Daily Archives 22nd May 2019

प्रहरी सहायक निरीक्षकलाई आगो लगाउने व्यापारी पक्राउ

उद्योग वाणिज्य सङ्घ रत्ननगरका अध्यक्ष राजाराम रेग्मीलाई जिल्ला प्रहरी कार्यालय चितवनले पक्राउ गरेको छ । जेठ ३ गते पूर्वपश्चिम राजमार्गअन्तर्गत गोन्द्राङमा रहेको सडक बोर्डको कर सङ्कलन केन्द्रमा आगलागीमा संलग्न भएको भन्दै रेग्मीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दुर्गाराज रेग्मीले जनाकारी दिए । रेग्मीका अनुसार अध्यक्ष रेग्मीलाई अभद्र व्यवहारमा मुद्दा दर्ता गरिएको छ । रेग्मीसहित प्रदेशसभा सदस्य कृष्ण खनालको टोलीले सङ्कलन केन्द्रमा तोडफोडसहित आगजनी गरेका आरोपमा फरार रहेका रेग्मीलाई आज साँझ रत्ननगरबाट पक्राउ गरेको हो । उनीसँगै फरार रहेका अन्यको खोजीकार्य जारी रहेको रेग्मीले बताए । आगलोगीका क्रममा प्रहरी सहायक निरीक्षक कल्पना खड्का घाइते भई
More

शेयर बजार : सात अङ्कको वृद्धि

धितोपत्र बजारमा आज पनि शेयर कारोवार मापक नेप्से परिसूचक ७.४९ बिन्दुले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ७.४९ बिन्दुले बढेर एक हजार ३१९.६३ अङ्कमा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक १.३५ बिन्दुले बढेर २८१.२७ अङ्कमा पुगेको छ । नेप्सेका अनुसार आज कूल १७१ कम्पनीको ३४ लाख ३६ हजार ९३७ कित्ता शेयर रु ९६ करोड ६६ लाख ९३ हजार २४९ मूल्यमा खरीद बिक्री भए । स्टकका अनुसार आज कारोवार भएका कूल ११ उपसमूहमध्ये दुई उपसमूहको शेयर घटेका छन । उत्पादन ८४.५३ र सामूहिक लगानी कोष ०.२ बिन्दुले घटेको छ ।
More

उच्च अदालतका न्यायाधीश ढकालविरुद्ध सर्वोच्चमा रिट

सेवाग्राहीबाट घुस लिएको आरोप लागेका उच्च अदालत राजविराजका न्यायाधीश लेखनाथ ढकालविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ । न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले आज रिट दिवेदन दर्ता गर्न आदेश दिएपछि सो निवेदन दर्ता भएको हो । सेवाग्राहीबाट रु १८ लाख घुस लिएको अभियोगमा सार्वजनिक सरोकारको विषयअन्तगर्तत काभ्रेपलाञ्चोकका उमेश बानियाँले न्यायाधीश ढकालविरुद्ध सर्वोच्च अदालतमा यही जेठ ६ गते पेश गरेको रिट निवेदन सर्वोच्च प्रशासनले दर्ता गर्न अस्वीकार (दरपीठ) गरेको थियो । सो दरपीठविरुद्ध बानियाँले इजलासमा दर्ता गर्न निवेदन दिएपछि न्यायाधीश मल्लको इजलासले ठरपीठको आदेश बदर गरी निवेदन दर्ता गर्न आदेश दिएको हो । आदेशलगत्तै रिट निवेदन दर्ता भएको हो
More

काङ्ग्रेसद्वारा पाँचथर घटनाको छानबिन गर्न माग

प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले पाँचथरको मिक्लाजुङ गाउँपालिकाको आरुबोटेमा नौ जनाको साम्ूहिक हत्या भएको घटनाको गम्भीर छानविन गर्न सरकारसँग माग गरेको छ । काङ्ग्रेसले उक्त घटनालाई गम्भीरतापूर्वक लिँंदै घटनास्थलमा पार्टीका प्रतिनिधि पठाएको छ । काङ्ग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा, केन्द्रीय सदस्य भीष्मराज आङ्दम्बे र पार्टीको पाँचथर जिल्ला सभापति नरेन्द्र केरुङ लिम्बूलाई पाँचथरको मिक्लाजुङ पठाएको छ । पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले आज विज्ञप्तिमार्फत मृतकको आत्माको चिर शान्तिको कामना तथा शोकमग्न सिङ्गो गाउँप्रति पार्टीकोतर्फबाट समवेदना प्रकट गरेका छन् । नर्सको अनशनप्रति ध्यानाकर्षण यस्तै काङ्ग्रेसले पेशागत हकहित, सुरक्षा एवं न्यूनतम सेवा सुविधाको माग राखी गत वैशाख २७ गतेदेखि अनशनरत नर्सको माग हालसम्म
More

राहदानीसम्बन्धी विधेयक प्रतिनिधिसभामा फिर्ता

राष्ट्रपति कार्यालयले राहदानीसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक आज प्रतिनिधिसभामा फिर्ता पठाएको छ । विधेयकलाई नेपालको संविधानको धारा ११३ को उपधारा (३) बमोजिम पुनर्विचारका लागि आज राष्ट्रपति विद्यादेवी भण्डारीले फिर्ता पठाउनुभएको हो । सो विधेयक राष्ट्रपति भण्डारीसमक्ष प्रतिनिधिसभाका सभामुखबाट प्रमाणित भई नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरणका लागि पेश हुन आएको राष्ट्रपति कार्यालयका प्रवक्ता छवीन्द्र पराजुलीद्वारा आज राति जारी विज्ञप्तिमा भनिएको छ ।
More

वेलायतमा बाग्लुङे भेला २३ जुनमा

लण्डन । बाग्लुङ जिल्लाको बिभिन्न भागबाट आएर बेलायत बसोबास गर्दै आएका नेपालीहरुको एक भेला आयोजना गरिने भएको छ । बाग्लुङ समाज बेलायतको आयोजनामा आगामी जुन २३ तारिख, आइतवार फानवरोमा बाग्लुङेहरुको वार्षिक भेला गरिन लागिएको हो । संस्थामा महासचिव मित्र थापाका अनुसरा समाजको गत महिनामा बसेको बैठकमा विविध सांस्कृति कार्यक्रम सहितको बिषेश भेलाको आयोजना गर्ने निर्णय गरेको हो । कार्यक्रममा नेपाली कलासंस्कृति झल्किने नृत्य, नेपाली खाना, राफल ड्र लगायतको मुख्य आर्कषण हुने छ । समाजले भेलामा उपस्थित हुन वेलायतबासी बाग्लुङेहरुलाई आग्रह गरेको छ ।
More

लक्ष्य गुरुङ बार्नेट काउन्सिलको उपमेयर निर्वाचित

काउन्सिलर लक्ष्य बहादुर गुरुङ बार्नेट काउन्सिलको उपमेयर निर्वाचित भएका छन् । लन्डन बरो अफ बार्नेटको मंगलवार बसेको वार्षिक काउन्सिल बैठकले गुरुङलाई उपमेयर पदमा निर्विरोध निर्वाचित गरेको हो। सोहि बैठकले काउन्सिलर क्यारोलिन स्टकलाई मेयरको पदमा निर्वाचित गरेको थियो । यसै गरी कन्जरभेटिभ पार्टीबाट निर्वाचित काउन्सिलर डेनियल टोमस बार्नेट काउन्सिलका नयां नेता चुनिएका छन्। बार्नेट काउन्सिलले काउन्सिलरहरु मध्येबाट हरेक वर्ष नयां मेयर र उपमेयर चुन्ने गर्दछ । झन्डै चार लाख जनसंख्या भएको बार्नेट ब्रिटेनको सबैभन्दा बढी जनघनत्व भएको काउन्सिल पनि हो । उपमेयरमा निर्वाचित भए पछि गुरुङले सबैलाई धन्यवाद दिए। आफ्ना प्राथमिकताहरुबारे कुरा गर्दै उनले भने, “मेरो मुख्य प्राथमिकता नेपाली समुदाय र
More

खुश्वु ओली जाने भइन् अदालत

काठमाडौँ– मोडल तथा समाजसेवी खुश्बु ओलीले आफु र गोपाल कटुवालबीचको आर्थिक लेनदेन दुई बर्षअघि नै मिलिसकेको भन्दै अदालतको पछिल्लो फैसलाप्रति आश्चर्य व्यक्त गरेकी छन् । ओलीलाई जिल्ला अदालत काठमाडौले दोषी ठहर गर्दै ३ महिना कैद, ३ हजार जरिवानाको फैसला गरेको थियो । मंगलबार न्यायाधीश श्रीकृष्ण भट्टाईको इजलासले ओलीलाई ३ महिना कैद, ३ हजार जरिवाना र चेक वापतको रकम साँवा र ब्याजसहित तिर्नुपर्ने ठहर फैसला गरेको हो । ओलीले काटेको ३६ लाख रुपैयाँ बराबरको कुमारी बैंकको चेक बाउन्स भएको भन्दै सप्तरीका गोपाल कटुवालले एक बर्षअघि मुद्दा दायर गरेका थिए । तर, अदालतको फैसला आएको भोलिपल्ट खुश्वुले प्रेस रिलिज जारी गर्दै गोपाल
More

ताप्लेजुङ घटनामा काँग्रेसले खटायो प्रतिनिधि

काठमाडौँ– पाँचथर जिल्ला मिक्लाजुङ गाउँपालिका वडा नं. ३ आरुबोटेमा ९ जनाको सामुहिक हत्या भएको घटनालाई गम्भीरतापूर्वक लिंदै घटनाको गहिरो र गम्भीर छानविन गर्न सरकार समक्ष माग गरेको छ । घटना भएको दोस्रो दिन आफ्ना प्रतिनिधि घट्नास्थल पठाउदै काँग्रेसले गहिरो छानविन गर्न माग गरेको हो । यस्तै काँग्रेसले पार्टीका प्रतिनिधिहरु घटनास्थलमा समेत पठाएको छ । केन्द्रीय सदस्य भिष्मराज आङ्दम्वे, प्रवक्ता विश्वप्रकाश शर्मा र पाँचथर सभापति नरेन्द्र केरुङ लिम्बूलाई पार्टीको प्रतिनिधित्व गर्दै घटनास्थल पठाएको र उनीहरु बुधबारै घट्नास्थल पुगेको काँग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताएका छन् ।
More

प्रसुति गृह र वीर अस्पतालका भवन पुनर्निर्माण अन्तिम चरणमा

काठमाडौं । २०७२ साल वैशाखको भूकम्पबाट क्षति पुगेका थापाथलीस्थित परोपकार प्रसुति गृहको मुख्य भवन र वीर अस्पतालको एउटा भवनको पुनर्निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । अस्पताल प्रशासनहरुका अनुसार एक महिनाभित्रमा दुवै भवन सञ्चालनमा ल्याइनेछ । पुनर्निर्माण कार्यक्रम अन्तर्गत जापान सरकारको आर्थिक सहयोगमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमार्फत् पुनर्निर्माण गरिएको हो । प्रसुति गृहको अत्याधुनिक मुख्य भवनमा १९२ वटा शैया छन् । प्रसुति गृहको भवनमा इमरजेन्सी डेलिभरी रुम, बर्थिङ सेन्टर, पोष्ट अप्रेसन वार्ड लगायतका सेवा हुनेछन् । प्रसुति गृहका प्रशासक रानु थापाले भवन पुनर्निर्माण कार्य करिब सकिएको भन्दै आन्तरिक रुपमा संरचना मिलाउने कार्य भइरहेको बताउनुभयो । वीर अस्पतालको भवनमा भने ९४
More