Daily Archives 10th May 2019

सरकारकै सहमतिमा एनआरएनले बालुवाटारको जग्गा किनेको खुलासा (प्रमाणसहित)

चिरन शर्मा । लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएन) ले काठमाडौंको बालुवाटारमा भवन निर्माणार्थ खरिद गरेको जग्गा सरकारकै सहमतिमा खरिद भएको खुलेको छ । सो जग्गामा हाल एनआरएनको भव्य भवन निर्माण भइसकेको छ । सरकारीकरण भइसकेको भनिएको ललिता निवासको जग्गा भूमाफियाको चलखेलमा बिक्री भएको र सोही जग्गा एनआरएनले पनि खरिद समाचार सार्वजनिक भएको बेला नयाँ रहस्य बाहिर आएको हो । एनआरएनका तत्कालीन अध्यक्ष शेष घलेको कार्यालयमा बालुवाटारको ४८ आना जग्गा २६ लाख ५० हजारका दरले जम्मा १२ करोड ७२ लाखमा खरिद गरिएको थियो । सो जग्गा खरिदका लागि संघले तत्कालीन मुख्य सचिव लिलामणि पौडेल समक्ष संघलाई आवश्यक जग्गा नेपाल सरकारले
More

बालक अपहरण गरेको आरोपमा ४ जना समातिए

सप्तरी–राजगढ गाउँपालिका–३ नर्घोका १२ वर्षीय लक्ष्मण यादवलाई अपहरण गरेको आरोपमा प्रहरीले सोही गाउँका दुईसहित चार जनालाई पक्राउ गरेको छ । मामाको बिहेमा जन्ती गएका बालकलाई अपहरण गरेको आरोपमा प्रहरीले सोही ठाउँका ३१ वर्षीय कान्छा भनिने रामअवतार यादव, ३२ वर्षीय सत्येन्द्र यादव, महादेवा गाउँपालिका–१ का ३६ वर्षीय प्रमोद भनिने जोगवीर यादव र तिरहुत गाउँपालिका–४ का ४५ वर्षीय वीरेन्द्रप्रसाद यादवलाई पक्राउ गरेको जनाएको छ । प्रहरीले रामअवतारलाई पक्राउ गरेपछि उनकै बयानका आधारमा अन्य तीन पक्राउ परेका हुन् । रामअवतारलगायतकाले बालकको अपहरण गरेको भन्दै बालकका बुबा जागेश्वर यादवले यही वैशाख १८ गते दिएको किटानी उजुरी दर्ता गरी रामअवतारलाई प्रहरीले पक्राउ गरी सोधपुछ गर्दा
More

मिडिया काउन्सिल विधेयक फिर्ता लिन महासङ्घको माग

काठमाडौँ–नेपाल पत्रकार महासङ्घले संसद्मा दर्ता भएको मिडिया काउन्सिलसम्बन्धी विधेयक तत्काल फिर्ता लिन सरकारसमक्ष माग गरेको छ । विधेयकका प्रावधानहरुले मिडिया काउन्सिललाई सरकार नियन्त्रित अङ्गका रुपमा स्थापित गर्नाका साथै स्वतन्त्र पत्रकारितामाथि अङ्कुश लगाउन खोजेको भन्दै महासङ्घले सो आग्रह गरेको हो । महासङ्घको आज बसेको केन्द्रीय समितिको आकस्मिक बैठकले उक्त विधेयक तत्काल फिर्ता लिई सरोकार पक्षसमेतको छलफल र सहमतिमा नेपालको संविधानको मूल भावना, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतासम्बन्धी अन्तर्राष्ट्रिय मूल्यमान्यताका आधारमा पुनः विधेयक मस्यौदा गर्न सरकारसँग माग गरेको छ । ‘संसद्मा विचाराधीन अवस्थामा रहेका विज्ञापनसम्बन्धी ऐन र सूचना प्रविधिसम्बन्धी ऐनमा प्रेस स्वतन्त्रता विरोधी दफा सच्याउन माग गर्दछौ, साथै मस्यौदा हुँदै गरेका आमसञ्चार ऐन
More

जमीनमुनिबाट थप सुनचाँदी भेटियो

अछाम–क्याम्पस भवनका लागि जग खन्ने क्रममा जमीनमुनिबाट सुनचाँदी फेला परेको साँफेबगर नगरपालिका–२ श्रीकोटमा थप सुनचाँदी भेटिएको छ । यसअघि भवनको जग खन्ने क्रममा यही वैशाख २० गते १९ तोला ८९ लाल सुन र १३२ तोला ७३ लाल चाँदी फेला परेकामा आज थप २५ तोला सुन र ३० तोला चाँदी फेला परेको हो । भवनको जग खन्ने क्रममा सुन भेटाएका मजदूरमा भागबण्डा नमिलेपछि कुरा बाहिर आएको थियो भने उनीहरुको साथमा रहेको सुन प्रहरीको संरक्षणमा राखिएको छ । सात मजदूरलाई नियन्त्रणमा लिएर थप सोधखोज गर्दा पछिल्ला दिनहरुमा थप सुन फेला पर्दै गएको थियो । क्याम्पस भवन निर्माणस्थललाई प्रहरीले निगरानीमा राखेर जमीनमुनि अझै
More

सन्दिप र पारस बने गौतम बुद्ध क्रिकेट रङ्गशाला निर्माण अभियानकोे सद्भावना दूत

धुर्मुस सुन्तली फाउण्डेशनको संयोजनमा जनस्तरबाट निर्माण हुने ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माण अभियानका लागि खेलकुद समिति गठन गरिएको छ । तेकवान्दो खेलाडी दिपक बिष्टको संयोजनमा फाउण्डेशनको कार्यालयमा १३ सदस्य समिति गठन गरिएको हो भने ४ सदस्य सल्लाहकार समिति र सम्पुर्ण खलकुद संग सम्बन्धित संघसंस्थाका अध्यक्षहरु पदेन सल्लाहकार रहने गरी समिति गठन भएको छ । सल्लाहकारहरुमा किर्तिमानी धावक बैकुण्ठ मानन्धर, नेपाली फुटवलका पूर्व कप्तान राजु शाक्य, नेपाल क्रिकेट संघका पूर्व सि.ई.ओ. भावना घिमिरे र राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षक समेत रहेका जगत टमाटा समितिमा रहेका छन् । त्यसका साथै यो अभियानको सद्भावना दुतका रुपमा राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्का र
More

विदेशमा आर्जन गरेको ज्ञान तथा सीप मातृभूमिमा यसरी लगाउन सकिन्छ

सरकारले देशबाट विभिन्न अवसरको खोजीमा विदेश पलायन भएकाहरुको ज्ञान, सीप र दक्षतालाई देशभित्र उपयोग गर्न ‘ब्रेन गेन सेन्टर’ (बीजीसी) नामक अभियानको थालनी गरेको छ । यस अभियानको महत्वपूर्ण पक्ष विदेशमा रहेका नेपालीहरुको ज्ञान, सीप, मेहनत र उपलब्धीलाई सम्मान गर्ने रहेको परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले जानकारी दिए । त्यसका लागि मन्त्रालयले बीजीसीको डाटाबेस www.mofa.gov.np/bgc ले आफ्नो विज्ञताका सम्बन्धमा इच्छा अनुसारको सूचनाहरु अद्यावधिक गर्ने सुविधा उपलब्ध गराउने मन्त्री ज्ञवालीले बताए । सो विज्ञताको नेपालमा प्रयोग सम्बन्धी जानकारी अद्यावधिक गरी बाञ्छित लाभ हासिल गर्न तथा आवद्ध सबैलाई विभिन्न उपयोगी कुराहरु अद्यावधिक गर्न मन्त्रालयले अनुरोध गरेको छ । यसले सरकारले सन् २०२२ सम्ममा नेपाललाई
More

एनआरएन ओसेनिया सम्मेलन: पशुपतिको जात्रा सिद्राको व्यापार !

सिड्नी । गैरआवासीय नेपाली संघ (एनआरएन) विश्व सम्मेलन हुन करीब तीन महिना बाँकी रहँदै नेतृत्व हत्याउन एनआरएनका नेताहरुको दौडधूप तीब्र बनेको छ । एनआरएनले आयोजना गर्ने सानादेखि ठूला फोरमको उद्देश्य निश्चित हुने भएपनि सोसँगसँगै अहिले तबरजस्त रुपमा चुनावी रणनीति पनि सँगसँगै अगाडि आउने गरेका छन् । ती फोरमहरुमा आफ्नो उपस्थिति बलियो बनाउन र आगामी निर्वाचनमा आफूलाई सशक्त देखाउन होडबाजी नै चल्ने गरेको छ । यस्तैमा आइतबारदेखि सुरु हुन लागेको गैर आवासीय नेपाली संघ (एनआरएनए) को ओसेनीया क्षेत्रीय सम्मेलनमा पनि त्यस्तै छनक देखिएको छ । सो सम्मेलनमा सहभागि हुनका लागि विश्वभरीका गैर आवासीय नेपाली अष्ट्रेलियामा भेला भैरहेका छन् । गैरआवासीय नेपाली
More

शिक्षामा २५ प्रतिशत वजेट छुट्याउन दुई अखिलको माग

काठमाडौं । सत्तारूढ नेकपा निकट दुई विद्यार्थी संगठनले आगामी वजेटमा शिक्षामा २५ प्रतिशत वजेट छुट्याउन माग गरेका छन् । आज राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. पुष्पराज कंडेल समक्ष ध्यानाकर्षण पत्र वुझाउंदै उनीहरूले सो माग गरेका हुन् । आज सिंहदरबार स्थित योजना आयोगको कार्यालयमा अनेरास्ववियू (क्रान्तिकारी ) का अध्यक्ष रञ्जित तामाङ र अनेरास्ववियुका कार्यवाहक अध्यक्ष रश्मि आचार्य सहितको टोलीले सो माग गरेका हुन् । नेपालको संविधानले शिक्षालाई मौलिक हकको रुपमा किटानी गरेको छ । संविधानले कक्षा १२ सम्मको शिक्षा निशुल्क र कक्षा ८ सम्मको शिक्षा अनिवार्य भनेर उल्लेख गरेको छ । शिक्षाको संवैधानिक प्रावधान कार्यान्वयन गर्न शिक्षामा २५ प्रतिशत वजेट छुट्याउन
More

साइबर अपराध बारे प्रहरी अधिकृतलाई तालीम

पोखरा । साइबरका माध्यमबाट हुने गरेका आपराधिक गतिविधिलाई रोकथाम गर्ने विधिबारे जानकारी गराउने उद्देश्यले पोखरामा प्रहरी अधिकृतलाई अनुशिक्षण तालीम प्रदान गरिएको छ । प्रहरी प्रधान कार्यालय साइबर ब्यूरो काठमाडौँ र गण्डकी प्रदेश तालीम केन्द्रद्वारा छैटौँ समूहको उक्त तालीममा २९ प्रहरी अधिकृतको सहभागिता रहेको थियो । सो तालीम वैशाख १९ गतेदेखि वैशाख २६ गतेसम्म सञ्चालन भएको थियो । सो अवसरमा गण्डकी प्रदेशका प्रहरी नायब महानिरीक्षक दानसिंह बोहराले सहभागीलाई प्रमाणपत्र वितरण गर्दै आपराधिक कार्यमा प्रविधिको प्रयोगले अनुसन्धान वास्तवमै चुनौतीपूर्ण बन्दै गइरहेकाले अनुसन्धानमा प्रविधिको प्रयोगको विकल्प नरहेको बताउनुभयो । तालीमसम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै तालीम संयोजक प्रहरी निरीक्षक विष्णु विकले दिनप्रतिदिन प्रविधि र विकासको
More

होटलमा मात्र दश खर्ब बढी लगानी

पर्यटन क्षेत्रको विकास तथा विस्तारका लागि महत्वपूर्ण आधारका रुपमा रहेका होटल व्यवसायमा पछिल्लो समय लगानी बढेर गएको छ । चौधरी ग्रुप, गोल्छा अर्गनाइजेशनजस्ता प्रतिष्ठित व्यापारिक समूह होटल व्यवसायतर्फ आकर्षित भएका छन् भने हिल्टन, मेरियट, सेराटनजस्ता अन्तर्राष्ट्रिय सञ्जाल रहेका ठूला कम्पनीले पनि नेपालमा लगानी बढाएका छन् । सन् १९५१ मा नयाँ सडकमा ‘हिमालय इन’ नामक होटलबाट शुरु भएको नेपाली होटल उद्योग पाँचतारेदेखि विदेशी ठूला चेन होटलसम्म स्थापना भइसकेका छन् । तत्कालीन राणा शासकले विदेश घुम्न गएका बेला मिठा खाना र कोठालाई सुविधासम्पन्न बनाउन विदेशीलाई सँगै नेपाल लिएर आउँथे । विसं २००७ को राजनीतिक परिवर्तनपछि नेपाल विदेशीका लागि पनि खुला भएपछि आधुनिक
More

ढोरपाटन विमानस्थलको ‘डिपिआर’ तयार

बलेवा । बागलुङको ढोरपाटन नगरपालिका र निसीखोला गाउँपालिकाको बीचमा पर्ने अर्नाकोटमा विमानस्थल निर्माण गर्न विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणको अगुवाइमा ‘डिपिआर’ बनाइएको हो । मध्यपहाडी लोकमार्ग र गोरुसिङ्गे, सालझण्डी ढोरपाटन मार्गको सङ्गम रहेको अर्नाकोटमा ट्वीनअटर विमान आउजाउ गर्नसक्ने विमानस्थल निर्माण गर्न प्राधिकरणले जिम्मा दिएपछि ‘रियल पार्र्ट इञ्जिनीयरिङ कन्सल्टेन्सी’ले डिपिआर बनाएको इञ्जिनीयर गुरुप्रसाद अधिकारीले बताउनुभयो । सात सय मिटर लामो रनवेसहित झण्डै एक किमी लामो मैदान बनाउन सकिने प्राविधिक टोलीले सुझाव दिएको छ । प्राधिकरणका प्राविधिकले अघिल्लो वर्ष स्थलगत अध्ययन गरेपछि कन्सल्टेन्सीमार्फत डिपिआर बनाउन दिएको थियो । उक्त कन्सल्टेन्सीले बनाएको डिपिआर प्राधिकरणलाई हस्तान्तण गरिएको
More

‘स्टिङ अपरेशन’ गर्न दिएको घुस रकममै भ्रष्टचार

घुस रकमसहित पाठकका छोरा फरार अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल सम्पर्क कार्यालय नेपालगञ्जले वैशाख २१ गते साँझ नेपालगञ्ज चारबाहिनीस्थित श्री लयर्स च्याम्बरमा छापा मा¥यो । सो क्रममा उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलासका टाइपिस्ट सुब्बा कृष्णकुमार पाठकलाई पक्राउ ग¥यो । मुद्दामा सहजीकरण गरिदिने भन्दै पाठकले सेवाग्राहीसँग घुस मागेको उजुरीका आधारमा अख्तियारको टोलीले उनलाई समातेको थियो । पाठक पक्राउपछि अख्तियारले एक विज्ञप्ति जारी गर्दै रु तीन लाख घुससहित पाठकलाई रङ्गेहात समातेको भन्यो । तर, घटना त्यसो थिएन । घुस रकम भनिएको रु तीन लाख पाठकबाट बरामद नभएको रहस्य खुल्यो । अख्तियारले भनेजस्तो रङ्गेहात घुस रकमसहित पाठक पक्राउ परेनन् । जसका कारण यतिखेर
More

कांग्रेसभित्रका भ्रष्टाचारमा मुछिए नेतालाई कारवाही हुन्छ : नेता पौडेल

नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाली काङ्ग्रेस आबद्ध जुनसुकै तहका र जो सुकै नेताहरु पनि भ्रष्टाचारमा मुछिएको थाहा पाए कडा कारवाही गरिने बताउनुभएको छ । प्रेस युनियन उदयपुरले आज बिहान उदयपुर जिल्लाको सदरमुकाम गाईघाटस्थित नेपाली काङ्ग्रेस पार्टी कार्यालयमा आयोजना गरेको पत्रकार भेटघाटमा वरिष्ठ नेता पौडेलले सो धारणा राख्नुभएको हो । पार्टी कामको सिलसिलामा उदयपुर आइपुग्नु भएका नेता पौडेलले अहिले बालुवाटारको जग्गा काण्ड, एनसेलको काण्ड र वाइड वडी काण्डमा विभिन्न पार्टीका नेताहरुको नाम जोडिएको र त्यसमा नेपाली काङ्ग्रेसका पार्टी सभापति शेरबहादुर देउवाकोसमेत नाम जोडिएकोले यदि पुष्टि भए आफूहरु पार्टी सभापति देउवालाई समेत कारवाही गर्न तयार रहेको उल्लेख गर्नुभयो । उहाँले
More

शशिचन्द्र अधिकारीको एनआरएन अमेरिकाको आसन्न निर्वाचनमा बोर्ड अफ डाइरेक्टर पदमा उम्मेद्वारी

उच्च कार्य सम्पादन क्षमता भएका बलिया र सक्षम व्यक्तित्वमा रुपमा परिचित शशिचन्द्र अधिकारीले गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाको आसन्न निर्वाचनमा बोर्ड अफ डाइरेक्टर पदमा उम्मेद्वारी दिनु भएको छ । सबैभन्दा बलिया दावेदार अधिकारी कार्य सम्पादनमा उच्चतम क्षमता भएकाव्यक्तित्वका रुपमा स्थापित हुनुभएको छ । एनआरएनएमा उहाँले हासिल गर्नुभएको अनुभव र समाजसेवा प्रतिको लगावलाई अमेरिकास्थित प्रवासी नेपालीले सरहना गरेका छन् । युवा व्यवसायीका सोच तथा कार्ययोजनाले बोर्ड अफ डाइरेक्टर पदमा रहेर संस्थालाई अझ बढी चुस्त, दुरुस्त र सेवामुखी बनाउन सकिने उहाँको भनाइ छ । एनआरएनए अमेरिकालाई आगामी दिनमा सहयोगी भातृत्व प्रेमी अपनत्व संस्था बनाउन सक्षम, योग्य, ऊर्जाशिल, क्षमतावान र अनुभवी व्यक्तित्वको खाँचो
More

काठमाडौंमै भित्रियो हैजा !

काठमाडौँ। काठमाडौँको टेकूस्थित इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले त्यहाँ भर्ना भएका विरामीमा हैजाको कीटाणु देखिएको प्रतिवेदन सार्वजनिक गरेको छ । उक्त अस्पतालका अनुसार बिरामीको दिसाको नमुना संकलन गरि शुक्रराज ट्रपिकल तथा सरुवा रोग आस्पताल, टेकुको आफ्नै प्रयोगशाला र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकु दुवैमा परीक्षण गर्दा यही बैशाख २२ गते हैजा प्रमाणित भएको देखिएको हो । अस्पताल र प्रयोगशालाको एउटा टीम हैजा प्रमाणित भएका बिरामीको घर गई निरिक्षण गर्दा भने बिरामीको स्थिती सामान्य रहेको देखिएको र परिवारका अन्य सदस्यमा झाडापखाला देखिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । यस्तै ती बिरामीमा हैजा देखिएको प्रमाणित भएपछि उनको
More

कांग्रेसको देशव्यापी जागरण अभियान बागलुङमा पनि शुरु

बागलुङ, २६ वैशाख – देशव्यापी अभियानको थालनी भएकै दिन कांग्रेसले बागलुङमा पनि एक महिने लामो जागरण अभियान थालनी गरेको छ । उद्योग बाणिज्य संघमा आयोजित एक कार्यक्रममा केन्द्रीय सदस्य तथा पूर्व मन्त्री शंकर भण्डारीले अभियानको औपचारिक उद्घाटन गरे । कार्यक्रमको उद्घाटन गर्दै नेता भण्डारीले नेपालमा दुइ तिहाईको नाउँमा निरंकुशता मौलाएको आरोप लगाए । भण्डारीले कम्युनिष्टपार्टीले दुइ तिहाई ल्याएर सरकार गठन गरेपछि नेपाली जनताले दुःख पाउन थालेकोले आरोप समेत लगाए । आर्थिक समृद्धिको नारा लगाएपनि सरकार भ्रष्ट्राचारको दलदलमा फसेको उनको टिप्पणी छ । सत्ताबाटै देश र जनतामाथि लुट मच्चिएको, शान्ति सुरक्षा खस्केको र निरंकुशता लाद्न खोजिएकोले कांग्रेसले आफ्नो जागरण अभियान देशव्यापी
More

राजापासँग एकताको पहल गर्ने समाजवादी पार्टीको निर्णय

काठमाडौं । तत्कालीन संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टीबीच भएको एकतापछि जन्मिएको नयाँ पार्टी समाजवादी पार्टीले राष्ट्रिय जनता पार्टी (राजापा)सँग एकता प्रयास जारी राख्ने निर्णय गरेको छ । पार्टी एकतापछि बिहीबार पहिलो पटक बसेको समाजवादी पार्टीको पदाधिकारी बैठकले राजापासँगको एकता प्रयासलाई अगाडि बढाउने निर्णय गरेको हो । संघीय समाजवादी र राजपाबीच पार्टी एकीकरणका लागि पत्राचार भइरहेका बेला फोरम र नयाँ शक्तिबीच एक्ता भएपछि राजपासँगको एकता प्रयास अवरोध भएको थियो । बिहीबार समाजवादीले राजापासँगको एकताका लागि सबै ढोका खुल्ला राख्ने निर्णय गरेपछि यो प्रयासले फेरि गति लिने अनुमान गरिएको छ । यद्यपी राजपाले भने यो विषयमा केही प्रतिक्रिया दिएको छैन
More

मोटरसाइकल र ट्रयाक्टर ठोक्किँदा एक युवकको मृत्यु

बेझाड । पाल्पाको रामपुरमा मोटरसाइकल र ट्रयाक्टर एकापसमा ठोक्किँदा आज एक युवकको मृत्यु भएको छ । रामपुर नगरपालिका–६ नयाँ बजारबाट विजयपुर बजारतर्फ आउँदै गरेको बा४५प ८३६८ नं को मोटरसाइकल र किसानबारी बजारबाट विजयपुरतर्फ जाँदै गरेको लु३त ७९७२ नं को ट्रयाक्टर एकापसमा ठोक्किँदा मोटरसाइकलमा सवार रामपुर नगरपालिका–५ बाङ्गेपसलका १९ वर्षीय सञ्जु रानाको मृत्यु भएको हो । उनको उपचारका क्रममा रामपुर अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरीक्षक भूपालसिंह रानाले जानकारी दिए । मोटरसाइकलमा सवार १८ वर्षीय राहुल सुनारी घाइते भएका छन् । उनलाई उपचारका लागि सदरमुकाम तानसेन लगिएको छ । ट्रयाक्टर चालक प्रहरी नियन्त्रणमा छन् । डिसी नेपाल
More