Daily Archives 9th May 2019

लक्ष्य प्राप्त गर्न कठोर संकल्प

कल्याण कुमार गुरुङ । नेपालको आगामी आर्थिक वर्ष २०७६÷०७७ को बजेट केहि समय पछि संसदमा प्रस्तुत हुनेछ । बजेटमा आम मानिसका आशा र अपेक्षा पनि जोडिएको हुन्छ । चालु खर्च र बिकास खर्चमा आधारमा आउने बजेटले आगामी आर्थिक वर्षमा राजस्व कति उठाउने भन्ने लक्ष्य पनि राखेको हुन्छ । बचत बजेट र घाटा बजेटको परम्परा बिश्वभरी नै रहेको छ । नेपालको सन्दर्भमा बिगत केही वर्षहरु देखी नै घाटा बजेटको परम्परा रहँदै आएको छ । नेपाल सरकारले प्रस्तुत गर्ने बजेटको पर्खाईमा हरेक वर्ष झै यस बर्ष पनि नेपालीहरु रहेका छन् । कुनै पनि सरकारको लागि उसले बजेट प्रस्तुत गर्न पाउनु सुनौलो अबसर
More

यस वर्षको मिस नेपाल बनिन् अनुष्का श्रेष्ठ

काठमाडौं– मिस नेपाल वर्ल्ड २०१९ को टाइटल अनुष्का श्रेष्ठले जितेकी छिन् । बिहीबार राती सम्पन्न फाइनलमा अन्य २४ प्रतिस्पर्धीलाई पछि पार्दै उनी उपाधि जित्न सफल भएकी हुन् । यसैगरी मिस नेपाल इन्टरनेशनल, मिरा कक्षपति, मिस नेपाल अर्थ रिया बस्नेत, मिस नेपाल युनिभर्स २०१९ प्रदिप्ता अधिकारी र मिस नेपाल सुपर नेशनल रोज लामा बन्न सफल भएका छन् । गतवर्ष मिस नेपाल मिस नेपाल वर्ल्ड श्रृङ्खला खतिवडा बनेकी थिइन् ।
More

उपेन्द्र र बाबुरामको पार्टीका यस्ता छन् ५ निर्णय

काठमाडौं– उपेन्द्र यादव र बाबुराम भट्टराई नेतृत्वको समाजवादी पार्टीको पदाधिकारी बैठकले विभिन्न ५ निर्णय गरेको छ । बिहीबार बसेको बैठकले तत्कालीन नयाँ शक्ति र संघीय समाजवादी फोरम नेपालको तल्लो तहको कमिटी समायोजनका लागि एक कार्यदल गठन गरिएको छ । समायोजन कार्यदलमा हेमराज राई, रेणु यादव, गंगा श्रेष्ठ, रामसहाय यादब र डम्बर खतिवडा रहेका छन् । यस्तै विभिन्न पार्टीलाई एकता प्रक्रियामा सहभागी गराउन एक वार्ता समितिी गठन गरिएको छ । समितिमा राजेन्द्र श्रेष्ठ, पर्शुराम खापुङ्ग, नवराज सुवेदी र रामसहाय यादव रहेका छन् । बैठकले आगामी ज्येष्ठ ११ देखि २५ गतेसम्म ८ स्थानमा अभिमुखिकरण कार्यक्रम गर्ने निर्णय समेत गरेको भने कार्यालय व्यवस्थापनको
More

एक जनाको मृत्यु भएपछि चितवनको टाँडी तनाव

चितवन–इलाका प्रहरी कार्यालय टाँडी तनावग्रस्त भएको छ । प्रहरी कार्यालय टाँडीमा एक जनाको मृत्यु भएपछि टाँडी तनावग्रस्त भएको हो । प्रहरीले अश्रुग्यास समेत फायर गरेको छ । मृत्यु हुनेमा पदमपुरका चौधरी रहेका छन् । चौधरीलाई प्रहरीले २ दिनअघि मात्र झै–झगडा गरेको आरोपमा समातेको थियो । आफन्तले चौधरीलाई प्रहरीले कुटपिट गरेर हत्या गरेको आरोप लगाएका छन् । मृतकका आक्रोशित आफन्तहरुले राजमार्ग बन्द गराएर इलाका प्रहरी कार्यालय टाँडीमा ढुंंगामुढा प्रहार गर्न थालेपछि स्थिति तनावग्रस्त बनेको हो । आक्रोशित भीडले ढुंगामुढा प्रहार गर्न थालेपछि भीडलाई तितरबितर पार्न प्रहरीले अश्रुग्याँस प्रहार गरेको जनाएको छ । यता इलाका प्रहरी कार्यालय टाँडीका अनुसार कसैको पनि मृत्यु
More

बाजागाजासहित प्रचण्डले गरे फेरि बिहे (भिडियोमा हेर्नुहोस्)

काठमाडौँ – पूर्वप्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पत्नी सीता दाहालसँग फेरि बिहे गरेका छन् । आफ्नो वैवाहिक जीवनको ५० औं वर्षगाँठका अवसरमा प्रचण्डले सीतासँग फेरि बिहे गरेका हुन् । कार्यक्रममा प्रचण्डले र प्रचण्ड पत्नी दुवैले दुबोको माला लगाएका थिए भने यो अवसरमा गरिएको बिहेमा पञ्चेबाजा समेत घन्काइएको थियो । प्रचण्ड पत्नी सीता लामो समयदेखि अस्वस्थ रहेकी छिन् । कार्यक्रममा बोल्दै प्रचण्डले आज आयोजित कार्यक्रमले सीता दाहालको स्वास्थ्यमा मनोवैज्ञानिक रूपले सकारात्मक प्रभाव पर्ने बताए । वैवाहिक कार्यक्रममा विभिन्न दलका नेता तथा परिवार र नातागोता सहभागि थिए ।
More

एनआरएनए कतारको आठौं राष्ट्रिय महाअधिवेशन अगष्ट ३० मा हुने

दोहा । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारको आठौं राष्ट्रिय महाधिवेशन आगामी अगष्ट ३० मा हुने भएको छ । गत ३ मई २०१९ मा बसेको एनसीसी कतारको तेश्रो तथा अन्तिम पञ्जिकृत सदस्यहरुको भेलाले सो निर्णय गरेको हो । पन्जिकृत सदस्यहरुको भेलाले नयॉ सदस्यहरुको आवेदन पनि आब्हान गरेको छ । निर्णय अनुसार ५ मई मा खुल्ला गरिएको सदस्यता आह्वान ३० जुन २०१९ सम्म खुल्ला रहनेछ र स्विकृत पञ्जिकृत सदस्यहरुको अन्तिम नामावली २६ जुलाई २०१९ मा प्रकाशित गरिनेछ । त्यसै गरी पन्जिकृत सदस्यहरुको भेलाले आठौं महाधिबेशनबाट कार्यकाल २०१९–२१ को लागि नयॉ कार्यसमितिको निर्वाचन २३ अगस्त २०१९ मा सम्पन्न गरी ३० अगष्ट
More

Beckham banned from driving for using phone in his Bentley

David Beckham has been disqualified from driving for six months for using his mobile phone while at the wheel. The ex-footballer, 43, was spotted by a member of the public using his phone while driving his Bentley in central London on 21 November last year. He pleaded guilty. The ban came as he was given six points on his licence, which took his total to 12. He had six from previous speeding offences. He was also fined £750 and ordered to pay £100 costs and a £75 surcharge fee. He stood in Bromley Magistrates Court to say his full name,
More

म्याग्दीमा युवाले शुरु गरे सामूहिक तरकारी खेती

म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँटमा पाँच युवाले सामूहिक तरकारी खेती शुरु गरेका छन् । आठ रोपनी जग्गा भाडामा लिएर चार युवाले व्यावसायिक रुपमा तरकारी खेती शुरु गरेका हुन् । गणेश केसी, जगत बानियाँ, कृष्टि बानियाँ, मनोज कार्कीलगायतका युवाले ‘प्रगति स्वरोजगार कृषि उत्पादन केन्द्र’ स्थापना गरेका छन् । उनीहरूले रु १० लाख लगानी गरी शुरु गरेको कृषि उत्पादन केन्द्रमा अहिले गोलभेँडा, काँक्रो, खुर्सानी, सागलगायत तरकारी रोपिएकोे युवा कृषक गणेश केसीले बताउनुभयो । “हामी अहिले फरक फरक क्षेत्रका क्रियाशील युवा मिलेर कृषिमा हात हालेका छौँँ, कृषिमा सम्भावना देखेरै लगानी गरेका हौँ, अहिले शुरुआती चरणमा छाँै, यो व्यवसायलाई विस्तार गर्दै जाने हाम्रो योजना छ”,
More

पोर्चुगलमा बुद्धजयन्ती मनाइने

भगवान गिरी । पोर्चुगलमा बुद्धजयन्ती मनाउन लिस्बनका लागि अवैतनिक नेपाली वाणिज्यदूत मकरबहादुर हमालको संयोजकत्वमा १०१ सदस्यीय मूल समारोह समिति गठन गरिएको छ । राजधानी लिस्बनमा मङ्गलबार आयोजित भेलामा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीका सञ्चारविज्ञ सुधन ज्ञवालीले गौतम बुद्ध नेपालमा जन्मेका हुन् भन्ने कुरालाई संसारभरि स्थापित गराउन विदेशमा रहेका नेपालीले भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो ।
More

अमेरिकाका लागि राजदूत कार्कीको म्याद थपियो

सरकारले अमेरिकाका राजदूत अर्जुनबहादुर कार्कीको म्याद थप गरेको छ। मन्त्रीसरहको सुविधा दिइएका कार्कीलाई अर्को राजदूत नियुक्त नभएसम्मका लागि म्याद थपिएको सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिए। कार्की पाँच वर्षअघि तत्कालीन नेकपा एमालेको कोटाबाट अमेरिकाका राजदूत नियुक्त भएका थिए। गत फागुनमा अमेरिकाका लागि राजदूत कार्की र चीनका लागि राजदूत लीलामणि पौडेललाई मन्त्रीसरहको सुविधा दिने निर्णय गरेको थियो।
More