Daily Archives 11th May 2019

नेपाल प्रहरीका दुई ब्यूरो स्थापना

काठमाडौँ–नेपाल प्रहरीको साइबर अनुसन्धान ब्यूरो भोटाहिटी र मानव बेचबिखन नियन्त्रण ब्यूरो बबरमहलमा स्थापना भएको छ । सामाजिक सञ्जालको प्रयोग बढेसँगै बढ्दो विद्युतीय अपराध र महिला तथा बालबालिका बेचबिखन बढेसँगै सरकारले आर्थिक वर्ष २०७५÷०७६ को बजेटमा साइबर अनुसन्धान ब्यूरो र मानव बेचबिखन नियन्त्रण ब्यूरो स्थापना गर्न बजेट विनियोजन गरेसँगै भोटाहिटी र बबरमहलमा ब्यूरो स्थापना भएको हो । गत वर्षको बजेट वक्तव्यमा दुई ब्यूरो स्थापना गर्न बजेट विनियोजन गरेसँगै प्रहरी प्रधान कार्यालयमा रहेका ब्यूरोले यही वैशाख २९ देखि भोटाहिटी र बबरमहलबाट सेवा प्रदान गर्न लागेका हुन् । हाल साइबर अनुसन्धान ब्यूरोमा ७० र मानव बेचबिखन नियन्त्रण ब्यूरोमा ६० दरबन्दी रहनेछ । साइबर
More

‘शताब्दी पुरुष झिकिदिनोस् भने, तर त्यही शौभाग्य भयो’

‘शताब्दी पुरुष’ भन्दा चित्त बुझेको थिएन सत्यमोहन जोशीलाई काठमाडौँ-उही पुरानै मयल रङको टोपी । दौरा सुरुवालमाथि कोट, सधैँ लगाउने जुत्ता । तर अघिपछिभन्दा अली हँसिलो मुहार लिएर वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी मञ्चमा आसिन हुनुभयो । उहाँको अनुहारमा चमक हुनुको एउटै कारण हो, एक सय वर्षको नजिकिँदो समय । आउँदो सोमबार १०० वर्षमा टेक्दै हुनुहुन्छ । उहाँ जति खुशी हुनुहुन्थ्यो त्योभन्दा खुशी उपस्थित दर्शक थिए । काठमाडौँको टङ्गालमा नइ प्रकाशनको सम्मान अर्पणमा सहभागी जोशीले शताब्दी पुरुष शब्दबारे मञ्चबाटै खुलेर मनको कुरा छताछुल्ल पार्नुभयो । उहाँ ९५ वर्षको हुँदैखेरि उक्त प्रकाशनका सदस्य सचिव नरेन्द्रराज प्रसार्इंले शताब्दी पुरुषको उपमा दिनुभएको थियो ।
More

कुखुरा बोक्ने गाडी दुर्घटना हुँदा एकको मृत्यु

रुकुमपश्चिम– रुकुम पश्चिमको मुसीकोट नगरपालिका– ६ भण्डारी काँडामा कुखुरा बोक्ने गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । रुकुम पूर्वको रुकुमकोटबाट रुकुम पश्चिमको मुसीकोटतर्फ आउँदै गरेको लु १ च ७५१४ नम्बरको गाडी आज अपरान्ह् करीब ४ बजेतिर दुर्घटना हुँदा त्रिवेणी गाउँपालिकाका अन्दाजी ४० वर्षीय लिलबहादुर बाँठाको मृत्यु भएको हो । दुर्घटनामा परी चालक रुकुम पूर्वको सिस्ने गाउँपालिका–२ प्वाङका तिलक खड्का घाइते भएका छन् । गाडी सडकबाट करीब डेढ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख, प्रहरी नायब उपरीक्षक सुमित खड्काले जानकारी दिए । घटनाको थप अनुसन्धान भइरहेको र थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ
More

काठमाडौंका एकतर्फी सडक दुईतर्फी बनाइँदै

काठमाडौं–बढ्दो सवारी चापका कारण राजधानीका अधिकांश स्थानमा लामो समय ट्राफिक जाम पर्छ । ‘पिक आवर’ मा जाम हुने मुख्य स्थानमा कति सवारी गुड्छन् भन्ने तथ्यांक थिएन । काठमाडौं महानगरपालिका सहरी योजना आयोगले अहिले ‘पिक आवर’मा गुड्ने सवारी संख्या पत्ता लगाएको छ । यातायात क्षेत्रका विज्ञसहितको टोलीले महानगरका कोटेश्वर, थापाथली र टुँडिखेलआसपासको सडकमा सवारी चापको तथ्यांक संकलन गरेको छ । आयोगको प्रतिवेदनअनुसार उपत्यकामा चारपांग्रे सवारीको तुलनामा तेब्बरभन्दा बढी दुईपांग्रे सवारी गुड्ने गरेका छन् । महानगरले फुटपाथ व्यवस्थापन र केही वानवे रोडलाई टुवे बनाउने तयारी थालेको छ । त्यस्तै दाहिने मोड्न नदिने, ट्राफिक आइल्यान्ड थपेर निगरानी बढाउनेलगायत विषयमा सरोकारवाला निकायसँग छलफल र समन्वयको तयारी पनि महानगरले गरेको छ ।
More

नेटवर्किङ व्यवसायमा संलग्न १२ भारतीय काठमाण्डौंमा पक्राउ

प्रहरीले अवैध नेटवर्किङ व्यवसायमा संलग्न भएको आशङ्कामा १२ भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ । दरबारमार्गस्थित होटल याक एण्ड यतिमा नेटवर्किक व्यवसायका विषयमा छलफल चलाइरहेका उनीहरुलाई नेपाल राष्ट्र बैंक, राजश्व अनुसन्धान विभाग र प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको संयुक्त टोलीले नियन्त्रणमा लिएको हो । नेटवर्किङ व्यवसायमा नेपाली ठगिने सम्भावना देखिएकाले भारतीय नागरिकलाई नियन्त्रणमा लिइएको र उनीहरुमाथि थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसरका प्रवक्ता होबिन्द्र बोगटीले जानकारी दिनुभयो । नेटवर्किङ व्यवसाय विस्तार गर्न लागेको भन्ने सूचनाका आधारमा प्रहरीले गए राति होटलमा छापा मारेको थियो । त्यस क्रममा पक्राउ परेका अभियुक्तलाई अहिले महानगरीय प्रहरी परिसरमा ल्याई अनुसन्धान प्रक्रिया चलिरहेको प्रहरीले जनाएको छ ।
More

‘भारतका विभाजनकारी प्रधानमन्त्री’

अमेरिकाबाट प्रकाशित हुने चर्चित म्यागजिन ‘टाइम’ले आफ्नो नयाँ अंकमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीमाथि आवरण कथा गरेको छ । म्यागजिनको आवरणमा नरेन्द्र मोदीको पेन्टिङ तस्वीर छ जसको छेउमा लेखिएको छ ,‘भारतका विभाजनकारी प्रधानमन्त्री’ । टाइम म्यागजिनले आवरण पृष्ठलाई ट्वीट गर्दै लेखेको छ ,‘टाइमको नयाँ अन्तराष्ट्रिय आवरणः के संसारको सबैभन्दा ठूलो लोकतन्त्रले मोदीको सरकारलाई आगामी पाँच वर्षसम्म थप झेल्न सक्ला ?’ म्यागजिन २० मेमा बजारमा आउनेछ । भारतमा मे १९ मा लोकसभा निर्वाचन अन्तर्गतको अन्तिम चरणको निर्वाचन हुनेछ । निर्वाचनको अन्तिम परिणाम मे २३ मा बाहिरिनेछ ।
More

प्रदीप र बेनिशाको माया प्रेम

बसन्त सापकोटाको शब्द, संगीत तथा स्वर रहेको नयाँ गीत सार्वजनिक भएको छ । सार्वजनिक ‘साईला माया नलाम भो’ बोलको गीतमा बसन्तसँगै बेनिशा पौडेलको पनि स्वर रहेको छ । बेनिशाले यस अघि ‘आँखैमा लगाउने गाजल’ सकियो बोलको गीत गाएकी थिइन् । यस गीतबाट आफू निकै आशावादी रहेको बसन्त सापकोटाले बताए । उनले भने, ‘मेरो धेरै गीतहरुलाई दर्शक(स्रोताले रुचाउनु भएको छ । यस गीतमा पनि मैले निकै मेहनत गरेको छु । आशा छ, यस गीतलाई पनि उहाँहरुले मन पराउनु हुन्छ ।’ त्यस्तै गायिका बेनिशा पनि यस गीतलाई लिएर निकै उत्साहित छिन् । शान थापाको निर्देशनमा बनेको भिडियोमा गायिका बेनिशा र प्रदीप बास्तोलाको
More

एक लाख अमेरिकी डलरसहित भारतीय महिला विमानस्थलबाट पक्राउ

काठमाडौं– प्रहरीले एक लाख अवैध अमेरिकी डलरसहित एक भारतीय महिलालाई विमानस्थलबाट पक्राउ गरेको छ । शुक्रबार नेपाल एयरलाइन्सको विमानबाट मुम्बई जान लागेकी भारतीय नागरिक बन्दना सोनी भनिने बन्दना घनश्याम सोनीलाई प्रहरीले पक्राउ गरेको हो । चेकजाँचको क्रममा उनको साथबाट अमेरिकी डलर १०० दरको एक हजार थान लैजान लागेको अवस्थामा बराम दगरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रवक्ता नारायण रञ्जितकारले जानकारी दिए ।
More

लुट्न सके लुट पछि पशुपतिको अर्को गीत ‘हजुर हाम्रै पाला’

चर्चित लोकदोहोरी गायक पशुपति शर्माको नयाँ गीत सार्बजनिक भएको छ । लुट्न सके लुटको विवाद पछि पशुपतिले धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण गरिरहेको ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ को बिषयलाई लिएर गीत बनाएका छन् । ‘हजुर हाम्रै पाला, जसरी नि बनाउँने हो क्रिकेट रङ्गशाला’ बोलको गीतलाई पशुपति शर्मा र देवी घर्ति मगरले स्वर दिएका छन् । पशुपति शर्माको शब्द संगीतमा तयार भएको उक्त गीतलाई दिवश हुमागाँई र नविन घर्ति मगरले सम्पादन गरेका हुन् भने शंकर बिसीले निर्देशन गरेका हुन् । गीतको भिडियोलाई धुर्मुस सुन्तली अफिसियल युट्युव च्यानलबाट सार्बजनिक गरिएको छ ।
More

जापानमा तीव्र गतिको रेल परिक्षण

जापानले व्यवसायी रुपमा प्रयोग हुने विश्वको सबैभन्दा तीव्र गतिको रेलको परिक्षण सुरु गरेको छ । रेल ४०० किमी प्रति घण्टासम्मको गतिमा कुद्न सक्छ । शुक्रबार रेलको तीन घण्टा लामो परिक्षण भयो । सन् २०३० मा व्यवसायिक प्रयोगमा ल्याईदाँ रेल ३६० किमी प्रतिघण्टाको गतिमा कुद्नेछ ।
More