Daily Archives 23rd May 2019

चुनाव जितेपछि ओलीले गरे मोदीलाई फोन

काठमाडौैं –प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई लोकसभा निर्वाचनमा बिजय हासिल गरेकोमा बधाइ तथा शुभकामना व्यक्त गरेका छन् । आज अपरान्ह साढे बजे प्रधानमन्त्री ओलीले प्रधानमन्त्री मोदीलाई टेलिफोन गरी प्रधानमन्त्रीका रुपमा आगामी कार्यकालको सफलताको शुभकामना पनि व्यक्त गरेका छन् । टेलिफोन संवादका क्रममा आगामी दिनमा दुई देशको सम्बन्ध अझ समुधुर हुंदै जाने विश्वास दुवै प्रधानमन्त्रीहरुले व्यक्त गरेका छन् ।
More

निधि कार्यवाहक सभापति चयन

काठमाडौं–नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले उपसभापति विमलेन्द्र निधिलाई पार्टीको कार्यवाहक सभापतिको जिम्मेवारी दिएका छन् । सभापति देउवा विदेश प्रस्थान गरेकाले निधिलाई कार्यवाहक सभापति तोकिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । नेपाली काङ्ग्रेसको विधान, २०१७ (संशोधनसहित) को धारा २५ को उपधारा ९१३०को व्यवस्थाअनुसार निधिलाई कार्यवाहक सभापति तोकिएको हो । सभापति देउवा उपचारका लागि बुधबार सिङ्गापुर प्रस्थान गरेका छन् । उनी आगामी सोमबार स्वदेश फर्किनेछन् ।
More

लोकसभा निर्वाचनः अहिलेसम्म कसको कति सिट ? (update)

नयाँ दिल्ली–भारतीय लोक सभाको निर्वाचनको बिहीबार राती अबेरसम्मको निर्वाचन परिणाम अनुसार भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको गठबन्धनलाई अत्यधिक बहुमत आउने देखिएको छ । पछिल्लो परिणाम अनुसार सत्ताधारी भाजपाले जम्मा १७९ स्थानमा विजय हासिल गरेको छ भने प्रमुख प्रतिपक्षी दल भारतीय कङ्ग्रेसले ३९ स्थानमा बिजय हासिल गरेको छ । भाजपाले अन्य १६९ स्थानमा अग्रता कायम राखेको छ भने कङ्ग्रेसको ४८ स्थानमा अग्रता रहेको छ । यस्तै बहुजन समाज पार्टी र समाजवादी पार्टीको गठबन्धनले ८ स्थानमा जित र ८ स्थानमै अग्रता बनाएको छ । इन्डिया त्रिनामुल कङ्ग्रेसले ८ स्थानमा विजयी बनेको छ भने १४ स्थानमा अग्रता कायम गरेको छ । एजेएसयू पार्टीले
More

पाँचथर सामूहिक हत्याको थप प्रमाण भेटियो

पाँचथर–प्रहरीले पाँचथरको मिक्लाजुङ गाँउपालिका–३ आरुबोटेमा सोमबार राति भएको सामूहिक हत्याको घटनाका थप प्रमाण फेला पारेको छ । उक्त घटनाका मुख्य अभियुक्त ठह¥याइएका सोही गाँउपालिका–७ लुमाङ्दिनका मानबहादुर माखिमको परिवार तथा सामूहिक हत्या गरिएका अवस्थाका आधारमा थप प्रमाण फेला परेका हुन् । जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक अनिलकुमार पौडेलका अनुसार माखिमले विगत करीब दुई वर्षदेखि मानसिक रोगविरुद्धको औषधि सेवन गर्दै आएका थिए । प्रहरीले उनको घरबाट केही औषधि र औषधिका खोल फेला पारेको छ । उनी मानसिक रुपमा असन्तुलित भएकै कारण सामूहिक हत्या गरेको स्थानीयले समेत आशङ्का गर्दै आएका थिए । यस्तै घटना भएको बिहान ३ः०९ बजे माखिमले भतिजो पर्ने नेलकल
More

मागेजति दाइजो नपाउँदा हत्या

बाँकेमा मागे जति दाइजो नदिएको निहुँमा जानकी गाउँपालिका–३, इन्द्रपुरकी २१ वर्षीया नीरा कुर्मीको हत्या भएको बताइएको छ । गत वर्षको वैशाखमा डुडुवा गाउँपालिका–३, वनकट्टीका २२ वर्षीय राममनोहर कुर्मीसँग विवाह भएको नीराको माइती पक्षले हत्या भएको दाबी गरेको छ । नेपालगञ्जमा आज माइती पक्षले पत्रकार सम्मेलन गरी विवाहपछि राममनोहरले दाइजो नदिएको भन्दै पटकपटक कुटपिट गर्ने गरेको र दाइजो नपाएकै कारण हत्या भएको दाबी गरेको छ । नीराका बुबा राधेश्याम कुर्मीका अनुसार दाइजो नल्याएको भन्दै राममनोहर र उनका परिवारले पटकपटक कुटपिट गर्दै आएको नीराले माइतीमा बताउँदै आएकी थिइन् । मरणासन्न हुने गरी कुटपिट भएपछि गत माघ १ गते भेरी अस्पतालमा भर्नासमेत भएकी
More

वृद्धको घाँटी काटिएको अवस्थामा शव फेला

बारा–बाराको सिम्रौनगढ नगरपालिका–७ झवानी टोलमा घाँटी काटिएको अवस्थामा एक वृद्धको शव फेला परेको छ । इलाका प्रहरी कार्यालय सिम्रौनगढका प्रहरी निरीक्षक खगेन्द्र धमलाका अनुसार ६० वर्षीय परीक्षण महरा चमार आफ्नै घरमा मृतावस्थामा फेला परेका हुन् । शव परीक्षणका लागि कलैया अस्पताल लगिएको छ । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।
More

सरिता हत्या प्रकरणमा ५ जना गए जेल

काभ्रे–मण्डन देउपुर नगरपालिका–६ सिपाघाटकी २५ वर्षीया सरिता दुलालको हत्यामा संलग्न भएको अभियोगमा जिल्ला अदालत धुलिखेलले पाँच जनालाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ । जिल्ला न्यायाधीश दुर्गा खड्काको एकल इजलासले सरिताका श्रीमान् सुदीप, ससुरा पीताम्बर, सासू गङ्गा, जेठाजु केशव र जेठानी सङ्गीतालाई हत्यामा संलग्न भएको अभियोगमा पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएको हो । जिल्ला सरकारी वकिलको कार्यालयले गत मङ्गलबार सरिताको हत्यामा संलग्न भएको आरोपमा पाँचै जनाविरुद्ध कर्तव्य ज्यान महलअन्तर्गतको अभियोजन अदालतमा दर्ता गरेको थियो । अदालतले प्रहरीको अनुसन्धान, आरोपितको बयान तथा सबुद–प्रमाणका आधारमा सरिताको हत्यामा पारिवारिक संलग्नता देखिएको जनाउँदै उनीहरुलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।
More

बाग्लुङका तत्कालीन प्रधानाध्यापक अख्तियारकाे फन्दामा

काठमाडौँ–अख्तियार दुरुपयोग अनुसन्धान आयोगले माँझखर्क प्राथमिक विद्यालय बाग्लुङका तत्कालीन प्रधानाध्यापक विजयबहादुर थापाले सट्टा शिक्षकको नाममा सरकारी स्रोतको दुरुपयोग गरेको अभियोगमा मुद्दा दायर गरेको छ । सो विद्यालयमा अध्यापन गराउने अस्थायी शिक्षिका चन्दा थापा विसं २०७२ चैतदेखि विद्यालयमा अनुपस्थित भई जापानमा रहेको भए पनि विसं २०७३ फागुनसम्मको तलबभत्ता माग गरी खाई मासी भ्रष्टाचार गरेको पाइएको छ । अस्थायी शिक्षिका थापा लामो समयसम्म विद्यालयमा नरहेको अवस्थामा बिदा स्वीकृत नगराएको, सोको जानकारी साविक जिल्ला शिक्षा कार्यालय, बाग्लुङलाई जानकारी नदिइ आकाश थापा र अस्मिता घर्तीलाई सट्टा शिक्षक नियुक्ति गरी रु दुई लाख ८१ हजार ३०१ बराबरको भ्रष्टाचार गरेको पाइएको आयोगले दाबी गरेको छ ।
More

शिक्षाका १५६ कर्मचारी फन्दामा

काठमाडौँ–राष्ट्रिय सतर्कता केन्द्रले शिक्षाका चार कार्यालयमा आज अनुगमन गर्दा १५६ कर्मचारी छड्केमा परेका छन् । केन्द्रको अनुगमन टोलीले पाठ्यक्रम विकास केन्द्र, शिक्षा तथा मानवस्रोत केन्द्र, प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् र राष्ट्रिय परीक्षा बोर्डको अनुगमन गर्दा ती कर्मचारीलाई कारवाहीका लागि सिफारिस गरिएको सतर्कता केन्द्रका प्रवक्ता विष्णुराज लामिछानेले जानकारी दिए । कार्यालयको समय पालना नगर्ने तथा पोशाक नलगाउने कर्मचारी कारवाहीमा परेका हुन् । कारवाहीका लागि सिफारिस गरिएकामध्ये ९८ ले समयको पालना नगरेको तथा ५८ ले पोशाक नलगाएको पाइएको छ । छड्केमा परेका कर्मचारीलाई प्रचलित नियमअनुसार सम्बन्धित कार्यालयलाई कारवाहीका लागि सिफारिस गरिएको लामिछानेले बताए । पाठ्यक्रम विकास केन्द्रमा समयको पालना नगर्ने
More

ओलीको जन्मस्थानका बासिन्दा बालुवाटारमा

काठमाडौँ–प्रधानमन्त्री केपी शर्मा ओलीको जन्मस्थान तेह्रथुमको आठराई गाउँपालिकाका प्रतिनिधिले गाउँपालिकास्थित चुहानडाँडामा विमानस्थल निर्माणको माग गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आठराईमा नै बसोबास गरिरहेका तथा झापा र काठमाडौँमा बस्ने आठराईवासीले विमानस्थल निर्माणको माग गरेका हुन । प्रदेशसभा सदस्य तेजमान कङ्दङ्वालगायतको टोलीले त्यहाँ रहेको खानेपानीको समस्यासमेत प्रधानमन्त्री ओलीलाई अवगत गरायो । आठराईकै एक विद्यालयमा पूर्वप्रधानाध्यापक आरसी थपलियाले जतासुकै मोटरबाटो खनेपछि पानीको अभाव रहेको बताए । सो अवसरमा प्रधानमन्त्री ओलीले आठराईवासीलाई विमानस्थल निर्माणको योजना सरकारको नीति कार्यक्रममा आइसकेको बताउँदै सुकेपोखरी दोभान हुँदै तेल्लाबुङसम्मको सडकका लागि पनि रकमको व्यवस्था गरिएको जानकारी दिए । बाल्यकालमा आफूले देखेका बाटो, धारो, चौरलगायतको अवस्थाका बारेमा पनि उनले
More