Daily Archives 18th May 2019

पौडी खेल्नेक्रममा डुबेर २ जनाको मृत्यु

रूपन्देहीको सैनामैनामा पौडी खेल्ने क्रममा डुबेर २ जनाको मृत्यु भएको छ । सैनामैना ३ मा पौडी खेल्ने क्रममा सैनामैना नगरपालिका ८ का डोलबहादुर खप्तरी मगरको सैनामैनामा काली रहमा डुबेर मृत्यु भएको हो । स्थानीय ईङ्गोरिया खोलामा डुबेर सैनामैना ८ का अन्दाजी १६ वर्षका आशिष न्यौपानेको मृत्यु भएको हो । ईलाका प्रहरी कार्यालय सालझण्डीका अनुसार मामाघर अाएका थिए
More

सीके राउतले घेरे मुख्यमन्त्री कार्यालय

जनकपुर । डा. सिके राउत नेतृत्वको जनमत पार्टीले प्रदेश नम्बर २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय घेराउ गरेको छ । प्रेस स्वतन्त्रता माथि अंकुश लगाउने गरी प्रदेश सरकारले ल्याएको प्रदेश सञ्चार विधेयकको विरोध गर्दै जनमत पार्टीले मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय घेराउ गरेको हो ।
More

गर्मीले गयो एकजनाको ज्यान

धर्म गर्न जाँदा मरण राजदेवी दर्शनका लागि आएका एकजना श्रद्धालुको मृत्यु भएको छ। सिरहाको लहान नगरपालिका–१५ ढोढनास्थित राजदेवी पञ्चावती मन्दिरमा मेला भर्न आएका श्रद्धालुको अत्याधिक गर्मीका कारण मृत्यु भएको हो। मृत्यु हुनेमा सिरहाकेा सुखीपुर नगरपालिका–२ चनरपट्टि गाउँका ४५ वर्षीय बालगोपाल यादव रहेको जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपी माधवराज खरेलले जनाए । खरेलका अनुसार मृत्यक यादव भिडभाड र गर्मीका कारण मुलगेटमै बेहोस भएको थियो। तत्कालै मेला समितिले प्राथमिक उपचार पछि थपउपचारकेा लागि लहान लागर्दैगर्दा बाटोमानै मृत्यु भएको जिल्ला प्रहरी सिरहालेजनाएकोहो।
More

प्रेस स्वतन्त्रता विरोधी कुनैपनि विद्येयक राष्ट्रियसभाबाट पारित हुन दिँदैनौं : शर्मा

– मिडिया काउन्सिलसम्बन्धी विद्येयकलगायतका अन्य अप्रजातान्त्रिक विद्येयक फिर्ता नलिए सशक्त आन्दोलन गर्छौं : केसी – संविधानविपरित र प्रेस स्वतन्त्रता विरोधी कुनैपनि विद्येयक राष्ट्रियसभाबाट पारित हुन दिँदैनौं : शर्मा – संसदको अबको अधिवेशनभित्र संविधान संशोधन नभए सरकारबाट बाहिरिन्छौं : राजेन्द्र श्रेष्ठ काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्व मन्त्री अर्जुननरसिंह केसीले मिडिया काउन्सिलसम्बन्धी विद्येयकलगायतका अन्य अप्रजातान्त्रिक विद्येयक फिर्ता नलिए त्यसका विरुद्धमा सडक र सदन दुवैबाट आफ्नो पार्टीले कडा आन्दोलन तथा संघर्ष गर्ने चेतावनी दिएका छन् । शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता केसीले आफूहरु लोकतान्त्रिक आधारभुत सिद्धान्तमा सम्झौता गर्ने पक्षमा नरहेको जिकिर गरे । उनले
More

‘जनताका लागि सरकारको वार्षिक बजेट’

मन्त्रीको जस्तै जनताको मुहारमा बजेटले खुशी कहिले ल्याउला? कल्याणकुमार गुरुङ । हरेक बर्षको संघीय बजेट जेठ १५ गते ल्याउनै पर्ने संवैधानिक प्राबधान अनुरुप आर्थिक बर्ष २०७६/७७ को बजेट जेष्ठ १५ गते संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत हुँदैछ। निकै तामझामका साथ रातो रिबनले सजाएर बाँधिएको ब्रिफकेश लिएर हँसिलो मुद्रामा अर्थमन्त्री संसदमा बजेट भाषणको लागि उपस्थित हुने नै छन्। अर्थ मन्त्रालयका कर्मचारीहरुले यो बजेट तयारीका लागि सात दिनदेखि सुतेकै छैनौँ भनि ठुलो स्वरमा भन्न पनि सक्दछन्। तर, नेपालको अहिलेसम्मको अनुभवमा बजेट प्रस्तुत गर्दा अर्थमन्त्री जति हँसिलो मुद्रामा देखिएपनि बजेट सुन्नेक्रममा क्रमशः आम नेपाली जनताको मुहार विश्मात र दुःखले मलिनो बनाउँदै लगेको छ।
More

दरबार हत्याकाण्डका प्रत्यक्षदर्शीको पुस्तक

काठमाडौं । १८ बर्षअघि भएको राजदरबार हत्याकाण्ड के थियो, कसरी भएको थियो ? यसबारे घट्नाका प्रत्यक्षदर्शी सैन्य अधिकारीले पहिलोपटक आफ्नो वृत्तान्त सार्वजनिक गर्न लागेका छन् । २०५८ जेठ १९ गते राती नारायणहिटीमा गोली चल्दाचल्दै छिर्ने पहिलो व्यक्ति थिए– तत्कालिन राजा वीरेन्द्रका प्रमुख शाही पाश्र्ववर्ती (एडिसी) सुन्दरप्रताप राना । उक्त हत्याकाण्ड र राजपरिवारसँग उनको सम्वन्धमा आधारित पुस्तक ‘दरबारको दुःखान्त’ यसै साता प्रकाशित हुँदैछ । तत्कालिन राजा, रानी र युवराजको एडिसीका रुपमा दरबारमा १७ बर्ष बिताउँदाका अन्य थुप्रै अनुद्घाटित घट्नाहरुका साक्षी पनि हुन् राना । त्यससम्वन्धी हालसम्म बाहिर नआएका निकै महत्वपूर्ण र रोचक प्रसंगहरु यो पुस्तकमा पढ्न पाइन्छ । ‘राजदरबारमा अकल्पनीय हत्याकाण्ड
More

कालोधनको सूचना दिन अस्वीकार

भारत सरकारले गोपनीयताको हवाला दिँदै स्वीट्जरल्याण्डको बैंकमा जम्मा भएका कालो धनबारे प्राप्त सूचना दिन अस्वीकार गरेको छ । सूचना अधिकार कानून (आरटीआई) अन्तर्गत सोधिएको प्रश्नमा भारतको अर्थ मन्त्रालयले भनेको छ, ‘चलिरहेको अनुसन्धान अन्तर्गत भारत र स्वीट्जरल्याण्ड मुद्दापिछे कालो धनबारे सूचना दिने गर्छ । यो एक निरन्तर चल्ने प्रक्रिया हो ।’ आरटीआई आवेदनमा सोधिएको प्रश्नको जवाफ दिँदै भनिएको छ, ‘स्वीट्जरल्याण्डले कालो धन मामिलामा जुन सूचना दिएको छ, त्यो गोपनीयता प्रावधान अन्तर्गत आउँछ ।’ स्वीट्जरल्याण्डका बैंकहरुमा विश्वभरका कम्पनी र धनाढ्यले कर छल्नको लागि पैसा लुकाउने अन्तराष्ट्रिय चलन रहदैं आएको छ । यस्तो अभ्यास निरुत्साहित गर्न भारत र स्वीट्जरल्याण्डले प्रशासनिक सहायतामा द्विपक्षीय सन्धिमा
More

बुद्ध जयन्तीको दिन पशु बध नगरिने

बुद्ध जयन्तीका दिन कुनैपनि पशुको बध नहुने भएको छ । २५६३ औँ बुद्ध जयन्तीको अवसरमा पशु कल्याण संघ नेपालले ललितपुर जिल्लाका मासु व्यवसायीहरुसँग अन्तक्रिया गरेको थियो । कार्यक्रममा राष्ट्रिय खड्गी समाज ललितपुरका अध्यक्ष अरोज कुमार खड्गीले सो घोषणा गरेका हुन् । गौतम बुद्धलाई अहिंसा, दया, करुणा तथा प्रेमको प्रतिकको रुपमा मानिने भएकाले उहाँको सम्मानमा कम्तिमा बुद्ध जयन्तीको दिन पशु बध नगर्ने निर्णय खड्गी समाजले गरेको हो, अध्यक्ष खड्गीले बताए । शुक्रबार ललितपुरको कुमारीपाटीमा भएको कार्यक्रममा पशु कल्याण संघ नेपालकी अध्यक्ष स्नेहा श्रेष्ठले नेपालमा पशु कल्याण स्थापनाका लागि हामी सबैले पशुहरुप्रति असल व्यवहार गर्नुपर्ने बताईन् । सबै प्राणीहरु समान हुने हुँदा
More

शिव परियारको “एक चुम्बन ‘मा स्वस्तिमा

चर्चित गायक शिव परियारको नया गीत “एक चुम्बन ‘को भिडियो सार्वजनिक गरिएको छ। डान्सिङ फ्लेवरको सार्वजनिक गीत “एक चुम्बन ‘लाई गायक शिव परियारले नै संगीत दिएका हुन् भने श्वेता मैनालीको शब्द रहेको छ । बिजेस्वर राज तन्डुकारको संगीत संयोजन रहेको छ । गीतको म्युजिक भिडियोमा चर्चित नायिका स्वस्तिमा खड्का र सुजन मार्पा तामाङको अभिनय रहेको छ । इन्डियन रियालिटी सो डान्स प्लसमा आफ्नो अमुक डान्स प्रदर्शन गरेर भारतीय र नेपाली दर्शकहरु माझ अत्यन्त चर्चामा रहेका डान्स प्लसका उप(बिजेता सुजन मार्पा तामाङले कोरियोग्राफी तथा निर्देशन गरेको “एक चुम्बन ‘गीतलाई म्युजिक भिडियो पनि गीत जस्तै निकै रमाइलो र फरक तरिकाले निर्माण गरिएको
More

डोरमेटमा भगवान शिव र गणेश, अमेजन वहिष्कार गरौं

अनलाइन सपिङ वेबसाइट अमेजनले हिन्दू देवी–देवताको फोटो भएको जुत्ता र ट्वाइलेट सिट–कभर बेचिरहेको छ । यसको भारतीय समाजिक संजालमा ठूलो विरोध भइरहेको छ । बिहीबार भारतीय सामाजिक संजाल प्रयोगकर्ता माझ ‘ह्यासट्यग बोयकट–अमेजन(अमेजन वहिष्कार गरौं)’ टे«ण्डमा रह्यो । अमेजनमा बेच्न राखिएका डोरमेटमा पनि भगवान शिव र गणेशको तस्विर देखिन्छ । यी तस्विर बाहिर आएपछि मानिसहरुले अमेजन एपलाई हटाउन थालेका छन् । मानिस एक अर्कोलाई अमेजनलाई बहिष्कार गर्न आह्वान गरिरहेको देखिन्छ ।
More