा मनाइँदै आएको नेपाल डे यस वर्ष पनि भब्यताका साथ मनाइएको हो । जर्मन नेपाल मैत्री संघको आयोजनामा यो दिवस विगतदेखि मनाइँदै आएको छ । ‘नेपाल डे’ जर्मन नेपाल मैत्री संघको आयोजना र नेपाल पर्यटन बोड, नेपाली राजदूतावास बर्लीन, नेपाली महावाणिज्य दूतको सहकार्यमा मनाइएको हो । विशेष गरि ‘नेपाल डे’ मा नेपालको सातै प्रदेशको चिनाउने चिनारीलाई प्रस्तुत गरिएको थियो । हरेक वर्ष फरक फरक उद्देश्यमा केन्द्रित गरिदै मनाइने ‘नेपाल डे’ यस वर्ष भिजिट नेपाल २०२० सफल बनाउने उद्देश्यले नेपालको राज्य पुर्नसंरचना पछि बनेको
More

संस्थाको भाग्य निर्धारण गर्ने अमूल्य मत सही व्यक्तिमा सदुपयोग गरौः कट्टेल

न्यूयोर्क । गैर आवासीय नेपाली संघ अमेरिका यति बेला चुनावी माहोलमा होमिएको छ । राज्य नै पिच्छे दिनहुँ विभिन्न चुनावी छलफल, अन्तरक्रिया, वहस हुने गरेको छ । सन् २०१९ देखि २०२१ सम्मका लागि हुने नयाँ नेतृत्व चयन आफ्नो पक्षमा पार्ने अभियानमा सबै उम्मेद्वार दौडधूप गरिहनु भएको छ । यसैबीच संस्थालाई जीवन्त राख्न नेतृत्व नयाँ कार्यसमितिको आवश्यकता पर्ने भन्दै अमृत कट्टेलले एनआरएनए अमेरिकाको सचिव पदमा उम्मेदवारी दिनु भएको छ । ‘प्रवासमा रहेका नेपालीले दिने एक÷एक मतले संस्थाको भाग्य निर्धारण गर्छ,’ कट्टेलले भने ‘आफ्नो अमूल्य मत सही व्यक्तिलाई दिएर मर्यादित संस्था निर्माण गर्ने अभियानमा सहभागि हौं ।’ संस्थाको भाग्य निर्धारण गर्ने अमूल्य
More

एनआरएनए क्षेत्रीय सम्मेलनमा कानुनमन्त्री भानुभक्त ढकाल सहभागी हुने

काठमाडौं। गैर आवासीय नेपाली संघ (एनआरएनए) को ओसेनीया क्षेत्रीय सम्मेलनमा नेपाल सरकारको तर्फबाट प्रतिनिधित्व गर्दै कानुनमन्त्री भानुभक्त ढकाल त्यसतर्फ प्रस्थान गरेका छन् । एनआरएनए यूरोप संयोजक शिवकुमार बरुवालका अनुसार सम्मेलनमा प्रदेश नम्बर ५ का प्रदेशसभा सदस्य विष्णु पन्ती, नेपाली कांग्रेसका नेता रमेश लेखक समेत प्रस्थान गरेका छन् । कार्यक्रममा एनआरएन अध्यक्ष भवन भट्ट, उपाध्यक्ष कुमार पन्त, कुल आचार्य, महासचिव बद्री केसी, एनआरएनएन प्रवक्ता भूषण घिमिरे, एनआरएन एसिया प्याशिफिक संयोजक किरण विक्रम थापालगायत सहभागि हुनुहुनेछन । सम्मेलन दुई दिनसम्म चल्नेछ । सम्मेलन सिड्नीको हायात रीजेन्सी होटलमा हुनेछ । सम्मेलनमा २० मुलुकका तीन सय भन्दा बढीको सहभागिता रहने अनुमान गरिएको छ ।
More

छुट्टाछुट्टै घटनामा दुईको मृत्यु

राजविराज । सप्तरीको छुट्टाछुट्टै घटनामा आज एक बालिकासहित दुईको मृत्यु भएको छ । जिल्लाको तिलाठी कोइलाडी गाउँपालिकामा आज सर्पको टोकाइबाट एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही गाउँपालिका–५ वनरझुलाका रन्जितकुमार रायको नौ महीने छोरी प्रियाकुमारी राय रहेको प्रहरी उपरीक्षक राजेन्द्र विष्टले जानकारी दिए । स्थानीय दिनेशकुमार राय (ठूलो बुबा)को घर आँगनमा खेल्ने क्रममा दुलोभित्र बालिकाले दाहिने हात हाल्दा विषालु सर्प गोमनले उनलाई टोकेको थियो । सर्पका टोकाइबाट गम्भीर घाईते भएका उनलाई उपचारका लागि राजविराजस्थित गजेन्द्र सिंह अस्पताल ल्याउँदै गर्दा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । यस्तै सप्तरीको रुपनी गाउँपालिकामा मोटरसाइकलको ठक्करबाट एक जना
More

बाबुरामलाई छाडेर नेकपामा प्रवेश

काठमाडौँ– बाबुराम भट्टराईको तत्कलीन नयाँ शक्तिकी केन्द्रीय सदस्य सीमा विक नेकपा प्रवेश गरेकी छन् । धुम्वराहीस्थित नेकपाको मूख्यालयमा आयोजित कार्यक्रममा विकलाई अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र महासचिव विष्णु पौडेलले स्वागत गरे । विक पूर्व संविधान सभा सदस्य रहेकी थिइन् ।
More

महरा इतिहासकै कमजोर सभामुख: देउवा

काठमाडौं–प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिष्ट शासन आएकाले राष्ट्रपतिलाई बेलायती महारानीको शैलीमा प्रस्तुत गरिएको आरोप लगाएका छन् । सभापति देउवाले सरकारले सबै क्षेत्रमा हस्तक्षेप गरिरहेको दावी पनि गरे । बुधबार काठमाडौंमा आयोजित पार्टीको राष्ट्रिय जागरण अभियानको शुभारम्भ कार्यक्रममा बोल्दै सभापति देउवाले सभामुख कृष्णबहादुर महरालाई इतिहासकै सबैभन्दा कमजोर सभामुखको संज्ञा दिए । सभापति देउवाले मंगलबार प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री ओलीले बोलेको गैर संसदीय भाषालाई डिलिट गर्न आफ्नो पार्टीले पटक पटक आग्रह गर्दा पनि सभामुख महराले प्रधानमन्त्रीसँग डराएर सो काम गर्न नसकेको दावी गरे ।
More

शाहरुख खानकी पत्नी गौरीको अम्बानी ‘हाउस एन्टीलिया’ मोह

मुम्बई – बलिउड अभिनेता शाहरुख खानकी पत्नी गौरी खानले अम्बानी ‘हाउस एन्टीलिया’ को भित्री भागलाई नयाँ रुप दिने भएकी छिन् । उनले यसअघि बलिउडका थुप्रै सेलिबे्रटीको घरको डिजाइन गरेकी छिन् । एसियाकै धनी मुकेश अम्बानीको आलिशान घर ‘एन्टालिया’ संसारमै चर्चित महलमध्येमा पर्छ । त्यही महलको भित्री भागमा नयाँ रुप दिन अम्बानी परिवारको रोजाईमा परेकी छिन् गौरी खान । उनले केही दिन अगाडि ट्विटरमा नीता अम्बानीसँगको तस्बिर सेयर गर्दै यो कुराको जानकारी दिएकी हुन् । तस्बिरमा गौरी खान र नीता अम्बानी सँगै बसिरहेका छन् र उनले क्याप्सनमा लेखेकी छिन्, ‘एन्टीलिया डिजाइन गर्दाको अनौठो अनुभव । अहिलेसम्म गरेका प्रोजेक्टमध्ये सबैभन्दा टप प्रोजेक्ट
More

‘हाम्रो सपना दशौं चन्द्र ढकालहरु जन्माउने रहेको छ’

डा. हेमराज शर्मा । करीव ६२ वर्ष पहिले, जुन बेला नेपालमा भर्खर भर्खर औपचारिक शिक्षाको शुरुवात भएको थियो । एक शिक्षकको घर आँगनबाट शुरु भएको पृथ्वी हिरण्य माध्यमिक विद्यालयलाई अहिलेको स्थानमा ल्याउन सहयोग गर्नुहुने सम्पूर्ण अग्रजहरुलाई नमन गर्न चाहान्छु । पछिल्लो चरणमा आफ्नो व्यक्तगत लगानीमा आफ्ना स्वर्गीय बुवा हिरण्य प्रसाद ढकालको स्मृतिमा अत्याधुनिक भवन निर्माण गरी विद्यालयलाई नयाँ चरणमा प्रवेश गर्ने अवसर प्रदान गर्नु भएकोमा विद्यालयका पूर्व विद्यार्थी चन्द्र ढकाल, हेमराज ढकाल र आमा जानुका ढकालप्रति धन्यवादको पात्र हुनुहुन्छ । विद्यालयले हजारौ विद्यार्थीहरु उत्पादन गरि सकेको छ। थुप्रै पूर्व विद्यार्थीहरु राष्ट्रिय र अन्तराष्ट्रिय रुपमा सफल हुनु भएको छ। विद्यालयले हामीलाई
More

नेपाली कांग्रेसले विश्वभर छरिएका नेता तथा कार्यकर्तालाई प्रशिक्षण दिने

लण्डन– नेपाली कांग्रेसले विदेशस्थित नेपाली जनसम्पर्क समितिका पदाधिकारी तथा सदस्यहरुलाई प्रशिक्षण दिने भएको छ। पार्टीको केन्द्रीय नीति, अनुसन्धान, तथा प्रशिक्षण प्रतिष्ठनले जनसम्पर्क समितिका सदस्यहरुलाई प्रशिक्षण दिन लागेको नेपाली जनसम्पर्क समिति वेलायतका सभापति युवराज गुरुङ्ग जनाए। जुनको तेस्रो सता डेनमार्कमा आयोजना हुने तीन दिने प्रशिक्षणमा विश्वभर छरिएका नेपाली कांग्रेस महासमिति सदस्य तथा प्रतिनिधीहरुको सहभागिता रहने छ। प्रशिक्षणमा नेपाली कांग्रेसका उपसभापति तथा पार्टीको केन्द्रीय नीति, अनुसन्धान, तथा प्रशिक्षण प्रतिष्ठनका संयोजक विमलेन्द्र निधीको उपस्थिती रहने गुरुङले जानकारी दिए। कांग्रेसले भारत, बेलायत, अमेरिका, हङकङ, दक्षिण कोरिया, स्वीजरल्याण्ड, पोर्चुगल, इटाली, जर्मनी, स्पेन, डेनमार्क, नेदरल्याण्ड, कतार मलेसिया, युएई, पोल्याण्ड, मकाउ, साउदी अरब, बहराइन, कुवेत, नर्वे, न्यूजील्याण्ड,
More

सबै प्रदेशको सन्तुलित विकास हुनेगरी बजेट ल्याउन काँग्रेसको माग

काठमाडौं–प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सबै प्रदेशको सन्तुलित विकास हुनेगरी आगामी आर्थिक वर्षको बजेट ल्याउन सरकारको ध्यानाकर्षण गराएको छ । नेपाली काँग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीले सबै प्रदेशको सन्तुलित विकास हुनेगरी बजेट नल्याए त्यसले असन्तुष्टि जन्माउने र त्यो विद्रोहको रुपमा परिणत हुनेतर्फ पनि सरकारलाई सचेत गराए । बुधबार संघीय संसदको अर्थ समितिको बैठकमा बोल्दै उनले पहुँच र प्रभावको आधारमा नभई जनताको आवश्यक्ताको आधारमा प्रतिनिधिसभाको सबै निर्वाचन क्षेत्रमा पनि बजेटको व्यवस्था गर्न सरकारसँग माग गरे ।
More