Daily Archives 15th May 2019

माछा मार्न जाँदा भेटिएको थियो मदन भण्डारीको शव, यस्तो आशमा दिए थापा

दुई हजार पचास साल जेठ ४ गते । चितवनको चर्को घाम । विहानको करीब ११ बजेको समयमा गाँजीपुरसँग जोडिएको नारायणी नदीमा माछा मार्न ४ जनाको समूहमा साथीहरुसँग गएका थियौँ । नदीमा माछा मारेर नै हामीहरुको जीवन धान्नुपथ्र्याे । त्यसबेला नारायणीमा एकदमै धेरै माछा पाइन्थ्यो । छप्की जालमा माछा पर्दै थियो । म अरु साथीभन्दा अघि थिएँ । जाल हान्दै जति अघिअघि जान्थेँ त्यति नै धेरै काभ्रे माछा पर्दैथियो । मेरा आँखा दुई चट्टानका बीचमा एउटा मुढाजस्तो देखिने वस्तुमा प¥यो । मलाई लाश हो कि भन्ने लाग्यो । साथीहरुलाई लाश देखेको खबर गरँे । लाशको नजिकै पुगेँ । घोप्टो अवस्थामा लाश
More

उकालो लाग्दै नेपालको शेयर बजार

काठमाडौँ–मङ्गलबार दोहोरो अङ्कले वृद्धि भएको शेयर बजार बुधबार पनि उकालो लाग्नेक्रम जारी रह्यो । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से ५.५५ बिन्दुले बढेर एक हजार ३२१ बिन्दुमा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर मापन गर्ने सेन्सेटिभ परिसूचक २.१५ बिन्दुले बढेर २८२.२५ बिन्दुमा पुगेको छ । स्टकका अनुसार आज १७२ कम्पनीका ४० लाख ४३ हजार १५७ कित्ता शेयर रु एक अर्ब ३३ करोड तीन लाख १४ हजार २४७ मा खरिद बिक्री भए । कारोवार भएका १२ उपसमूहमध्ये छ उपसमूहको शेयर बढे भने छ उपसमूहको शेयर घटे । बैंकिङ ९.८६, व्यापार १०.५६, विकास बैंक २५.९९, वित्त १.९५, अन्य ८.१२, लघुवित्त
More

ओलीले अझै गल्ती स्वीकारेनन्, मैले असंसदीय शब्द प्रयोग गरेको थिइनँ

काठमाडौँ–प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्मा आफूले गैह्रसंसदीय शब्द प्रयोग नगरेको बरु अरुले प्रयोग गरेका उत्ताउला, अमर्यादित र असंसदीय शब्द सभामुखले अभिलेखबाट हटाउनुभएको बताउनुभएको छ । भियतनाम र कम्बोडियाको एक साताको औपचारिक भ्रमण पूरा गरी आज स्वदेश फर्केपछि आयोजित पत्रकार भेटघाटमा एक प्रश्नको उत्तर दिँदै उहाँले संसद् मर्यादित थलो भएकाले यसको मर्यादा राख्नुपर्छ भन्नेमा आफू स्पष्ट रहेको जनाउँदै भन्नुभयो, “विगतमा सामन्ती संस्था हुँदा त्यसको मर्यादा राख्नुपर्छ, त्यसको मर्यादा राख्नुपर्छ भन्नेहरु अहिले गणतन्त्रका आधारभूत संस्था र राज्यका सर्वोच्च निकायमाथि अपमान हुँदा चुप लागेका छन् । मुलुकको सर्वोच्च संस्थालाई अपमान गरेर बहादुरी ठान्ने प्रवृत्ति गणतन्त्रमाथिको हमला हो । यो अनाहक र अनुचित ढङ्गले
More

बजेट समाजवाद उन्मुख हुन्छ : नेता श्रेष्ठ

गोरखा। नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जेठ १५ गते घोषणा हुने आगामि आर्थिक बर्षको बजेट सामाजवाद उन्मुख हुने बताएका छन् । प्रेस संगठन गोरखाले आयोजना गरेको पत्रकार सम्मेलनमा पत्रकारहरुसँग कुरा गर्दै नेता श्रेष्ठले भने “गएको एक वर्षलाई समृद्धिको आधारवर्षमा रुपमा लिएका थियौं त्यो सफल भयो । अव आउने बजेट समाजवाद उन्मुख समृद्धि तिर अघि बढ्छ , चुनावी घोषणापत्र अनुसार जेष्ठ नागरिकहरुले पाउने सामाजिक सुरक्षा भत्ता वृद्धि हुन्छ । ” जिल्ला कमिटिका एकीकृत सदस्यहरुको औपचारिक सपथ ग्रहण गर्ने कार्यक्रममा गोरखा आएका नेता श्रेष्ठले प्रधानमन्त्री विदेशबाट फर्के लगतै बजेटका विषयमा वृहत छलफल हुने बताए । बजेटका सैद्धान्तिक पक्ष उत्पादन वृद्धि, समानुपातिक,
More

काठमाडाैंमा २० वर्षीया युवतीमाथि एसिड प्रहार

काठमाडौं– अज्ञात व्यक्तिले काठमाडौंको कालोपुलमा एक युवतीमाथि एसिड प्रहार गरेका छन् । २० वर्षीय ती युवतीमाथि अपरिचित व्यक्तिले एसिड कालोपुलमा एसिड छ्यापरे भागेको प्रहरीले बताएको छ । एसिड लागेर युवती चिच्याउन थालेपछि वरीपरिका स्थानीयले उद्दार गरेर अस्पताल पठाएका थिए । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले युवतीको ओम अस्पतालमा उपचार भइरहेको जानकारी दिँदै एसिड प्रहार गर्नेको खोजीकार्य भइरहेको जानकारी दिए । उनका अनुसार युवतीको शरीरका विभिन्न भाग एसिडले जलेको छ ।
More

सांसदले मागे १०–१० करोड

काठमाडाैं-स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको रकम चार करोडबाट १० करोड पुर्‍याउन सांसदहरूले लबिङ बढाएका छन् । कार्यक्रमको रकम वृद्धि गर्न सांसदहरूले सभामुखदेखि सत्तापक्षका संसदीय दलका उपनेता, अर्थमन्त्रीसम्मलाई दबाब दिइरहेका छन् । प्रत्येक निर्वाचन क्षेत्रमा यो कार्यक्रममार्फत चार करोड रुपैयाँ दिइँदै आएको थियो । स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमलाई लिएर सांसदहरू तीन धारमा विभाजित देखिएका छन् । अधिकांश सांसदले कार्यक्रमको रकम बढाएर १० करोड बनाउन माग गरिरहँदा केहीले भने यो कार्यक्रम हटाउनुपर्ने बताएका छन् । अर्काथरी सांसदले भने प्रत्यक्ष निर्वाचित, समानुपातिक र राष्ट्रिय सभाका सांसदबीच विभेद गरिएको भन्दै कार्यविधि सच्याउन माग गरेका छन् । समानुपातिक र राष्ट्रिय सभाका सांसदहरूले आफूहरूलाई ‘अंगीकृत सांसद’को व्यवहार गरिएको आरोप लगाएका छन् ।
More

राजनारायण पाठक ७८ लाख धरौटीमा छुटे

काठमाडौं– घुस प्रकरण परेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालिन आयुक्त राजनारायण पाठक धरौटीमा रिहा भएका छन्। बुधबार विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी सदस्यद्धय द्वारिकामान जोशी र प्रमोदकुमार श्रेष्ठ वैद्यको इजलासले ७८ लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो। विशेष अदालतको आदेश लगत्तै पाठकले नेपाल बंगलादेश बैंकमा बैंक ग्यारेन्टी बुझाएर रिहा भएका हुन्।
More

मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डेलाई थप जिम्मेवारी

मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डेलाई थप जिम्मेवारी दिइएको छ । उनलाई ब्रुनाइ दारुसलामका लागि गैरआवासिय राजदूतको पनि जिम्मेवारी दिइएको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले पाण्डेलाई नेपालको संविधाको धारा २८२ को उपधारा १ बमोजिम मन्त्रिपरिषदको सिफारिसमा ब्रुनाइको गैरआवासिय राजदूत पदमा नियुक्त गरेकी हुन् ।
More

गलत रगत चढाएर निधन भएकी बालिकाका बुवा भन्छन्: ‘न्याय माग्दा नालामा फालिदिन्छु भन्ने धम्की दिए, प्रहरी उजुरी लिन मान्दैन्’

काठमाडौं । यही वैशाख २३ गते गलत रगत दिएका कारण ज्यान गुमाएकी सर्लाही गौरैता नगरपालिका वडा नम्बर १०– सिसौटियाकी ५ वर्षीया बालिका आकृतिकुमारी साहका बुवा रामप्रवेश साहले चिकित्सकको लापरवाहीको कारण छोरीको ज्यान गएको भन्दै यसबारेमा छानबिन गरि सरकारले न्याय दिलाउनुपर्ने माग गरेका छन् । बुधबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उनले यस्तो माग गरेका हुन् । आफूहरु न्यायको लागि विभिन्न ठाउँमा भौतारिँदापनि कतैबाट उचित न्याय नपाएको उनले गुनासो पोखे । उनले भने,‘हामी दिनहुँ न्याय खोज्दै विभिन्न सरकारी निकायहरुमा धाइरहेका छौं । तर, न्याय पाएका छैनौं । यसले हामीलाई अझै पीडा दिएको छ।’ शल्यक्रिया गर्नुपुर्व विरामीको दुवै मृगौला ठीक रहेको
More

कस्तो आउनुपर्छ बजेट ?

काठमाडौं । अर्थविद्हरुले संघीयता बलियो बनाउने खालको बजेट ल्याउनुपर्नेमा जोड दिएका छन् । बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको बजेटविशेष साक्षात्कारमा बोल्दै पूर्व मुख्य सचिव डा। विमल कोइरालाले कर्मकाण्डी र अग्ला अग्ला प्रतिज्ञा गर्ने खालको बजेट ल्याउन नहुने स्पष्ट पारे । साक्षात्कारमा बोल्दै कोइरालाले भने, ‘यसअघिका बजेटहरु प्रचारबाजी र प्रियतावादका लोभले गाँजेको थियो । पूरा नहुने कुरा धेरै हुन्थे । बजेटको पुस्तिका फोहोर भयो ।’ संघीयताको आभास नहुने बजेट ल्याउन नहुने उनको सुझाव छ । सरकारले जनतासामू देखाएको आशा पूरा गर्नुपर्नेपनि उनको भनाई छ । उनले भने,‘हाम्रो स्रोतको आयतन साँघुरो छ । सरकारले अब प्राथमिकताहरु तोक्नुपर्छ । जनताका जीवनमा परिवर्तन
More

उद्योगमन्त्री मातृका यादवको कार्यकक्षमा तनाव

सरुवाको विषयलाई लिएर विवाद हुँदा उद्योगमन्त्री मातृका यादवको कार्यकक्षमा तनाव भएको छ । झण्डै हात हालाहालको अवस्था सिर्जना भएको छ । उद्योग विभागमा भएको सरुवाको विषयमा कर्मचारीहरुले मन्त्री यादवमाथि हापातकै प्रयास गरेका छन् । उनीहरुले शुरुमा निजी सचिव प्रेम आचार्यसँग विवाद गरेका थिए । नेपाली कांग्रेस निकट कर्मचारी संघका नेताहरुले अश्लिल गालि गर्दै हातपातमा उत्रिएका थिए ।
More

चीनको जङ्गलमा सोमबारदेखि शुरु भएको आगलागी रोकिएन

कुङ्मिङ । चीनको युनान प्रान्तमा गत सोमबारबाट जङ्गलमा शुरु भएको आगलागी अझै रोकिएको छैन । यो आगलागी नियन्त्रणको लागि अग्नी नियन्त्रकहरुले संघर्ष गरिरहेका जनाइएको छ । स्थानीय समयाअनुसार बुधबार बिहान ९ बजेबाट डढेलोको नियन्त्रणका लागि करिब २ हजार व्यक्ति र तीन ओटा हेलिकोप्टर परिचालन गरिएको छ । तर आगलागीको मात्रा घटेको छैन । कुङ्मिङ् प्रान्तमा अवस्थित जङ्गलमा आगो फैलिइरहेको र त्यसलाई कम गर्न नसकिएकोे आगलागी नियन्त्रण केन्द्रको प्रान्तीय विभागले जानकारी दिएको छ । आगोले के कति जङ्गल सखाप पा¥यो भन्ने बारेको समाचारको विस्तृत विवरण भने प्राप्त भएको छैन । आगोको लप्काले निकै परसम्म नै प्रभाव पारिरहेकोले नियन्त्रणका लागि प्रभावकारी पहल
More

बलात्कारको अभियोगमा तीन पक्राउ

एकैसाता तीन किशोरीलाई पटकपटक बलात्कार गरेको अभियोगमा महानगरीय प्रहरी परिसर भक्तपुरले तीन जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । पन्ध्र वर्षीया किशोरीलाई डर धम्की दिई पटकपटक बलात्कार गरेको अभियोगमा प्रहरीले सिरहा पदमपुर घर भई हाल भक्तपुर नगरपालिका–२ सल्लाघारी बस्ने १८ वर्षीय विजय भुजेललाई पक्राउ गरेको छ । गत वैशाख २८ गते सर्लाही हरिवन नगरपालिका–११ घर भई हाल सल्लाघारी बस्ने ती बालिकालाई पटकपटक बलात्कार गरेको अभियोगमा पीडित किशोरीकी आमाले जाहेरी दिएपछि पक्राउ गरेको प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक हिमालयकुमार श्रेष्ठले जानकारी दिनुभयो । त्यसैगरी सूर्यविनायक नगरपालिका–९ नङ्खेलको सिटी गाउँ होटलमा गत वैशाख २७ गते लगेर डर धम्की दिई १५ वर्षीया
More

एनआरएनलाई नेपालमा लगानी गर्न सहज, सरकारले ल्यायो एकल बिन्दु सेवा

काठमाडौं– लामो समयदेखि एनआरएन नेपालीले उठाउँदै आएको लगानीको सहज वातावरणको माग सरकारले सम्बोधन गरेको छ । एनआरएनसहित विदेशी तथा स्वदेशी लगानीकर्ताले लगानीको क्रममा अनपानुपर्ने विभिन्न कानुनी प्रक्रिया पूरा गर्ने क्रममा विभिन्न निकायको ढोका चाहनुपर्ने तर काम समयमै नहुने गरेको गुनासो गर्दै आएको थिए । यही अवस्थामा लगानीकर्ताले लगानीको सहज वातावरण बनाउन एकल विन्दु सेवाको माग गर्दै आएकोमा बल्ल उनीहरुको माग सम्बोधन भएको छ । सो सेवाको उद्घाटन उद्योग बाणिज्य तथा आपूर्तिमन्त्री मातृका प्रसाद यादवले बुधबार गरेका छन् । सोसँगै अब एकैठाउँबाट लगानीकर्ताले ढुक्क भएर लगानी गर्न सक्नेछन् । मन्त्री यादवले एकल विन्दुसेवाको शुरुसँगै एउटा उद्योग दर्ता गर्दा लगानीकर्ताले पाउनुपर्ने सास्तीको
More

कामीरिताले बनाए ‘नयाँ रेकर्ड’

काठमाडौं – कामीरिता शेर्पाले सर्वोच्च शिखर सगरमाथा आरोहण गरेर आफ्नै रेकर्ड तोडेका छन्। बुधबार बिहान ७ बजेर ५० मिनेटमा २३ औं पटक सरमाथाको सफल आरोहण गरेर उनले आफ्नै रेकर्ड तोडेर नयाँ कीर्तिमान कायम गरेका हुन्। उनको आरोहण कम्पनी सेभेन समिटका अनुसार शेर्पाले नेपाली मोहोडाबाट शिखर चुम्दै कीर्तिमान राखेका हुन्। सोलुखुम्बुको थामे गाउँमा जन्मेका उनले सन् १९९४ मा पहिलो पटक सगरमाथा आरोहण गरेका थिए। उनीसँगै निमा ओङ्दी शेर्पाले पनि सगरमाथाको सफल आरोहण गरेका छन्।
More

इटालीमा एक नेपाली युवकको निधन

स्पेन । रोजगारीका लागि इटाली गएका एक नेपाली युवकको निधन भएको छ। स्याङ्जा स्थायी घर भइ डेढ बर्षदेखि दक्षिण इटालीको फोज्जिया प्रान्तमा बस्दै आएका २९ वर्षीय शोभितबहादुर विश्वकर्माको क्यान्सर रोगको उपचारका क्रममा गत शुक्रबार निधन भएको हो। लगातार बान्ता भएपछि अस्पताल भर्ना भएका उनको उपचारका क्रममा क्यान्सर रोग देखिएको थियो । हाल मृतकको शव नेपाल पठाउने प्रक्रिया सुरु गरिएको स्विट्जरल्याण्डस्थित नेपाली दूतावासले जनाएको छ। स्वर्गिय विश्वकर्माको परिवारले शदगत नेपालमै गर्ने इच्छा देखाएपछि शव नेपाल पठाउने प्रक्रिया थालिएको दूतावासले जनाएको छ।
More

काङ्ग्रेसद्वारा संविधान प्रतिकूल हुने विधेयक फिर्ता गर्न माग

काठमाडौँ : प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले सरकारले संविधानको प्रावधान, व्यवस्था तथा भावनाको प्रतिकूल हुनेगरी केही विधेयकहरु संसद्मा दर्ता गरेको आरोप लगाउँदै त्यस्ता विधेयक फिर्ता लिन माग गरेको छ । काङ्ग्रेस संसदीय दलको आज बसेको बैठकले सरकारले संविधानको प्रतिकूल हुने गरी मन्त्रिपरिषद्ले निर्णय गरी विभिन्न विधेयकहरु सङ्घीय संसद्मा दर्ता गरेको भन्दै आपत्ति प्रकट गरेको हो । काङ्ग्रेस सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकले संविधानमा व्यवस्था भएको पूर्ण प्रेस स्वतन्त्रताको प्रतिकूल हुनेगरी सरकारले ‘नेपाल मिडिया काउन्सिलसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ संसद्मा दर्ता गरेको भन्दै उक्त विधेयकले प्रेस स्वतन्त्रतालाई कुण्ठित गर्ने आशय बोकेको निष्कर्ष निकालेको
More

५५ औ विद्यार्थी एकता दिवसमा संयुक्त अखिलको प्रभातफेरी

५५ औ विद्यार्थी एकता दिवसको सन्दर्भमा आज सत्तारूढ नेकपा निकट अनेरास्ववियु र अनेरास्ववियू (क्रान्तिकारी ) ले संयुक्त प्रभातफेरी आयोजना गरेका छन् । वि.स.२०२१ जेष्ठ १ गतेलाई विद्यार्थीहरुले विद्यार्थी आन्दोलनको एकता र विजयको उत्सवको दिनको रुपमा मनाउँदै आएका छन् । विहान भृकुटीमण्डपवाट शुरु भएको प्रभातफेरी तत्कालीन विद्यार्थी सहिद चिनियाँकाजी श्रेष्ठले सहादत प्राप्त गरेको भुगोलपार्कमा पुगेर समापन भएको थियोे। प्रभातफेरीमा विद्यार्थीहरुले संविधान प्रदत्त निशुल्क शिक्षा र सार्वजनिक शिक्षाको स्तरोन्नतिका पक्षमा नारा लगाएको अनेरास्ववियू (क्रान्तिकारी ) का उपाध्यक्ष सुरेन्द्र बस्नेतले जनाए । भुगोलपार्कमा आयोजित सभामा अनेरास्ववियूका पुर्व अध्यक्ष एवम् संस्थापक नेता विश्वकान्त मैनाली , अनेरास्ववियु अध्यक्ष नविना लामा र अनेरास्ववियू (क्रान्तिकारी ) का
More

एनआरएन युकेमा त्रिपक्षीय भिडन्त, मिडल्याण्डबासीको मन जित्ने प्रयास

लन्डन । सोमबार मिडल्याण्डमा धादिङको नीलकण्ठ नगरपालिका १४ स्थित धुवाँकोटमा रहेको तमैरातमाटे माध्यमिक विद्यालयमा पुस्तकालय स्थापनाको सहयोगार्थ एक च्यारिटी कार्यक्रमको आयोजना गरियो । च्यारिटी कार्यक्रममा अर्को रोचक पक्ष के रह्यो भने कार्यक्रम एकाएक एनआरएन चुनावमय बन्यो । नेपाली सेफ एसोसिएयन युकेको आयोजनामा गरिएको कार्यक्रम थियो त्यो । जहाँ उपस्थित गैरआवासीय नेपाली संघ (एनआरएन) युकेका पूर्वअध्यक्षहरुले आफ्नो मन्तव्यबाट मतदाताको मन जित्न समय खर्चिए । आगामी सेप्टेम्वर महिनाको दोस्रोसाता हुने निर्वाचनको लागि उपाध्यक्षत्रय पुनम गुरुङ शेर सुनार र प्रेम गाहा मगरले मन खोलेरै भोट मागे । पूर्व गोर्खा समेत रहेका मगरले आफूले युवाहरुको लागि काम गर्दै आएको बताउँदै विगत १६ वर्षदेखि गैरआवासीय
More

सुनको भाउ ४ सयले घट्यो

काठमाडौं–बुधबार छापावाल सुनको भाउ तोलामा ४ सयले गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा ६१ हजारमा कारोबार भएको सुनको भाउ घटेर बुधबार ६० हजार ६०० मा कारोबार भएको हो । यस्तै तेजावी सुन तोलामा ६० हजार ३०० मा कारोबार भइरहेको छ । यस्तै चाँदी आज तोलामा ७२५ मा कारोबार भइरहेको पनि महासंघले जनाएको छ ।
More