Daily Archives 12th May 2019

इंग्लिस प्रिमियर लिग च्याम्पियन म्यान्चेस्टर सिटी

लन्डन — म्यान्चेस्टर सिटीले आइतबार इंग्लिस प्रिमियर लिग जितेको छ । डिफेन्डिङ च्याम्पियनका रूपमा पेप ग्वार्डिओलाको सिटीले उपाधि रक्षा गरेको हो । यसका लागि उसले ब्राइटन एन्ड होभलाई सजिलै ४–१ ले हरायो । लिगको अन्तिम निर्णय उपाधिको छिनोफानो भएको हो र यसक्रममा सिटीलाई लिभरपुललाई दोस्रो स्थानमा चित्त बुझाउन बाध्य पार्यो । लिभरपुलले भने उल्भ्सलाई २–० ले पराजित गर्यो । सिटीको ९२ अंक भयो भने लिभरपुल एक अंकको दूरीमा रह्यो । यस्तै चेल्सी तेस्रो र टोटनहम चौथो स्थानमा रह्यो । चेल्सीले लेस्टर सिटीसँग गोलरहित बराबरी खेल्यो भने टोटनहमले एभरटनसँग २–२ को बराबरी खेल्यो । अरू दुई महत्वपूर्ण खेलमा आर्सनलले बर्नलीलाई २–१
More

At least 300 Himalayan yaks starve to death in India

NEW DELHI, Indian officials Sunday said that at least 300 yaks starved to death in a remote Himalayan valley after a bout of unusually harsh winter weather. Officials in the northeastern state of Sikkim said they received the first distress call from around 50 people cut off in the remote Mukuthang Valley in December. Following very heavy snowfall the residents asked for help providing feed for their herd of around 1,500 yaks, a source of local milk, milk products, transportation and wool. “We made several attempts to reach them but couldn’t. No roads or air transport could reach there because
More

काङ्ग्रेस नैतिकवान् पार्टी हो: नेता पौडेल

काङ्ग्रेस नैतिकवान् र इमान्दारहरुको पार्टी भएको नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बताउनुभएको छ । सुनसरीको रामधुनी नगरपालिकामा पार्टीले शनिबार आयोजना गरेको जागरण अभियान कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले सो कुरा बताउनुभएको हो । उहाँले अहिलेसम्म भ्रष्टाचारका सबै काम कुरा कम्युनिष्टहरुको सरकार भएको बेलामा भएको दाबी गर्नुभयो । उहाँले काङ्ग्रेस नैतिकवान् र इमान्दारको पार्टी भएको भन्दै सबैलाई अन्य पार्टी छोडेर काङ्ग्रेसमा लाग्नका लागि आग्रह गर्नुभयो । वरिष्ठ नेता पौडेलले पार्टीमा कुनै गुट–उपगुट नरहेकाले त्यसमा प्रस्ट हुन आग्रह गर्नुभयो । नेता पौडेलले कार्यकर्तामा उत्प्रेरणाको कमी रहेकाले एकमहीने जागरण अभियानमा सम्पूर्ण कार्यकतालाई पार्टीप्रतिको इमान्दारिता बढाउने कार्यमा लाग्नसमेत आग्रह गर्नुभयो । कार्यक्रममा
More

उत्कृष्ट विश्वविद्यालयमा त्रिवि सूचीकृत

बेलायतस्थित ‘द टाइम्स् हाइयर एजुकेशन’ ले सार्वजनिक गरेको एशियाका उत्कृष्ट विश्वविद्यालयको स्तर निर्धारण सूचीमा नेपालको त्रिभुवन विश्वविद्यालय २५१ देखि ३०० औँ स्तरमा सूचीकृत भएको छ । सो संस्थाले विश्वविद्यालयका कूल शिक्षक सङ्ख्या, महिला शिक्षक सङ्ख्या, स्नातक र स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थी सङ्ख्या, महिला विद्यार्थीको सङ्ख्या, शिक्षक विद्यार्थी अनुपात, विश्वविद्यालयभित्र भएका अनुसन्धान, राष्ट्रिय अन्तर्राष्ट्रियस्तरमा प्रकाशित लेख, रचना, जर्नल, राष्ट्रिय अन्तर्राष्ट्रियस्तरमा प्रकाशित लेखमा गरिएका उद्धरणलगायत मुख्य सूचकलाई आधार मानी सो निर्धारण गरेको हो । सन् २०१९ का लागि उपलब्ध गराइएको तथ्याङ्कका आधारमा विश्वविद्यालयको मूल्याङ्कन गरिएको र त्रिभुवन विश्वविद्यालय पहिलो पटक एशियाका विश्वविद्यालयको स्तर निर्धारणका लागि सूचीकरण प्रक्रियामा भाग लिएको विश्वविद्यालयले जनाएको छ
More

लण्डनको ट्राफल्गर स्क्वायरमा बुद्ध जयन्ती भव्य (फोटो फिचर)

फोटो: एभ्रेष्ट गौतम लण्डन । बुद्ध फाउन्डेसन युके र कपिलबस्तु समाज युकेको आयोजनामा आइतबार लण्डनको ट्राफल्गर स्क्वायरमा ‘बुद्ध जयन्ती समारोह’को आयोजना गरिएको छ । वौद्धगुरु धरम गुरुङले बुद्ध पूजा गरेर सुरु भएको कार्यक्रममा विभिन्न सांस्कृति कार्यक्रमका साथै बुद्ध दर्शको महत्व र ऐतिहासिक पक्षबारे विचार विमर्श गरेका थिए । कार्यक्रममा बुद्ध फाउन्डेसनका अध्यक्ष दीपक श्रेष्ठ, बेलायतस्थित नेपाली दूतावासका राजदूत डा। दुर्गाबहादुर सुवेदी, कार्यक्रम संयोजक शिवजी श्रेष्ठ, रसमोर काउन्सिलमा मेयर पउल टेलर, ब्रिटिश संसद वीरेन्द्र शर्मा, बेलायतका लागि कुवेतका राजदूत खालिद अबुल्लाज अल दुवाइसन, एनआरएन युकेका अध्यक्ष, योग कुमार फगामी लगायतले बुद्ध दर्शनका बिभिन्न पक्षमा आआफ्ना भनाई राखेका थिए । नेपाली दूतावास
More

मिडल्याण्डमा नेप्लिज सेफ एशोसिएसनले भोलि भव्य कार्यक्रम गर्दै

लण्डन । धादिङको नीलकण्ठ नगरपालिका १४ स्थित धुवाँकोटमा रहेको तमैरातमाटे माध्यामिक विद्यालयमा पुस्तकालय स्थापना गर्न भोलि सोमवार भव्य च्यारिटी कार्यक्रमको आयोजना हुने भएको छ । संस्थापक अध्यक्ष कृष्ण तिमल्सिनाका अनुसार कार्यक्रममा वेलायतका बिभिन्न शहरबाट नेपालीहरुले सहभागी जनाउने भएका छन् । कार्यक्रमको सबै तयारी पूरा भएको उनले जानकारी दिए । नेप्लिज सेफ एशोसिएसन युकेको आयोजनामा मिडल्याण्डको ओल्डवरीस्थित द स्यामसन ब्यांकेटिङमा सो च्यारिटी कार्यक्रमको आयोजना गर्न लागिएको हो । भूकम्पले ध्वस्त बनेको सो विद्यालय यसअघि पुनर्निर्माण सम्पन्न भइसकेपनि बजेट अभावमा पुस्तकालय निर्माणको उद्देश्यले सो कार्यक्रम गर्न लागिएको  तिमल्सिनाले जनाए । भवन समेत बनिसकेर पनि रकम अभावले पुस्तकालय त्यसै अलपत्र रहेको पाइएपछि एशोसिएसनका
More

म्यानचेष्टर सिटी बन्यो च्याम्पियन

काठमाडौं– प्रिमियर लिगको उपाधि म्यानचेष्टर सिटीले जितेको छ। आइतबार सम्पन्न खेलमा ब्राइटनलाई ४–१ गोल अन्तरले पराजित गर्दै सिटीले उपाधिमाथि कब्जा जमाएको हो । च्याम्पियन बन्न सिटीका लागि सर्जियो अगुएरो, एन्टोनी लापोर्टे, रियाद महारेज र इकाए गुन्डागोनले एक–एक गोल गर्दा ब्राइटनका गेलेनले एक गोल गरे ।
More

को बन्छ करोडपतिमा राजीव जैनले जिते एक करोड

काठमाडौं– नेपाली संस्करण को बन्छ करोडपतिमा राजीव जैनले एक करोड जितेका छन् । मोरङ विराटनगरका जैनले कार्यक्रममा सोधिएको १५ वटै प्रश्नको सही जवाफ दिँदै एक करोड जितेका हुन् । शनिबारको एपिसोडमा उनले निरन्तर १३ प्रश्नको सही जवाफ दिँदै २५ लाख जित्दा निर्धारित समय सकिएको थियो । त्यसपछि आइतबार बाँकी २ वटा प्रश्नको पनि सही उत्तर दिए । अहिलेसम्म यो संस्करणको कार्यक्रममा यति धेरै प्रश्नको उत्तर मिलाउने जैन पहिलो भएको कार्यक्रम होस्ट नायक राजेश हमालले बताए ।
More

अप्रत्याशित हावाहुरीले फेवातालमा आयो छाल

पोखरा–पोखरामा आइतबार साँझ भीषण हावाहुरी आएको छ । हावाहुरीका कारण फेवातालमा अप्रत्याशित रुपमा छाल आएको छ । प्रत्यक्षदर्शीका अनुसार समुन्द्रको झल्को दिने गरी छाल आएको थियो । छालले फेवातालमा पार्किङ गरेर राखिएका करीब ५ दर्जनको हाराहारीमा डुंगाहरु डुबेको बताइएको छ । यद्यपी कुनै मानवीय क्षति भने भएको छैन । यसैबीच हावाहुरीका कारण तालबाराही दर्शन गर्न पुगेका पर्यटक एक घण्टासम्म मन्दिरमै रोकिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । उनीहरुलाई हावाहुरी कम भएपछि सशस्त्र प्रहरी र डुंगा चालकले उद्दार गरेका थिए ।
More

विद्यार्थी नेता नछाडिए त्रिवि सेवा आयोग विघटनका लागि आन्दोलन गर्ने चेतावनी

काठमाडौं । नयाँ शक्ति विद्यार्थी युनियनले पक्राउ परेका विद्यार्थी नेतालाई रिहाई नगरिए त्रिवि सेवा आयोगको खारेजीको लागि आन्दोलन गर्ने चेतावनी दिएको छ । संगठनका उपाध्यक्ष रुपनारायण श्रेष्ठले आइतबार एक विज्ञप्ति जारी गर्दै यस्तो चेतावनी दिएका हुन् । ‘अहिले मुलुकमा व्याप्त आसेपासे पुँजीवाद मौलाइरहेकाे र राज्यको संयन्त्रमा दलीय भागवण्डाबाट राम्रो र उत्कृष्ट मानव स्रोत व्यवस्थापनभन्दा पनि दल र कार्यकर्ता र आफन्तलाई सबैतिर नियुक्ति गर्दै जाँदा आम नागरिकप्रति घोर अन्याय भइरहेको छ,’ श्रेष्ठले भनेका छन् । विज्ञप्तिमा अगाडि भनिएको छ, ‘मुलुककै जेठो र महत्वपूर्ण विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयमा भर्खरै सार्वजनिक भएको कर्मचारि नियुक्तिको विषयले हाम्रो संगठनलाई गम्भीर बनाएको छ । राज्यको निकायहरुमा यसरी
More

एनआरएनको बालुवाटारको जग्गाबारे बोले अध्यक्ष र पूर्वअध्यक्ष, सरकारले फिर्ता लगे क्षतिपूर्ति दिनुपर्ने

सिड्नी– गैरआवासीय नेपाली संघ (एनआरएनए)का निवर्तमान अध्यक्ष शेष घलेले बालुवाटारमा रहेको एनआरएनको भवनमा रहेको जग्गा सबै कानुनी प्रक्रिया पूरा गरेर किनिएको बताएका छन् । उनले सरकारका सबै निकाय र वकिलहरुले ठीक छ भनेपछि जग्गा खरिद गरिएको स्पष्ट पारे । अष्ट्रेलियाको सिड्नीमा भएको ओसेनिया क्षेत्रको बैठकपछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले सबै प्रक्रियाबाट ठीक भएको प्रमाणित भएपछि अन्तिममा हस्ताक्षर गरेर बालुवाटारमा जग्गा किनिएको बताए । यस्तै एनआरएनएका अध्यक्ष भवन भट्टले बालुवाटारस्थित संघ कार्यालय रहेको जग्गा सरकारले फिर्ता लगेमा क्षतिपूर्ति दिनुपर्ने बताएका छन्। पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष भट्टले भने, ‘यदि सरकारले यो गलत काम भयो भन्छ भने त्यसमा हाम्रो जति खर्च भएको
More

युके पाउण्ड स्ट्रलिङको खरिददर १४५ रुपैयाँ १६ पैसा

आज एक अमेरिकी डलरको खरिद मूल्य १११ रुपैयाँ ५६ पैसा बिक्री मूल्य ११२ रुपैयाँ १६ पैसा रहेको छ । एक युरोको खरिददर १२५ रुपैयाँ २८ पैसा छ भने बिक्रिदर १२५ रुपैयाँ ९५ पैसा रहेको छ । एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४५ रुपैयाँ १६ पैसा र बिक्रिदर १४५ रुपैयाँ ९४ पैसा रहेको छ । यसैगरी जापानीज १० यनको खरिददर १० रुपैयाँ १६ पैसा छ भने बिक्रिदर १० रुपैयाँ २२ पैसा रहेको छ ।
More

आसफोर्डमा शान्ति निर्माण तथा सामुदायिक विकास विषयक अन्तरक्रिया

लण्डन– नेपालमा शान्ति स्थापनाका नाममा अझै पनि परिवर्तनका महत्वपूर्ण मुद्दाहरू थाती रहेको विश्लेषकहरूले बताएका छन् । संविधान निर्माणपछि ‘मुर्दा शान्ति’ कायम रहेको भन्दै जनस्तरमा व्याप्त असन्तुष्टि सम्बोधन नगरे मुलुकमा अझै अस्थिरता देखिनेतर्फ उनीहरूले चिन्ता समेत व्यक्त गरेका छन् । आसफोर्डमा शान्ति निर्माण तथा सामुदायिक विकास विषयक अन्तरक्रियामा बोेल्दै द्वन्द्व व्यवस्थापनविद् डा. धीरेन्द्र नाल्वोले नेपालको वर्तमान संविधानमा धैरे तप्काबाट अपनत्वबोध नभएकोले मुलुकमा जुनै बेला पनि द्वन्द्वको अर्को रूप देखा पर्न सक्नेतर्फ सचेत गराए । उनले विस्तृत शान्ति सम्झौतामा उल्लेख गरिएका धेरै बुँदाहरू सम्बोधन नभएकोले असन्तुष्टि व्यापक रहेको बताए । ‘विस्तृत शान्ति सम्झौतामा उल्लेख धेरै मुद्दाहरूबारे काम भएको छैन । सरोकारवालाहरू आन्दोलनमै
More

‘ओशो अचम्म जो मैले देखैं’ सार्वजनिक

बोधिसत्व स्वामी आनन्द अरुणको संस्मरणात्मक पुस्तक ‘ओशो अचम्म जो मैले देखैं’ सार्वजनिक भएको छ । शनीवार ओशो तपोवनमा आयोजित एक भव्य समारोहका बीच पुस्तक लोकार्पण गरिएको हो । नेपाली कांग्रेसका नेता तथा चिन्तक प्रदीप गिरि, नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ, प्राज्ञ तथा कलाकार नीर शाह, नागरिक अगुवा डा. सुन्दरमणी दीक्षित, घटना र विचारका प्रधान सम्पादक देव प्रकास त्रिपाठी, नागरिक दैनिकका प्रधान सम्पादक गुणराज लुईंटेल तथा पुस्तकका लेखक स्वामी आनन्द अरुणले संयुक्त रुपमा पुस्तक सार्वजनिक गर्नुभएको हो । अन्य पुस्तक विमोचन समारोह भन्दा पृथक रुपमा गरिएको कार्यव्रmममा पुस्तक विमोचन गर्नु अघि ५ मिनेटको ध्यान पनि गरिएको थियो । सार्वजनिक गरिएको सो कार्यव्रmममा
More

नयाँशक्तिका केन्द्रीय सदस्यसहित ४० नेकपामा प्रवेश

गोरखा : पूर्व नयाँशक्ति पार्टीका केन्द्रीय परिषद् सदस्यसहित ४० कार्यकर्ता नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् । केन्द्रीय परिषद् सदस्य दिनेश तमुसहित जिल्ला पार्टी सदस्य सुमेन्द्र श्रेष्ठ, नरेश नराल, रवि राना, धनबहादुर तामाङ, सनक उपकोटीलगायत नेता÷कार्यकर्ता पार्टी परित्याग गरी शनिबार नेकपामा प्रवेश गरेका हुन् । देशमा राजनीतिक क्रान्ति सफल भइसकेपछि पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले नेतृत्व गरेको नयाँशक्ति पार्टीले देशको आर्थिक सामाजिक क्रान्तिको नेतृत्व गर्लाभन्दा झन् स्खलित हँुदै गएकोले पार्टी परित्यागको घोषणा गरेको उनीहरूले बताएका छन्् । पार्टी परित्याग गरी नेकपामा प्रवेश गर्नेहरूमा जङ्ग गुरुङ, प्रकाश कुँवर, नारान पुलामी, नरेश बराम, लेसन तामाङ, अमर गुरुङ, राजकुमार गुरुङलगायत रहेको नेकपा
More

कुवेतमा काङ्ग्रेसको अन्तर्राष्ट्रिय जागरण अभियान

कुवेत । नेपाली काङ्ग्रेसको वैदेशिक भातृ संघगठन नेपाली जनसम्पर्क समिति कुवेतले अन्तर्राष्ट्रिय जागरण अभियान संचालन गर्ने भएको छ । शुक्रबार कुवेतस्थित फर्वा्निया पार्कमा समितिको मासिक बैठकमा सभापति कल्याण कुमार श्रेष्ठको सभापतित्वमा उक्त विषयमा छलफल गरी सो जागरण अभियान सञ्चालन गर्ने निर्णय गरेको हो । पार्टी केन्द्रिय कार्यालयको निर्देशनानुसार सो जागरण अभियान सञचालन गर्न लागिएको हो। स्वदेशसँगै विदेशका ३३ देशमा यो अभियानलाई यथासिघ्र सञ्चालनमा ल्याउन लागिएको छ। हिमाल, पहाड, तराईमधेस नेपाली काङ्ग्रेस राष्ट्रिय जागरण अभियान अन्तर्गत रहेर राष्ट्रिय राजनीतिका पछिल्ला सन्दर्भबारे पार्टीको धारणा सार्वजनिक गरिएको थियोे। नेपाली कांग्रेसले संचालन गरिरेको अन्तर्रा्ष्ट्रिय जागरण अभियानलाई सफल पार्नको लागि कुवेतमा रहनु भएका नेपाली काङ्ग्रेस
More

बागलुङमा साढे पाँच सय बेरोजगारको सूचीमा दर्ता

अधिकांश युवा वैदेशिक रोजगारीमा रहेको बागलुङको काठेखोला गाउँपालिकाका ५५० जना बेरोजगारको सूचीमा दर्ता भएका छन् । सरकारले सुरु गरेको बेरोजगारको तथ्याङ्क सङ्कलनको क्रममा गाउँपालिकाका ५५० ले बेरोगारको सूचीमा नाम दर्ता गराएका हुन् ।रोजगार संयोजक विष्णुदेवी गैरेका अनुसार सबैभन्दा बढी काठेखोला गाउँपालिका–८ लेखानीका २४५, काठेखोला गाउँपालिका–१ का १४, वडा नं २ भीमापोखराका ४५, वडा नं ३ धम्जाका १००, वडा नं ४ तग्रामका ४५, वडा नं ५ का ४१, वडा नं ६ का ३७ जनाले बेरोजगार भएको फाराम भरेका छन् । तथ्याङ्क सङ्कलन वैशाख मसान्तसम्म सञ्चालन हुने रोजगार संयोजक गैरेले बताउनुभयो । आ–आफ्नो वडा कार्यालयमा पुगेर फाराम भर्न सकिने उहाँको भनाइ थियो
More

यस्ता छन् एनआरएन ओसेनिया क्षेत्रीय बैठकका ९ निर्णय

सिड्नि–गैर आवासीय नेपाली संघ (एनआरएन) तेस्रो ओसेनिया क्षेत्रीय बैठक अस्ट्रेलियाको सिड्नीमा सम्पन्न भएको छ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालको प्रमुख अतिथ्यता र अस्ट्रेलियन सरकारका केद्रिय अध्यागमन मन्त्री डेभिड कोलमनको बिशेष उपस्तिथिमा सम्पन्न बैठकले विभिन्न ९ बुँदे निर्णय गरेको ओसिनिया क्षेत्रीय संयोजक धर्मराज अधिकारीले आइतबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । बैठकले सामुहिक लगानी फण्डमार्फत नेपालको जलविद्युतलगायतका परियोजनाहरुमा यस क्षेत्रबाट पनि सक्दो लगानी गर्ने प्रतिबद्धता गरिएको छ। यस्तै नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन विभिन्न प्रवर्द्धनात्मक कार्यक्रम संचालन गर्ने, महिला शशक्तिकरण अभियानको थालनी र महिला उद्यमशीलतालाई प्रोत्साहन गर्ने कार्ययोजना ल्याउने, विदेशमा रहेका नेपाली ज्ञाताहरुको सिप, ज्ञान र
More

विमानस्थलको मर्मत कार्यमा ठेकेदार कम्पनीको लापरबाही

काठमाडौँ – काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको मर्मत कार्यमा चिनियाँ ठेकेदार कम्पनीले चरम लापरबाही गरेको भेटिएको छ । एयरपोर्ट मर्मतको ठेक्का पाएको चाइना नेशनल एरो टेक्नोलोजी इन्टरनेशनल कर्पोरेसनले यसअघि नेपालसहित आठ राष्ट्रको एयरपोर्ट विस्तार मर्मत कार्य गरेको भए पनि नेपालको विमानस्थल मर्मतमा भने चरम लापरबाही गरेको देखिएको छ । एयरपोर्ट विस्तारको लागि चिनियाँ कम्पनीले काठमाडौँको कोटेश्वर तीनकुनेमा एयरपोर्टकै हाताभित्रकै जग्गामा बालुवा प्रशोधन प्लान्ट र अन्य निर्माण सामाग्री समेत राखेका छन् । यो समाचार आजको आर्थिक राष्ट्रिय दैनिकमा छ ।
More

बालुवाटार जग्गा प्रकरण : दुई मन्त्री र सचिव जोडिए

काठमाडौँ — बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिका नाममा दर्ता गर्ने क्रममा उच्च पदस्थ सरकारी अधिकारीहरू नै नक्कली मोही र किर्ते कागजात बनाउने क्रममा संलग्न रहेको भेटिएको छ । उनीहरूले मोही नै नलाग्ने जग्गामा मोही खडा गरेको र सरकारी हुनुपर्ने बाँकी जग्गासमेत व्यक्तिका नाममा दर्ता गरेको पाइएको हो । ‘जसले आफू मोही हुँ भनेर दाबी गरेका छन्, तिनकै वैधतामाथि प्रश्न उठेका बेला अरू नक्कली मोही खडा भए,’ डिल्लीबजार मालपोत कार्यालय स्रोतले भन्यो, ‘मोहीलाई दिएर बाँकी हुनुपर्ने सरकारी जग्गा समेत भूमाफिया भनी किटान गरिएका शोभाकान्त ढकाल र रामकुमार सुवेदीले आफ्नो र परिवारको नाममा दर्ता गराएका हुन् ।’ २०६६ चैत २९ गते
More